'यो देशमा एउटा तानाशाह नल्याईकन त भएकै छैन। यी फटाहा, घुस्याहा र बदमासलाई नझुन्ड्याई यो देशको विकास हुँदैन। निर्वाचनबाट सत्तामा जानेहरू सबै सधैँ आफू, आफ्ना साला, भतिजा र कार्यकर्ताको खल्ती भरेरै सकिए। यी सबैलाई तह लगाउने एक तानाशाह त यो देशलाई चाहिन्छ, चाहिन्छ। सेनालाई लगाउनु पर्छ, अनि सब ठीक हुन्छ।'राजनीतिमा चाख राख्ने तर राजनीतिक दर्शन विशेषबाट खासै प्रभावित नभएका निम्नदेखि उपल्लो वर्गसम्मका कतिपय व्यक्ति माथिकै आशय झल्कने अभिव्यक्ति बारम्बार दोहोर्यातउने गर्छन्। तिनका विचारमा नेपालमा उदार तानाशाह पाउन सजिलो छ तर सक्षम र स्वच्छ राजनीतिक नेतृत्व पाउन मुस्किल हुन्छ। अझ कतिपय त नेपालमा कुनैपनि राजनीतिक नेतृत्व सक्षम, सबल र स्वच्छ छैनन् त्यसैले यिनलाई पदमा पुर्यापएर जनताले ठूलो भूल गरेको भनी घोषणा गर्नसमेत हिचकिचाउँदैनन्। नेपालका ठूला नेता र तिनका पृष्ठ पोषक भने माथिका अभिव्यक्ति केही मुट्ठीभर राजावादी र प्रतिगामीको विचार हो भनेर त्यसमा ध्यान दिँदैनन्। त्यस्ता कुरा सुन्नै चाहँदैनन्।
गलत कुरा सुन्न नचाहनेहरूको तर्क पनि केही हदसम्म सही नै छ। किनभने गएको निर्वाचनमा ८० प्रतिशत जनताले जसरी मतदान गरेका छन् त्यसले अधिकांश जनतामा प्रतिगामी सोच छ भन्ने तथ्यलाई गलत देखाउँछ। तथापि, विगतको एक निर्वाचनमात्र हेरेर जनमत कतातर्फ ढल्किनसक्छ भनेर अनुमान गर्नु गलत हुनसक्छ। विसं २०६४ को निर्वाचनमा जनताले कम्युनिस्टलाई चुनेकै हुन् र त्यसभन्दा अघि राजावादी पनि बलियै देखिएका थिए। विसं २०७० को निर्वाचनमा लोकतन्त्रवादी दलहरूले दुई तिहाइभन्दा बढी मत पाएका छन्। यसरी हेर्दा कुनै राजनीतिक विचारमा नलागेका र समयअनुसार दल छनोट गर्ने जनमतले निर्वाचनको अन्तिम नतिजामा ठूलो प्रभाव पार्ने गरेको स्पष्ट हुन्छ। अहिले तिनै जनता नेपालको राजनीतिक नेतृत्वलाई धिक्कार्दैछन्। तिनलाई लागेको छ नेताहरूकै कारण नेपालले एउटा सार्वभौम मुलुक हुने क्षमता क्रमशः गुमाउँदै गएको छ र यहाँका नेताका अनुहारमा क्रमशः लेन्डुप दोर्जेको चित्र देखिन थालेको छ। यिनलाई दक्षिणको हावाले पात हल्लाएसरह जतापनि हल्लाउन सक्दोरहेछ भन्ने विश्वास जनतामा झनै बलियो हुँदैगएको देखिन्छ। दक्षिणको आशीर्वाद पाए 'बंंगाल टाइगर' जस्तो गर्जन निकाल्ने र नपाए दिल्लीको भुस्याहा कुकुर झैं पुच्छर लुकाउने नेताको व्यवहारले जनतामा फरि अविश्वास व्याप्त भएको छ। जनता भन्नथालेका छन् – यी नेताले संविधान बनाउँदैनन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बजाएको मुरलीका आधारमा नाच्ने हो भने नेपालमा संविधान बन्दैन। प्रधानमन्त्री बन्नेबित्तिकै भारतीय बाबुतन्त्रको प्रभावमा नपरेका मोदीको मुरलीको धुनमा रहेको सम्मोहन अहिले छ महिनामै कर्णकटु बन्दैगएको छ, अर्थात उनको धुनमा आमूल परिवर्तन भएको छ। पाकिस्तानका प्रधानमन्त्रीलाई आफ्नो शपथ ग्रहण समारोहमा बोलाउने प्रधानमन्त्री मोदी छ महिनाभित्र काठमाडौं दक्षिण एसियाली शिखर सम्मेलनसम्म आइपुग्दा तिनै नवाज सरिफसँग हात मिलाउन समेत हच्किए। अर्थात् भारतीय कर्मचारीतन्त्र र जासुसी संयन्त्रमा भारतीय कांग्रेसले पचासौं वर्ष लगाएर छिमेकी मुलुकमा जस्तो व्यवस्था चाहिन्छ भनेर मनःस्थिती विकसित गरिदिएकोछ त्यसैको भासमा मोदीपनि भासिइसकेेका छन्।
भारतीय राजनीतिमा के भयो र त्यहाँको राजनीति कता जान्छ त्यही हेरेर नेपालको राजनीति डोरिनु सम्पुर्ण नेपाली जनतालाई लाजमर्दो अवस्थामा पुर्याकउनु हो। नेपाल सार्वभौमसत्ता सम्पन्न देश भएकाले यहाँका नेताले सोहीअनुसार आफ्नो विचार र व्यवहार जनता समक्ष प्रकट गर्नुपर्छ। भारतका प्रधानमन्त्री मोदीले मिलेर संविधान बनाउन जोडदिँदैमा अब सर्वसम्मत संविधान बनाउने उपक्रममा लागेर माघ ८ को मितिलाई उपेक्षा गर्न राष्ट्रिय स्वाभिमानका दृष्टिले पनि मिल्दैन। संविधानविद् डा. भीमार्जुन आचार्य भन्छन् – संसारमा कही पनि सर्वसम्मत संविधान बनेको छैन र कहिले पनि बन्दैन। न त भारतमा संविधान सर्वसम्मत भएको थियो न नेपालमा हुनेछ। त्यसैले दुईतिहाइ बहुमतको प्रावधान राखिएको हो। यति ठूलो बहुमत लिएर बसेका दलका नेताको व्यवहार भने संकट पर्दा बालुवा मुनी टाउको लुकाउने अस्ट्रिच चराको जस्तो देखिँदै गएको छ।
अहिलेको अवस्थामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले स्पष्ट शब्दमा भन्न सक्नुपर्छ – सर्वसम्मत नभए दुईतिहाइ बहुमतका आधारमा भए पनि माघ ८ मै संविधान जारी हुनेछ। सम्भव भए संघीयतालाई कुनै प्रकारले भविष्यमा निर्धारण गर्ने गरी भए पनि सर्वसम्मति गर्ने र नभए कांग्रेस र नेकपा (एमाले)लगायतको संयुक्त प्रस्ताव अर्थात् ७ प्रदेशमा देश जानेछ। यसमा कम्तीका नेपाली कांग्रेस दृढ हुन सक्नुपर्छ। कोइरालाले देखाउन सक्नुपर्छ – उनी कुनै व्यक्तिगत स्वार्थ, लोभ र कुनै लालच पूरा गर्न त्यस पदमा पुगेका होइनन् र उनी एउटा सार्वभौम देशको सबैभन्दा ठूलो दलको नेता र प्रधानमन्त्री भएको नाताले देशलाई उचित दिशामा डोर्यापउने क्षमता राख्छन्।
नेपालको राजनीतिक इतिहासमै यस देशलाई सबैभन्दा बढी एक सक्षम र स्वच्छ नेताको जरुरत अहिले परेको छ। बिश्वेश्वरप्रसाद कोइरालाले राणा शासनविरुद्ध संघर्ष गर्दा देशलाई सक्षम नेताको खाँचो थियो र बीपीले त्यस भूमिकामा आफूलाई सशक्त ढंगले उभ्याए। त्यसैगरी सुशील कोइरालाले पनि आफूलाई प्रमाणित गर्न सक्नुपर्छ। अहिले संविधान आएन भने नेपाली कांग्रेसको ऐतिहासिक गरिमा र वर्चस्व समाप्त भएर जानेछ।
सुशील कोइरालाको अबको कार्यक्रम कसरी जान्छ त्यो पक्कै पनि जनताले चाँडै नै देख्न पाउनेछन्। तर देशको राजनीतिक नेतृत्वको संकट तबसम्म सकिँदैन जबसम्म राजनीतिमा लाग्ने नेतृत्वले जनताको समर्थन र जनमतको आधारमा देशलाई हाँक्ने आन्तरिक शक्ति र ऊर्जाको विकास गर्दैनन्। अहिले दलका दोस्रो तहमा भएका नेताहरूसमेत पैसा कमाएमात्र भोलि नेतृत्वमा माथि पुग्न सकिन्छ भन्ने गलत मान्यता बोकेर राजनीति गरिरहेका छन्। यस्तो अवस्था हेर्दा नेपालको भविष्य उज्वल देखिँदैन।
कांग्रेस वा एमालेका कुनै पनि नेताका मनमा म नेपाली जनताको व्यापक समर्थनले सत्तामा पुग्नसक्छु भन्ने आत्मविश्वास छैन। धेरै जना भारत र केही चीनको समर्थन नभई यस देशको राजनीतिक नेतृत्वको सिँढी चढ्न सकिँदैन भन्ने ठान्छन्। ठूला नेता को भारतसँग कति नजिक हुने भन्ने होडमा छन्। कतिँसम्म भने नेपालको हित रक्षा गर्न भारतमा राजदूत बनेर जान चाहने व्यक्ति पनि भारतबाटै समर्थन खोज्छन्। नेपाली नेता पनि भारतले पत्याएको व्यक्तिलाई नै राजदूत बनाएर पठाउने कोसिसमा देखिन्छन्। यस्तो अवस्था देखिसकेपछि नेपालमा राजनीतिक नेतृत्वको संकट परेको नभने के भन्ने?
अर्काको बुई चढेर म्याराथुन धावक हुन सकिन्न। नेपालका नेताहरू अरूले पदमा चढाइदेलान् भनेर भारतीय जासुसी संस्थाका प्रमुखहरूलाई करोडौँ नजराना चढाउँछन् भन्नेसमेत खबर थाहा पाएर धेरैलाई आश्चर्य लाग्ला तर त्यो हल्ला राजनीतिक वृत्तमा चर्चामा छ। भारतबाट नेपाली मामलामा प्रभाव पार्न भनेर पठाएको रकम थोरै नेपालमा खर्च हुन्छ भन्ने त चर्चा छँदै थियो तर अब केही सत्ताका दलाल र जासुसी एजेन्टहरूले उताबाट आएकोभन्दा बढी नेपालका नेताले चढाएको मोटो रकमले आफ्नो भविष्य सुधार्छन् भन्ने चर्चा छ। यस्ता नेताले बोलेका ठूलाठूला भाषण पढेर नेपाली युवा प्रभावित हुन्छन् र तिनको अनुयायी बनेर अन्त्यमा आफ्नो र देशको भविष्य सिध्याउन समर्पित हुन्छन्।
नेपाललाई एसियाको अफ्रिका भन्ने अवस्थाबाट बिस्तारै अफ्रिकी महादेशका गरिब, असफल देशलाई अफ्रिाकाको नेपाल भन्ने अवस्था आइसकेको छ। यस्तो अवस्थामा समेत व्यक्तिगत स्वार्थ र सम्पत्ति आर्जनको मोह नछाड्ने नेताले यो देश बनाउँदैनन् भनेर केही व्यक्ति कराउँदै हिँडछन् भने तिनले बोलेका कुरालाई ठाडै गलत भनेर बेवास्ता गर्न मिल्दैन। ती आरोप गलत हुन् भने व्यवहारबाट प्रमाणित गर्न सक्नुपर्छ। आफूलाई देशको नेता ठान्ने हो भने यो चुनौती स्वीकार्न अघि बढ्नु पर्योय। हैन भने मोदीको मुरलीको धुनमा आफु पनि नाच र देशलाई पनि बेइज्जतीको हदसम्म नचाऊ!