नेेकपा–माओवादी अन्ततः फुटेको छ। एमाओवादी चरम संशोधनवादमा फसेको भन्दै मोहन वैद्यको नेतृत्वमा नेकपा–माओवादी गठन भएको थियो। तर, वैद्यको नेतृत्वमा पनि उनकै पार्टीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव' ले संशोधानवाद नै देखे र केही सहकर्मी लिएर अलग्गिए।जनविद्रोहको नारा दिएर एमाओवादीबाट विभाजन भए पनि वैद्य नेतृत्वले फुटको लामो समयसम्म पुष्टी गर्न सकेन। न त जनविद्रोहमा नै गयो। नेकपा–माओवादी गठनको लागि महत्वपूर्ण भूमिका खेलेका विप्लवले अन्ततः वैद्यसँगको सम्बन्धविच्छेद भएको घोषणा गरे।
विद्यार्थी राजनीतिको बाटो हुँदै १० वर्षे जनयुद्धमा नेतृत्व विकास गरेका विप्लवको पनि फरक नारा भने छैन। ‘बाँकी क्रान्ति पूरा गर्नको लागि विद्रोह' उनले भनेका छन्। तर, क्रान्ति कति बाँकी छ? र, कसरी पूरा गर्ने भन्ने कार्ययोजना उनले सार्वजनिक गरेका छैनन्। उनले कपिलवस्तुको घनाजंगलमा बसेर विद्रोहको तयारीस्वरूप कार्यकर्ता प्रशिक्षणसमेत गरिसकेका छन्। आगोको फिलिंगो सानै भए पनि यसले गराउने दुर्घटना ठूलै हुनसक्छ। अहिले नै विप्लवलाई कम आँक्नु भविष्यको लागि खतरा पनि बन्नसक्छ।
विश्व कम्युनिष्ट आन्दोलनमा एउटै समस्या छ। गठनको समयमा ठूलाठूला र मीठामीठा नारा दिइन्छ। सपनाको बिस्कुन नै सुकाइन्छ। तर जब नेतृत्वमा रहेका व्यक्तिबीच कुरा मिल्न छोड्छ अनि एउटा वाद झुण्डाइन्छ र पार्टी विभाजन हुन थाल्छ। एकले अर्कोलाई सिध्याउने खेल सुरु हुन्छ। आरोप–प्रत्यारोपको शृंखला चल्न थाल्छ। एकले अर्कोलाई गद्दार वा संशोधनवादी देख्नथाल्छ। नेपालमा पनि नेपाल कम्युनिस्ट पार्टीको स्थापनादेखि यहाँसम्म आइपुग्दा यस्तै अवस्था उत्पन्न भएको देखिएको छ। कुनै समयका विख्यात राजनीतिक हस्ती विभाजनले लोप भएका छन्। नतिजामा अहिले बग्रेल्ती कम्युनिस्ट पार्टी निर्माण हुनपुगेका छन्। रसियाका ट्राट्स्कीले सानै अन्तरविरोधमा आजपर्यन्त संशोधनवादको बिल्ला भिरिरहनु परेको छ। उनको बारेमा विश्व कम्युनिष्ट आन्दोलनले समीक्षा गर्न जरुरी नठान्नु र सोभियत संघको विष्लेषणलाई नै आजसम्म हुबहु वकालत गर्ने प्रवृत्ति कम्युनिस्टहरूमा व्याप्त छ। स्टालिनभन्दा ट्राट्स्की सही थिए कि भन्नेबारे प्रश्न गर्ननसक्ने अर्थात् नेतृत्वका बारेमा बहस–छलफल गर्ननसक्ने नेपाली कम्युनिस्टको पनि समस्या हो। यस्ता उदाहरण धेरै छन्। नेतृत्वले दिएको विषलाई पनि सोच्दै नसोची ‘मार्क्सवादी प्रसाद' को रूपमा खान तयार हुने प्रवृत्ति कम्युनिस्टहरूको मुख्य समस्या हो। यसको परिणाम पछाडिको यात्रा मात्र हुनसक्छ। यसले क्रान्तिकारीपनको विकास गर्दैन, अग्रगमनको पक्षपोषण पनि गर्दैन।
विप्लवले एकीकृत क्रान्तिको खाका त बनाएका छन्, तर उनको क्रान्तिको त्यो खाका स्पष्ट छैन। घुमिफिरी उनी प्रचण्ड मोडलमै फर्किने तयारीमा रहेको बुझ्न गाह्रो छैन। प्रचण्ड पनि जनयुद्धको समयमा ‘हामी न चिनियाँ मोडलमा छौँ न सोभियत मोडलमा' भन्ने गर्थे। उनले खुल्ला राजनीतिमा रहेका दलहरूसँग सहकार्य गरेर यो त पुष्टी गरे, तर जनयुद्धको मूल भावना भने आजसम्म पुष्टी गर्नसकेका छैनन्। यही नै उनको राजनीतिक जीवनको सबैभन्दा ठूलो कमजोरी हो। जनयुद्धको ब्यानरप्रति विप्लव मोह यसकै करण हो भन्दा फरक पर्दैन। विप्लव जनयुद्ध र यसको आवश्यकतालाई पुष्टी गर्न चाहन्छन्। तर, विडम्बना समय उनको पक्षमा छैन। प्रचण्डलै जस्तै विप्लवले पनि विद्रोहको आफ्नै मोडल अहिलेसम्म सार्वजनिक गर्नसकेका छैनन्। उनी आफ्नो पुरानै कलालाई तिखार्ने पक्षमा देखिन्छन्। जो प्रचण्डसँगको सहकार्यमा १० वर्षको अवधिमा विकास गरे। तर, यो कलाले अब उनलाई साथ नदिन सक्छ।
वर्तमान राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति र २०५२ को समय र अहिलेको समयमा आकास–जमिनको अन्तर छ। २००७ सालमा राणाविरोधी आन्दोलन भारतमा बसेर हुन सम्भव थियो। माओवादी नेताहरूले पनि अधिकांशः समय भारतमै बसेर नेपालको जनयुद्ध हाँकेका हुन्। दुई शक्तिको स्वार्थ मिलेकै कारण यस्तो कार्य सम्भव भयो। १२ बुँदेको जन्म पनि भारतमै भयो। अब फेरि भारतले विप्लवलाई आफ्नो देशमा डेरा दिने सम्भावनाचाहिँ पटक्कै छैन। विप्लवले पहिले राजतन्त्रका विरुद्ध लडे, सफल पनि भए। अब उनले आफ्नै नेतृत्वमा गर्न लागेको विद्रोह कसका विरुद्ध हो? यसको चित्तबुझ्दो ढंगमा पुष्टी गर्न सक्नुपर्छ। प्रचण्ड, किरण वा अन्य नेताप्रतिको आवेगका कारण यस्तो निर्णय गर्दै त छैनन् भन्ने प्रश्न पनि उठेको छ। यदि यसै हो भने यो कुनै क्रान्ति नभएर उनीभित्र रहेको कुण्ठामात्रै हो। साँच्चै नै उनको कुण्ठाले काम गरेको हो भने यो उनको राजनीतिक जीवनको भूल सावित हुनेछ। सामान्तवादको प्रतीक राजतन्त्रको अन्त्य भइसकेको छ। उनको विद्रोह पक्कै गणतन्त्रको विरुद्धमा होइन होला! जनयुद्धकालमा छिटो नेतृत्व विकास गर्ने युवामध्ये विप्लव पनि एक हुन्। युद्धबाट शक्तिशाली नेता बनेका एमाओवादी अध्यक्ष प्रचण्डलाई नजिकबाट नियालेका उनले अहिले क्रान्तिभन्दा पनि मुख्य नेतृत्वमा पुग्न पुरानै शैली अपनाउन खोजे भन्नेहरूको पनि अभाव छैन। शक्तिमा पुग्ने महत्वाकांक्षाले उनको क्रान्तिको कार्ययोजनामा धेरथोर मलजल पक्कै गरेको देखिन्छ।
देशमा युवा पलायनको मात्रा बढिरहेको छ, बेरोजगारी समस्या चरम छ। यसले गर्दा विप्लवको नाराले केही युवालाई आकर्षित गर्न सक्ला। पूर्वलडाकु, मुक्ति या मृत्युको सपना बोकेर जनयुद्धमा सहभागी इमानदार कार्यकर्ता उनका सहयोगी बन्नसक्लान्। अर्काे राज्यसत्ताप्रति चरम असन्तुष्टहरू र हुलमुलमा फाइदा खोज्नेहरू पनि उनको पछि लाग्न सक्लान्। क्रान्ति कहिलेकाहीँ नसाजस्तो पनि बनिदिन्छ। कुनै बेला बोकेको उद्देश्य, सपना र वर्तमानको वास्तविकता नमिल्दा पनि पुरानै बाटोमा फर्किन मनलाग्नु स्वाभाविक मानवीय स्वभाव हो।
प्रहरी चौकी आक्रमण गर्ने र हतियार लिएर भाग्ने फौजी रणनीतिले सफलता दिँदैन भन्ने उनले राम्रोसँग वुझेको हुनुपर्छ। जनयुद्धमा नेपालमै बसेका नेतामध्येका उनीसँग सैन्य कमिसारको अनुभव पनि छ। युद्धमा फौज अघि बढाउन नसक्ने कमिसारको हालत उनले देखेकै छन्। जब टिम अघि बढ्न सक्दैन, कमिसारलाई दुश्मन र आफ्नै टिम दुवैतर्फबाट खतरा हुन्छ। त्यो समयमा असल कमिसारको परीक्षण हुनेछ। विप्लवको क्रान्तिको दिशा कसरी अघि बढ्छ त्यो हेर्न बाँकी नै छ। टिम अघि नबढाउने कमिसारको भूमिकामा उनी देखापर्ने सम्भावना पनि उत्तिकै छ। यसो हो भने अहिले नै भन्न सकिन्छ– विप्लवको यात्रा अनिश्चित छ, गन्तव्य स्पष्ट छैन।