राजनीतिक संक्रमण र सामाजिक संकटका बेला ससाना घटनाले पनि उत्साह वा संत्रास पैदा गरिदिन्छन्। राजनीतिक संक्रमणको सुरक्षित अवतरणका लागि लालयित जनता र संक्रमणबाट अनुचित फाइदा उठाउन चाहने विभिन्न शक्तिको चलखेलका कारणले यस्तो हुनेगर्छ।सानो सकारात्मक परिघटनाले जनतामा उत्साह ल्याउने र सानो नकारात्मक घटनाले पनि सन्त्रास फैलाउने संक्रमणलाई उपयोग गर्न तम्तयार राजनीतिक रणनीतिकार पनि यस्ता बेला चुक्ने कुरै भएन। नेपालीहरू यस्तै उत्साह र सन्त्रासका वातावरणमा बाँचिरहेको आठ वर्ष बितिसकेको छ। सहमति ‘बन्यो/बन्यो/बन्यो' र सहमति ‘बिग्य्रो/ बिग्य्रो/ बिग्य्रो'का बीचमा हल्लिरहेको त्रिशंकुजस्तो उत्साह र सन्त्रासले जनमानसलाई नराम्ररी खबल्याइदिएको छ।
जनजीवनको यस्तो मानसिक खलबलाहट बुझ्न जता गए पनि हुन्छ। यसप्रकारको राजनीतिक तथा सामाजिक संक्रमणको सर्वव्यापी प्रभाव चिया पसल, टोलछिमेक, पत्रपत्रिका, सामाजिक संजाल जसलाई जहाँ सजिलो पर्छ त्यहीँबाट बुझ्न सकिन्छ। सही समयमा राजनीतिक व्यवस्थापनको उचित संयोजन गर्न असफल भएपछि राजनीतिक दलहरूप्रति जनआक्रोश बढ्दै जान्छ। हो, जनतामा आक्रोश बढ्दैमा खासै केही बिग्रेको देखिँदैन तर त्यसबाट सामाजिक रूपान्तरणका हरेक प्रगतिशील सवालप्रति या त जनतामा नकारात्मकता बढ्छ नभए जनता उदासीन हुनथाल्छन्। सबैभन्दा डरलाग्दो यही हो। जनताको नकारात्मक भावनाले सामाजिक परिवर्तनका विषयप्रति जनतामा रहने असीमित सिर्जनात्मक ऊर्जालाई सिध्याइदिन्छ। अहिले नेपालमा यस्तै भइरहेको छ।
अर्को कटु सत्य के पनि हो भने जनताको सिर्जनात्मक चेतनालाई खल्बल्याउने कर्म कुनै यथास्थितिवादी वा प्रतिगामी शक्तिबाट हुने होइन। जनताको उत्साह, सिर्जना र सक्रियतालाई निरुत्साह, नकारात्मक र निष्त्रि्कय पार्ने काम कथित अग्रगामी शक्तिले नै गर्छ। किनभने जहिले पनि समाजको ठूलो हिस्सा परिवर्तनको पक्षमा हुन्छ र उसले यथास्थिति र प्रतिगामी शक्तिसँग सम्बन्ध विच्छेद गर्दै अग्रगामी शक्तिसँग आफूलाई कुनै न कुनै रूपले जोडिसकेको हुन्छ। तर राज्यको निर्णायक स्थानमा पुगिसकेपछि अधिकांश अग्रगामी शक्ति स्वयं नै यथास्थितिका बन्धक बन्छन्। तर तिनको स्वघोषित ‘अग्रगामी' दाबी भने कायमै रहन्छ। जनताले तिनको दाबीलाई पत्याइरहन्छन् भन्ने चाँहि हुँदैन। किनभने उनीहरू आफँै वास्तविक भुइँमान्छे छँदा गरेका वाचा सम्झौताको बाटो हुँदै सत्तासम्म पुग्दा जनताले चिन्नै नसक्ने गरेर खुइलिसकेका हुन्छन्। तिनले अग्लो आसनमा चढेर गरेको नक्कली भुइँमान्छेको अभिनय पनि जनताले बुझिसकेका हुन्छन्। दोस्रो संविधान सभाको परिणामपछि देखिएको एनेकपा (माओवादी) र मधेसवादी दलको अरण्यरोदनले उपयुर्त्त्क सैद्धान्तिक मान्यताको व्यावहारिक पुष्टि गरिरहेको छ।
सत्तासीन बनिसकेपछि अग्रगामी शक्तिको सानो तर निर्णायक हिस्सा कसरी यथास्थितिवादी बन्छ भन्ने विशद व्याख्या इतिहास विश्लेषकले गरेका छन्। विद्वान् भारतीय इतिहासकार प्राध्यापक लालबहादुर वर्मा लेख्छन् – ‘सम्झौताद्वारा सत्तामा पुगेको परिवर्तनकारी शक्तिको माथिल्लो हिस्सा (नेतृत्व) परिवर्तनको सानो उपलब्धिलाई बचाउने लोभमा यथास्थितिवादी बन्दैजान्छ। सम्झौता गरेका केही विषयलाई त बचाऊँ भन्ने चाहनामा अन्य प्रगतिशील कार्यसूची छुट्दै जान थालेपछि आफ्नै पंक्ति पनि विरोधी बन्न थाल्छ।' कथित भुइँमान्छेको अधिकारका लागी दाबी गर्ने नेतृत्व स्वयं अभिजात वर्गमा रूपान्तरित भइसकेको हुन्छ। उसले आफँैलाई अग्रगामी शक्ति मान्न आग्रह गरिरहँदा आफ्नै पंक्तिले भने यथास्थितिवादीमात्र होइन प्रतिक्रियावादी नै घोषित गरिसकेको हुन्छ। प्रसिद्ध जर्मन इतिहासकार मार्ख ब्लाखको कथन छ – राज्यको बदलिँदो चरित्रसँगै पुरानोको एउटा र नयाँको अर्को हिस्सा मिलेर शक्तिशाली मनुष्यको नयाँ समूह सुरक्षित गरिन्छ जसले नयाँ समाजमा आफ्नो अधिकाधिक प्रभुत्व कायम गरोस्। अहिले भएको पनि त्यही हो। कथित नयाँ र पुरानाका बीचमा आफ्नै प्रभुत्वको बाहेक संघर्षको अर्को क्षेत्र बाँकी रहेकै छैन। र, जनताको असंतुष्टिको प्रमुख कारण पनि यही बनेको छ।
यसप्रकारको असंतुष्टिको मुख्य कारण हो – दल वा राज्यको नीति निर्माणमा सामाजिक समावेशिताको उपेक्षा। यस उपेक्षाले नागरिक अधिकारलाई दलभित्र तथा राज्य संयन्त्रमा उपेक्षित र कमजोर बनाएको त छँदैछ दल र राज्यको संस्थागत संरचनाको निर्माण गर्न पनि दिइरहेको छैन। सबै समुदायका हितलाई आफैँले सुनिश्चित गरिदिने बहानामा निर्माण भएको अग्लो आसनमा बसेका कथित भुइँमान्छेको अरण्यरोदनलाई जनताले सुन्न छोडेको कारण पनि यही हो। सामन्त नै रोज्नु पर्योर भने त जनताले पुरानै सामन्त रोज्छ। किनभने ऐंचोपैंचो चलाइसकेको पुरानै सामन्त उसका लागि भरपर्दो पनि हुन्छ। नवधनाढ्य बनेर महासामन्तको अभिनय गरिरहेको ‘अग्रगामी'लाई जनताले सांस्कृतिक रूपमा अझै सामन्ती मानिसकेका हुँदैनन्। जनताको नजरमा अझै पनि उनीहरू बहुरुपियामात्र हुन्छन्। त्यसकारण जनतालाई चेतना प्रदान गर्ने, आफ्नो नीति निर्माणमा आफँै सहभागी हुन पाउने व्यवस्था गर्ने र आलोचनात्मक सामाजिक परिवेशको निर्माण गरिदिने काम अग्रगामी शक्तिको हुनुपर्छ। यहाँ त त्यसको उल्टो पो भइरहेको छ। समावेशी लोकतन्त्रले निर्माण गरिदिएको सीमित अवसरमा कब्जा जमाउन पुरानै अभिजात वर्गले रातारात चोला फेरेर अग्लो आसनबाट कासन पो गर्दैछन् – खवरदार राउटे, दनुवार, चेपाङ, थारुलगायत सबै उत्पीडित जातिको हिस्साको ठेक्का हामीले लिएका छौँ। यता ठेकेदारहरूको गर्जन यस्तो छ भने उता उत्पीडित जातिका मान्छेको कोटा भने पञ्च, कांग्रेस, एमाले हुँदै माओवादी र मधेसवादी बनिसकेको नयाँ ‘अग्रगामी'ले उछिट्याइसकेको हुन्छ। धेरै जातिभित्र रहेको अभिजात वर्गले मात्र हडप्न पाउने अधिकारले सम्बन्धित जातका उत्पीडित जनसंख्यालाई के फाइदा हुन्छ?
अमेरिकी पत्रकार तथा लेखक एडगर स्नोले आफ्नो बहुचर्चित पुस्तक ‘रेड स्टार ओभर चाइना'मा माओ त्सेतुङ्गबारे एउटा फरक टिप्पणी गरेका छन्। पटकपटक माओसँग भेटेका स्नोले लेखेका छन् – वास्तवमा माओ त्सेतुङ्ग जनतालाई आफ्नो निर्णय आफैँ गर्नसक्ने बनाउन चाहन्थे। बाँकी ‘क्रान्ति' किन र कसरी गर्नुपर्छ भन्ने त उनीहरू आफैँले निर्णय गर्ने हो। आफ्नो अधिकारका लागि उनीहरू सचेत भएपछि जनतामाथि कसैले बलात् ‘क्रान्ति' लाद्नु पर्नेछैन। माओ त्सेतुङ्ग लगायत कैयौँ चिनियाँ नेतासँग अन्तर्वार्ता गरेका स्नोको अभिप्राय माओको मुख्य जोड क्रान्तिको मूल सैद्धान्तिक अवधारणासँग थियो मान्छेको असंतुष्टिसँग होइन भन्ने हो।
वर्ग, जाति, क्षेत्र, लिङ्ग आदिका कारण उत्पीडितहरूको अधिकारका बारेमा अहिले उठिरहेका आवाज र त्यसका निराकरणका उपायबारे नेपालको राजनीतिक वृत्तमा व्यापक बहस भइरहेको छ । उदेकलाग्दो लाग्दो के छ भने बहसको केन्द्रमा उत्पीडित नभएर उत्पीडककै एउटा हिस्साले उनीहरूको उत्पीडनलाई देखाएर आफूले त्यसको हर्जाना पाउनुपर्ने माग गरिरहेको छ। ‘क्रान्ति'को यो यस्तो भ्रान्तिपूर्ण अवस्था हो जहाँ अभिजात वर्ग आफैँले खोलेको खास उत्पीडित समुदायको अधिकारको टेन्डरको ठेक्का विभिन्न पार्टीका माफियाले लिएका हुन्छन्। अधिकार पाउनुपर्ने वर्ग, क्षेत्र, जाति र लिङ्गका हातमा भने शून्यमात्र परेको छ। तिनको नाममा कसले भाग पाउने भनेर केन्द्रमा लड्नेहरूको पार्टीमात्र फरक हो प्रवृत्ति उही र उस्तै छ।
आज कथित भुइँमान्छेका नाममा अधिकारको कुरा गर्ने पार्टीहरूको धरातल किन समाप्त भयो भन्ने तथ्यलाई चित्त बुझ्दो सैद्धान्तिक जवाफ दिन नसकेपछि वर्गको राजनीतिलाई पक्रेर शक्तिशाली भएको माओवादी शक्ति र क्षेत्रीय राजनीतिलाई पक्रेर शक्तिशाली बनेको मधेशवादी शक्तिको विघटन भएको छ। यस विघटनको आन्तरिक पक्षलाई मूल्यांकन गर्न नसकेर यी दुवै शक्तिले आज खुम्चिएको जनादेशलाई ‘मतादेश' नामाकरण गरेर आत्मरति लिनु परिरहेको छ। शब्दलाई उल्टोपाल्टो पार्न त सबैले सक्लान् तर तथ्यले देखाएको अर्थलाई शब्दको साटफेरबाट मात्र बदल्न सकिँदैन। अभिजात वर्गमा रूपान्तरित माओवादीको विघटन र पहिलेदेखिकै अभिजात वर्गीय मधेसवादी नेतृत्वको अदूरदर्शिताले गर्दा नै सामाजिक रूपान्तरणको प्रगतिशील सम्भावना समाप्त भएको हो। प्रगतिशील सम्भावना समाप्त भएपछि बाँकी रहने त यथास्थिति वा प्रतिगामी सम्भावना नै हो। र, यसको कारण कसैले पनि वाह्य जगतमा खोजेर कहिले पनि भेट्टाउने छैन। आन्तरिक जगतमा खोजे बरु चाँडै फेला पार्नेछ।
कम्युनिस्ट आन्दोलनमा आफ्नो सम्पूर्ण जीवन अर्पिएका एमाओवादीका बौद्धिक नेता राम कार्कीले भर्खरै एउटा अन्तर्वार्तामा भने – ‘हाम्रो पार्टीले जातिको मात्र कुरा उठाउन थालेपछि पार्टीले नाकले होइन मुखले सास फेर्न थाल्यो।' माओवादीले विस्तारै वर्ग छाडेर जातिको कुरा गर्न थालेपछि राजा, कांग्रेस र एमाले हँुदै आएको नयाँ संभ्रान्त र अवसरवादी वर्ग जात र समावेशीको नाममा माओवादी धाउन थाल्नेको राइँदाइँसँग कार्की असहमत देखिन्छन्। तर उनको दल वर्गबाट चिप्लिएर पहिचानको खाडलमा खस्नु कुनै एउटा घटनामात्र नभएर मार्क्सवादी सैद्धान्तिक स्खलनको क्रमबद्ध परिणाम हो।
समग्र माओवादी संघर्षको अन्तर्वस्तु वर्ग संघर्ष थियो। तर शान्ति प्रक्रियामा अवतरण गर्नुभन्दा अघि उसले लोकतन्त्रका केही आधारभूत प्रश्न जस्तै आवधिक निर्वाचनमा आधारित प्रतिस्पर्धात्मक बहुदलीय शासन व्यवस्था, नागरिक स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रता, कानुनी राज्यको अवधारणाआदिलाई समर्थन गर्ने प्रतिबद्धता जनायो। उसको उक्त प्रतिबद्धताले वर्गीय सबाललाई केन्द्रमा राखेर नीति निर्माण गर्न रोत्तै्कनथ्यो। माओवादीका लागि परिस्थिति कस्तो बन्दै गयो भने पार्टीले क्रान्तिकारी अडान छोड्दै गएको आरोपसहित पार्टीभित्र एउटा समूह संगठित भई न ैरह्यो। तर नेतृत्व कथित केन्द्रीय सत्तामा हस्तक्षेपको बहानामा संगठनको आधारभूत भुइँ तहबाट अलग हुँदैगयो। त्यसको ठाउँमा भुइँतहको आकर्षणलाई भजाउने अभिजात वर्गले माओवादीलाई घेरिसकेको थियो। अर्कोतिर द्वन्द्वकालमा एउटा बलियो कम्युनिस्ट सत्ताअन्तर्गत राज्य बाँड्ने आश्वासनसहित संगठित गरिएका जातीय मोर्चाहरूले पार्टीको आन्तरिक ढाँचालाई नै ‘जातीय फेडेरेसन' बनाइदिए। एमाओवादीले न त वर्गलाई सन्तुष्ट पार्नसक्यो छ न त जातिलाई। अग्लो आसनमा बसेर गरिएको कथित भुइँमान्छेको कुरा वास्तविक भुइँमान्छेले सुन्ने त कुरै भएन उसका आफ्नै नेता र कार्यकर्ताले पनि पत्याउन छाडेका छन्।
कसैले कुनै राजनीतिक एजेन्डा उठाउँदैमा उक्त कार्यसूचीप्रति सधैं इमानदारी कायमै रहन्छ भन्ने हुँदैन। कुनै व्यवस्थित योजनाविना स्वःस्फूर्त उठेको मधेस आन्दोलनले संघीयताका लागि आधार तयार पारेको पक्कै हो। तर उक्त आधारलाई सन्तुलित ढंगले नेतृत्व गर्नुभन्दा नेपाली समाजको आर्थिक सामाजिक बनोटलाई धान्नै नसकिने दिशातर्फ तन्काउन खोज्दा नेपाली जनता नै संघीयताको विरोधी बन्न पुगे। राजनीतिक शक्ति सन्तुलनको विशिष्ट अवस्थालाई लत्याएर संघीयतालाई बढी राजनीतिकरण गर्न खोज्दा मधेसवादी क्षेत्रीय दलहरूको आकार पनि नराम्ररी खुम्चियो। अपेक्षाकृत सानो र स्वःस्फुर्त आन्दोलनले संघीयताजस्तो महत्वपूर्ण उपलब्धिलाई संस्थागत गरेपछि त्यसप्रतिको संवेदनशीलता मधेसवादी दलमा झनै देखिएन। सबैभन्दा बढी वर्ग विभेदको मारमा रहेको मधेसलाई नेतृत्व गर्ने दलहरूको संरचना र नेतृत्व हेर्ने हो भने मधेसको अभिजात वर्गीय नेतृत्वले अधिकारलाई तल्लो वर्गमा लैजान्छ भन्ने कसैले पनि पत्याउँदैन। समग्र मधेसलाई एउटै प्रदेशमा राखेर निर्माण गर्ने संघीयताको प्रस्ताव प्रकारान्तले संघीयता विरोधी प्रस्ताव हो भन्ने कसैले बताइरहनै पर्दैन। नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा राख्न पचास वर्ष संघर्ष गरेका दार्जिलिङका नेपाली भाषीलाई थाहा छ, राज्यसत्ता बलियो भएको मुलुकले एउटा सामान्य माग पूरा गर्न पनि कति वर्ष लगाउँछ र कस्तो रवैया अपनाउँछ?
हो! हाम्रो राज्यसत्ता कमजोर हुनाले जसका र जेसुकै माग पनि ‘हुन्छ' भनिदिने अवस्था अवश्यै छ। तर ख्याल गरौँ – यो कमजोर राज्यसत्ताको उपल्लो आसनमा भुइँमान्छेका नाममा तपाईँहरू आफैँ हुनुहुन्छ। साँच्चिकै भुइँमान्छेले तपाइँहरूलाई पनि हेरिबसेका छन्।