नेपालको बहुसंख्यक जनता प्रजनन् तथा क्रियाशील उमेरका छन्। आन्तरिक आर्थिक गतिविधिले बढ्ने दाम्पत्य जीवनबाट कहिलेकाहीँ 'बेबी बुम' को सम्भावना पनि रहन्छ। र, 'जेरियाटिक' तथा 'पेडियाटि्रक' स्वास्थ्य एवं समग्र स्वास्थ्यको सुधारले जनसंख्या बढ्ने सम्भावना पनि हुन्छ। यसबाट यातायात, आवास, खाद्यान्न, दुग्ध तथा मासुजन्य आहारको माग बढ्न गई 'कार्बन फिंगरप्रिन्ट' बढ्छ। तर, संवेदनशील प्राकृतिक संरचनाको नेपालमा वातावरणीय सन्तुलन कायम गर्दै खाद्यान्न, इन्धन तथा आवासको व्यवस्था गरिएन भने जनसंख्या बृद्धि तथा आप्रवासनको चाप थेग्न गाह्रो पर्छ। तसर्थ, वातावरणीय 'बफर' तथा आर्थिक मेरुदण्डको रूपमा चुरे क्षेत्रलाई विकास गर्न अर्थसंरक्षण नीति तर्जुमा गर्नु आवश्यक छ।
एक विकल्पमा 'बायोडिजल', 'बायोग्यास', 'मेथानोल' एवं 'इथानोल' जस्ता इन्धन अखाद्य स्रोतबाट उत्पादन गर्न चुरेको सिमान्तकृत जमिनलाई प्रयोग गर्नसकिन्छ। बायोडिजल बनाउन 'जेट्रोफा' र 'क्यास्टर' प्रयोग हुन्छ। तर, क्युबामा भएको एक अनुसन्धानमा जेट्रोफाभन्दा क्यास्टरको जरामा थप १९ प्रकारको 'माइकोराइजा' पाइनुका साथै माटोको गुणस्तर बढाउन क्यास्टरको खेती लाभदायक देखिएको छ। तसर्थ, बायोडिजल बनाउन जेट्रोफाभन्दा क्यास्टरको खेती लाभदायक हुने देखिन्छ। किनभने, क्यास्टरको जरामा २३ प्रजातिका माइकोराइजाको सम्मिलन हुन्छ। माइकोराइजा जरामा झाँगिने हुनाले जराको संक्रमण रोक्नुका साथै जरा नपुग्ने ठाउँबाट 'फोसफेट' लगायत 'ट्रेस एलिमेन्ट' जस्ता पोषण ल्याई बिरुवालाई स्वास्थ्यकर राख्दछ।
माइकोराइजा जराभन्दा बाह्य वातावरणमा हुर्किंदैन र प्रत्येक बिरुवाले आफूसँग मिल्नेमात्र समाहित गर्दछ। तसर्थ, माइकोराइजाको सहायता (कन्सोर्सिया) एकै बिरुवामा पाउनु गाह्रो हुन्छ। यो विभिन्न कृषि पैदावारमा उपयोगी हुनेहुँदा मलखादमा क्यास्टरको जरा माइकोराइजा स्रोतको रूपमा वरदान साबित होला। साथै, जेट्रोफाको भन्दा क्यास्टरको दाना यसमा पाइने विषाक्त (रिसिन) व्यवस्थापन गरेमा प्रांगारिक मलको रूपमा उत्तम हुन्छ। र, क्यास्टरा 'एन्टिनेमाटोड' र 'एन्टिफंगल' गुण भएकोले प्रांगारिक मलमा प्रयोग गरी बिरुवाको रोग रोकथाम गर्न सकिन्छ।
यसरी चुरेको सिमान्तकृत जमिनमा खेती गर्न ढुंगा, गिट्टी आदिमा निहित पोषणतत्व 'वेदरिङ' गरी निकाल्न 'एक्स्ट्रा सेलुलर इलेक्ट्रोन ट्रान्सफर' गर्ने सूक्ष्मजीवहरूको प्रयोग गर्दा 'रिडक्स स्टेट' परिवर्तन गरी वेदरिङ मात्र नभई 'हेभी मेटल' को विषाक्तता पनि हटाउन सकिन्छ। बिरुवामा रोग नियन्त्रणका लागि 'अक्सिडाइजिङ एजेन्ट' को अनुसन्धान भैरहेको छ। यसमा प्रमुख भूमिका इलेक्ट्रोनको हुन्छ। तसर्थ, यी सूक्ष्मजीवले पैदा गर्ने इलेक्ट्रोन बिरुवाको रोग नियन्त्रण गर्न सहायक होलान्। साथै, उत्सर्जन हुने इलेक्ट्रोन तथा हाइड्रोजन मिथेन बनाउनभन्दा 'थर्मोडाइनामिकल्ली' नाइट्रोजन समोजन गर्न सजिलो भएकोले बायुमण्डलमा नाइट्रोजन समायोजन बढाउन सकिन्छ। र, यसका लागि 'एन्डोफाइटिक' या 'सिम्बायोटिक' भन्दा एक्स्ट्रासेलुलर नाइट्रोजन समायोजन गर्ने सूक्ष्मजीव उपयुक्त होलान्।
तर, यस्ता सूक्ष्मजीवको 'सिन्ट्रोफिक ग्रोथ'लाई प्रांगारिक अवशेष तथा बोटबिरुवाबाट निस्कने 'रुट एक्ज्युडेट'को आवश्यकता पर्दछ। क्यास्टरमात्रैको एकल खेतीले विविधता प्रदान गर्न नसक्ला। तसर्थ, मिश्रित खेती अन्तर्गत 'पौलोनिया टोमेन्टोसा' लगाउँदा राम्रो होला। यो चाँडो हुर्किने र उच्च कार्बन सञ्चय गर्नेखालको हो। गहिरो जरा हुने प्रजातिको भएकोले अन्य बिरुवासँगग सतही माटोको पोषणमा यसले प्रतिष्पर्धा गर्दैन। जमिनमुनिको पोषणलाई सतहीकरण गर्छ। यसका पात अति पोषिलो हुनुका साथै भाइरविरोधी (एन्टिभाइरल) तथा एन्टिफंगल गुण भएकोले प्रांगारिक मलमा प्रयोग गर्दा कृषि पैदावरलाई स्वस्थ्य राख्न सहयोग हुन्छ।
केही मुलुकमा यसलाई आक्रामक जातिमा राखिएको छ। तर, यसको बिउ अति संवेदनशील भएकाले संक्रमणमा अंकुरण सजिलो छैन र घाम छेकिने ठाउँमा पनि यो अंकुरण हुँदैन। नेपालमा गरिएको अंकुरण परीक्षण पनि असफल भएको थियो। तसर्थ, तल्लो तटीय प्राकृतिक वनमा प्रवेश गाह्रो छ। साथै, बायोमासमा प्रयोग गरिने भएकोले व्यवस्थित फसलमा बिउ लाग्नुभन्दा पहिला काटिनाले बिउ छरिनबाट रोकिन्छ। यसको कुशल व्यवस्थापन गरिनाले चुरे क्षेत्रको प्राकृतिक वनमा असर गर्दैन।
क्यास्टर र पौलोनिीयासँगै शीतल चिनी (मोरिंगा ओलेइयफेरा)को पनि खेती गर्नुपर्छ। किनभने, यसमा बिरुवा हुर्किन आवश्यक उर्वरता हुनाले अन्य वनस्पति हुर्किन सहयोग गर्नुका साथै यसमा पाइने कोषिकाले 'सिन्ट्रोफिक ग्रोथ'लाई समेत मद्दत गर्छ। पोषिलो एवं अक्सिकरणविरोधी भएकोले यो मानिस, पशु एवं माछालाई लाभदायक हुन्छ। साथै, यसको रुट एक्ज्युडेटको साइटोकाइन नदी प्रणालीमा पनि प्रवेश गर्ने हुँदा माछाको संख्या बढी सन्तुलित वातावरणको सृजना हुन्छ। खासगरी, सिँचाई प्रणालीमा माछाको लादीबाट निस्कने 'इन्डोल'बाट ब्याक्टेरियाले बनाउने बिरुवा हुर्किन आवश्यक 'इन्डोल–३–एसिटिक एसिड', मोरिंगाको रुट एक्ज्युडेटबाट निस्कने फाइटोहर्मोन तथा क्यास्टरका जराका माइकोराइजाका बिजाणुहरू कृषिमा समाहित हुनेहुँदा उत्पादकत्व बढाउँछ।
तसर्थ, व्यवस्थित फसलअन्तर्गत यिनीहरूलाई चक्रीय प्रणालीमा काट्न सकिन्छ। गाई, भैँसी तथा बाख्राजस्ता जनावर 'रुमेन' प्रजातिका भएकाले यिनको प्राकृतिक आहार 'सेलुलोजिक बायोमास' हुन्। मोरिंगा तथा पौलोनियाका पात र नरम डाँठलाई पशु आहारमा बिवकास गर्नसकिन्छ। यसैको कडा डाँठलाइई बिजुली उत्पादनमा प्रयोग गरी अवशेषका रूपमा आउने बायोअयललाई बायोडिजल र, बायोचारलाई मलमा विकास गर्नसकिन्छ। यो जैविक तत्वले मललाई बग्न रोक्नुका साथै पोषण तथा पानी सञ्चय गर्छ। बायोचारमा बाहिरी भाग धेरै हुनाले कृषिका लागि लाभदायक सूक्ष्मजीव तथा माइकाराइजाको बृद्धिमा सहयोग गर्छ। यसले बिरुवाले विसर्जन गर्नेबाहेक वातावरणमा रहेको थप कार्बनडाइअक्साइड हजार वर्षसम्म सञ्चय गर्दछ। माइकोराइजा तथा सूक्ष्मजीवलाई आवश्यक पर्ने कार्बन स्रोत बिरुवाले बनाउन पर्नाले कार्बनडाइअक्साइड थप विसर्जन हुन्छ।
पौलोनिया एवं मोरिंगाका कडा डाँठलाई इथानोल र क्यास्टरको बोटलाई मेथानोल बनाउन पनि प्रयोग गर्नसकिन्छ। इथानोल बनाएर बाँकी रहने बायोमासलाई पशुदाना बनाउन सकिन्छ। र, मेथानोल बनाएर बाँकी रहकोलाई बायोग्यास उत्पादन गरी प्रशोधन गर्दै बोतल (सुरक्षित भाँडो) मा राख्नाले घरायसी एवं सवारी इन्धनमा प्रयोग गर्नसकिन्छ। यसरी, चुरेलाई वतावरणीय पुनर्जागरण गर्दै आर्थिक विकासमा समाहित गर्नसकिन्छ।