सहमतिको प्रस्थान विन्दु
१६ मंसिर २०७१
•
१३ मिनेट पाठ
सहमतिको प्रस्थान विन्दु
दक्षिण एसियाली सहयोग संगठन (सार्क)को शिखर सम्मेलनको सफलता तथा सम्मेलनको कुशल व्यवस्थापनका लागि धेरैले प्रधानमन्त्री सुशील कोइरालालाई बधाई दिए भने २२ दलीय मोर्चाले सार्क सम्मेलन सफल भएको मात्र ठहर गर्योल। कसैले बधाई दिए पनि नदिए पनि एउटा के निश्चित छ भने प्रधानमन्त्री कोइरालाको विशेष पहल नभएको भए सार्कको पहिलो दिनजस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफ दोस्रो दिन पनि हातसमेत नमिलाएरै आआफ्ना देश फर्किसकेका हुन्थे।त्यतिखेर १८ औं सार्क सम्मेलनलाई असफल भन्नेहरूको लर्को लाग्थ्यो। त्यसमा घुमाइफिराई सुशील कोइरालाकै अक्षमता देखाइने थियो। अहिले अन्तर्राष्ट्रिय स्तरबाट पनि नेपाली प्रधानमन्त्रीको यस पहलको प्रशंसा गरिएको छ। नजानिदो गरी प्रधानमन्त्री कोइरालाले यो फड्को त मारेकै हुन्! यस्तै फड्को अब मुलुकलाई संविधान दिलाउने विषयमा पनि मार्न उनी सक्षम होलान् त?

संविधानका विषय वस्तुमा सहमति जुटाउन भेला हुने गरेका सबैथरी नेताले अझै पनि सामान्य नागरिकलाई बिलकुलै चासो नभएका विषयमा चर्का चर्का बहस गरेर अन्तिममा पुनः सहमतिमा पुग्न नसकेको वक्तव्य जारी गर्नेमात्र गरेका छन्। यतिखेर आरोप प्रत्यारोपका अन्त्यहीन शृंखला पनि सुरु गरिएका छन्। सञ्चार माध्यममा आएका समाचारअनुसार प्रतिपक्षीले लगाउने आरोपमा नेपाली कांगे्रस र नेकपा (एमाले) सहितका दलले कार्तिक १५ गतेको अन्तिम मितिपछि मात्रै ९ बुदे प्रस्ताव ल्याएकाले नियमावलीअनुसार नमिलेको, मूल ढोकाबाट प्रस्ताव नल्याएर ‰्यालबाट ल्याएको, सहमतिलाई दबाब दिन बहुमत सदस्यको हस्ताक्षर सूचीमा प्रधानमन्त्री स्वयंले समेत हस्ताक्षर गरेको, अन्तरिम संविधानको दफा १३८ (१) अनुसार प्रस्ताव नभएकोजस्ता दोष देखाएका छन्। कांग्रेस एमालेसहितको प्रस्तावलाई त्यसैकारण अनुसूचीमा राखेरमात्रै संविधान सभामा पठाउन सकिने, मूल प्रतिवेदनमा पार्न नसकिने तर्क प्रतिपक्षले गर्दै आएको छ। कांग्रेस एमाले भने प्रस्ताव संविधान सभामा पुर्या उनै पर्ने अडान लिएर बसेका देखिन्छन्। तर यस्ता कुनै तर्क र आरोपप्रत्यारोपप्रति सामान्य जनताले भने कुनै चासो लिएजस्तो लाग्दैन। एकातिर १२ बुंदे सहमति, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको समेत दुहाई दिने अर्कोतिर साना र झिनामसिना तर्क राखेर सहमतिलाई अड्काउने कार्यका पछाडि के कस्तो स्वार्थ लुकेको छ? यस्ता कुराको पक्ष विपक्षमा आआफ्ना तर्क राख्दा नेताहरूको शारीरिक भाषा, भावभंगीमा, मुखाकृति कस्ता हुँदा हुन्? नेपाली जनताले त्यो प्रत्यक्ष हेर्न, जान्न र बु‰न पाउनुपर्ने विषय हो। यस विषयलाई उठाउँदै पंक्तिकारले आफ्नो अघिल्लो लेखमा सहमति समितिमा हुने यस प्रकारको सम्पूर्ण छलफलको प्रत्यक्ष प्रसारण टेलिभिजनबाट गरिनुपर्ने सुझाव दिएको थियो।

