एमाले संसदीय दलका नेता तथा पार्टी अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुन पाएनन्। चुनाव हारेका माधवकुमार नेपाल प्रधानमन्त्री भए। उनलाई प्रधानमन्त्री बनाउन एमालेका कुनै नेताभन्दा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको बढी भूमिका थियो। खनाललाई नेपाल प्रधानमन्त्री भएको सहन निकै गाह्रो भएको उनको अनुहार र अभिव्यक्तिबाट स्पष्ट हुन्छ। उनले त्यसलाई प्रत्यक्ष अप्रत्यक्ष व्यक्त पनि गरिरहेका छन्। खनालले राष्ट्रिय सरकार देशको आवश्यकता हो भन्दै आएका छन्। तर 'एमाले संसदीय दलको नेताको नेतृत्वमा' भन्ने आँट गरिसकेका छैनन्।
नेपाली कांग्रेसभित्र त्यस्तै अवस्था छ। सबैले अनुमान लगाउन थालेका छन्- अबको प्रधानमन्त्री कांग्रेसबाटै हो। तर, चुनाव जितेर संसदीय दलको नेता भएका रामचन्द्र पौडेलको नाम भने प्रधानमन्त्रीका रूपमा लिइँदैन। सबैको अनुमान छ - शेरबहादुर देउवा प्रधानमन्त्री हुने होलान्। देउवाको पक्षमा 'अन्तर्राष्ट्रिय वातावरण' बन्दै गएको चर्चा सुनिन गालेको छ। सभापति कोइराला पनि देउवाकै दाहिना भएका छन्। आफूले नपाउने परिस्थिति देखेरै त होला पौडेललेे हतारहतार संसदीय दलको बैठक बोलाएर वर्तमाको सरकारलाई कांग्रेसको पूर्ण समर्थन रहेको निर्णय गराइदिए।
लोकतान्त्रिक प्रणाली सुदृढ भएका मुलुकमा चुनाव जित्ने व्यक्ति नै नेता हुन्छन्। चुनावताका चर्चामा आएका पनि सकिनेबित्तिकै विजयी नेताको छायाँमा पर्छन्। एमालेमा केपी-माधवको पकड, कांग्रेसमा सुजाताको रवाफ बढेजस्तै माओवादीभित्र पनि पुष्पकमल दाहाल र बाबुराम भट्टराईहरूको हैन, मोहन बैद्य समूहकै जगजगी छ। माओवादीमा शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिक लाइनको वकालत गर्दा 'क्रान्तिका लागि बाबुरामजीको बध पनि हुनसक्छ' भनेर वकालत गर्नेहरू अहिले शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिबाट सबैभन्दा ठूलो दल बन्दा पनि भट्टराईको नेतृत्व स्वीकार्न तयार छैनन्। जनतामा रहेको प्रभावलाई पार्टीको पक्षमा उपयोग गर्न 'कट्टरपन्थी' हरू तयार छैनन्। सबै दल पराजित, अलोकप्रिय र कट्टरपन्थीको नियन्त्रणतिर जाँदैछ।
सबै राजनीतिक दलका नेतामा हरुवा मानसिकता छ। एमालेका झलनाथ वा माधवकुमार, कांग्रेसका रामचन्द्र वा शेरबहादुर, माओवादीका बाबुराम वा मोहन बैद्य कोही पनि जितेको मनस्थितिमा छैनन्। पार्टीभित्रकै प्रतिद्वन्द्वीसँग जुध्दै उनीहरूको समय खेर गइरहेको छ। सबै दल आफूभित्रकै अल्पमतको पेलाइबाट गतिहीन भएका छन् र दिशाहीन बन्दै छन्। आफूले नपाउने भए भर्सेलामै परोस् भन्ने नकारात्मता सोचले सबैलाई गाँज्दै लगेको छ। पराजित मानसिकताको परिणामसबैभन्दा बढी निर्वाचित संसद्ले भोगेको छ। अल्पमतको जबर्जस्तीका भरमा संसद् बन्धक बनेको छ। पार्टी हाँक्ने औकात नभएका नेताहरूले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गर्न उक्साएर राष्ट्रपतिलाई विवादमा पारे। तिनले सभामुखलाई पनि गलत काम गर्ने लगाउने प्रयत्न गरे। धन्न, 'मूर्ति' को उपमा स्वीकारेर पनि उनले संवैधानिक सीमा नाघेनन्।
आफैँ केही गर्न नसक्नेहरू अरूलाई दबाब दिएर वा प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्न चाहन्छन्। अरूको काँधमा बन्दुक राखेर गोली हान्ने प्रवृत्तिलाई कायरता भन्छन्। हरुवा मानसिकता भएकाहरू कायर हुँदा रहेछन्। नेताको अवज्ञा गरेर पार्टी जीवन्त हुँदैन। नेतामा खोट भए फेर्नुपर्छ। तर विधिवत् निर्वाचित नेताको नेतृत्वमा दल सञ्चालित हुनुपर्छ। नेताको अवज्ञा गरेर पार्टी जीवन्त हुँदैन। नेतामा खोट भए फेर्नुपर्छ। तर विधिवत् निर्वाचित नेताको नेतृत्वमा दल सञ्चालित हुनुपर्छ। आफ्नो स्वार्थपूर्तिका लागि सबैको अधिकार दुरुपयोग गर्ने नेताहरूको प्रवृत्ति हटाउन नसके सबै राजनीतिक दल, संसद्मात्र हैन, राजनीतिक प्रणाली नै असफल सिद्ध हुनेछ।