कोइरालालाई मौका
२० मंसिर २०७१
•
१२ मिनेट पाठ
कोइरालालाई मौका
प्रधानमन्त्री सुशील कोइराला हठी स्वभावका मानिन्छन्। उनी 'लप्पनछप्पन' जान्दैनन्। आ फ्नो धारणा स्पष्ट राख्छन्। कसैसँग डराउने स्वभाव पनि छैन। चित्त नबुझ्ने कुरामा अरूले जिद्दी गरे रिसाउँछन्। दबाब आए रिसाएर प्रतिवाद गर्छन्। लोकतन्त्र, मानवअधिकार र प्रेसस्वतन्त्रताजस्ता विषयमा उनी चुत्तै्कनन्, सधैँ सतर्क रहन्छन्। सामान्यतः उनको मनमा कुनै 'लोभ र पाप' नभएको देखिन्छ। लोभ र पाप नभए किन डराउनु? भन्ने मान्यता उनको देखिन्छन्। त्यसैले होला चिप्लो कुरा गर्नुको साटो असहमति जनाएर बस्छन्। सुशीलसँग लामो संगत हुनेहरू यसै भन्छन्।आफ्ना राजनीतिक अभिभावक गिरिजाप्रसाद कोइरालासँग पनि कतिपय विषयमा उनी सहमत हुँदैनथे। उनलाई चिन्नेहरू भन्छन् – चित्त बुझेन भने गिरिजाप्रसादसँग पनि असहमति राखेर चुपचाप बस्थे। कुनै मामिलामा चित्त नबुझेपछि महिनाँैसम्म गिरिजाप्रसादलाई नभेटेर बसेका सन्दर्भ र घटना पनि रहेको जानकारहरू बताउँछन्। 
तिनै सुशील कोइराला अहिले यस मुलुकका प्रधानमन्त्री छन्। संक्रमणकालको व्यवस्थापन गर्दै मुलुकलाई गति दिने प्रमुख दायित्व बोकेर उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन्। संविधान सभामार्फत् संविधान निर्माण गर्ने ऐतिहासिक दायित्व उनले बोकेका छन्। उनी आफैँले सार्वजनिकरूपमा भन्दै पनि आएका छन्, 'जनतालाई संविधान दिने दायित्व पूरा गरेर प्रधानमन्त्रीको कुर्सी त्यागिदिन्छु।' लाग्छ, उनी संविधान निर्माण गर्नमा प्रतिबद्ध छन् र अरू बाँकी विषयको कुनै मतलब छैन। 
जीवनको उत्तरार्द्धमा गिरिजाप्रसाद कोइरालाले भनेका थिए- 'अबको १५ वर्षसम्म देशलाई सहमति, सहकार्य र एकताका साथ सञ्चालन गर्ने हो भनेमात्र देशले एउटा गति पक्रने छ र युवापुस्ताले फेरि लोकतन्त्रका लागि लडाईं लड्नुपर्ने अवस्था आउनेछैन।' गिरिजाप्रसादलाई आफ्नो राजनीतिक अभिभावक मान्ने सुशीलले यतिबेला सहमतिको राजनीति अगाडि बढाउन आफ्नो स्वभावभन्दा अलिकति बेग्लै भूमिका खेल्नुपर्ने अवस्था छ। प्रधानमन्त्री पदमा बसेर भूमिका खेल्नुपर्दा कम्तीमा १५ वर्षपछाडिको परिस्थितिको आकलन गर्नसक्ने क्षमता प्रदर्शन गर्न जरुरी हुन्छ। आफूलाई चित्त नबुझेको विषयमा असहमति राखी 'ठुस्किएर' बस्ने तथा तत्काल असहमति प्रकट गर्दै आक्रामक हुने स्वभावले सहमतिको राजनीतिक यात्रा थाल्न सहयोग गर्दैन भन्नेमा प्रधानमन्त्री कोइरालाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। 
संविधान निर्माण गर्ने मुख्य दायित्व संविधान सभाको हो। संविधान निर्माणको काममा संविधान सभा सार्वभौम छ। प्रधानमन्त्रीले त संविधान सभाको सार्वभौमिकताको रक्षा गर्न खरोरूपमा उभिने हो। संविधान सभालाई वादविवादमा अल्भि्कन नदिनका लागि एउटा योग्य संयोजकको भूमिका निर्वाह गर्नुपर्ने हो। सुशीलले यही दुई वटा भूमिकालाई निर्वाह गर्नमा नै आफूलाई केन्द्रित गर्नुपर्दछ। योग्य संयोजकको भूमिकामा असफल भएका कारण डा. बाबुराम भट्टराईले सार्वभौम संविधान सभालाई अवसान गराए भने पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनालले संविधान निर्माणको लागि योगदान दिन सकेनन्। अब सुशील पनि यही असफल संयोजकहरूको सूचीमा रहने कि सफल संयोजकको परिचयका साथ नेपालको भोलिको इतिहासमा स्थापित हुने भन्ने रोजाई उनी स्वयंकै हो। आफ्ना स्वभाव र चाहनालाई केहीबेर थाती राखी देश र जनताको हितका लागि केही माथि उठ्नुपर्ने क्षणमा सुशील आइपुगेका छन्। यो अग्निपरीक्षामा उनी सफल हुन्छन् कि हुँदैनन् हेर्न बाँकी छ। तर, यो सफलता र असफलता देशको सुदूर भविष्यसँग समेत जोडिएका कारण उनी सफल हुनुपर्छ भन्ने सद्भाव देशबासीको रहेको छ। यो सद्भावलाई उनले ऊर्जाका रूपमा लिन सक्नुपर्छ। 
बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनीतिक संवाद तथा महमति समितिले अड्काइराखेको संविधान निर्माणको प्रक्रियालाई सुशीलको 'आक्रोशपूर्ण संयोजन' समेतले गर्दा केही सहज बनाइएको छ। भट्टराईले 'थन्काएर' राखेका प्रस्तावहरू संविधान सभालाई बुझाउन ठूलै दबाब सिर्जना हुनपुग्यो। आफूलाई केही कुरामा चित्त नबुझ्दैमा संविधान निर्माणको प्रक्रियालाई नै अवरुद्ध पार्ने एमाओवादीको चाहना यसपटक असफल हुन पुगेको छ। संविधान सभाको सार्वभौमिकतालाई नजरअन्दाज गर्दै आएको भट्टराई नेतृत्वको संवाद समितिले प्रतिवेदन बुझाए पनि 'त्यो निर्णयार्थ प्रस्तुत गर्नका लागि संविधान सभामा नलगिएको' भन्ने आशयको अभिव्यक्ति भट्टराईले नै दिएका छन्। यो भनाई आपत्तिजनक छ। संवाद समितिलाई नै भंग, पुनर्गठन वा निष्त्रि्कय राखेर अगाडि बढ्नसक्ने सामर्थ्य रहेको संविधान सभालाई उसको निर्णयअधिकारलाई अंकुश लगाउने गरी भट्टराई प्रस्तुत हुनुहुन्थेन। तर, प्रतिवेदन संसद्मा पुगिसकेपछि उनले के भने भन्ने कुरा गौण हुन्छ, त्यस कुराको पछि लागिराख्नु जरुरी हुँदैन। यो अवस्थामा फेरि यहाँनेर असल संयोजकको भूमिका आवश्यक देखिएको छ। त्यो प्रस्तावलाई सीधै बहुमतले निर्णय गर्ने बाटो पक्रने कि फेरि सहमतिका लागि वातावरण बनाउने? सुशील फेरि अग्निपरीक्षामा होमिएका छन्। माघ ८ मा राष्ट्रिय एकताको संविधान निर्माण गर्नका लागि सबैको सहमतिको खोजी गर्ने कुरालाई सुशीलले प्राथमिकता दिनैपर्छ। 
बहुमतको कुरा गर्दा वा प्रक्रियाको कुरा गर्दा कांग्रेस–एमालेले आँट गरेमा अब लोकतान्त्रिक संविधान बन्ने कुरामा कुनै शंका गर्न आवश्यक छैन। तर, यी दुई दलले आँट गर्लान् त? अथवा आँट गरेर बहुमत–अल्पमतबाट संविधान बनाउनु ठीक होला त? भन्ने प्रश्न पनि उब्जिएलान्। विश्वका संविधान निर्माणका इतिहास हेर्ने हो भने, अब सीधै संविधान सभामा बहुमतबाट संविधान निर्माणको प्रक्रिया सुरु गर्दा हुन्छ। कहीँ पनि सहमतिमा संविधान बनेको इतिहास भेटिँदैन। तर, 'राष्ट्रिय एकताको संविधान' ल्याउन असल संयोजकको भूमिका सुशीलले खेल्न सक्नुपर्छ। संविधानका अन्तर्वस्तुमा केही साना दलको 'रिजर्भेसन'बाहेक सहमति बन्ननसक्ने अवस्था छैन। प्रत्येक नेपाली नागरिकले यति कुरा बुझेका छन्। नेताहरूले विभिन्न बैठकमा अनौपचारिक क्रममा भन्ने गरेको भनिएको 'पावर सेयरिङ' मा कुरा अड्किएको हो भन्ने कुरा बुझ्न पनि कसैलाई कठिन छैन। एमालेले द्विपक्षीय भेटघाटमा सर्वदलीय सरकारको प्रस्ताव गर्नुले पनि 'कुरा सत्ताकै रहेछ' भन्ने प्रष्ट भैसकेको छ। यस्तो अवस्थामा सत्तामा को रहने वा को नरहने भन्ने कुराभन्दा माथि उठेर संबिवधान निर्माणका लागि सत्ताको समिकरणलाई अझ व्यापक बनाउने उदारता पनि संयोजकले देखाउनु पर्ने हुन्छ। यस्ता तमाम कुरामा उदारता देखाएर आफ्नो पहिलो प्राथमिकता अर्थात् संविधान निर्माणको कामलाई पूरा गर्नसक्ने सक्षम पात्रका रूपमा सुशील उपस्थित हुनसक्लान कि नसक्लान? यसैमा संविधान निर्माण होला कि नहोला भन्ने कुराको जवाफ लुकेको देखिन्छ। आफूलाई लागेको कुरामा कुनै 'सम्झौता' नगरी गिरिजाप्रसादसँग समेत दूरी बनाएर बस्ने गरेका सुशीलले संविधान बनाउने आफ्नो जीवनको महŒवपूर्ण धोको पूरा गर्न सत्तासँग सम्झौता गर्ने छैनन् भन्ने विश्वास गर्न सकिन्छ। उनले यति गर्नसके भने गिरिजाप्रसादको अवशानपछि रिक्त मानिएको असल संयोजकको भूमिकामा उनी सफल सावित हुनेछन्। 
संविधान सभामा पहिलो र दोस्रो दलबीच सहमति भैसकेको अवस्थामा पनि संविधान जारी गर्ननसक्ने हो भने योभन्दा असक्षमता केही पनि हुने छैन। संविधान त बन्छ नै, तर राष्ट्रिय एकताको संविधान बनाउनका लागि सत्ता राजनीतिभित्रका दृष्य–अदृष्य खेललाई बुझेर ती सबैलाई सम्बोधन गर्ने क्षमता सुशीलले देखाउन सके भने उनी असल संयोजनकर्ता बन्न सक्नेछन्। र, यसको फाइदा सिंगो राष्ट्रलाई नै हुनेछ।
अर्को समाचार
निष्ठापूर्वक पाँच दशक
२७ माघ २०७०
•
११ मिनेट पाठ
निष्ठापूर्वक पाँच दशक
काठमाडौं– तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि नेपाली कांग्रेसले सुरु गरेको प्रजातान्त्रिक आन्दोलनमा होमिएर राजनीतिक यात्रा सुरु गरेका ७४ वर्षे सुशील कोइरालालाई पाँच दशकपछि प्रधानमन्त्री हुने मौका मिल्यो।

२०४५ यता निरन्तर नेपाली कांग्रेसको केन्द्रीय समितिमा रहेका उनी करिब चार वर्षअघि सम्पन्न पार्टीको बाह्रौं महाधिवेशनबाट सभापति निर्वाचित भएका हुन्। २०७० मंसिर ४ मा सम्पन्न संविधानसभा निर्वाचनमा उनकै नेतृत्वमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भयो भने कोइराला स्वयं चितवन ४ र बाँके ३ गरी दुई ठाउँबाट निर्वाचित भए।
संसदीय दलको नेताका लागि माघ १२ मा भएको मतदानमा वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गरेपछि उनको प्रधानमन्त्री यात्राको बाटो खुलेको थियो। दोस्रो ठूलो दल एमालेसहित अन्य दलले समर्थन गरेपछि सोमबार कोइराला दुई तिहाइ बहुमतका साथ प्रधानमन्त्रीमा निर्वाचित भए। 
विसं १९९६ साउन २८ गते मोरङ विराटनगरमा जन्मेका कोइरालाले राजाको 'कु' पछि भारत निर्वासनमा रहेका बिपी कोइरालाको सहयोगीका रूपमा राजनीतिक यात्रा प्रारम्भ गरेका थिए। कोइराला प्रजातान्त्रिक आन्दोलनका पक्षमा निरन्तर सक्रिय रहे। बिपीसँगको लामो संगत र प्रजातान्त्रिक आन्दोलनमा लागेकैले उनी आफ्ना हरेक भाषणमा लोकतन्त्रप्रतिको निष्ठा दोहोर्यामइरहन्छन्। प्रशंसक मात्र होइन, आलोचकसमेत लोकतन्त्रप्रति उनको निष्ठाको खुलेर प्रशंसा गर्छन्। 
कांग्रेस उपसभापति रामचन्द्र पौडेलको भनाइमा 'कोइराला भद्र र निष्ठावान नेता हुन्।' कोइरालालाई थोरै बोल्ने धेरै काम गर्ने नेताको संज्ञा दिँदै पौडेलले भने, 'उहाँ (कोइराला) धेरै लामो तर्क र वक्तव्यबाजीमा विश्वास गर्नुहुन्न। सारभूत कुरा गर्ने र सारभूत काम गर्ने नेता हुनुहुन्छ।' पौडेलले उनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रतिनिधि भएको बताए। 
त्यसो त कोइराला आलोचनामुक्त छैनन्। आलोचकहरूले उनलाई सानो घेरामा विश्वास गर्ने नेताको रूपमा हेर्छन्। खुला राजनीतिमा धेरै पछि प्रवेश गरेका कोइरालालाई पार्टीभित्रै पनि समाजका विभिन्न आयामस“ग टाढा रहेको र खुला राजनीतिक संस्कारलाई अ“गाल्न नसकेको आरोप लाग्ने गरेको छ। विशेषगरी गिरिजाप्रसाद कोइरालाको कार्यकालमा सहयोगीका रूपमा काम गरेकाले पनि पार्टीभित्रैको अर्को समूहले यस्तो आरोप लगाउने गरेको हो। जस्तो कि, २०५७ को पोखरा महाधिवेशनअघि महामन्त्रीको हैसियतमा उनले १६ वटा जिल्ला कार्यसमिति विघटन गरेका थिए। त्यसपछि पार्टीभित्रैको प्रतिस्पर्धी समूहले त्यस्तो आरोप लगाउन थालेको थियो। 
कोइरालालाई कुनै लोकतान्त्रिक आन्दोलनले भन्दा पनि निरन्तरको राजनीतिक लगावले नेतृत्वमा पुर्याकएको हो। त्यति मात्र होइन, राजनीतिक इमानदारी र नैतिकताको सवालमा उनी समकक्षीभन्दा माथि छन्। संविधानसभाको पहिलो निर्वाचनमा पार्टीले हार बेहोरेपछि उनले कार्यबाहक सभापतिबाट राजीनामा दिएका थिए, तर स्वीकृत भएन। दोस्रो संविधानसभामा उनकै नेतृत्वमा कांग्रेस सबैभन्दा ठूलो दलको रूपमा पुनर्स्थापित भयो, जुन उनको राजनीतिक यात्राको महत्वपूर्ण उपलब्धि बन्न पुग्यो। यही उपलब्धिको जगमा उनी मुलुकको कार्यकारी प्रमुख हुन सफल भएका छन्।
अब प्रधानमन्त्रीका रूपमा उनको राजनीतिक परीक्षणसमेत हुनेछ। उम्मेदवारी प्रस्ताव गर्ने क्रममा कांग्रेस उपसभापति पौडेलले भने, 'कोइरालाले नेतृत्वको अवसर पाए कृषि क्रान्ति, पर्यटन विस्तार र जलस्रोतको विकास गरेर मुलुकलाई समृद्ध राष्ट्र बनाउनुहुनेछ।' 
यता, एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रस्तावप्रति समर्थन गर्दै भनेका थिए, 'जनताको चाहना र अपेक्षा के के हुन् भन्ने बुझेर नै कोइरालाले उपयुक्त नेतृत्व गर्नुहुनेछ।'
कोइरालाका सामु यतिखेर एक वर्षमा संविधान लेखनको वातावरण बनाउने, सुशासन दिने र मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाउने चुनौती छन्। 
कोइराला २०६८ असोजमा भएको १२ औं महाधिवेशनमा देउवालाई पराजित गर्दै सभापति भएका हुन्। २०५९ सालमा कांग्रेस विभाजन हुनअघि नै उपसभापति र महामन्त्रीलगायतका जिम्मेवारी सम्हालेका कोइराला २०६४ असोजमा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकको एकीकरणसँगै कार्यबाहक सभापति भएका थिए। 
अविवाहित कोइरालाले २०१६ अघि नै बनारसमा नृत्य र फोटोग्राफीसम्बन्धी प्रशिक्षण लिएका थिए। कोइराला कोरियोग्राफी सिक्न र हलिउडमा काम गर्न अमेरिका जाने अन्तिम तयारीमा रहेका बेला तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरेका थिए। त्यसका विरुद्ध कांग्रेसले थालेको आन्दोलनमा होमिए, उनी अमेरिका गएनन्।
जागिरका क्रममा सुशीलका बुबा बोधप्रसाद र आमा कुमुदिनीदेवी नेपालगन्ज पुगेका थिए। बोधप्रसाद त्यहाँ जिल्ला वन अधिकृत थिए। कोइराला परिवार लामो समय त्यहाँ बसेकाले सुशील उतै अडिए। उनका भाइ अशोक अहिले विराटनगरमै बस्छन् भने अरुण र विजय नेपालगन्जमा। अरुण र अशोक दुवै कांग्रेसमा सक्रिय छन्। सुशीलका छ–छजना दाजुभाइ–दिदीबहिनी छन्। बिपी र गिरिजाप्रसाद कोइरालाका भाइका रूपमा सुशीललाई कांग्रेसका नेता तथा कार्यकर्ताले हेर्ने गरेका छन्। सुशीलकी आमा बिपी/गिरिजाका आमाकी बहिनी हुन्।
कहिले, के भए?
२०१२ सालमै पार्टी सदस्यता लिएका सुशील कोइरालालाई २०४५ मंसिर १३ गते तत्कालीन कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराईले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। सोही वर्ष उनले विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हाल्ने मौका पाए। २०४८ को झापा महाधिवेशन र २०४९ को केन्द्रीय समिति पुनर्गठनपछि पनि कोइराला केन्द्रीय सदस्यमा मनोनीत भए। २०५३ मा काठमाडौं महाधिवेशनमा उनी मध्यपश्चिमबाट केन्द्रीय समितिमा निर्वाचित भए। तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई 
२०५५ असोज २० गते उपसभापति मनोनीत गरेका थिए भने २०५६ साउन १० गते महामन्त्री मनोनीत भए। २०५७ मा भएको पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका कोइराला २०५७ जेठ १७ गते पुनः महामन्त्रीमा मनोनीत भए। ललितपुरमा भएको ११ औं महाधिवेशनपछि उनलाई फेरि उपसभापतिकै जिम्मेवारी दिइयो। 
२०६४ असोजमा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण भएपछि कोइराला कार्यबाहक सभापति भए। २०६८ असोज ५ गते काठमाडौंमा सम्पन्न १२ औं महाधिवेशनबाट उनी सभापति बने। 
२०४८ र २०५६ को निर्वाचनमा बाँकेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइराला ०५१ को मध्यावधि र २०६४ को संविधानसभा निर्वाचनमा पराजित भएका थिए। कोइराला २०५८ मा भएको संसदीय दलको निर्वाचनमा शेरबहादुर देउवासँग पराजित भएका थिए। पछिल्लो संविधानसभामा चितवन र बाँकेबाट कोइराला निर्वाचित भएका कोइराला यसपटक संसदीय दलको नेतामा देउवालाई १६ मतले पछि पार्दै निर्वाचित भए। प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनका क्रममा उनले नेपाल र भारतमा गरी ६ वर्षभन्दा बढी जेलजीवन बिताएका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस