काठमाडौंको सुन्दरीजल बन्दीगृहलाई २०६१ साल भाद्र २४ गतेदेखि बीपी कोइराला संग्रहालयमा परिणत गरिएको छ। तत्कालीन राजा महेन्द्रले २०१७ साल पौष १ गते देशको पहिलो जननिर्वाचित संसद् विघटन गरी सरकारलाई अपदस्थ गरेपछि प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, मन्त्री गणेशमान सिंह, सभामुख कृष्णप्रसाद भट्टराईलगायत ९ जना राजनीतिक नेतालाई उक्त बन्दीगृहमा वषर्ौं वर्षसम्म बन्दी बनाएका थिए। त्यस संग्रहालयमा जानेहरूले संग्रहालयको भित्तामा लामो पाटी टाँगिएको देख्न सक्छन्। त्यस पाटीमा राजा महेन्द्रले बन्दी बनाएर राखेका नौ जनाको नाम क्रमैसँग उल्लेख गरिएको छ – विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्र, दिवानसिंह राई, योगेन्द्रमान शेरचन, जमानसिंह गुरुङ र प्रेमराज आङदम्बे।
नेपालको राजनीतिमा ५५ वर्ष अगाडि समावेशीकरणको माग खासै कुनै राजनीतिक दलले गरेका नभए पनि नेपाली कांग्रेस त्यतिखेर अत्यन्त स्वाभाविक रूपमा समावेशी थियो। बीपी कोइरालाले क्षेत्रीय सन्तुलन मिलाएर मन्त्रीमण्डल गठन गर्दा जातीय हिसाबले पनि स्वतः समावेशी भएको थियो। उनको १९ सदस्यीय मन्त्रीमण्डलमा बीपीलगायत ९ जना बाहुन, क्षेत्री र सन्यासी ('खस आर्य') थिए भने नेवार १ जना, मधेसी ३ जना, थारु १ जना, लिम्बु १ जना, गुरुङ २ जना, थकाली १ जना, राई १ जना थिए। सुदूर पश्चिमको डडेलधुराबाट निर्वाचित श्रीमती द्वारिकादेवी ठकुरानीलाई स्वास्थ्य तथा स्वायत्त शासन उपमन्त्रीको जिम्मेवारी दिई नेपालको इतिहासमै पहिली महिला मन्त्रीका रूपमा बीपीले आफ्नो मन्त्रीमण्डलमा समावेश गराएका थिए। महेन्द्रले बन्दी बनाएर सुन्दरीजल बन्दीगृहमा ९ जनालाई बन्दी बनाएर राख्दा पनि समावेशी हिसाबले नै राख्न पुगेछन् – ३ जना बाहुन, १ जना नेवार, १ जना मधेसी, १ जना राई, १ जना थकाली, १ जना गुरुङ र १ जना लिम्बु।
महेन्द्रले सुन्दरीजल जेलमा बन्दी बनाएकामध्ये ८ जना पहाडी मूलका थिए। रामनारायण मिश्र एक जनामात्र मधेसी मूलका थिए। महोत्तरी पिपराका सम्पन्न किसान परिवारका रामनारायण मिश्रले त्यतिबेला पञ्चायतप्रति अलिकतिमात्रै पनि झुकावको संकेत गरेका भए राजा महेन्द्रले तत्कालै जेल मुक्त गर्ने थिए। महेन्द्रले सुन्दरीजल जेलमा कांग्रेसका शीर्ष नेतामध्ये एक जनामात्र मधेसीलाई बन्दी बनाएर राखेका थिए। उनले मिश्रलाई बन्दीमात्र बनाएनन् बन्दी जीवनको चौथो वर्षदेखि नै क्यान्सरको संकेत देखिँदा पनि कुनै चासो देखाएनन्। मिश्रले जेलमै थप दुई वर्ष क्यान्सरको असह्य पीडासँग संघर्ष गर्नुपर्योे। जीवनको अन्तिम क्षणमा पुगिसकेको विवरण सैनिक अस्पतालका डाक्टरहरूले दिएपछि मात्र जेलमै मृत्यु भएमा ठूलै अवगाल पर्ला भन्ने भयले राजा महेन्द्रले ६ वर्षपछि उनलाई जेल मुक्त गरे। जेल मुक्तिको केही महिनापछि नै त्यही क्यान्सरका कारण २२ दिसम्बर १९६७ मा ४७ वर्षकै उमेरमा उनको निधन भयो। विडम्बना, तिनै श्रद्धेय रामनारायण मिश्रलाई नेपालको वर्तमान राजनीतिक उहापोहमा सम्बन्धित कसैले पनि सम्झने प्रयत्न गरेको देखिएन।
वास्तवमा मधेस नै नेपाली कांग्रेसको खास आधारभूमि रहेको तथा नेपाली कांग्रेस र मधेस झन्डै पर्यायवाचीजस्तै भएको तथ्य राजा महेन्द्रले राम्ररी बुझेका थिए। नेपाली कांगे्रसलाई तराई मधेसमा सघनरूपमा स्थापित गराउन रामनारायणजीको विशेष योगदान थियो। नेपाली कांग्रेसप्रतिको चर्को ईर्ष्या र वैरभावले नै राजा महेन्द्रले मधेसमा कांग्रेसलाई स्थापित गर्न महत्वपूर्ण योगदान गर्ने रामनारायण मिश्रमाथि त्यत्रो अन्याय गरेको हुनुपर्छ।
विसं २०१५ को संसदीय निर्वाचनपछि प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योग वाणिज्य मन्त्री हँुदा रामनारायण मिश्र धोती, कुर्ता र चप्पल लगाएर मन्त्रीमण्डलको बैठकमा भाग लिने गर्थे। त्यसलाई कसैले पनि अस्वाभाविक ठान्दैनथे। धोती, कुर्ता र चप्पल लगाएरै भारतसँगको नेपालको पहिलो व्यापार तथा वाणिज्य सन्धिमा मिश्रले आफ्नो देशका पक्षमा महत्वपूर्ण सहुलियत र सुविधा दिलाउन सफल भएका थिए। उनले नेपाललाई एक उपयुक्त औद्योगिक मुलुकका रूपमा विकसित गर्ने योजनाबद्ध खाकासमेत तैयार गरेका थिए। रुस सरकारको सहयोगमा जनकपुर चुरोट कारखाना र वीरगंज चिनी कारखानाको स्थापना उनकै कार्यकालका देन हुन्।
आखिर कुन कारणले राजा महेन्द्रसमक्ष जेल मुक्तिको अनुरोध गर्नुभन्दा क्यान्सरको पीडासंग संघर्ष गर्नु ठीक लाग्यो मिश्रलाई? क्यान्सरको पीडाका बीचमा बन्दी अवस्थामा भेट गर्न आएका आमा, पत्नी तथा भतिजालाई समेत कारामुक्तिका लागि आफ्नो हात तल पर्ने गरी कहीँ पनि कुनै कुरा नगर्न चेतावनीसमेत दिएका थिए उनले। पंक्तिकारले उनका भतिजा तथा मानवअधिकार कर्मी (तर आफूलाई मानव कर्तव्यकर्मी भन्न रूचाउने) प्रोफेसर डा. वीरेन्द्रप्रसाद मिश्रसँग यस विषयमा चासो राख्दा थाहा भयो डा. मिश्रले पनि यही प्रश्न जीवनको अन्तिम समयताका स्वयं रामनारायणजी समक्ष राखेका रहेछन्। रामनारायणजीले भनेका थिए रे – 'नेपाली कांग्रेसले लिएको लोकतन्त्रप्रतिको अडान र प्रतिबद्धतामा मधेसी जनताको समर्थन र ऐक्यबद्धताका लागि प्रतिनिधि पात्रका रूपमा भूमिका पूरा गर्न चाहेको थिएँ'।
नेपाली कांग्रेसप्रतिको आफ्नो दुराग्रहलाई मूर्तरुप दिन राजा महेन्द्रले २०१९ मा जारी गरेका पञ्चायती संविधानलाई अझ निरङ्कुश बनाए। नागरिकता ऐन, २००९ मै व्यवस्थित गरिसकिएका प्रावधानलाई समेत उल्ट्याएर २०१९ को संविधानद्वारा नागरिकतासम्बन्धी व्यवस्थालाई मधेसी जनताप्रति लक्षित गरी धेरै जटिल बनाइयो। नेपालको नागरिकता ऐन, २००९ अनुसार नेपालमा जन्मेको व्यक्ति वा बाबु आमामध्ये एकजना नेपालमा जन्मेको व्यक्तिले वंशजको आधारमा नागरिकताको प्रमाणपत्र पाउँथे। विसं २०१९ को संविधानअन्तर्गत बनेको नागरिकतासम्बन्धी व्यवस्थामा भने नेपाली भाषा बोल्न र लेख्न जान्नेले मात्र नागरिकता पाउने गरियो। बाबुआमा नेपाली भएको वा जन्मसिद्धजस्ता प्रावधान हटाएर आफ्नै देशका नागरिकलाई अनागरिक बनाउने कार्यको थालनी गरियो। नागरिकता उपलब्ध गराउने जिल्ला प्रमुखहरूलाई यस सम्बन्धमा कुनै पनि मोलाहिजा नगर्न कडा उर्दी जारी गरियो। उनीहरुलाई त्यसैअनुसार कार्यान्वयन गर्न प्रशिक्षित गरियो।
स्वर्गीय रामनारायण मिश्रजस्ता नेपाली कांग्रेसका मूर्धन्य नेताका कारणले नै तराई मधेसका बहुसंख्यक नागरिकमा नेपाली कांग्रेस र अझ लोकतन्त्रप्रति अझै पनि विशेष सद्भाव र समर्थन रहेको छ। त्यसैको फलस्वरूप संविधान सभाको दोस्रो निर्वाचनमा मधेसी मतदाताले फेरि पनि अत्यधिक संख्यामा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाएर पठाए। त्यसमध्ये कतिपय पहाडी मूलका उम्मेदवार पनि थिए। विसं २०१५ को निर्वाचनका लागि मधेसमा पार्टीको उम्मेदवार छनोट गर्ने बेलामा विश्वेश्वरप्रसाद कोइरालाले २०२० मा हुने अर्को निर्वाचनमा नेपाली कांग्रेसले पहाडी र हिमाली निर्वाचन क्षेत्रबाट मधेसी उम्मेदवारलाई विजयी गराउने वाचा गरेका थिए। हुनत, त्यो वाचा राजा महेन्द्रको तानाशाही कदमका कारण पूरा हुनसकेन। तर अब नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद कोइरालाको त्यो वाचा पूर्ण गर्नेतिर पाइला चाल्न सक्ला?
नेपालको अन्तरिम संविधान, २०६३ मा जन्म भएका बेला 'बाबु वा आमा' नेपाली नागरिक भएमा त्यस्तो व्यक्ति नेपाली नागरिक ठहर्ने व्यवस्था गरिएको थियो। अब बन्ने संविधानमा अन्तरिम संविधानमै गरिसकिएको व्यवस्थालाई समेत उल्ट्याएर 'बाबु र आमा' दुवै नेपाली नागरिक हुनुपर्ने व्यवस्था थोपर्ने जमर्को हुन लागेको भन्ने सुनिएको छ। नागरिक अधिकारकर्मी र महिला अधिकारकर्मीहरूले यसविरुद्ध आवाज उठाउँदै आइरहेका पनि छन्।
केही समय पहिले महिला, कानुन र विकास मञ्च नामक संस्थाले गरेको एक अध्ययनले नेपालमा झन्डै ४४ लाखको हाराहारीमा नागरिकताविहीन व्यक्ति रहेको देखाएको छ। त्यसमध्ये तराई मधेसमा मात्रै झन्डै १६ लाख नागरिकताविहीन रहेको भन्ने उक्त अध्ययनमा देखिएको छ।
स्वर्गीय रामनारायण मिश्रजस्ता कांग्रेसका लागि ज्यान अर्पण गर्ने मधेसका नेतालाई सम्झेर नेपाली कांग्रेसले मधेसका नागरिकताविहीनहरूलाई नेपाली राष्ट्रियताको परिभाषाभित्र सहज समावेश गराउन सक्ला? मधेसका अहिलेका युवा ७, १७, ३६, ४६ वा ६३ सालका भन्दा नितान्त फरक छन्। खाडी मुलुक र मलेसियामा पाएको रोजगारीले मधेसका निम्न वर्गका युवालाई समेत धेरै गतिशील र चेतनशील बनाइसकेको छ। मधेसका युवा यी सबै तथ्यप्रति नेपाली कांग्रेस कत्तिको सजग छ र उसले के कस्तो कदम उठाउनेछ भन्ने व्यग्र प्रतीक्षामा देखिन्छन्।