नयाँ क्रान्तिमा मध्यमवर्ग
२३ मंसिर २०७१
•
१५ मिनेट पाठ
नयाँ क्रान्तिमा मध्यमवर्ग
नेत्रविक्रम चन्द ‘विप्लव'ले चे ग्वेभाराको शैलीमा नयाँ राजनीति थालनी गर्न लागेका छन्। नेकपा–माओवादीको केन्द्रीय समितिमा बोल्दै उनको नयाँ अभियानको प्रेरक तत्व भावनात्मक अनुभूति भएको सहभागीहरूले बताएका छन्।अहिलेको अवस्थामा नयाँ जनआन्दोलन गर्न सकिँदैन। तर उनी त्यत्तिकै निस्त्रि्कय बस्न पनि सकेनन्। अन्ततः आत्मसम्मानमा पुगेको चोट र व्यापक राजनीतिक असन्तुष्टिबाट मुक्ति पाउन उनले केही गर्ने सोच बनाएको हुनसक्छ। 
यस आलेखको उद्देश्य विप्लवको बाटोलाई समर्थन गर्नु नभएर उनले तारो साँधेको नयाँ शत्रुको विन्यास गर्नु हो।
संविधान सभाको दोस्रो निर्वाचनपछि विप्लबले सामना गर्न लागेको शत्रु, उनको मात्र नभई गरिब नेपाली जनता, मध्यम वर्ग तथा मधेसी तथा जनजातिको पनि नयाँ साझा शत्रु हो। यो साझा शत्रुले विप्लवको मात्र नभई अरू समूहको पनि आत्मसम्मानमा चोट पुर्याउउने तथा असन्तुष्टि बढाउने काम गरिरहेको छ।
सामान्य जनता, मध्यम वर्ग, युवा तथा मधेसी समूह अलगअलगजस्ता देखिन्छन्। तर यिनीहरू सबैको दैनिक जीवनमा एकै खालको नकारात्मक अनुभूति हुनेगर्छ र यी समूह त्यसैका आधारमा संगठित हुनसक्छन्। यस क्रममा यी चार समूह मिल्न पुगे भने नेपालमा नयाँ प्रकारको परिवर्तन ल्याउन सक्छन्। यो परिवर्तन त्यति सजिलो त छैन तर परिस्थिति यस्तै रह्यो भने आगामी पाँच सात वर्षमा नयाँ प्रकारको क्रान्ति भने पक्कै हुनेछ।
नेपाली जनतालाई अहिले शान्ति, समृद्धि र आत्मसम्मान चाहिएको छ। यसैका लागि २०६२–६३ सालको जनआन्दोलन भएको थियो। तर जनतालाई शोषण गरेर धनी हुने र जनताको नाममा शक्तिको मनपरी प्रयोग गर्ने शक्तिलाई यस आन्दोलनले परास्त गर्न सकेको छैन। जनतालाई शोषण गर्ने समूहमा शिक्षा माफिया, निर्माण ठेकेदारको माफिया, प्राकृतिक स्रोत माफिया, चिकित्सा माफिया, यातायात सिन्डिकेटका माफिया, रोडाढुंगाका माफिया आदि पर्छन्।
नेपालमा अहिले परिर्वतनको एजेन्डाप्रति खुलापन देखिएको छैन। त्यस्तै शक्तिको केन्द्रीकरण पनि तीव्ररूपमा भइरहेको छ। नेपालको राजनीतिक शक्ति दुई दलमा केन्द्रित छ। ती दुई दलको शक्ति केहि सीमित व्यक्तिको हातमा छ। त्यसमाथि उनीहरुले शक्ति प्रयोग गर्ने तरिका पनि पारदर्शी छैन। एकारित शक्तिको अतिकेन्द्रीकरण हुनु र अर्कोतर्फ आन्दोलनकारी शक्ति अगाडि बढ्नु लोकतन्त्र र स्वतन्त्रताको लागि शुभसंकेत होइन।
मध्यमवर्ग र युवा
मध्यमवर्ग र विप्लव मिल्ने संभावना साँच्चिकै छ त? सर्सर्ती हेर्दा यो मनोगत कल्पनाजस्तो लाग्छ। तर गहिरिएर हेर्दा स्पष्ट हुन्छ, विप्लब जेका विरुद्ध लडिरहेका छन्, मध्यमवर्ग पनि त्यसैको विरोधमा एकदिन उभिनेछ।
मध्यमवर्गले नै पुँजीवाद र लोकतन्त्रलाई जोडेको हुन्छ। पुँजीवाद विस्तार गर्नकै लागि विश्वमा लोकतन्त्रको विस्तार भएको हो भन्ने हामीले माने पनि नमाने पनि यथार्थ के हो भने मध्यमवर्ग नै पुँजीवाद र लोकतन्त्रको परिचालक हो। मध्यमवर्ग र युवावर्गलाई सन्तुष्ट बनाउन आर्थिक अवसरको खाँचो पर्छ। तर यस अवसरलाई रोक्ने नयाँ शत्रु सिर्जना भएको छ।
मानौं तपाई एउटा युवा हुनुहुन्छ। हार्वर्ड विश्वविद्यालयबाट एमबीए गरेर आउनुभएको छ। तपाईंसँग लगानी गर्न दुई करोड रुपियाँ पनि छ। तपाईँ नेपालमा लगानी गर्न सक्नुहुन्छ? तपाईं नेपालमा उद्योग वा व्यवसाय गर्न सक्नुहुन्छ?
यसको सबै नेपालीसँग लगभग एउटै उत्तर हुन्छ। नेता, अपराधी, भ्रष्ट कर्मचारी र माफियासँग साँठगाँठ नगर्ने हो भने जतिसुकै सक्षम भए पनि मध्यमवर्गको प्रतिनिधिले अवसर पाउँदैन। यही अवस्थाले नेपालका नयाँ युवा र मध्यमवर्गमा ठूलो असन्तुष्टि छ र उनीहरूको आत्मसम्मानमा ठूलो चोट पुगेको छ।
त्यस्तै हालै ओईसीडीले गरेको अध्ययनले देखाएको छ, गरिब र धनीबीचको खाडलले आर्थिक वृद्धि दरमै फरक पर्छ। धनीमात्र धनी भएर आर्थिक वृद्धि दर राम्रो हुँदैन। त्यसका लागि तल्ला ४० प्रतिशतले पनि आर्थिक उन्नति र विकासको अवसर पाउनुपर्छ।
त्यसैले नेता, अपराधी र माफियाको सञ्जाल नयाँ नेपालको नयाँ शत्रु हो। यस सञ्जालले नेपालमा असली पुँजीवाद अर्थात् खुला बजार र खुला प्रतिस्पर्धालाई प्रवेश गर्न दिएकै छैन। त्यसैले एकदिन युवा वर्ग र मध्यमवर्ग त्यस सञ्जालका विरोधमा उभिनेछन्।
यस विरोधको सामना गर्न दलहरु सक्षम होलान्? नागरिक समाजलाई मध्यमवर्गीय पुँजीवादी संरचनाको सांकेतिक नेतृत्व मान्ने हो भने अब बिस्तारै नागरिक समाजमा पनि चिरा देखिन थाल्नेछ। एकातिर नागरिक समाजलाई राजनीतिक दलले आफ्नो बनाउन खोज्नेछन् भने अर्कोतर्फ नागरिक समाजले मध्यमवर्गको प्रतिनिधित्व गर्न खोज्नेछन्।
आत्मसम्मानमा चोट
दोस्रो संविधानसभाको निर्वाचनसँगै जनतालाई शोषण गर्ने यी माफियाका नाइके र राजनीतिक दलका नेताको हातेमालो निकै जब्बर देखापरेको छ। जनताका नाममा राजनीति गर्ने सबै प्रमुख दल (त्यसमा नेपाली कांग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी) सबै पर्छन्) अहिले आएर राजनीतिमा सफल हुनका लागि तिनै जनतालाई शोषण गर्ने माफिया र अपराध सञ्जालसँग मिल्न पुगेका छन्।
राजनीतिक दलको मुख्य उद्देश्य जनताको प्रतिनिधित्व गर्ने र जनताको सेवा गर्ने हुनुपर्ने हो। तर सत्तामा पुग्नका लागि यी दलहरू जनताकै शोषण गर्ने शक्तिसँग मिल्नपुगेका छन्। यसको सीधा अर्थ हो, प्रमुख राजनीतिक दलले अब जनताको सेवा गर्न सत्तै्कनन्। तिनले चलाउने सत्ता संयन्त्र, बनाउने सबै नीति, अवलम्बन गर्ने अभ्यास जनताको पक्षमा नभएर कि त निजी स्वार्थका लागि हुनेछन् नभए भुमण्डलीकरणको दबाबमा हुनेछ। नत्र, यिनै माफियाको पक्षमा हुनेछ। केही हदसम्म यो अहिले पनि भइराखेको छ।
विगत केही सातादेखि चर्चामा आएको बस र जीप दुर्घटनालाई एउटा उदाहरणका रूपमा लिन सकिन्छ। सिन्डिकेटका कारण यात्रु कोचिएर यात्रा गर्न बाध्य छन् र सिन्डिकेटकै कारण दुर्घटना बढ्दो छ। तर किन सरकार सिन्डिकेटलाई नियन्त्रण गरेर यात्रुको जीवनको रक्षा गर्न असफल छ? राजनीति, प्रशासन र ठेकेदारबीचको मिलोमतोले जनता शोषण र अन्यायमा परेका पर्यैा छन्।
नेपालको वर्तमान परिवर्तनबाट सबैभन्दा धेरै आशा गर्नेमा गरिब नेपाली जनता र परम्परागतरूपमा विभेदमा परेका समुदाय हुन्। काठमाडौं बाहिर जाँदा स्पष्ट हुन्छ नेपाली जनतालाई के हुनुहुँदैन भनेर प्रष्ट थाहा छ। तर के हुनुपर्छ भन्ने उपायको टुंगो लागिसकेको छैन। यसै क्रममा सपनाका व्यापारीहरू आआफ्नै उपाय जबर्जस्ती बेच्ने भिडन्तमा छन्। आफ्ना एजेन्डा खुलारूपमा छलफल गर्नुसट्टा नेताहरू कोठे बैठकमा राष्ट्रपति र प्रधानमन्त्री पदको मोलमोलाइमा व्यस्त छन्।
