राष्ट्र नयाँ संविधान निर्माणमा जुटेको छ । संविधानसभाका सबैजसा समितिमा राष्ट्रको भावी दिशासम्बन्धमा गंभीर बहस र छलफल भइरहेका छन्।
विकासका अनेकौँ मोडलमध्ये कुन केन्द्र राज्य र स्थानीय निकायमा अधिकार र कर्तव्य कति स्वाधीन अर्थतन्त्रको विकास कि नवउदारवादी अर्थतन्त्रकै निरन्तरता प्राकृतिक स्रोत र साधनको परिचालन र विकासका क्रममा स्थानीय राज्य र केन्द्रबीच अधिकार र कर्तव्यको बाँडफाँट कसरी हुने यी राष्ट्रिय महत्वका विषयमा गंभीर बहस चलिरहे पनि मुख्य राजनीतिक दलहरुबीच आजसम्म यिनमा मतैक्य भइसकेको छैन। नेपाल र यस्का छिमेकी मुलुकबीच आजसम्म भए गरेका सन्धिसम्झौता सबै पुराना भइसकेका कतिपय सन्धि नेपाली जनताको हितमा नभएका र तिनलाई नेपाली जनताकै बढ्दो चेतना स्तरसँग मेल खाने गरी परिमार्जन वा खारेज गरेर राष्ट्रिय सहमतिका आधारमा नयाँ सन्धि हुनुपर्छ भन्ने आवाज उठेका छन्। तर वर्तमान सरकारले भने १४ वर्ष पुरानो अत्यन्त विवादास्पद सन्धि कार्यान्वयन गर्न खोजेको छ। त्यो पनि यस्तो अस्थिर तरल राजनीतिक अवस्थामा राष्ट्रिय सहमतिबेगर नितान्त प्रशासनिक संयन्त्रमार्फत्। यस निर्णयले डरलाग्दो प्रश्न खडा गरेको छ।
संसारभर पानीको महत्व बढिरहेको छ। वातावरणीय प्रभावका विषयमा संसारभर छलफल चलिरहेको छ। आधा शताब्दीभित्रै पानीको मात्रा घट्दै जाने अवस्था देखापरेको छ। पानी बाँडफाँटको विवादमा अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय युद्ध पनि चलिरहेका छन्। नेपालमै पनि तापक्रम बढ्नाले हिमरेखा घट्ने क्रम जारी छ। पानीका मुहान सुक्न लागेका छन् भने कतिपय हिमताल भरिएर फुट्ने जोखिममा छन्। यस्तो अवस्थामा समयसापेक्ष दीर्घकालीन जलस्रोत नीति र योजना बनाउन अत्यन्तै गभीर छलफल आवश्यक छ। तर विवादास्पद सबालहरुमा सरोकारवालाबीच गभीर बहस विमर्श र सहमति नै नगरी नितान्त राजनीतिक महत्वको विषयलाई प्रशासनिक निकायमार्फत् कार्यन्यवयनतर्फ लैजान किन हतार गरिएको हो ?
कोशी गण्डक र महाकालीजस्ता महत्वपूर्ण सन्धिसंझौता हुँदा नेपाल संक्रमणकालमा थियो । राजनीतिकरुपमा अस्थिर र संक्रमणकालीन अवस्थामा गरिएका यी सन्धिमा नेपाल ठगिएको महसुस गरिएको छ। त्यस कार्यले दलहरुबीच र भित्र ठूला झमेला भित्रिएका थिए। राजनीतिक दलहरुको विभाजनसमेत भएको थियो। यी सन्धिपश्चात् नेतृत्वप्रति जनविश्वास घटेको थियो । अहिले पनि संक्रमणकाल छ । सरकारै आज कि भोलि हो भन्ने अवस्थामा छ। त्यसमा पनि नयाँ संविधान निर्माणको पूर्वसन्ध्यामा १४ वर्षसम्म थन्किएको विषयलाई तत्काल कार्यान्वयन गरिहाल्नुपर्ने अवस्था किन आइपर् यो यो गंभीर सैद्धान्तिक छलफलको विषय हो।
विगतमा जलस्रोत मन्त्रालय मात्रै थियो । अहिले त्यसलाई सिंचाइ र ऊर्जा गरी दुई वटा बनाइएको छ। सिंचाइलाई कम र ऊर्जालाई बढी महत्व दिइएको पाइन्छ। पञ्चेश्वर परियोजनाले ऊर्जासँग मात्र सरोकार राख्दैन। सिंचाइसँग झन् बढी सम्बन्धित छ। महाकाली सन्धिपत्रबमोजिम नेपालमा ९३ हजार हेक्टर र भारतमा १६ लाख हेक्टर सिंचाइ हुनसक्ने अनुमान छ। त्यसमा आधा खर्च अर्थात् १ सय ११ अर्ब अमेरिकी डलर नेपालले लगानी गर्नुपर्ने प्रारंभिक अनुमान छ। उच्च बाँध निर्माणपछि अतिरिक्त पानीको मात्रा बढ्ने हुनाले परियोजनाको मुख्य फाइदा बिजुलीभन्दा पनि सिंचाइ हुनु स्वाभाविकै हो । परियोजना निर्माण भएपछि नेपालभन्दा १६ गुणा बढी पानी उपभोग गर्न पाउने भारतले हिउँदमा पानी उपभोग गरेबापत नेपाललाई कति भुक्तानी गर्ने भन्ने विषयको ठूलो महत्व हुन्छ। नेपालको झण्डै ६५ हजार जनसंख्या विस्थापित गराएर करिब १६ लाख हेक्टर जमिन डुबाएर र आधा खर्च बेहोरेर बनाइने परियोजनामा बढ्दो पानीको उपयोग गरे बापत कोलम्बिया सन्धि अमेरिका र क्यानाडाबीचको लेसोथो र दक्षिण अफ्रिकाबीचको सन्धिजस्तै अन्तर्राष्ट्रिय मान्यतामा टेकेर नेपालले के र कति लाभ पाउने भन्ने विषय राष्ट्रिय हित र समग्र अर्थतन्त्रसँग गाँसिएको छ। ऊर्जा मन्त्रालय गएर कार्यन्वयनको निर्णय गर्छ तर सिंचाइ मन्त्रालय कानमा तेल हालेर सुत्छ किन त्यसैगरी आयोजना निर्माण भएपछि पर्यटन विकास माछा पालन आदिका विषयमा के हुने यी जनजीविकासँग सम्बन्धित विषय हुन्। यस बारेमा के हुने र कुन मन्त्रालयले हेर्ने भन्ने पनि टुंगो छैन ।
विज्ञहरुअनुसार अन्तर्राष्ट्रिय मान्यताअनुसार अतिरिक्त पानी प्रयोग गरेबापत भारतले पैसा तिर्ने हो भने पाचेश्वरमा नेपालले गर्नुपर्ने लगानीसमेत उठ्न सक्छ। यस सम्बन्धमा सरकारले चासो लिएकै छैन । सिंचाइ मन्त्रालयले यस सम्बन्धमा कुनै खाका कोरेको छ ?
ठूला परियोजना र लोडसेडिबीचको सम्बन्धबारे पनि ठूलाठूला कुरा हुने गर्छन्। नेपालमा भारतसँगको व्यापार घाटा घटाउन पनि ठूला परियोजना बनाउने र बिजुली बेच्ने तर्क बेलाबखत स्वनामधन्य उदारवादी अर्थशास्त्री र पूर्वअर्थ मन्त्रीहरुबाट सुन्न पाइन्छ । पाचेश्वरजस्ता ठूला बाँध निर्माण गर्दा लाग्ने लागतका लागि पानीको शुल्क लिने वैकल्पिक उपाय नहुने हो भने निर्माण खर्च जुटाउन दाताहरु त्यसमा पनि भारतकै भर पर्नुपर्ने हुन्छ। आफ्नो हिस्साको रकम पूर्ती गर्न नेपालका अन्य क्षेत्रका आयोजनाको लगानी कटौती गर्नुपर्ने हुन्छ। त्यसै पनि असन्तुलित क्षेत्रीय विकास भएको मुलुकमा असन्तुलन थपिन पुग्छ। अर्कोतर्फ परियोजना सफल भएपछि उत्पादित बिजुली पूरै भारतलाई बेच्ने हो भने नेपालको लोडसेडिङ घट्दैन। अन्य साना र मझौला परियोजना निर्माण नभए थप लोडसेडिङ बेहोर्नुपर्ने हुन्छ । आफ्नो लगानी क्षमता हुँदा नेपालीले नै प्रयोग गर्न पाउँदा र पानीको न्यायोचित रकम पाउँदा निश्चय पनि यो राम्रो परियोजना हुनसक्छ तर सम्पूर्ण बिजुली निर्यात गर्ने हो भने मुलुकले के पाउने ?
व्यापार घाटा घटाउने सन्दर्भमा बिजुलीलाई कसरी हेर्ने भन्ने प्रश्नसँग गहिरो सम्बन्ध हुन्छ । बिजुलीलाई कच्चा पदार्थका रुपमा निर्यात गर्ने हो भने लगानी र उत्पादनबीचमा नेपालले पाउने रोयल्टी मात्र हो । यसलाई उपभोग्य सामग्रीका रुपमा उत्पादन गर्ने हो भने रोयल्टी र विक्रीकर मार्फत् मझौला आम्दानी हुन्छ। पुँजीगत वस्तु उत्पादन गर्ने हो र त्यसपछि बिक्री गर्ने हो भने मुलुकलाई फाइदा हुनसक्छ। त्यसैले व्यापार घाटा घटाउन बिजुली उत्पादन र विक्रीसँग मात्र जोडिँदैन। नवउदारवादी पूर्वअर्थ तथा ऊर्जामन्त्रीहरु नेपालबाट कच्चा पदार्थका रुपमा बिजुली बेच्न चाहन्छन् । नेपाली जनताको घर आँगनमा बत्ती बाल्ने बिजुलीबाट संचालित कलकारखाना खोल्ने र यातायात व्यवस्थापन गर्ने तिनको लक्ष्य देखिँदैन । कलाकार हरिवंश आचार्यको ‘हाम्री आमा सारै नै बाठी छन् चामलसँग पीठो पो साँटिछन्' भन्ने गीतजस्तै।
सचिव स्तरीय बैठकबाट ६ हजार ४ सय ८० मेगावाटको पाचेश्वर र २ सय ४० मेगावाटको रुपालीगाढ निर्माण गर्न पाचेश्वर विकास प्राधिकरण बनाउने र त्यसको नेतृत्वमा बराबरीको हैसियत हुनपर्ने तथा नेपालमै त्यसको कार्यालय बनाउने विषय प्रचारमा ल्याइए जति महत्वको होइन । आधा पैसा लगानी गर्नुपर्ने र ‘पानी आधाआधा' भन्ने नारा भएको मूल सन्धिमै हस्ताक्षर भएपछि बराबरी हक त अधिकारै हो। कथित पोखरा सहमतिमा अघिल्लो राति भारतीय पक्षले देखाएको असहमति र मुस्तांग घुमेर मुक्तिनाथ दर्शनपछि गरेर त्यही विषयमा भएको सहमति कुनै नाटकको पटाक्षेपमात्रै हो । विषय फेरि पनि सैद्धान्तिक राजनीतिक नै हो। भावी नेपालको आर्थिक सामाजिक विकासको मोडल र भारतसँग गरिने नयाँ सन्धि संझौतामा दृष्टान्त बन्न सक्ने भएकाले यो राष्ट्रिय राजनीतिक सहमति हुनुपर्ने विषय हो।
नेपालमा जलस्रोत मन्त्रालय हाल ऊर्जा मन्त्रालय नवउदारवादी खुलाबजार प्रणालीमा विश्वास गर्ने बहुराष्ट्रिय निगमहरुसँग गहिरो सम्बन्ध भएका व्यक्तिहरुको कब्जामा परेको झण्डै दुई दशक भइसकेको छ । यो कागताली मात्र पक्कै होइन । सतही विकासको सपना देखाएर दिएर करोडौँको कमिसनको चलखेल हुँने आशंका रहेका ठाउँमा निश्चित् सोच र विचार भएका मानिसमात्रै किन निर्णायक पदाधिकारी हुन पुग्छन् र तिनको वर्चस्व रहन्छ भन्ने विषय पनि निकै रोचक छ । संसद्बाट १४ वर्षअघि महाकाली सन्धि अनुमोदन भएकै बेला चार वटा महत्वपूर्ण संकल्प प्रस्ताव पारित भएको सबैलाई संझना होला । राष्ट्रिय महत्वका ती विषयलाई भारतले मान्यता दिएको अझैसम्म प्रकाशमा आएको छैन । कार्यन्वयनमा अगाडि बढी रहँदा त्यस विषयलाई नेपाली प्रशासकीय संयन्त्रले प्रकाशमा ल्याउनु पर्दैन ?
भारतले दीर्घकालीन महत्व राख्ने यस्ता विषय कार्यन्वयन गर्न नेपालको तरल राजनीतिक अवस्थामात्र किन छान्छ भन्ने नबुझ्ने सायदै कुनै नेपाली होला । त्यतिमात्र होइन कृत्रिम एकताको कसैप्रति पनि जवाफदेही हुन नसक्ने सरकार बनाउनु र टिकाउनुका पछाडिको अर्थराजनीतिक रहस्य र महत्व ठम्याउन पनि गाह्रो छैन।