सार्क र माछाका भुरा
१३ मंसिर २०७१
•
१२ मिनेट पाठ
सार्क र माछाका भुरा
अठारौँ पटक शिखर सम्मेलनमार्फत् पुनः पुष्टि भएको छ, सार्क भनेको दक्षिण एसियाली देशहरूका लागि समानताको आधारमा आयोजना हुने सम्मेलन होइन। यो एक ठूलो सार्क माछा र बाँकी भूराहरूको भेटघाट मात्रमा सिमित क्लब हो। एक कर्मकाण्ड हो। सार्क राष्ट्रहरूको शिखर सम्मेलनको एकमात्र उपलब्धि भनेको सबै देशका सरकार प्रमुख र राष्ट्राध्यक्षलाई एकै ठाउँमा भेला गराउन सक्नुमात्र हुनगएको छ। अझ त्योभन्दा पनि भारत र पाकिस्तानका सरकार प्रमुखबीच हात मिलाउनुलाई नै सार्कको सबैभन्दा ठूलो सफलता मानिन्दै आएको छ र यसपल्ट पनि त्यस्तै भयो।




आयोजक राष्ट्र नेपाल यसपल्टको सम्मेलनबाट दक्षिण एसियाली राष्ट्रको यस संगठनलाई युरोपियन युनियनको बाटोमा अघि बढाउने चाहना बोकेर बसेको थियो। भारतमा कांग्रेस आईको सरकारको बहिर्गमनपश्चात् बनेको बीजेपी सरकारका प्रमुख नरेन्द्र दामोदारदास मोदीले देखाएको अग्रसरताले गर्दा सार्कले ठूलै छलाङ मार्ने आशा बोकेर बसेका अन्य सदस्य राष्ट्रको मनमा त्यसबेला चिसो पस्यो जब उद्घाटनको पहिलो दिन नै भारत र पाकिस्तानका सरकार प्रमुखबीच कुनै पनि प्रकारको भेटघाटको अवस्था बनेन। पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ सम्मेलनलाई सम्बोधन गर्न उठ्नेबित्तिकै भारतीय प्रधानमन्त्री मोदी भने पत्रिका हेर्न थाले। उनले शरिफतिर एक पटक पनि हेरेनन्। उद्घाटनसत्र सकिएपश्चात् शरिफसँग भेट नहोस् भनेजस्तो गरी मोदीले नेपालका प्रधानमन्त्री सुशील कोइरालासँग मञ्चमै गफ गरेर समय कटाए। भोलिपल्ट कोइरालाले मोदी र शरिफबीच भेटघाटको अवसर जुटाएर हात मिलाउन लगाए र त्यही नै यो सार्क सम्मेलनको सबैभन्दा ठूलो सफलता हो भनेझैँ भयो।
अठारौँ सार्क शिखर सम्मेलनको ३६ बुँदे घोषणापत्र अध्ययन गर्दा एउटा कुनै विषयमा गैरसरकारी संस्था (एनजीओ) को अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्रभन्दा बढी केही पाइएन। जसरी एनजीओहरूले फलानो विषयमा सरकारको ध्यानाकर्षण गर्ने भनेर घोषणापत्र बनाउँछन्, त्यसैगरी यो सम्मेलनमा सरकार प्रमुखहरूले भविष्यमा यसोयसो गर्ने भनेर लामो फेहरिस्तबाहेक कुनै विषयमा ठोस निर्णय लिन सकेनन्। यो सम्मेलनले लिएको सबैभन्दा महŒवपूर्ण निर्णय भन्नु २ वर्षपछि पाकिस्तानमा १९ औँ शिखर सम्मेलन आयोजना गरिने भन्ने र ऊर्जा सम्झौतामात्र हो। 
सरकार प्रमुखहरू बसेर ३६ बुँदाको घोषणापत्र सार्वजनिक त गरे, तर त्यो घोषणापत्र नभएर बाचापत्रमा सिमित भयो। सरकार प्रमुखहरू बसेर केवल बाचामात्र गर्छन् भने त्यसलाई सफलताको कुन कसीमा राखेर हेर्ने? एउटा ऊर्जा क्षेत्रमा भएको सम्झौताबाहेक अन्य कुनै पनि विषयमा सम्झौता भएको छैन। ऊर्जालाई एक वस्तुको रूपमा उत्पादन र विक्रीवितरण गरिने सम्झौता सकारात्मक नै हो, तर भारतले प्रशारण लाइन वा पाइपलाइन नदिएको अवस्थामा सार्कका कुनै पनि दुई देश एकअर्कासँग ऊर्जा लेनदेन गर्नसक्ने अवस्थामा छैनन्, पाकिस्तान र अफगानिस्तानबाहेक। नेपाल मोटर–भेहिकल र रेलवे सम्झौता पनि गराउन चाहन्थ्यो, तर केही देशले आफ्नो तयारी नपुगेका भनेकाले ती दुई सम्झौता हुन सकेनन्। अर्थात् १८ औँ सार्क शिखर सम्मेलन केवल ऊर्जासम्झौता र भारत तथा पाकिस्तानका प्रधानमन्त्रीको हात मिलाइमै सकिएको छ। 
जब सबै सार्क राष्ट्रका सरकार प्रमुख बसेर कुनै सम्झौता हुनसक्दैन तब केवल प्रतिबद्धता व्यक्त गर्नका लागि यति ठूलो खर्च, यति धेरै समयको बर्बादी र यति ठूलो जनसंख्यालाई बेबकुफ बनाउने प्रयत्न नगरेको भए राम्रो हुन्थ्यो। बाचा र प्रतिबद्धता आफ्नै देशमा बसेर कुनै भाषणमार्फत् गर्दा भैहाल्थ्यो। आखिर प्रतिबद्धता जनाएर पूरा नगर्नेमा यस क्षेत्रका सबै राजनीतिक नेता प्रख्यात छँदैछन्। 
आयोजक राष्ट्र नेपाल १८ औँ सार्क शिखर सम्मेलन अत्यन्त सफल भएको दाबी गर्दैछ, जुन हास्यास्पद छ। नेपालले सम्मेलन सफल भन्नुको अर्थ सार्कमा भाग लिन आएका सबै राष्ट्रप्रमुख यहाँबाट सकुशल स्वदेश फर्किएकाले नै हो। तर, काठमाडौँ आउँदै गरेका आधा दर्जन भारतीय मुजाहिद्दिनलाई मलेखुबाट भारतीय जासुुसी संस्थाको सूचनाको आधारमा पक्राउ नगरेको भए जेसुकै पनि हुनसक्थ्यो। त्यस्तै, नेपालको सुरक्षा संयन्त्र जनतालाई आवतजावतमा कुनै पनि अप्ठेरो नपारी सुरक्षाप्रबन्ध गर्नसक्ने अवस्थामा पुगेको छैन भन्ने यो पल्ट प्रष्ट भएको छ। सम्मेलन आयोजना भएको २ दिन काठमाडौँ कर्फ्यु लागेको अवस्था झैँ भएको थियो। बिहान ४ बजेदेखि ड्युटीमा खटाइएका प्रहरी राति ९ बजेसम्म कुनै त्राण मिलेको थिएन। बाटैमा उभिएर तिनले खाजा र खाना खाए। त्यस्तो अवस्थामा रहेका प्रहरी र सशस्त्रप्रहरीले साधारण जनतालाई सास्ती दिएर आफ्नो रिस उतारे भने त्यसमा के गाली गर्नु! 
यस पटकको सार्कबाट नेपालले यस्तो सम्मेलन सफलतापूर्वक सञ्चालन गर्न सक्दछ भन्ने पाठ सिक्नु सर्वथा गलत हुनेछ। मोटर आधा चलाउन नदिने, कार्यालय, शिक्षालयका साथै सहर आधाजस्तो बन्द गर्ने त्यसमाथि ठाउँठाउँमा मान्छे हिँड्नसमेत रोक लगाउने अवस्था गराएर शिखर सम्मेलन सम्पन्न गर्ने हो भने जनताले भन्नेछन्, भो चाहिएन यस्तो सम्मेलन। 
सुशील कोइरालाका समर्थकहरू बडो खुसी छन् यो सम्मेलनबाट, नेपालका प्रधानमन्त्रीले आफ्नो नाक जोगाउन सफल भएकोमा। तिनको विचारमा प्रधानमन्त्रीले अंग्रेजी बोलेको नेपालीभन्दा अलि बढी बुझियो रे! त्यसैले उनले देशको इज्जत बचाए रे! कोइरालाले अन्ततोगत्वा भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच हात मिलाउन लगाउन सक्षम भए रे! तर, त्यतिले नेपालका प्रधानमन्त्रीको सफलतामा ताली बजाउन सकिन्न। पहिलो त सभागृहले यत्रो सम्मलेन धान्न सक्दैन भन्ने हेक्का कसैलाई भएन। त्यसपछि सुरक्षाव्यवस्था भनेको सम्पूर्ण देश नै ठप्प पार्ने होइन भन्ने पनि कसैले सोचेनन्। अझ यति धेरै खर्च गरेर आयोजना गरिएको सम्मेलनका उपलब्धि केके हुन् भन्नेतर्फ पनि खासै सोच गएको देखिएन। हुन त सम्मेलनबाट उपलब्धि नहुनु नेपालको दोष होइन, सम्पूर्ण सदस्य राष्ट्रकै हो।
यस पटकको सम्मेलनले प्रमाणित गरेको एउटै तथ्य के हो भने, सार्कमा भारत नभइकन पनि हुँदैन र भारत भएर पनि केही हुँदैन। भारत एक्लो पनि अन्य सबै साना राष्ट्र जोडेको अवस्थाभन्दा ठूलो छ। एउटै देशले सबै सदस्य राष्ट्रलाई प्रभावित पारेको छ। यस्तो लाग्छ, ऊ नै 'सार्क' हो, अरू सबै भुरा हुन्! एउटै देशको व्यापार अन्य सबैसँग छ र करिव सबैसँग उसको व्यापार नाफामा छ। साना देश व्यापारघाटा सहेर बसेका छन् र ऊ नाफामा मस्त छ। गलत भयो भन्छ, तर सच्याउने सार्कजस्तो मञ्चलाई सफल बनाउन जोड दिँदैन। त्यसैले यो एउटै देशको व्यवहारले सार्कको सफलता वा असफलता निर्क्यौल गर्ने अवस्थामा यसको सम्पूर्ण अवधारणामा नै आमूल परिवर्तन गरिनुपर्छ। संयुक्त राष्ट्रसंघको सुरक्षापरिषद्मा झैँ सबै सदस्य राष्ट्रमा भिटो राख्ने कि बहुमतीयमा जाने भन्ने विषयमा पनि सार्कमा पुनः छलफल हुनु जरुरी छ। भारतको समकक्षमा केवल पाकिस्तान उभिएको देखिन्छ, तर त्यो पनि सार्कको विकासका लागि सहयोगी हुन सकेको देखिन्न। पाकिस्तानले भारतको हरेक कुराको एकाधिकार त तोड्नसक्छ, तर सम्पूर्ण सार्क राष्ट्रलाई जोड्न सक्दैन। अर्थात् भारतको विकल्प हुनसक्दैन। 
अन्त्यमा, भारत र पाकिस्तानबीच जबसम्म सम्बन्ध सुमधुर हुँदैन, जबसम्म यी दुई देश आफू नै ठीक हुँ भनेर प्रमाणित गर्नका लागि उत्तेजित हुने कार्य बन्द गर्दैनन्, जबसम्म यिनमा यो क्षेत्रको विकासका लागि हामी दुई नमिली हुँदैन भन्ने भावना जागृत हुँदैन, तबसम्म सार्क सम्मेलन केवल सरकार प्रमुखहरूको भेटघाटको क्लबमा सिमित भएर रहनेछ। सम्मलेनको नाममा नेपालजस्तो गरिव मुलुक २१८ करोड खर्च गरेर दंग परेर बस्नेछ!
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस