मुलुक अहिले पुनःसंरचनाको बाटोमा छ। मौजुदा एकात्मक शासकीय स्वरूपलाई संघीय स्वरूपमा बदल्ने अन्तरिम संविधानमा प्रतिवद्धता जनाइएको छ। यसले नयाँ संविधान निर्माणको प्रक्रियालाई समेत निर्दिष्ट गरेको छ।अन्तरिम संविधानले राज्यलाई समावेशी, संघीय र लोकतान्त्रिक रूपमा पुनःसंरचना गर्ने मार्गदर्शक सिद्धान्त तय गरेको छ। अन्तरिम संविधानका सिद्धान्त र नीति संविधान निर्माणका सन्दर्भ र मार्गदर्शक स्रोत पनि हुन्। तर, अहिले राज्य पुनःसंरचनाको विषयलाई आआफ्नो सन्दर्भ र सुविधाको दृष्टिकोणबाट बुझ्ने–बुझाउने प्रयास भएको छ। यसलाई समष्टिगतरूपमा भन्दा पनि राजनैतिक रूपमा व्याख्या गरिँदै आएको छ।
पुनःसंरचनाका आयाम धेरै छन्, एक आयामलाई मात्र नसमेट्ने हो भने पनि त्यो पुनःसंरचना अधुरो हुनजान्छ। राज्यको पुनःसंरचनाको पहिलो आयाम भनेको भूमिका, शक्ति र जिम्मेवारीको पुनःपरिभाषा हो। यसअन्तर्गत राज्यका सांगठनिक संरचना र सामुदायिक सम्बन्धका विषय पनि समेटिन्छन्। दोस्रो, राज्यशक्तिको पुनःविनियोजन (समतलीय र क्षितिजीय) हो। यसअन्तर्गत शासकीय तहहरूबीच शक्ति, साधन र अवसरहरूको अभ्यासलाई पुनर्वोध गरिन्छ। तेस्रो, क्षमताको लेखाजोखा वा निर्धारण हो, जसअन्तर्गत स्थानीय, राष्ट्रिय, प्रादेशिक तहको क्षमता विकास र प्रविधिसँगको अनुकूलनतालाई लिइन्छ। पुनःसंरचनाको चौथो आयाम भनेको प्रोत्साहन प्रणालीको (राजनीतिक, सांगठनिक र वित्तीय) निर्धारण हो। पाँचौ, मौलिक उद्देश्यहरूको आवद्धीकरण हो। हाम्रा सन्दर्भमा समावेशीकरण, प्रतिनिधित्व, सहकार्यजस्ता विषय मौलिक सन्दर्भका सूची हुन्। छैठौँ आयाम प्रशासकीय संरचनाहरूको पुनःविनियोजन हो। यसले अन्य पुनःसंरचनाका आयामलाई जनस्तरमा पुर्याकउने काम गर्दछ। यी ६ वटा आयामको केन्द्रबिन्दुमा जनता रहन्छन्। राज्यको पुनःसंरचना आमनागरिकको हित प्रवर्द्धन वा सेवाप्रवाहमार्फत् गर्नसकिन्छ। राज्यको पुनःसंरचनाको सार भनेको राज्यप्रणालीलाई जनमुखी बनाई लोकतन्त्रलाई संस्थागत गर्नु हो। अर्को अर्थमा लोकतन्त्रलाई घरदैलोमा पुर्यामउनु हो, त्यसो गर्नु भनेको जनताका दैनन्दिन आवश्यकता घरदैलोमा उनीहरूसँगैको सहकार्यमा पुर्याजउनु हो। जनताले यसैलाई लोकतन्त्रका रूपमा बुझ्ने गरेका छन्। तर, राज्य पुनःसंरचनाको यस प्राविधिक आयामलाई त्यति महत्व दिइएको छैन।
राज्य पुनःसंरचनाको प्रमुख सवाल शासकीय तह कसरी निर्धारण गर्ने भन्ने हो र यस विषयमा निकै ठूलो राजनैतिक रस्साकस्सी पनि हुँदै आएको छ। संघीयताको विभाजनको अर्थ मुलुकको नक्साको ‘मनचिन्ते प्लटिङ' गर्नुमा सीमित छैन। यसका निश्चित आधार छन्। सामान्यतः स्रोतको उपलब्धता, भौगोलिक सुगमता, नदी बेसिन प्रणाली, सामाजिक–सांस्कृतिक सम्बन्ध र सेवाप्रवाहको सुगमतालाई यसको आधारका रूपमा अपनाउने गरिन्छ। संघीयता अपनाउने मुलुकहरूको विश्लेषण गर्दा पनि विभिन्नखालका संघीय स्वरूप र शक्ति सम्बन्धको ढाँचा भेटिन्छ। अमेरिका, अस्टे्रलियाजस्ता विकसित मुलुकमा द्वैधसंघीयता अपनाइएको छ। त्यहाँ संघ र प्रदेशहरू संवैधानिकरूपमा शक्तिसम्पन्न छन्। अस्ट्रिया, ब्राजिल आदि मुलुकमा सवल प्रदेशीय स्वरूप कार्यान्वयनमा छ, जहाँ युनियनभन्दा प्रदेश शक्तिशाली हुने संरचना छ। भारत (र, पूर्व शोभियत संघ) मा केन्द्र शक्तिशाली हुने ढाँचा क्रियाशील छ। त्यहाँ प्रादेशिक तहहरू विनियोजित सीमित भूमिकामात्र निर्वाह गर्दछन्।
जर्मनीमा सहकारितामा आधारित संघीयता छ, जसअन्तर्गत केही अधिकार निक्षेपित भए पनि कतिपय मामिलामा केन्द्र र प्रदेश परिपूरक सम्बन्धमा सहकार्य गर्दछन्। यसर्थ संघीयताको स्वरूप र राज्यका शासकीय तहबीचको शक्ति/साधन र स्रोतको अभ्यास त्यहाँको विशिष्ट आवश्यकताको उपज हुनेगर्दछ। अमेरिकामा संघीयता स्थापनाको कारण तत्कालीन औपनिवेशिक शक्तिलाई चुनौती दिनुथियो। त्यसकारण संयुक्त राज्य अमेरिका ‘संयुक्त' (संघ) बन्यो। अमेरिकाका विभिन्न राज्य छुट्टाछुट्टै क्षमता र आवश्यकतामा अन्तरआवद्धित भएकाले त्यो वास्तवमै ‘संयुक्त' बनेको छ। भारतको विशाल जनसमुदाय सामाजिक, आर्थिक र सास्ंकृतिकरूपमा पनि अलगअलग विशेषता राख्दछन्। त्यसैले भारत संघीय गणतन्त्र भइकन पनि केन्द्रीय वर्चस्व कायम गरिरहेको छ र राज्यहरू सीमित भूमिका अनि केन्द्र अहम्कारी हैसियतमा छ। अहिले युरोप महासंघको प्रक्रियामा तीव्ररूपमा लागिपरेको छ। साझा युरोपको पहिचानका साथ आर्थिक समृद्धि कायम राख्न महासंघको अवधारणा जन्मिएको हो, जहाँ राष्ट्रहरू सार्वभौम राजनैतिक प्रणालीमा भिन्न भए पनि आर्थिकलगायत अरू धेरै मामिलामा समान धारणामा सहकार्य गर्छन्। त्यसैले कहीँकसैको भन्दा अलग शासकीय स्वरूप अर्को मुलुकले अवलम्बन गर्न सक्तछ। त्यो नै मौलिक विषयको आवद्धीकरण हो।
नेपालको राज्य पुनःसंरचनाको एजेन्डा अप्रिल क्रान्तिको उपज हो। विस्तृत शान्तिसम्झौता र यसलाई कार्यान्वयन गर्न बनेको अन्तरिम संविधानले राज्यको अग्रगामी रूपान्तरणलाई जोड दिएको छ। यो भनेको राजनैतिक प्रणालीको रूपान्तरण, शक्ति विनियोजनको रूपान्तरण, आर्थिक निर्णय प्रक्रिया र सेवा व्यवस्थापनको पनि रूपान्तरण हो। शक्ति, साधन, स्रोत, निर्णय प्रक्रियाजस्ता कुरा प्रभावकारी नागरिक सेवाका पूर्वाधार हुन्। यी जनतालाई प्रभावकारी सेवा दिनका लागि आवश्यक हुने भएकोले राज्य पुनःसंचनाको केन्द्रीय आधार भनेको ‘सेवाव्यवस्थापन' हो र हुनु पनि पर्दछ।
नागरिक जहिले पनि दैनन्दिन समस्याको तत्काल समाधान चाहन्छन् र सुनिश्चित भविष्यको अपेक्षा गर्दछन्। यसअर्थमा राज्यप्रणाली नागरिक सेवा व्यवस्थापनकर्ता मात्र हो। राज्यका आंगिक संरचनाहरू सेवाव्यवस्थापन गर्नसकिने गरी निर्धारण गरिनुपर्छ। यसबाट सेवालागत घटोस्, सेवा प्रदायकहरू नागरिक जवाफदेहिता बहन गर्नसकुन्, सेवाप्रदायक र सेवाग्राहीबीच सहज अनि स्वचालित अन्तर्क्रिया हुनसकोस्। सामान्य नागरिकका अर्थमा यही नै राज्यको पुनःसंरचना हो। तर, यस आयामलाई अहिलेसम्म कतैबाट कसैले पनि उजागर गरेन, कसैले बहसमा ल्याएन।
नेपालका केही भूभाग अप्ठेरो स्थानमा छन्। पहाडी उवडखावड धरातलका कारण नागरिक मुकाममा सेवा पुर्याहउन असजिलो छ। राज्य संयन्त्रमार्फत् पुर्यानइएका सेवा पनि आधारभूत आवश्यकता पूरा गर्न सक्षम छैनन्। गैरराज्य क्षेत्रबाट नागरिक सेवा वितरणको कार्य अत्यन्तै सीमित छ। परिणामतः एक्काइसौँ शताब्दीमा पनि हामी धेरै सम्भावनाबीच अभावका पिल्साइमा छौँ। विद्यालय, बाटोघाटो, बिजुली, पानी, अस्पताल, सुरक्षा, सिँचाई, मलखाद, न्यायनिसाफ आदि सेवाको अपर्याप्तताका कारण गरिवी, विपन्नता, रोग, अशिक्षा, पछौटेपना घटेको छैन। राज्य पुनःसंरचना राज्यका तर्फबाट नागरिकका यिनै आवश्यकता पूरा गर्न गरिने राज्यका संयन्त्र, कार्यप्रणाली र कार्यसंस्कृतिमाथिको पुनःसंरचना हो। आर्थिक समृद्धिका लागि ‘मोफसल–मुकाम' बीचको सम्बन्धको पुनःसंरचना हो। सोच, शैली, सक्षमता र संस्कृतिको पुनःसंरचना पनि हो। पुनःसंरचनाको अर्थ सोझो लगाइनुपर्छ, घुमाउरो होइन। अभाव, विपन्नता, गरिवी, सीमान्तीकरण रहिरहेमा लोकतन्त्रको कुनै अर्थ रहँदैन, न आधुनिक अर्थमा त्यो लोकतन्त्र हो। त्यसैले गरिवका अर्थशास्त्रीका रूपमा चिनिएका अमर्त्य सेनले विकास (अवसर) लाई नै स्वतन्त्रता मानेका छन्। स्वतन्त्रता अवसरको विस्तार हो। मानिसलाई स्वायत्त बनाउनु भनेको उसलाई आत्मनिर्भर बनाउनु हो। यसअर्थमा विकास र लोकतन्त्र एकअर्काका पूरक हुन्। राज्य पुनःसंरचना विकासका लागि हो, नागरिक सेवाव्यवस्थापनका लागि हो। यो नै साझा सहमतिको आधार बन्नुपर्छ, जुन आफ्नै मौलिक मोडेल हुनसक्छ।
सेवा प्रवाहका आधारमा राज्यको पुनःसंरचना गर्दा भौगोलिक सुगमता र सांगठनिक क्षमतालाई महत्व दिइनुपर्छ। कुनै प्रादेशिक मुकाममा सर्वसाधारण सेवाका खातिर पुग्न न्यूनतम समय लाग्ने गरी प्रदेशको सीमा निर्धारण गर्नसकिन्छ। त्यसैले प्रदेश लाम्चोभन्दा बृत्तात्मक र चाक्लो बनाउनु उपयुक्त हुन्छ। त्यो बृत्तमा तराई, पहाड, हिमाल आआफ्ना उत्पादन सामर्थ्य र स्रोत क्षमतामा रहन्छन्, जसले अन्तरआवद्धता र समावेशीतालाई आफूमा स्वाभाविकरूपमा समेट्न सक्छ। तराई अन्न भण्डार हो, पर्यटन र जलस्रोत पहाडी र हिमाली भागका सम्भावना हुन्। कृषि अहिले होला, पर्यटन, जलस्रोत पछिका विषय होलान्। प्राकृतिक स्रोत अहिले र पछि समानरूपमा उपलब्ध हुनेगरी राज्य पुनःसंरचना हुँदा आर्थिक क्रियाकलाप र विकास व्यवस्थापन गर्न पनि सहज हुन्छ, जसले केन्द्रमाथिको निर्भरता घटाउँछ र स्वायत्तता बढाउँछ। त्यसैले राज्य पुनःसंरचनाको ‘आर्किटेक्चर' मा राष्ट्रिय भावनासहितको दूरगामी र व्यावहारिक सोच समेटिनुपर्छ। पुनःसंरचित प्रणालीले समस्त नेपालीको साझा भविष्य सुनिश्चित गर्न सक्नुपर्छ। यस आधारलाई केवल प्राविधिकरूपमा मात्र लिइनु हुँदैन, व्यावहारिकरूपमा लोकतन्त्र र विकासलाई एकीकरण यसैले गर्नसक्छ। यस आधारलाई अवलम्बन गर्दा अहिलेको राजनैतिक संवाद प्रक्रिया पनि सहमतिमा पुग्छ। सबै राजनैतिक दलको अभीष्ट जनमुखी विकास र समृद्धि हो भने उनीहरूले जनतालाई केन्द्रबिन्दुमा राखेर नै अघि बढ्नुपर्ने हुन्छ। त्यसैले सेवा व्यवस्थापन सहमतिको सूत्र हो, जहाँ कुनै दल हार्दैन, जनता भविष्यप्रति आश्वस्त हुन्छन्।