बहुमतबाट भन्दा सहमति मै संविधान निर्माण गर्दा नेपाललाई धेरै पछिसम्म पनि लाभ हुने भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सम्मेलनको पूर्व सन्ध्यामा वीर अस्पतालको ट्रमा सेन्टरको उदघाट्न भाषणमा पनि भनेे। उदघाट्न भाषणका क्रममा प्रधानमन्त्री मोदीले संविधानमा पछि पनि आवश्यकताअनुसार संशोधन हुंदैजाने भएकाले सबै विषय अहिले नै टुंग्याउन खोज्दा माघ ८ गतेमा नभ्याइने जोखिमतर्फ सचेत रहनुपर्ने संकेत पनि गरेका थिए। प्रधानमन्त्री मोदी सार्क सम्मेलनमा भाग लिन ९ मंसीरमा काठमाडांै आए। त्यसको तीन दिन पहिले नै मंसीर ६ गते नेपालका लागि भारतका पूर्वराजदूत राकेश सूदको एक एउटा प्रमुख भारतीय दैनिक ...दी हिन्दु' मा छापिएको थियो। भनिन्छ, नेपालमा रहँदा भारतीय स्वार्थका लागि बढी उत्साही देखिएर विवादमा आएका पूर्वराजदूत सूद अरू पूर्वराजदूतहरूजस्तै नेपाल सन्दर्भमा दिल्लीमा नयाँ दृष्टिकोण निर्माण गरिने अवस्थामा सल्लाह लिइने व्यक्तिहरूमध्ये नै पर्छन्।

त्यस लेखमा सूदले प्रधानमन्त्री मोदीलाई गत साउनको भन्दा यसपल्टको भ्रमणमा बढी चुनौतीको सामना गर्नुपर्नेछ भन्ने भविष्यवाणी गर्दै केही महत्वपूर्ण विषयमा विशेष ध्यान पुर्याभउन सुझाएका थिए। सूदले लेखेका थिए – संविधान निर्माणको यस क्षणमा कांग्रेस एमालेले बहुमतीय प्रयासबाट संविधान जारी गरेमा मधेसीले आफूहरूलाई भारतले धोका दिएको ठान्नेछन् भने पहाडे जनजाति माओवादीको उग्रवादी खेमातिर लाग्नेछन्। त्यसकारण सहमतिबाहेक बहुमतीय प्रक्रियाबाट संविधान निर्माण गर्न हुँंदैन। मोदीले कसैलाई पनि रुष्ट नगराई, आफूले पहिले बनाएको साखलाई कायमै राखी थप सहृदयतासमेत प्रदर्शित गर्नुपर्ने चुनौती थपिएको छ। सूदले सहमतिमा पुग्न नसक्ने कारणहरूमा – कांग्रेस एमाले राप्रपा पहाडे बाहुन क्षेत्रीको वर्चस्व भएको पार्टी भएकाले मधेसी र माओवादीले उठाएको संघीयतामा खासै रुची नभएको, प्रचण्ड नयाँ संविधानको घोषणापछि आफ्नो राजनीतिक भविष्यलाई लिएर चिन्तित रहेको र नेत्रविक्रम चन्दहरू फुटेर गएपछि वैद्यलाई पुनः आफ्नो दलमा फर्काएर बाबुराम भट्टराईलाई कमजोर बनाउने रणनीति लिन थालेको उल्लेख गरेका छन्। त्यसैगरी उनले संविधानको घोषणापछि आफू प्रधानमन्त्रीमा नबस्ने सुशील कोइरालाको उद्घोष र ४ वर्षको लागि निर्वाचित संविधान सभाको बाँकी ३ वर्षको अवधिमा को नयाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री हुने भन्ने खेल एमाले कांग्रेसभित्रै पनि चलिरहेको उल्लेख गरेका छन्।

विडम्बना चाहिँ के छ भने मोदीले ट्रमा सेन्टरको उद्घाटन भाषणका क्रममा भनेका कुरालाई प्रभावशाली मधेसी विद्वत् वर्गले नै पत्याएको देखिँदैन। उक्त समूहले प्रधानमन्त्री मोदीको पछिल्लो भाषणपछि उनलाई बोलीको ठेगान नभएको र नाटकीय अभिव्यक्ति र मायावी शब्दजाल रुचाउने नेताको रुपमा चित्रण गर्दै भारतीय संस्थापन (स्थायी सरकार) ले नेपाली संस्थापनसँग गर्ने सौदावाजीमा मधेसीहरूलाई उपयोग गरिने पत्तामात्र भएको ठोकुवा गरेको छ। आफ्नो उद्देश्यका प्राप्तिका लागि नेपालको स्थायी सरकारलाई मधेसीको त्रास देखाउनमात्रै मोदीले पनि मधेसीको नाम लिएको उनीहरुको धारण देखिन्छ।

संविधानका लागि चाहिने सहमति आखिर कहाँनिर अडि्कएको हो त? संविधान बनाएको जस सबै दललाई जाओस् भन्ने उद्देश्यले गरिएको सत्ता साझेदारीको प्रस्तावलाई पनि संविधानका विषय वस्तुमा सहमति नहुन्जेल सत्तामा नजाने भनेर प्रतिपक्ष र मधेस केन्द्रित दलहरूले अस्वीकार गरेर बसेका छन्। त्यति हुँदाहुँदै पनि सहमतिमा त पुग्नैपर्ने हुन्छ। त्यसका लागि पहल भने नेपालकै राजनीतिक दलका नेताहरूले नै गर्ने हो।

यसै सन्दर्भमा संविधान निर्माणमा देखिएको गतिरोधको विषयलाई लिएर मंसीर १४ गतेे एउटा गोष्ठी आयोजना भएको थियो। गोष्ठिमा मधेसी जनाधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले दलहरू अहिलेसम्म पनि संघीयताबारे संख्यामा मात्रै अल्भि्करहेको र विषय वस्तुमा छलफलै नभएको खुलासा गरेका थिए। तर महत्वपूर्ण कुरा के भने त्यस गोष्ठीमा एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले १२ बुँदे सहमतिदेखि अहिलेसम्मका सम्पूर्ण राजनीतिक आन्दोलनका उपलब्धि अन्तरिम संविधानमा संस्थागत भइसकेको हुनाले त्यसभन्दा पछाडि नफर्किने प्रतिबद्धता सबैपक्षबाट भयो भने सहमतिको ढोका खुल्ने र माघ ८ गतेमै संविधान आउनसक्ने सम्भावना व्यक्त गरेका थिए। उनले प्रदेशहरुको नामांकरण प्रदेशकै निर्वाचित सभाले नै गर्ने व्यवस्था गरिएमा पहिचानको सवालमा समेत सहमति हुने पनि भनेका थिए। उक्त गोष्ठीमै मन्त्री नरहरि आचार्यले कांग्रेस–एमालेको प्रस्तावमा छलफल गर्नसमेत प्रतिपक्षीहरु राजी नभएको बरु तर उक्त प्रस्ताव अत्यन्त लचिलो रहेको, प्रस्तावित प्रत्यक्ष निर्वाचन प्रणालीलाई पनि प्रतिपक्षीले खोजेजस्तो सबै जातजाति, वर्ण र लिंगसमेत समेटिने गरी समानुपातिकको व्यवस्था समेत गरी मिश्रित बनाउन सकिने विकल्पहरू खुलारहेको अभिव्यक्ति दिएका थिए। एमालेका उपाध्यक्ष भीम रावलका विचार पनि मन्त्री आचार्यका भन्दा खासै फरक थिएनन्। यी धारणा बुद्धिजीवीहरूलाई झुक्याउनका लागिमात्रै ल्याइएका हुनु भने त्यसभन्दा ठूलो बेइमानी केही हुनसत्तै्कन। दलका नेताहरू इमानदार छन् भने चाहिँ यसैलाई सहमतिको प्रस्थान विन्दुका रूपमा सबै पक्षले किन सदुपयोग नगर्ने?
अर्को समाचार
बजेट राजनीतिक सहमतिको प्रस्थान विन्दु : अर्थमन्त्री
०१ साउन २०६९
•
४ मिनेट पाठ
बजेट राजनीतिक सहमतिको प्रस्थान विन्दु : अर्थमन्त्री
काठमाडौं, साउन १ (नागरिक)- अर्थमन्त्री वर्षमान पुनले सरकारले आइतबार सार्वजनिक गरेको एक तृतियांश बजेटले राजनीतिक गतिरोध अन्त्यका लागि सहमतिको ढोका खोलेको दाबी गरेका छन्। उनले सरकारले पूर्ण बजेटको लागि तयारी गरे पनि राजनीतिक दलबीच सहमतिको ढोका खोल्ने उद्देश्यले पूर्ण बजेटको आवश्यकता हुँदाहुँदै पनि एक तृतियांश बजेट ल्याएको बताए।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले विघठित संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरुसँगको छलफलपछि सरकारले तृतियांश बजेट ल्याएकाले बजेटमा विरोध गर्ने ठाँउ नभएको दाबी गरे।

उनले भने- बजेट सहमति गरेर ल्याएका हौं। न्यूनतम कार्यक्रममा सहमति बनेको छ। त्यसैले यसमा कसैले विरोध गर्ने ठाँउ छैन। अहिलेको बजेट पनि विगतका अर्थमन्त्री रामशरण महत र सुरेन्द्र पाण्डेले ल्याएको विशेष बजेटजस्तै छ। नयाँ केही गरेका छैनौं।
बजेटकै कारण राष्ट्रपति र सरकार त्यस्तै सरकार र प्रतिपक्षी दलहरुबीच द्वन्द्व नबढोस् भन्ने सोचेर सरकारले आंशिक बजेट ल्याएको भन्दै यसले सहमतिको ढोका खोलेको र छिट्टै सहमति बन्ने विश्वास पनि ब्यक्त गरे।

अर्थमन्त्री पुनले संविधान सभाको निर्वाचन वा संविधान सभाको पुर्नस्थापना लगायतका विषयमा दलहरुबीच सहमति बन्नासाथ सरकारले पूर्ण बजेट ल्याउने गरी तयारी गरिसकेको जानकारी पनि साक्षात्कारमा दिए।

बजेट अघिल्लो वर्षको खर्चको एक तृतियांशभन्दा पनि ४ हजार रुपैया कमै रहेकाले नबुझेर विरोध गरिएको दाबी गर्दै निर्वाचन, समायोजनका लागि महानिर्देशनालय गठन, स्वेच्छिक अवकासमा जाने लडाकुलाई रकम र नयाँ मन्त्रालयका लागि खर्चको ब्यवस्था ब्यवस्था गर्नु परेकोले बजेट केही ठूलोजस्तो देखिएको बताए।

सबै खर्च एक तृतियांशभित्र रहे पनि राष्ट्रपति, उपराष्ट्रपतिसहित संवैधानिक निकायको खर्च भने वर्ष दिनकै लागि छुट्याइएकोले पनि बजेट ठूलोजस्तो देखिएको उनको तर्क थियो।
निर्वाचन आयोगले सात अर्व माग गरेकोमा बाँकी चार अर्व रुपैया शान्ति कोषबाट उपलब्ध गराउने तयारी भएको जानकारी दिँदै सञ्चित कोषबाट खर्च हुने रकम संसद्‍मा प्रस्तुत गर्न नपर्ने भएकोले त्यसलाई लिएर बढी भयो भन्नु नबुझेर तर्क गर्नु मात्रै भएको बताए।

अर्थमन्त्री पुनले पूर्ण बजेट आउन नसक्दा निजी क्षेत्र हतोत्साहित भएको भए पनि हतोत्साहित नहुन आग्रह गर्दै सरकारले लगानी प्रभावित हुन नदिने विश्वास ब्यक्त गरे।
उनले भने- लगानीमैत्री बातावरण बनाउन, रोजगारी सिर्जना गर्न र उत्पादन बढाउन र यस वर्षको आर्थिक सुचांक राम्रो भएकोले अझै राम्रो बनाउन सरकार लागिपर्छ। आर्थिक नीति पुरानै छ। त्यसैले निजी क्षेत्रले हतोत्साही हुनु पर्दैन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस