मान्छेका चाहना असीमित हुन्छन् भन्ने तथ्य पनि शाश्वत सत्य होइन। कतिपय व्यक्तिलाई धन, सम्पत्ति, इज्जतले भरिपूर्ण भएपछि वैराग्य चल्छ र सन्यास आश्रममा प्रवेश गर्छन्। तिनको चाहना असीमित रह्यो भन्न मिल्दैन। अर्कोतिर कुनै सफलता वा पद त्यस्तो हुँदोरहेछ जहाँ टिकिरहनु नै असीमित चाहनाको अभिव्यक्ति हुँदोरहेछ, त्यहाँभन्दा पर चाहनाको पखेटा नलाग्दो रहेछ।भौगोलिकरूपमा हेर्ने हो भने सगरमाथाको सगरनै त्यस्तो स्थान हो जहाँ व्यक्ति एकपल्ट पुगेपछि त्यसभन्दा अग्लो स्थानमा पुग्ने चाहना राख्दैन। बरु त्यहीँ धेरै पटक पाइला टेकेर कीर्तिमान राख्न उद्यत हुन्छ। राजनीतिमा त्यस्तो स्थान प्रधानमन्त्री वा सरकार प्रमुख भन्ने पद रहेछ। कुनैपनि व्यक्तिको शक्ति र सामर्थ्य प्रकट गर्न अन्तिम खुड्किलो हुँदोरहेछ त्यो। त्यहाँभन्दा माथि कोही पनि जान चाहँदैन रहेछन्। कसैले भन्लान् राष्ट्रपतिको पद छ नि! तर होइन। राष्ट्रपति नै कार्यकारी प्रमुख नहुने व्यवस्थामा प्रधानमन्त्रीकै पद यस्तो आसन रहेछ जहाँ पुगेको व्यक्ति तल ओर्लन चाहँदैन र ओर्लेको व्यक्ति बारम्बार त्यहाँ पुग्ने लालच पाल्छ। लालच परिपूर्ति गर्न कुनैपनि प्रकारको तिकडम, झुट र अपराधसम्म पनि गर्न शक्तिको लालची पछि नपर्ने रहेछ।
राजनीतिमा कोही जोगी हुनका लागि प्रवेश गर्दैनन्। नेपाली कांग्रेसका नेता हुन्, नेकपा (एमाले) हुन् वा एनेकपा (माओवादी), सबैको सहमति कुनै विषयमा छ भने यही एउटा विषयमा छ। सबै दलका सबै ठूला नेताको मतैक्य छ – राजनीतिमा लागेपछि त्यसको उच्चतम विन्दुसम्म पुगेरै छाड्नु पर्छ। तर रमाइलो के छ भने एकपल्ट उच्चतम विन्दुमा पुगेका व्यक्ति भने बरु बारम्बार त्यस पदमा पुग्लान् तर नपुगेको व्यक्ति चाहिँ त्यस पदमा पुग्न निकै गाह््रो हुँदोरहेछ। आफू हुन नपाए आफू समानका अन्य साथीको बाटो छेक्नुपर्छ भन्ने मान्यताले गर्दा उपल्लो स्थानमा पुगेका व्यक्तिलाई राजनीतिक पदरूपी सिकार ढोकैमा आउँदो रहेछ। तलका नेताहरूमा भ्यागुताको धार्नी कहिल्यै नपुग्ने रहेछ।
माघ ८ गते संविधान जारी हुने वा नहुनेमा पनि संविधानको अन्तर्वस्तु नभएर शक्तिको भोक निर्णायक रहेको देखिएको छ। प्रधानमन्त्री सुशील कोइरालामा आफ्नो कार्यकालमा देशलाई संविधान दिन सके सन्यास आश्रम प्रवेश गर्ने इच्छा देखिएको छ। उनको इच्छाको सकारात्मक अवतरण भयो भने देशको दोस्रो राष्ट्रपतिमा उनको नाम लेखिएला। कोइरालाको इच्छा पूरा होस् भन्ने चाहना शेरबहादुर देउवाको पनि होला। किनभने त्यस्तो अवस्थामा दलको सभापति र भावी प्रधानमन्त्री बन्ने उनको चाहनाको बाटोमा काँडा कम हुन्छ। तर राष्ट्रपति हुँदाहुँदै पनि कोइरालाले देउवाको खेदो नखन्लान् भन्न सकिँदैन। अघिल्लो पटक सभापतिको निर्वाचन हार्दा देउवाले आफ्नै दलको माथिल्लो पदमा पुगेका पुराना नेताविरुद्ध अभिव्यक्ति दिएकै हुन्। कांग्रेसको आन्तरिक द्वन्द्वका लागि अहिले धेरै अक्षर खर्च गरिरहन पर्दैन। केही महिनामै यस विषयमा ठेलीका ठेली लेखरचना बजारमा छरपस्ट हुनेछन्।
एमालेका अध्यक्ष केपी शर्मा ओलीका आफ्नै इच्छा र आकांक्षा छन्। सकभर संविधान बनाएर प्रधानमन्त्री हुने उनको सदिच्छा रहुन्जेल माघ ८ को संविधानमा तगारो लाग्ने संभावना पनि कम छ। तर माघ ८ मा संविधान बनिसक्ने विषयमा सन्देह भयो भने उनी आफैँ संविधान दिने प्रधानमन्त्रीका रूपमा प्रकट हुने इच्छा राख्छन्। यस्तो अवस्था आइलाग्यो भने देशको राजनीतिले उल्टो दिशा समात्ने निश्चित छ। मोदीको अकूटनीतिक 'ट्रमा सेन्टर 'को भाषणपश्चात एकाएक सहमतीय संविधानविरुद्ध ओलीको सशक्त प्रतिरोध कम भएको धेरैको आकलन छ। तर माघ ८ पश्चात तुरुन्तै लोकतान्त्रिक संविधान नबन्ने अवस्था भयो र बहुमतीय अर्थात् ३०१ को खेलमा सरकार बन्ने अवस्था आयो भने ओलीको प्रधानमन्त्री बन्ने सपना पर धकेलिन वा तुहिन पनि बेर लाग्दैन। त्यस स्थितिमा प्रधानमन्त्री जो भए पनि देशमा स्थिरता आउँदैन। बरु नयाँ द्वन्द्व सुरु हुन्छ।
अहिलेको परिप्रेक्ष्यमा संविधान आएका खण्डमा सबैभन्दा फाइदा हुने तर संविधान बन्न नदिनका लागि सबैभन्दा भाँजो हाल्ने दल बनेको छ – एनेकपा (माओवादी)। उसलाई सबैभन्दा बढी फाइदा किन हुन्छ भने संविधान बनेपश्चात हुने निर्वाचनमा ऊ आफ्नो एजेन्डाले जितेको घोषणा गरेर अघि बढ्न सक्छ। अहिलेकै अवस्था रहेको खण्डमा एमाओवादी निकै सानो दल त छँदैछ, उस्का कार्यकर्ता पनि विस्तारै वैद्य र चन्द खेमामा पुग्ने वा एमाले बन्ने संभावना बढेर जानेछ। वर्ग संघर्षको राजनीतिक विचार बोकेको राजनीतिक दल जातीय संघीयताको पक्षधर बनेर चित्रबहादुर केसीसँग प्रतिस्पर्धा गर्दैछ र जनताको ठूलो हिस्सा केसीको विचारतर्फ उभिएको छ।
जातीय संघीयताको विद्रुप नारा बोकेर पद्यरत्न तुलाधर, मल्ल के. सुन्दर, अशोक राई, कुमार लिङ्देन आदि हिंडेका छन्। लाग्छ भोलि हुनसक्ने संघर्षका लागि यी एक आपसलाई नै बलि दिनुअघिको पूजामा संलग्न छन्। भोलि यिनको मागअनुरूपको संविधान बन्यो भने देश कति विरूप होला, कति विद्रोह होला र जातीय रूपमा एकीकृत हुँदै गरेको समाज कति विकृत होला त्यो तिनैले जानुन् तर त्यसले माओवादीलाई कुनै पनि रूपमा फाइदा हुँदैन। त्यसैले जातिवादी नारा तिनैलाई पेवा दिए हुन्छ। समाजमा विग्रह ल्याएर राज्यसत्तामा कब्जा जमाउने खेलमा वैद्य र चन्दनै काफी छन् , एमाओवादीका नयाँ सुकिलामुकिला नेता चाहिँदैन। त्यसैले भोलिको जातीय द्वन्द्व वा अन्य कुनै पनि प्रकारको संघर्षले एमाओवादीलाई सहयोग पुर्यामउँदैन।
एमाओवादीले ७ वा ८ प्रदेश सम्ममा सम्झौता गरेर लोकतान्त्रिक संविधान निर्माणमा सहयोग पुर्यापउने हो भने भोलिका दिनमा तिनको राजनीतिक अवस्था अहिलेभन्दा निश्चितरूपमा बलियो हुन्छ। तर एमाओवादीका नेताले बुझ्नुपर्ने र दश वर्षसम्म पनि नबुझेको शाश्वत सत्य के हो भने पहिलो संंविधान सभाको निर्वाचनमा तिनलाई साँच्चिकै मतदान गर्नेले पनि हिंसा र अति उग्रवादी साम्यवादी लाइन छाडेर आएको विश्वासमा मत दिएका हुन्। दोस्रो संविधान सभामा तिनको उग्रवाद र भ्रष्टाचारबाट आजित भएर यस्तो दयनीयरूपमा हराएका हुन। आफूलाई जनताले किन विजयी बनाए र किन हराए भन्ने यथार्थपरक मूल्यांकन गर्न एमाओवादीले सकेको चाहिँ देखिएन।
अहिले शासनमा बसेका कांग्रेस र एमालेले जति नै लोकतन्त्रवादको डंका पिटेपनि वास्तवमा सरकारमा प्रशस्त भ्रष्टाचार, नातावाद र कृपावादले जरो गाडेको छ। साधारण जनताका छोराछोरी जतिनै सक्षम र मेहनती भएपनि राज्यका विभिन्न अंगमा तिनको पहुँच छैन। दलित, पछिडिएका, महिला, मधेसी आदीका नाममा जति आरक्षण छ त्यो पनि तिनै समूहका हुनेखानेले पचाएका छन्। वास्तविक जनता सधै दुःखी, पिडितनै छन्। यस्तो अवस्थामा जातीय विवादलाई पन्छाएर वर्गीय अर्थात् आर्थिक अवस्थाका आधारमा राजनीति गर्ने दलले आर्थिक अवस्था कमजोर भएका सबै जातजाति र समूहको प्रतिनिधित्व गर्नसक्ने अवस्था छ। बृहत्तरूपमा हेर्दा त्यस समूहको प्रतिनिधित्व अहिले एमालेले गरिरहेको छ। एमाओवादी त्यो समूहमा गएर एमालेसँग प्रतिस्पर्धा गर्न डराएको छ। तर उसको राजनीतिक 'स्पेश' क्रमशः संकुचित हुँदै गएको हेक्का गरेका देखिँदैन। कमसेकम आफूलाई विचारक भन्ने डा. बाबुराम भट्टराईले यस्तो मौकाको सदुपयोग गर्न सक्नुपर्ने हो। तर उनलाई संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन पेस गर्न दिइएको स्वविवेकीय अधिकार प्रयोग गर्दा उनी फेरि नराम्रोसँग चुकेका छन्। प्रचण्ड र बाबुरामले अझै पनि जातीय राज्य बनाएर त्यसबाट उत्पन्न हुने विग्रहको फाइदा उठाई शासन सत्तामा कब्जा गर्ने सपना बिर्सन सकेका छैनन्। त्यही मतिभ्रम नै दोस्रो संविधान सभाका लागि सबैभन्दा ठूलो खड्को भएको छ। एमाओवादीको गलत लाइनले देशलाई मात्र अप्ठेरोमा पारेको छैन बरु स्वयं एमाओवादी पनि बिस्तारै खुम्चिएर, क्रमशः सकिँदै गएको छ। तर लाग्छ, प्रचण्ड र बाबुरामलाई भने मतलबै छैन। सशस्त्र द्वन्द्वले देशलाई केही दिएन अब लोकतान्त्रिक, समावेशी र बहुलवादी तवरले देश अघि बढाउनुपर्छ भन्ने सोच तिनमा अझै पनि आएको देखिएन। संविधान बनाउने समय घर्किसकेको छ। विडम्बना, शक्तिको खेल र स्वार्थी राजनीतिको चक्कर सकिएको छैन।