अर्थमन्त्रीको कुतर्क
०५ पौष २०७१
•
१६ मिनेट पाठ
अर्थमन्त्रीको कुतर्क
नेपालगञ्जका टाँगा तान्ने घोडाको दुवै आँखामा पट्टा लगाइएको हुन्छ। सायद त्यो घोडालाई आफू हिँड्ने बाटोबाहेक अरू सडक नै हुँदैन भन्ने भ्रम पार्न यस्तो गरिन्छ। र, टाँगाका मालिक त्यो भ्रम सिर्जना गर्न सफल हुन्छन्। सरासर मालिकले देखाएको बाटो त्यो घोडा दिनभर कुदिरहन्छ। त्यसले टाँगा धनीलाई पनि सजिलो हुन्छ र फाइदा पनि।अहिले हाम्रो सरकारका प्रभावशाली मन्त्रीहरू पनि यस्तै घोडा भएका छन्। विशेषगरी अर्थ डा. मन्त्री रामशरण महत। उनले आफ्नो जीवनमा अर्थ, पैसा र राजस्वबाहेक केही देखेनन्। त्यसैले होला उनी नै सधँै अर्थमन्त्री भइरहन चाहन्छन्। पट्टावाल घोडा शैलीले गर्दा हुनसक्छ, उनी अहिले पनि अर्थमन्त्री नै छन्। राजनीतिज्ञहरू पनि टाँगा टान्ने घोडा जस्तै भइदिए भने मुलुकले धेरै दुःख पाउँछ र यसको गलत दोहन तीव्र हुन्छ। 
त्यो दोहन अब चुरेमा हुनसक्छ। किनकि अर्थमन्त्री महतले चुरेको ढंगागिट्टीमा राजस्व देख्नथालेका छन्। ‘वातावरण' भन्ने शब्द उनका लागि बहानामात्र भएको छ। यो बहाना हो भन्नेमा उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि पनि परेका छन्। यी मन्त्रीको आँखा चुरेमै पुगेको छ। चुरेको ढुंगागिट्टीको अभावले स्वेदश र विदेशको विकास हुनसकेन भनेर चिन्ता गर्न थालिएको छ। 
स्वदेशमै ढुंगागिट्टीको सहज आपूर्ति भएको छैन। उपभोक्ताले अधिक मूल्य तिरिरहेका छन्। सर्वसाधारणले आवश्यकताअनुरूप सहज मूल्यमा निर्माण सामग्री पाइरहेका छैनन्। सरकारका प्रतिनिधिहरू भने विदेश निकासी खुला गर्नुपर्छ भनिरहेका छन्! उनीहरूमा एकाएक ढुंगागिट्टी निर्यातको चिन्ता थपिएको छ। त्यो पनि आमउपभोक्ताको हितमा भन्दा व्यापारीको फाइदाका लागि! 
अहिलेसम्म हाम्रा नदीखोलाबाट कति पानी खेरगयो, त्यसको लेखाजोखा छैन। खेरनजाने स्रोतका बारेमा अहिलेदेखि नै उहाँहरूलाई चिन्ता भएको छ। तपाईंहरूले भनिहाल्नु भो– भारतको मार्बल आयात गर्नहुने, नेपालको ढुंगागिट्टी किन निर्यात गर्न नहुने? आफ्नो मुलुकलाई क्षति पुग्नेगरी भारतले स्रोत निर्यात गरेको छैन। उसका दृष्टिकोण र संरचना हाम्राजस्ता कमजोर छैनन्। वातावरणीय र पारिस्थितिकीय प्रणालीको अध्ययन गरेर त्यसले स्थानीयतहमा कुनै पनि समस्या नल्याउने ठहर गरेपछि मात्र त्यसको निर्यात थालेको हो। वातावरण र पारिस्थितिकीय प्रणाली जर्गेनाका लागि एउटा प्रक्रिया र पद्धति अंगिकार गरिसकेको भारतले तपाईंहरूले जस्तो गरी आफ्नो स्रोत निर्यात गर्दैन, यसमा ढुक्क भए हुन्छ। तपाईंहरूलाई थाहै होला, अमेरिकाले अहिलेसम्म आफ्नो तेलखानी किन जोगाएर राख्यो? के अन्तर्राष्ट्रिय बजारमा उसको तेल बिक्री नभएर हो र? उनीहरूलाई पनि थाहा छ, त्यो खेरनजाने स्रोत हो। उनीहरूको अन्तिम विकल्प पनि हो। पछिल्लो समय अलिकति तेल उत्पादन गर्नथालेको अमेरिकाले यसलाई पक्कै पनि निरन्तरता दिनेछैन। तेल उत्पादन गर्ने मुलुकलाई तह लगाउन अल्पकालीनरूपमा अहिले आएर थोरै परिमाणमा उत्पादन गर्न थालेको हो। 
ढुंगागिट्टीको उत्खनन, प्रशोधन, बेचबिखन र ओसारपसारका प्रक्रिया र पद्धति अनिवार्य हुन्छन्। हाम्रो सन्दर्भमा यी सबै क्षेत्रमा बेथितिमात्र छ। यी क्षेत्रमा हाम्रो अनुभव छोटो छ। सरकार यो व्यवसायलाई मर्यादित बनाउने कुरामा पूर्णरूपले चुकेको छ। त्यो चुकाइ कहाँकहाँ छ,? हाम्रा मन्त्रीहरूले बुझेका छैनन्, कि त बुझेर पनि बुझपचाइरहेका छन् वा आफ्ना कमजोरी लुकाइरहेका छन्। अथवा एकहोरो ढुंगागिट्टीको राजस्व देखिरहेका छन्! 
निकासीको चिन्ता गर्नुपूर्व यस्ता सामग्री उत्पादन गर्ने उद्योगहरूको अध्ययन जरुरी छ। ती उद्योगले अहिलेसम्म सरकारी मापदण्ड पालना गरेका छैनन्। सरकारले ३ पटक यी उद्योगको म्याद थपिसकेको छ। पछिल्लो पटक यही पुस मसान्तसम्मका लागि सञ्चालन र नविकरणको म्याद थपिएको छ। यो पनि अर्थमन्त्रीज्यूकै नेतृत्वमा थपिएको हो। यही म्याद गुजि्रँदै गएर होला फेरि पनि थप्नका लागि ३ जना मन्त्रीले भूमिका बाँधेर विदेश निकासीको हल्ला गर्दैछन्। विदेश निकासी नभए पनि अन्तिममा आएर फेरि पनि तिनै उद्योगको म्याद थप्ने दाउमा सरकार लागेको त होइन भन्ने भ्रम सिर्जना भएको छ। 
मापदण्डअनुरूप सञ्चालन गर्न सरकारले त्यस्ता उद्योगलाई बारम्बार अनुरोध गरिरहेको छ। खानीक्षेत्र पहिचान गर्ने जिम्मा उद्योग मन्त्रालयलाई दिइएको छ। यही पुस मसान्तसम्म खानीक्षेत्र पहिचान गरी मापदण्ड पूरा नगरेका उद्योगलाई स्थानान्तरण गर्ने निर्णय सरकारको छ। स्थानान्तरण गर्दा लाग्ने खर्च र झन्झटलाई दृष्टिगत गरेर त्यस्ता उद्योगलाई ३ वर्षको आयकर र बैंकको ऋणमा पूर्णतालिकिकरणको व्यवस्थासमेत गरेको छ। तर पनि, कुनै पनि उद्योग मापदण्डभित्र सञ्चालन हुनचाहेका छैनन्। चुरे र त्यसको फेदमा रहेका उद्योग बन्द छन्, तर स्थानान्तरण भएका छैनन्। भोलि निकासी खुला गरिदिनुभयो भने यिनै उद्योग यथास्थानमा नचल्लान् भन्न सकिन्न। विगतले यसको पुष्टि पनि गरिसकेको छ। 
मापदण्डभित्रका उद्योगलाई समेत सञ्चालन गर्न नदिने प्रपञ्च व्यवसायीहरूले नरचेका होइनन्। त्यस्ता केही उद्योग चल्न नदिएर बजारमा निर्माण सामग्रीको कृत्रिम अभाव सिर्जना गरिएको थियो। व्यवसायीसामु सरकारका हरेक कदम असफल भइरहेका छन्। तर पनि हाम्रा मन्त्रीहरू तिनै व्यवसायीको पक्षमा वकालत गरिरहेका छन्! यतिमात्र हो र? चुरे खोस्रनकै लागि छिमेकी सहरका केही व्यक्तिले नेपाली नागरिकता लिएर क्रसर उद्योग सञ्चालन गरिरहेका छन्। यसबारे हाम्रा मन्त्री महोदयहरूलाई कत्तिको जानकारी छ? किन उहाँहरू यावत समस्यालाई सम्बोधन गर्न सकिरहनु भएको छैन? एकातिर राष्ट्रिय समस्या चाङ लगाएर राख्ने र अर्कोतिर व्यक्ति तथा समुहअनुकूल निर्णय गर्दैजाने प्रवृत्ति हावी भएको छ। 
प्राकृतिकरूपमा नेपालका खोलानालाबाट निस्किने ढुंगागिट्टीको परिमाण तपाईंहरुरूलाई थाहा छ? उत्पादनको टुंगो छैन, माग कति हो थाहा छैन। उत्खनन्का लागि उपयुक्त स्थानहरूको अध्ययनसहितको पहिचान छैन। अनि तपाईंहरू ढुंगागिट्टी निकासी गरेर देश बनाउने सपना देखिरहनु भएको छ! तपाईंहरू अहिले टाँगा तान्ने घोडाको भूमिकाभन्दा बाहिर हुनुहुन्न। 
भौगोलिकरूपमा निकै कमजोर, कम उमेर र संवेदनशील चुरे पर्वत शंृंलाको दोहनको दृश्य कहालिलाग्दो छ। चुरेको टुप्पो र फेदमा लगेर क्रसर चलाइएका छन्। दर्ता कागजमा एउटा ठाउँ उल्लेख गरेर वातावरणीयरूपमा संवेदनशील स्थानमा ती उद्योग चलाइएको छ। पूर्वपश्चिम राजमार्गबाट उत्तर चुरेको फेद र भित्र गएर ढुंगा खोसि्रएको छ। राजमार्ग उत्तरतर्फका नदीनालाको सतह गहिरिएको छ। दक्षिणतिरको उकासिएको छ। व्यवसायीहरू आफ्नो स्वार्थमात्र हेरिरहेका छन्! उनीहरू उकासिएको नदीको सतह खोतल्न जाँदैनन। बालुवाले पुरिन थालेको पुल र नदीको सतह खोस्रँदैनन्! किनकि त्यहाँ उनीहरू पैसा देख्दैनन। खोई तपाईंहरूले व्यावसायिक संस्कारका लागि नीतिनियम बनाउनसकेको? 
अत्यधिक दोहनले नदीखोला तराईका उर्वरायुक्त जमिनबाट बग्न थालेका छन्। तराई–मधेसका खेतीयोग्य जमिन मरुभूमि बनिरहेका छन्। बाढी बस्तीमा पसिरहेको छ। कुनै न कुनै गाउँबाट वर्षेनी सर्वसाधारण विस्थापित भइरहेका छन्। के यी विस्थापितले तपाईंहरुरूलाई भोट हाल्दैनन्? अथवा तपाईंहरू घरबारविहीनहरूको हिसाबकिताब गर्नुहुन्न? करोडौँका पुल भत्किएका छन्। राजमार्ग र भित्री सडक उप्किएका छन् र भारी वजनले गर्दा भत्किएका छन्। नदीखोला किनारको वन विनाश त्यत्तिकै छ, जसले गर्दा चुरेबाट बलौटे माटो बग्ने क्रम जारी छ। उत्पादकत्व, सिंचाई र खानेपानी दिनप्रतिदिन घट्दै छ। तराईका जिल्लामा पानीको हाहाकार छ। के यी समस्या होइनन्? यी सबै बहानामात्रै हुन्? अर्थमन्त्रीज्यू उल्लिखित क्षतिभन्दा तपाईंले कल्पना गरेको राजस्व ठूलो हो र? चुरे अझै विनाश गर्ने हो भने भारतका बिहार र उत्तरप्रदेशका उत्तरी भूभागसमेत मरुभूमीकरण हुनसक्छ। पानीको स्रोत पनि सुक्छ भन्ने कुरा छिमेकी मुलुक भारतले समेत राम्ररी बुझेको छ। 
अझै पनि हामी यो व्यवसाय वा उद्योगलाई व्यवस्थित गर्नुपर्छ भन्ने कुरा बुझिरहेका छैनौँ। त्यसका लागि वातावरणमैत्री नीति, नियम र पद्धति सुरु गर्नुपर्छ। यी सबै विषयको गृहकार्य नै नगरी हावा तर्क राख्नुभएन। चुरेको ढुंगागिट्टीमा तपाईंहरू धेरै राजस्व देखिरहनुभएको छ। कति राजस्व? वर्षको एक अर्ब ८३ करोड रुपैयाँ? के यति पैसा नभएर देशको विकास नभएको हो? के अहिले विकास लागि छुट्टाइएको सबै रकम खर्च भइरहेको छ? अथवा राज्यको ढुकुटी खाली भएर विकास गर्न पाउनुभएको छैन? 
के अर्थमन्त्रीलाई थाहा छ? उपभोक्ताबाट २२ हजार रुपैयाँ असुल्ने ढुंगागिट्टी व्यापारीले आयकर तिर्दा त्यसको मूल्य ३५ सय रुपैयाँमात्र देखाउँछन्। यही रकममा आयकर काटिन्छ। यी दुईथरि मूल्यबीचको ‘मार्जिन' ककसले खाइरहेको छन्? त्यो रकम कहाँकहाँ पुग्यो? भन्सारमा त्यस्तै, ३० टन माल हालेर लैजाने २० टनको भन्सार तिरिन्थ्यो। तपाईंको मन्त्रिपरिषद्ले निकासीमा प्रतिबन्ध नलगाउँदासम्म यस्तै भइरहेको थियो। त्यतिबेला पनि त तपाईं नै अर्थमन्त्री हुनुहुन्थ्यो, होइन र? खोई त यो चुहावट रोकेको? प्राकृतिक स्रोत, आमउपभोक्ता र सर्वसाधारणको हितविपरित हचुवा तर्क राख्न छाडौँ। स्रोतको पहिचान, व्यवस्थापन र यसको राष्ट्रिय सदुपयोगका आधारहरु निर्माण गरौँ। स्रोत बेच्नै नहुने होइन, बेच्नुपर्छ। बेथिति र धमिलो वातावरणको अन्त्य गरेर निकासी खुला गर्नसकिन्छ। तर, चुरे त कुनै पनि हालतमा खोसि्रनु हुँदैन। खोसि्रने नै हो भने, प्राकृतिकरूपमा बगेर आउने ढुंगागिट्टी र निश्चित महाभारत पर्वत खोसि्रन सकिन्छ। तर, अहिलेकै अवस्थामा होइन। 
अर्थमन्त्रीज्यू, अहिले नै घर डढाएर खरानीले टिका लगाउने काम नगर्नुहोस्। आफ्नो तर्क र सोचलाई फराकिलो दायराबाट हेर्ने कोसिस गर्नुहोस्। सबैथोक पैसा, अर्थ र राजश्स्वमात्र होइन, यीभन्दा बाहिर धेरै विषय र मुद्दा छन्। तिनको पनि सम्बोधन हुनुपर्छ। यो पंक्तिकार तपार्इंलाई अर्थमन्त्रीमात्र होइन, प्रधानमन्त्री भएको हेर्नचाहन्छ। तपाईंले आफूलाई फराकिलो बनाउन जरुरी छ।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस