संविधानसभाले संविधान बनाउनु भनेको हाम्रो मरेको जुनी हुनु हो। त्यो लिखत हाम्रो मृत्युपत्र हुनेछ। त्यसले हाम्रो सर्वस्व हरण गर्नेछ। के त्यो मृत्युपत्र बनेको हामीले टुलुटुलु हेरिरहने हो?
हाम्रो सभ्य, सुसंस्कृत र प्रभुत्वशाली वर्ग खतरामा छ! संविधानसभा नाउँको कोलाहलमा हाम्रो कालले बास गरेको छ। यो काल अब आँधी भएर उर्लिनेछ। त्यसपछि? त्यसपछि हाम्रो वर्गको अस्तित्व डामाडोल हुनेछ।
हाम्रो शान्तिमय सुख स्वर्ग मलाई दन्त्यकथाको सुन्दर कल्पनाजस्तो लाग्छ। हिजोसम्म केमात्र हाम्रो थिएन? सिङ्गो देश हाम्रो थियो। राज्य एकलौटी हाम्रो। सबै स्रोतसाधन, धनदौलत, सोखविलास, अमनचैन, सबैसबै हाम्रा थिए। कानुन र न्यायमा हाम्रो निष्कंटक वर्चस्व थियो। भाषा र धर्ममा हाम्रो अविरोध हकडक थियो। संस्कृति र कलामा हाम्रो एकल खटन चल्थ्यो। र, यी सबैको रखवारी गर्ने हाम्रो तगडा सैन्यबल थियो। दुर्दिनका दशा लाग्दा जेजे भयो, त्यो अकल्पनीय गडबडी भयो। उताको दस वर्षेले, यताको उन्नाईस दिनेले र मधेशको चौबीस दिनेले बर्बादीको बीजारोपण गरे। त्यो विषाक्त बीज गन्देझार भएर संविधानसभा नाउँको प्रलयकारी थलोमा झांगियो। र, अब हाम्रो अस्तित्व भुइँचालोमा परेको जीर्ण भवनझैँ गर्ल्यामगुर्लुम ढल्ने हालतमा पुग्यो।
गडबडी सिक्लेसबाट सुरु भयो। कृष्ण सिटौला परे वर्गले हाम्रा मान्छे, कर्मले वर्गद्रोही मान्छे। यिनै सिटौलाले त हो शेखर कोइरालासँग खासखुस गरेर सिक्लेसबाट हेलिकप्टरमा जङ्गली प्रमुखको सबारी चलाएको। त्यो सबारी आफ्नै मृत्युको रहरले चलाइएको यमदूतको सबारी थियो। जब जंगली प्रमुखले बालुवाटार दरबार टेके, एक मन त लागेको थियो, व्यर्थको दुःख झेलेर आएका हुन्, आँगनमा टुत्रु्कक्क बस्लान्, जो दिएको चित्त बुझाएर खालान्। तर, तिनले औँलो दिँदा डुँडुलै निल्न खोजे। हाम्रो आँगन टेकेर तिनले हाम्रै अस्तित्वमाथि दागा धरे। यसरी आए हाम्रा दुःखका दिन।
हाम्रैहरूको हावादारी जोखानाले गर्दा फस्यौँ हामी संविधानसभा नाउँको भवसागरमा। हामीलाई हिमाल मिडियाले जोस्यायो। डीएफआईडीले लोभ्यायो। युएसएआईडीले उचाल्यो। र, जङ्गी अड्डाको जासुसी फाँटले कुत्कुत्यायो। यी जम्मैले उत्ताउँलिदै भने - चुनाव हाम्रै वर्गले जित्छ। जंगलीहरूको कोही छैन। ती बदनाम छन्। तिनको न अनुहार राम्रो छ, न ढंग गतिलो छ। चुनावमा ती जनप्रतिशोधको ज्वालामा परेर झिल्सिने छन्। ती लखेटिने छन्, चुटिने छन्। तिनको बिजोग हुनेछ। यो पर्यो आफ्नो वर्गका ज्ञानी, धनी र दक्ष मनुवाको कुरो। कुरो स्वादिलो थियो। पत्याइयो। जितबाजीको माला पहिरिन चिलाएका गर्धन लिएर चुनावमा गइयो। जब नतिजा आयो, जंगलीहरू हात्ती भएर उचालिए, हामी मुसा भएर थचारियौँ। यसरी हाम्रै लाल बुझक्कडले हामीलाई झुक्याएर डुबाए।
अहो! हाम्रो दुर्भाग्य आगो भएर आयो! हाम्रो वर्ग थुम्कोमाथिको चैते खडेरीको वनजस्तो भयो। यो वन चारैतिरबाट आगोका लप्काले घेरियो। महिला र दलित भनिनेहरू आगो भएर रन्किए। जनजाति र मधिशे कहलिनेहरू आगो भएर दन्किए। थारु र मुसलमान आगो भएर उर्लिए। आगोका लप्का अग्निमय स्वरमा कुर्लिए - हामीलाई सत्ता भाग चाहियो। हामीलाई धन र चैनको बराबरी अंश चाहियो। पहुँच र अवसर, इज्जत र अस्मिता, सान र गौरव, यी सबमा हामीलाई बराबरी चाहियो। हामीलाई भाषा र संस्कृतिको हक चाहियो। कि बाँड शक्ति, दौलत र हक कि तयार होऊ जनआक्रोशको अग्निकुण्डमा खरानी हुन। अहो! हाम्रो त होसै गुम भयो। विवेक ओइलायो, तर्कशक्ति लुलियो। हुन्छ, दिउँला भनेर एउटाको मुखमा बुजो लायो, बाघसरी मुख बाएर अर्को अघि सर्छ। अर्कोलाई टमार्यो, झन् अर्को झनै चर्को हुंकारमा कुर्लिन्छ। आ! कागजी गफ त हो, आज दिउँला भनुँला, भोलि लोप्पा ख्वाउँला भनेर मन बुझाइयो। हुँदाहुँदा सधैँ मनपरी हेपिएका बादीसमेत उर्लिँदै र कुर्लिँदै सिंहदरबारको द्वारमा आइपुगे। उमा बादी रे तिनकी नेतृ। अहो! उमाको उपध्य्राइँ! ब्रा र पेटिकोटमात्र लाएर ती गेटमाथि चढिन्। छोइस् कि यिनै लुगा पनि फुकालेर देखाइदिन्छु - बघिनीझैँ ती गर्जिइन्। लाठा र बन्दुकधारी हाम्रा रक्षक हेरेका हेर्यै। त्यो वीभत्स क्षणमा हाम्रो सभ्यता र मर्यादाको शिर ढल्यो। र, मलाई लाग्यो, हाम्रा दिन सकिए!
खै, गिरिजाबाबुलाई के भन्नु? उमेर पाको, पदमोह चर्को, बुद्धि ठिक्कैको। क्रोध र लोभले गर्दा गिरिजाबाबु फँसे। मेरो कमण्डलुसमेत हरण गर्ने भनेर ज्ञानेन्द्रसँग यिनलाई झोँक चल्यो। अनि जंगलीहरूले राष्ट्रपति बनाइदेलान् भन्ने लोभले यिनले ख्यालख्यालमै गणतन्त्रको घोषणा गरे। अनि ख्यालख्यालमै धर्मनिरपेक्षता, ख्यालख्यालमै संघीयता। बकितम र म्यादी लिखितमसम्म त केही थिएन। तर, अब संविधानमा लेखेर, ल्याप्चे ठोकेर दिनुपर्ने दिन आए। जो हात पसारेर हामीसँग माग्थे, अब हामीले हात पसारेर तिनैसँग माग्ने दिन आउने भए। हाम्रो सत्यानाश हुने भो!
बाचा बमोजिम संविधानसभाले संविधान बनाउनु भनेको हाम्रो मरेको जुनी हुनु हो। त्यो लिखत हाम्रो मृत्युपत्र हुनेछ। त्यसले हाम्रो सर्वस्व हरण गर्नेछ। के त्यो मृत्युपत्र बनेको हामीले टुलुटुलु हेरिरहने हो? हैन, केही त गर्नैपर्छ। यो केही भनेको संविधानसभा भत्काउनु हो। भत्काउनलाई हामीसँग जन, बुद्धि, ऊर्जा र सामर्थ्य नभएको होइन। दुर्भाग्यवश, त्यो अनेक आवरणमा छरिएको छ। यहाँ मलाई असल कम्निस्ट मोहनविक्रम सिंहको याद आयो। यी मानव कति दूरदर्शी, कति साहसी? संघीयताको मन्त्र जप्दै सारा दुनियाँ एकातिर लाग्दा यी संघीयताको शिरमाथि बन्चरो उजाउँदै छन्। यो संविधानसभाकै शिरमाथि उजाइएको बन्चरो हो। अनि कमरेड रोहित छन् अर्का महान् मनीषी। यिनका दुई सिद्धान्त छन्। संघीय गणराज्य बनाउँदा नेपाली भूगोलको महेन्द्रीय रेखांकनलाई नै सदर गर्ने। र, सेनालाई सडकमा उतारेर राष्ट्रपति शासन ठोक्ने। सोझैभन्दा अबगाल पर्ने भएर कुरो घुमाएका मात्र हुन्। यी कमरेडको गोप्य मनसाय संविधानसभा तोड्ने र संघीयतालाई बराल्ने हो। यो हो ठीक कुरो! मोहनविक्रम हाम्रा मान्छे हुन्, कमरेड रोहित राम्रा मान्छे हुन्।
सिद्धान्तको नाम नमिलेर के भो, भावनाले केपी शर्मा ओली, विद्या भण्डारी र शङ्कर पोखरेल पनि असल मानव हुन्। तुक्काजीवी केपी भन्छन् - नेपाली सेनासँग माओवादी लडाकुको जात मिल्दैन। तसर्थ कुजातलाई सुजातमा मिसाउन खोज्नु पाप हो। केपीको कथनलाई लागु गर्न विद्या कटिबद्ध छिन्। अनि शङ्करबाबु छन् झनै वाचाल र आँटिला। यिनको दिव्य वाणी भन्छ - माओवादी लडाकु शिविरबाट निस्केर जोरी खोज्न आए भने पनि तिनलाई ठेगान लाउन हाम्रो नेपाली सेना समर्थ छ। जो चतुर छ, ऊ कटु सत्य घुमाएर भन्न जान्दछ। केपी, विद्या र शङ्करमा त्यो कला मनग्ये छ। यी जे भन्दैछन् र जे गर्दैछन्, त्यसको अर्थ हो - शान्ति प्रक्रियाको बध गरौँ, संविधानसभा भत्काऔँ र हाम्रो सनातन सुखस्वर्गको रक्षा गरौँ। ठीक हो, भन्नु र गर्नुपर्ने कुरो यो हो!
सुरो क्षेत्री सिंहासनमा बसेर हैकम चलाउँछ। बुद्धिमान् बाहुन पुरेत्याइँ गर्छ र नीतिवचन रच्छ। चिप्लो वैश्य बन्दव्यापार गर्छ। र, शूद्रगण रहलपहल काम गर्छ। ल्याकतअनुसार कार्य विभाजन गर्ने यो शाश्वत शास्त्रवचनलाई अवज्ञा गरेर सृष्टिको चक्र कसरी चल्छ? संविधानसभा यो सनातन परम्परालाई चकनाचूर पार्दैछ। उठौँ, जागौँ, आ-आफ्नो ठाउँमा डटौँ!
चिन्नमात्र जान्नुपर्छ, हाम्रा र राम्राहरूको कमी छैन। ठूला थापा सूर्य हाम्रा हुन्, साना थापा कमल राम्रा हुन्। रुक्माङ्गद कटवाल हाम्रा हुन्, राष्ट्रपति यादव राम्रा हुन्। राजतन्त्र नहुँदाको रिक्ततामा आँसु चुहाइरहेका हाम्रा थुप्रै मनुवा राम्रा हुन्। यी सबलाई एकताको मालामा उन्न सके केमात्र उल्ट्याउन सकिन्न? मोहनविक्रम गुरु आऊ, धागो बनिदेऊ, मालामा हामीलाई उन, संघीयताको डंका पिट्ने कुटिल संविधानसभाबाट हामीलाई मुक्त गर।