नयाँ नेपालमा अवसरहरू कि त बकसका रूपमा दिइन्छ, कि ठेक्कामा दिइन्छ, कि आफन्तलाई कृपा गरिन्छ। सामान्य जनताले त साधारण अवसर पनि पाउनसकेका हुँदैनन्। फलस्वरूप, गरिब जनताको आत्मसम्मानमा पनि चोट पुगेको छ र असन्तुष्टि पनि बढेको छ। मधेसी युवामा त यसले झनै विकरालरूप लिएको प्रतीत हुन्छ।
यस्ता भावनाप्रति केपी ओली, सुशील कोइरालाजस्ता नेता संवेदनशील हुन जरुरी छ। जनतालाई शोषण गर्ने शक्तिसँग राजनीतिको हातेमालो भइरहेको छ कि भनेर नियाल्नु नयाँ नेपाल बनाउन लागि पर्ने नेताहरूको जिम्मेवारी हो।
नयाँ क्रान्ति
अहिले नयाँ क्रान्तिका विपक्षमा पनि थुप्रै तर्क छन्। नेपालमा माओवादी द्वन्द्वबाट आक्रान्त बनेका जनता हिंसाको अन्त्य कहिले होला र कहिले देशको परिस्थिति सामान्य होला भनेर पर्खेर बसेका छन्। यस्तो बेला नयाँ क्रान्तिको कुरा गर्नु जनभावनालाई तिरस्कार गर्नुसरह हो।
त्यस्तै अर्को तर्क छ, नेपालमा सबै राजनीतिक सुधार एकैपल्ट हुन्छ भनेर आशा गर्नु बेकार हो। जनताको मत लिएर जित्ने व्यवस्था भयो भने अन्ततः राम्रा एजेन्डा बोकेर जनताका सामु जाने दलले मात्रै जित्नेछन् र बिस्तारै राज्य संचालन र राजनीतिमा पनि सुधार आउनेछ। अहिलेको प्रमुख चुनौती नयाँ क्रान्तिको सगुफा छाड्नु नभएर लोकतान्त्रिक संरचना बलियो बनाएर जनतालाई लोकतन्त्रको फल दिनु हो। त्यसमाथि क्रान्तिले भएको संरचनालाई भत्काउनमात्र सक्छ, नयाँ सिर्जना गर्न सत्तै्कन भन्ने मान्यता पनि छ।
अर्को ‘जनयुद्ध' संभव छैन र त्यसतर्फ जान पनि हुँदैन। तर जनताको बलमा शान्तिपूर्ण तरिकाले नयाँ क्रान्ति संभव छ र त्यो हुनुपर्छ। त्यस क्रान्तिको उद्देश्य जनतालाई शोषण गरेर पुँजी र शक्ति एकत्रित गर्ने नेता र ठेकेदारबीचको सम्बन्धलाई तोड्नु र जनताको सर्वोच्चता पुनःस्थापित गर्नु हुनुपर्छ।
विप्लवको क्रान्तिको स्वरूप एक प्रकारको हुनेछ भने, नागरिक समाजको क्रान्तिको स्वरूप फरक प्रकृतिको हुनसक्छ। नागरिक समाजले सूचना क्रान्तिमा समाहित भएर नयाँ नेपालका नयाँ शत्रुको भन्डाफोर गर्न सक्नुपर्छ। सही सूचना र सही चेतनाको आधारमा मात्र अहिंसात्मक आन्दोलन सफल हुनसक्छ।
कुनै न कुनै दिन, २०६२ सालमा झैँ विभिन्न प्रकृतिका क्रान्तिको सम्मिलन हुन सक्नेछ। त्यसैले विप्लवले प्रतिनिधित्व गर्ने माओवादी, मध्यमवर्ग र मधेसी युवाबीच नयाँ प्रकारको साझेदारी बन्न सक्यो भने नयाँ क्रान्तिका लागि उपयुक्त वातावरण बन्नेछ। यसो भएन भने लामो समय हामी अहिलेकै राजनीति–ठेकेदार–परजीवीको राजमा बाँच्न बाध्य हुनेछौँ।
क्रान्तिको मामिलामा मध्यमवर्ग सबैभन्दा निरिह हुन्छ र सबैभन्दा निर्णायक पनि। त्यसका लागि जनतालाई प्रेरित गर्न सक्नु र लोकतन्त्रको फल जनतालाई बाँड्न सक्ने क्षमता हासिल गर्नु नयाँ क्रान्तिको चुनौती हो।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस