अर्थमन्त्री डा. रामशरण महतको हालैको अभिव्यक्तिलाई लिएर विभिन्नखालका क्रियाप्रक्रिया आयो। कुनै पनि देश विकासमा राजस्वको महŒव अहं हुन्छ। अर्थमन्त्री डा. महतको उद्देश्य राजस्व र राष्ट्रिय आम्दानीको स्रोत बढाई सरकारका कार्यक्रम कार्यान्वयनमा आर्थिक सहयोग गर्नु नै हुनुपर्छ। अर्थमन्त्रीले चुरेबाट ढुंगागिट्टी तथा बालुवाको निकासी गर्दा १ अर्ब १३ करोड राजस्व संकलन भएको, निर्माण कार्यमा यी सामग्रीको अभावले राष्ट्रिय उत्पादनमा पार्नसक्ने असर र यसले पूर्वाधार विकासमा पर्नसक्ने असरबारे धारणा राखेका हुन्। यस्तै आशय यातायातमन्त्रीको पनि रहेको थियो। दुवै मन्त्रीको अभिव्यक्तिपछि यो आमचासोको विषय बन्नपुग्यो। चुरेमा उत्खनन् नगरिएका 'भर्जिन' क्षेत्र अझै बाँकी छन्। त्यस्ता क्षेत्रबाट उत्खनन् गर्नसकिने र यी वस्तुको रोकावटले आर्थिक गतिविधि तथा विकास निर्माणमा पर्नसक्ने असरको बारेमा मन्त्रीहरूलाई सल्लाह दिँदा चुरे आफै 'भर्जिन' पहाड भएकोले अझै दोहन गर्ननमिल्ने यथार्थ जानकारी दिएनन् होला। यसबारे एकपटक भूगर्भविदहरूसँग गहन संवाद गरेमा यथार्थ जानकारी आउला। साथै, नेपालले भारतबाट मार्बल ल्याउन मिल्छ भने यहाँबाट ढुंगागिट्टी तथा बालुवाको निकासी गर्न किन मिल्दैन भन्ने तर्क दिएको देखिन्छ।
भारतमा आर्थिक महŒव राख्ने मार्बल खानी खासगरी राजस्थान, गुजरात, हरियाना, आन्ध्रप्रदेश तथा मध्यप्रदेशमा उत्खनन् भएका छन्। जम्मुकाश्मिर, सिक्किम, उत्तरप्रदेश तथा पश्चिम बंगालमा अझै मार्बल सञ्चित छन्। राजस्थान र गुजरातका अत्यधिक मार्बल खानी भएका स्थानको भौगर्भिक बनोट अति पुरानो आर्कियन चट्टानले बनेको छ। अन्य स्थानमा चाहिँ हिमालयबाट बगेर आएको थेग्रो 'अल्लुभियम' बाट बनेको छ। यो चुरेभन्दा धेरै पुरानो हो। त्यस्तै, आन्ध्रप्रदेश तथा मध्यप्रदेशको भूबनोट पनि पुरानो चट्टान नै हो। हरियानाको केही भूबनोटचाहिँ केही हदसम्म चुरेसँग मिल्दो छ। तर पनि मार्बल पाइने क्षेत्रको बनोट पाको चट्टानले बनेको छ। र, कमलो तथा परिपक्व भैनसकेको क्षेत्रबाट मार्बल उत्खनन् अझै व्यावसायिकरूपमा गरिएको छैन। तसर्थ, मार्बलको उत्खनन् गर्दा चुरेको जस्तो पर्यावरणीय असर गर्दैन र मार्बल तथा चुरे उत्खनन् पर्यायवाची हुनसक्दैनन्।
खुलाबजार अवधारणामा पनि वातावरणीय असरलाई दृष्टिगत गरिन्छ। हालै विकसित तथा विकासोन्मुख देशहरूले हरितगृह ग्यास कमगर्ने तथा फोसिल फ्युलको प्रयोग घटाउने प्रतिबद्धता व्यक्त गरेका छन्। चुरे केवल आर्थिक मुद्दामात्र होइन तसर्थ पृथक सोचाई राख्नु जरुरी छ। चुरे क्षेत्र संसारकै सबैभन्दा कान्छी पहाडी क्षेत्र हो। यो तिब्बती तथा भारतीय टेक्टोनिक प्लेेटको संगममा अवस्थित भएकोले अझै विकासको क्रममै छ। र, 'प्युबर्टी' (जवानी) मा पनि नरहेको यहाँको वनस्पतीय संरचना अति जटिल भएकोले 'भर्जिन' चुरेको उत्खनन् बयस्क भैसकेका भारतको पर्यावरणीय सहवासयोग्य पहाडमा पाइने मार्बलको उत्खनन्को तुलना गर्न सकिँदैन। नेपालको ढुंगागिट्टी भारत निकासी गर्ने राय आपसी सहयोगको भावनाबाट आएको हुनुपर्छ। यो जायज सोचाइको उपज भए तापनि प्राकृतिक तवरले सामूहिक बलात्कृत चुरेको विनासबाट भारतका केही प्रान्तमा नै पर्ने पर्यावरणीय असरबारे पनि सोच्नुपर्ने हुन्छ।
नेपालको चुरे विनाश भएमा अति जनघनत्व भएका उत्तरप्रदेश तथा बिहारमा बाढीको प्रकोप, सिंचाई तथा खानेपानीको अभाव पर्नजान्छ। चुरे विनाशबाट हुनसक्ने बृहत् असरको क्षति व्यहोर्नुभन्दा भारतकै छत्तीसगढ तथा मध्यप्रदेशबाट आधारभूत निर्माण सामग्री ल्याउनु नै उचित हुन्छ भन्ने पनि त्यहाँका विज्ञहरूले बुझेकै होलान्।
चुरेलाई भेदन नगरी नेपालको उत्तर तथा पहाडी भूभागलाई दक्षिणसँग जोड्न सकिँदैन। र, देशभित्रको 'कनेक्टिभिटी'को लागि पनि हामीले चुरेका धेरै भर्जिन भूभागलाई अतिक्रमण गर्नैपर्छ। भारत तथा चीनबीचको व्यापार पछिल्लो समय बढ्दो छ। थलमार्गबाट सम्भावित व्यापार गर्न भविष्यमा चीनले आधुनिक सिल्क मार्गको परिकल्पना गरेको छ। यसमा नेपाललगायत भारतको भूभागको प्रयोग गर्नुपर्छ। तसर्थ, अहिलेको भर्जिन भूभागलाई संरक्षण गर्न सकिएमा विकासको 'किशोर' अवस्थामा पुग्दा जबर्जस्ती 'भर्जिनिटी' तोडिएको भूभागलाई प्रयोग गर्दै सिल्क मार्ग निर्माण गर्न सकिन्छ। कथंकदाचित भर्जिन भूभागलाई नै प्रयोग गर्नु परे तापनि अस्मितालाई कायमै राखी झिल्लिमा मात्रै न्यूनतम असर पारी विकासको किशोर अवस्थामा प्रवेश गराउन सकिन्छ। तर, नेपालका साथै उत्तरप्रदेश र बिहारका केही स्वार्थी व्यक्तिको लहैलहैमा लागेर हामीले भर्जिन क्षेत्र बाँकी नै रहेको चुरेलाई चलाउन थाल्यौँ भने के होला?
जहाँसम्म राजस्व संकलनको कुरा छ, वैकल्पिक माध्यमबाट पनि यसको पूर्ति गर्नसकिन्छ। बर्सेनि डढेलो लागेर खेरजाने चुरेको जंगलको पातपतिंगर (चुरे भूभागमा अर्गानिक कार्बनको मात्रालाई प्रतिकूल असर नपार्नेगरी) साधारण प्रविधि प्रयोग गरी प्रशोधन गर्न सकिएमा अत्यधिक लाभका वस्तु बनाउन सकिन्छ। उदाहरणका लागि, यदि करिब २० हजार टन 'फरेस्ट लिटर'लाई संकलन गरी प्रतिकिलो ३ रुपैयाँमा बेच्ने हो भने सामुदायिक वनले वार्षिक झन्डै ६ करोड आम्दानी गर्छ। यसबाट २ देखि ३ मेगावाट विद्युत् उत्पादन हुनसक्छ। यसैको प्रयोगले ग्रामीण विद्युतीकरणमा सहयोग पुग्नुका साथै कृषि उद्योगमा पनि मद्दत पुग्छ। विद्युत् उत्पादनपश्चात् रहने करिब १२ हजार टन बायोचारलाई १० रुपैयाँ प्रतिकिलोमा बिक्री गरेमा थप १२ करोड आम्दानी हुनसक्छ। यसैलाई प्रशोधन गरी उन्नत मल बनाउसक्दा १५ हजार टन बन्छ। यसलाई ५० रुपैयाँ प्रतिकिलोमा बेच्दा ७५ करोड आम्दानी हुन्छ। यस्तो मल अहिले आयात गरिन्छ। त्यसकारण पनि व्यापारघाटा कम गर्न यो सहयोगी हुन्छ। यसले करिब ७५ हजार हेक्टर धानखेतीलाई मल पुग्छ। यो मलले उत्पादकत्व १.५ गुणाले बढाउँछ। र, करिब १ लाख ५ हजार मेटि्रक टन धान थप उत्पादन हुन्छ। यसबाट किसानलाई थप करिब १ अर्ब ८९ करोड आम्दानी हुन्छ। यो धानबाट करिब ६३ हजार टन चामल, २३ हजार टन भुस तथा १९ हजार टन ब्रान निस्कन्छ। यसले पनि हाम्रो व्यापार घाटा घट्छ। सामुदायिक वन तथा किसानको आम्दानीका साथै अन्य आर्थिक गतिविधिमा ८० प्रतिशत व्यापार र २० प्रतिशत कूल नाफा भएको मान्ने हो भने करिब २० हजार हेक्टर क्षेत्रफलको चुरे क्षेत्रको जंगली फोहोरबाट मात्रै मूल्यअभिबृदद्धि तथा आम्दानी कर करिब ४५ करोड हुन्छ। अन्यखालका कृषिजन्य उद्योगको स्थापनाबाट प्राप्त हुने कर अलग्गै छ। यस्ता आर्थिक क्रियाकलापबाट पनि राजस्व संकलन हुन्छ।
राजस्व संकलनको सन्दर्भ त छँदैछ परराष्ट्र सम्बन्धलाई दृष्टिगत गर्दा पनि चुरे दोहन गर्नहुन्छ भन्ने सल्लाह जायज छैन। आर्थिक उपार्जनका निम्ति माथि उल्लेख गरिएको उपायमात्रैको अवलम्बनले पनि बलात्कृत चुरेको अंगलाई केही राहत पुग्छ। र, यसले कृषि पैदावारको उत्पादनशीलता, बाढी नियन्त्रण, कृषि जमिनको उत्पादकत्व, भूमिगत सिंचाई क्षमताको बढोत्तरी गराउँछ। चुरे संरक्षणले नेपाललाई सीधा लाभ देखाए पनि कतिपय सन्दर्भमा परोक्षरूपमा भारतलाई ठूलै फाइदा दिन्छ । चुरेको जथाभावी दोहनबाट भारतमा पर्नसक्ने असरबारे उनीहरू अनभिज्ञ पक्कै पनि छैनन्। तसर्थ, प्युबर्टीमा पनि नपुगेकी कान्छी पहाडको 'भर्जिनिटी'लाई कायम राख्दै छिमेकीको पनि सल्लाह लिँदै पर्यावरणमैत्री आर्थिक विकासको किशोरावस्थामा प्रवेश गर्न सकिन्छ। अत्यावश्यक ढुंगागिट्टी तथा बालुवाको आपूर्ति कसरी गर्ने भन्दा अलि कडा पहाडी चट्टान तथा उत्तरी भेगका खोलानालातर्फ ध्यान दिनु उचित हुन्छ।