एमाओवादी र नेतृत्व परिवर्तन
०९ पौष २०७१
•
१९ मिनेट पाठ
एमाओवादी र नेतृत्व परिवर्तन
‘जसको विचार, उसैको नेतृत्व' कम्युनिस्ट पार्टीभित्र खुबै प्रचलित वाक्य हो यो। अर्को पनि उत्तिकै प्रचलित वाक्य छ– ‘कम्युनिस्ट पार्टी भनेको सामूहिक नेतृत्वमा चल्ने पार्टी हो।' हाँसो उठ्दो कुरा के छ भने विपरीत अर्थ लाग्ने माथिका दुवै कथन एउटै पार्टीका र एउटै दस्तावेजका आदर्श वाक्य हुन्। तर कम्युनिस्ट पार्टीहरूमा ‘जसको विचार, उसको नेतृत्व' भन्ने कथनले कथित सामूहिक नेतृत्वको आदर्शवादी पक्षलाई कम्युनिस्ट पाखण्डको पर्यायमात्र साबित गर्दैआएको छ।अहिले एकाएक एकीकृत नेकपा (माओवादी)मा नेतृत्व परिवर्तनको प्रसंग उठेको छ र यति नै बेला एमाओवादी आन्तरिक कलह, विभाजन र विघटनको संकटले भयग्रस्त पनि छ। किन यतिबेला अकस्मात् नेतृत्व परिवर्तनको कुरा आयो? के नेतृत्व परिवर्तन गर्दैमा एमाओवादीको संकट समाधान होला? अथवा कहिल्यै नेतृत्वबाट हट्न नचाहने पुष्पकमल दाहाल किन नेतृत्व हस्तान्तरण गर्न चाहन्छन्? आदि इत्यादि प्रश्न अहिले एमाओवादीभित्र र बाहिर समानरूपमा उठिरहेका छन्। 
सैद्धान्तिक पक्ष 
तात्कालिक सोभियत संघको समाजवादी क्रान्तिपछि विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीको नेतृत्व भनेको नमरुन्जेल सत्तामा बस्ने राजतन्त्रको भिन्न रूपमात्र प्रमाणित हुँदैआएको छ। कथित जसको विचार, उसकै नेतृत्वको नाममा अन्य विचार वा आलोचनालाई त्रू्कर दमन गरेर आफ्नै वर्ग बन्धुको रगत बगाएर कथित विचारको रक्षा गर्नुपरेको उदाहरणको कम्युनिस्ट इतिहासमा कुनै कमी छैन। सोभियत समाजवाद र कम्युनिस्ट पार्टीभित्र लेनिनको मृत्यु र स्तालिनको नेतृत्वपछि जेजस्ता घटना भए त्यसको प्रभावले कुनै न कुनै रूपमा अहिले पनि कम्युनिस्ट पार्टीहरूलाई छोडेको छैन। अन्तर पार्टी जनवादमा पनि वर्ग संघर्षकै त्रू्कर रूप अपनाउने शैलीको स्तालिनको पालादेखि अहिलेसम्म पनि पुनरावृत्ति हुँदैआएको छ। नेतृत्व सम्बन्धी एमाओवादीको धारणा पनि यसभन्दा पृथक थिएन र छैन। 
लेनिनको मृत्युपछि सोभियत सत्ता र कम्युनिस्ट पार्टीको नेतृत्वमा स्तालिनमा पुगे। र, तत्कालीन समयको युद्ध र आवश्यकताले संगठनको रूपलाई ज्यादै केन्द्रीकृत र फौजीकृत बनायो। तत्कालीन समयमा कोमिर्टनमा आबद्ध विश्वभरका कम्युनिस्ट पार्टीहरुका बीचमा संगठनको त्यही अति केन्द्रीकृत रूप स्थापित भयो। तहगत प्रणालीमा रहेको लेनिनवादी संगठनात्मक ढाँचा स्तालिनको अधिभूतवादी सोचबाट अझ विकृत बन्न पुग्यो। पार्टीभित्रका भिन्न विचारलाई अन्तरविरोधहरूको समग्र आयाममा नभएर एकमनावादका रूपमा बु‰न थालियो। त्यहीँबाट लेनिनवादी संगठनात्मक पद्धतिले खतरनाक नोकरशाही र अधिनायकवादी रूप अँगाल्न पुग्यो। सोभियत समाजवादी सत्ता हुँदै कोमिर्टनमार्फत विश्वभर स्थापित भएको यस ढाँचाले पार्टीभित्र देखिएका मतभेदलाई जनवादी तरिकाले समाधान गर्नुभन्दा अन्तरपार्टी जनवादमा पनि बल प्रयोग गर्ने परिपाटीको जन्म गरायो। त्यसप्रकारको अधिनायकवादी, नोकरशाही र बल प्रयोगको तरिकालाई विश्वका कम्युनिस्टहरूले आदर्शीकरण गर्दा कम्युनिस्ट पार्टीको नेतृत्व पनि तानाशाही र व्यक्तिवादी हुँदैगयो। अर्कोतिर कम्युनिस्टहरूले ‘आवश्यकता र स्वतन्त्रता' दुईवटा दार्शनिक प्रवर्गहरुद्वारा पनि पार्टी र नेतृत्वलाई हेर्ने गर्छन्। तर त्यसको बुझाइमा रहेको समस्याले पनि नेतृत्वको प्रश्नमा विवाद रहँदैआएको देखिन्छ।
मार्क्स/एंगेल्सले कल्पना गरेको आवश्यकता र स्वतन्त्रताको द्वन्द्वात्मक सम्बन्धले पार्टी वा राज्यको रूपलाई वर्गविहीन र राज्यविहीन साम्यवादी समाजसम्म पुग्न प्रयोग गरिने एउटा संक्रमणकालीन साधनका रूपमा मात्र लिएको देखिन्छ। पछिल्ला समाजवादी पार्टी र सत्ताका रूपहरु भने जनताभन्दा माथि पार्टी, पार्टीभन्दा माथि नेताहरू र नेताहरूभन्दा माथि मुख्य नेतृत्व बस्ने र त्यसलाई स्थायी र बलियो नोकरशाही सत्तामा रूपान्तरण गर्ने प्रवृत्ति देखापर्योस। आवश्यकताको नाममा स्वतन्त्रताको दुनियाँतर्फ जान पाइला नचाल्ने र स्वतन्त्रताको नाममा आवश्यकतालाई बेवास्ता गर्ने अराजकतावादी प्रवृत्ति संसारभरका कम्युनिस्ट पार्टीमा देखिए। स्वतन्त्रता आवश्यकताको चेतना भएता पनि त्यसले आवश्यकतालाई पनि बदल्दै स्वतन्त्रतातर्फ लैजान्छ। त्यसैले फ्रेडरिक एंगेल्सले भनेका थिए – ‘आवश्यकताको दुनियाँलाई बदलेपछि मात्र स्वतन्त्रताको दुनियाँमा छलाङ मारिन्छ।' एमाओवादीले भने कहिले नबदलिने आवश्यकताको नाममा नेतृत्वको प्रश्नलाई पनि अपरिवर्तनीय बनायो। 
हुनत, नेतृत्वसम्बन्धी केही फरक र जनवादी धारणा बाबुराम भट्टराईले तत्कालीन माओवादी र अहिलेको एमाओवादीभित्र पनि राख्दैआएका थिए। माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन (२०५७)मा सांगठनिकरूपमा ‘नेतृत्व केन्द्रीकरण र स्थापना'लाई अझै विकृत पारेर ‘प्रचण्डपथ' नामाकरण गरे पनि सम्मेलनको दस्तावेजमा नेतृत्वसम्बन्धी परम्परागत अवधारणामा केही सकारात्मक परिवर्तन गरिएका थिए। खासगरी पार्टीभित्र आन्तरिक जनवादको सुदृढीकरण, एकमनावादी स्तालिनवादी सोचबाट पार्टीलाई मुक्त गर्ने प्रश्न तथा नेतृत्व हस्तान्तरणका लागि उत्तराधिकारी निर्माणका प्रश्न मुख्य थिए। त्यस्तै वि.सं २०६० सालमा ‘एक्काइसौं शताब्दीमा जनवादको विकास' नामक दस्तावेज पारित गरियो। उक्त दस्तावेजले जनताको जनवादी अधिकारका बारेमा अन्तर्राष्ट्रिय अनुभवहरूको मूल्यांकनसहित केही सकारात्मक कुरा गरेको थियो। परन्तु, त्यसको सार भने मूलतः माओवादीले एकलौटी सत्ताकब्जा गरिसकेपछि कसरी प्रतिक्रान्ति रोक्ने भन्ने मनोगत कल्पनामा आधारित छ। तर तत्कालीन माओवादी नेतृत्व आफैँले तय गरेको सैद्धान्तिक प्रस्थापनामा कहिल्यै हिँडेन अथवा त्यसलाई बाबुरामको प्रस्थापना मानेर व्यवहारमा लागु गर्न चाहेन। एकमनावाद र अराजकतावादी व्यक्तिवाद माओवादीको नेतृत्वसम्बन्धी आदर्शवादी अवधारणा थियो र रहिरह्यो। 
व्यवहारिक पक्ष 
सन् १९७० को दशक यताका अधिकांश सशस्त्र संघर्षको एकमुष्ट परिणाम संसारभर जे आएको थियो माओवादीको संदर्भमा पनि त्यही आयो। अर्थात् दलीय लोकतान्त्रिक प्रणालीका आधारभूत सिद्धान्तप्रति सहमति जनाएर उसले अन्य संसदीय राजनीतिक दलसँग सहमति कायम गर्दै १२ बँुदे सहमतिमा हस्ताक्षर गर्योय। विसं २०६२/६३ को आन्दोलन सफल भएपछि माओवादी पनि निरन्तर विगतको विरासत र अन्तरपार्टी लोकतन्त्रको संक्रमणबाट गुजि्ररहेको छ। त्यसैको परिणाम अहिले पार्टी विभाजन, विघटन र नेतृत्वको प्रश्नमा पनि सरेको हो। 
शान्तिपूर्ण राजनीतिमा आएपछि एमाओवादीले आवधिक निर्वाचनमा आधारित प्रतिस्पर्धात्मक बहुदलीय शासन व्यवस्था, नागरिक स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रता, कानुनी राज्यको अवधारणाजस्ता लोकतान्त्रिक मूल्यमान्यताप्रति सैद्धान्तिक स्वीकारोक्ति जनाएको छ। पार्टीको सैन्य संरचनालाई नेपाली सेनामा समायोजन गरेको छ। एकल नेतृत्वको अवधारणालाई बहुपदीय नेतृत्व प्रणालीमा रूपान्तरण गरेको छ। बाइस वर्षदेखि स्थगित रहेको पार्टीको महाधिवेशन गरेर लोकतन्त्रमा आधारित शान्तिपूर्ण प्रतिस्पर्धा गर्दै आर्थिक क्रान्तिमार्फत् समाजवादमा संक्रमण गर्ने राजनीतिक दिशा तय गरेको छ। यति हुँदाहुदै पनि एमाओवादी नेतृत्वले आफ्नो विगतको विरासतलाई न समात्न सकेको छ न त छोड्न। निरन्तरको यस्तो व्यावहारिक अकर्मण्यताले गर्दा दिन प्रतिदिन एमाओवादी कमजोर बन्दै गइरहेको छ। वैचारिक द्विविधाले जन्माएको यसै व्यावहारिक कठिनाइमा फसेको एमाओवादीले नेतृत्व परिवर्तनको प्रसङ्ग पुनः उठाएको छ।
एमाओवादीभित्र नेतृत्व परिवर्तनको प्रसङ्ग उठ्नासाथ स्वभावैले त्यसको केन्द्रमा बाबुराम भट्राईको नाम आइहाल्छ। किनभने दाहालले साँच्चै नै नेतृत्व छोड्न चाहेका हुन् भने बाबुरामबाहेक नेतृत्वमा पुग्न र गर्न सक्ने अर्को व्यक्ति एमाओवादीमा छैन। तर बाबुरामलाई नेतृत्व हस्तान्तरण गर्ने विषय एमाओवादीमा पहिलो पटक उठेको कुरा होइन। द्वन्द्वकालमा पनि पटकपटक उठ्ने र दाहालकै गुरु योजनाअन्तर्गत तुहिने गरेको विषय हो। त्यसकारण अहिले उठेको नेतृत्व हस्तान्तरणको प्रसङ्ग पनि संशयरहित छैन। दाहालले पार्टीभित्र संकट पर्दा बाबुरामको साथ नलिईकन समाधान फेला पारेको एउटा पनि रेकर्ड छैन। र, बाबुरामले राखेका विषयमा दाहालले प्रारम्भमा विरोध गरे पनि त्यसको एकाध महिनामा उनकै विषयमा समर्थन जनाउन बाध्य नभएको रेकर्ड पनि छैन। त्यसैकारण गर्दा बाबुरामले पनि सधैँ एमाओवादीको वैचारिक र राजनीतिक लाइनलाई घुमाउरो ढंगले आफ्नो भएको दाबी गर्नेगर्छन् र त्यो सत्य पनि हो। अहिले उठिरहेको नेतृत्व हस्तान्तरणको प्रसङ्ग दाहालको पहिलेकोजस्तै रणनीतिमात्र होइन भने पनि एमाओवादीमा नेतृत्व हस्तान्तरण ढिलोभइसकेको विषय हो।
एमाओवादीबाट वैद्य समूह अलग हुनेबित्तिकै पहिलो समाधान गर्नुपर्ने विषय नै नेतृत्व हस्तान्तरणको थियो। यस सबालमा दाहाल र भट्राईबीचमा केही सकारात्मक कुराकानी पनि भएका थिए। तर नेतृत्व हस्तान्तरणसम्बन्धी दाहालको बुझाइ पार्टीमा उत्पन्न संकट र समाधानको कोणबाट थिएन। बरु आफ्नै पार्टीको सरकारको नेतृत्वमा घोषणा भएको निर्वाचनबाट पुनः राष्ट्रपति वा प्रधानमन्त्री बन्ने निश्चित भएमात्र नेतृत्व छोड्ने उनको विचार रहेको बुझिन्थ्यो। र, दाहालको बुझाइ त्यस्तै थियो भन्ने त हेटौडा महाधिवेशनमा प्रमाणितै पनि भयो। किनभने नेतृत्व हस्तान्तरण गर्न हेटौंडा अधिवेशन एमाओवादीका लागि सर्वाधिक उपयुक्त थलो थियो। त्यसले एकातिर दाहालको स्खलित र अविश्वसनीय हुँदैगएको भूमिकालाई बचाउन सक्थ्यो भने अर्कोतिर वैचारिक राजनीतिक लाइनका रूपमा विभाजित पार्टीको औचित्यलाई प्रमाणित गर्न पनि निकै सजिलो हुन्थ्यो। बाबुराम र मोहन वैद्यको स्पष्ट राजनीतिक कित्ताको विभाजन र नेतृत्वले सही तथा पृथकपृथक राजनीतिक बाटो पनि खुटि्टन्थ्यो। तर भट्टराई नेतृत्वको सरकार विघटन र गैरदलीय सरकार निर्माणको पूर्वसन्ध्यामा दाहालले उधारो प्रधानमन्त्री पदका लागि हातको नेतृत्व त्यागेर बस्न चाहेनन्। त्यहीँबाट बाबुराम र उनका बीचमा पनि संबन्ध बिग्रिँदै गएको देखिन्छ। यसै क्रममा दाहाललाई नेतृत्व हस्तान्तरण गर्ने दोस्रो अवसर पनि आएको थियो। अर्थात् संविधान सभाको दोस्रो निर्वाचनमा पार्टीको पराजयपछि उनले नेतृत्व छोड्ने अर्को उपयुक्त अवसर थियो। अपसोच, उनले त्यसको पनि उपयोग नगरेर चरम अनैतिकता देखाए।
समय निकै घर्किसकेपछि दाहाल फेरि त्यही ठाउँमा उभिएका छन् जुन ठाउँमा उभिएर बाबुरामले पोहोर साल भन्दै थिए, ‘विराटनगरको राष्ट्रिय संमेलन रोकेर विशेष महाधिवेशन बोलाइएन भने पार्टीको विघटनलाई रोक्न कसैले सक्नेछैन।' आखिर भयो पनि त्यस्तै। अहिले विशेष महाधिवेशन आयोजना गरेर नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव दाहालले अगाडि सारेका छन्। दाहालको नयाँ प्रस्ताव कार्यान्वयन नहुँदासम्म पत्याइहाल्ने आधार भने अझै निर्माण भएका छैनन् तर उनका लागि अहिले नेतृत्व हस्तान्तरण आवश्यकमात्र होइन, अपरिहार्य नै बनिसकेको छ। उनको नेतृत्वले न त पार्टीको विघटनलाई रोक्न सक्यो न त निर्वाचनमा विजय प्राप्त गर्न। न त शान्ति प्रक्रियाको अन्त्यका लागि संविधानको काम गर्न सक्यो न त उनले भनेझैँ कथित विद्रोह गर्न। आन्तरिक र वाह्य दुवै कोणबाट दाहालको नेतृत्व सर्वथा असफल सिद्ध भइसकेको छ।
पार्टीभित्र सधैँ रहँदैआएको दाहालको अर्को निरर्थक दाबीको पनि अन्त्य भएको छ। अर्थात्, बाबुराम भट्राई दक्षिणपन्थी हुन् र वैद्य/विप्लव समूह क्रान्तिकारी हुन् भन्ने उनको आग्रह। त्यसो हो भने दाहालले या त आफैँलाई पनि ‘दक्षिणपन्थी' घोषणा गर्नुपर्नेछ नभए बाबुरामसहितको आफ्नो समूहलाई ‘क्रान्तिकारी'। किनभने इतिहासले साबित गरिसक्यो – दाहालका ऐतिहासिक विश्वासपात्रहरूले उनलाई दुत्कारेर छोडिसके र जो जो बाँकी छन् उनीहरू चाँहि दाहालले सधैँ दुत्कार्दै आएका व्यक्ति हुन्। बदलिएको परिस्थितिलाई दाहालले पनि मनन गर्दै ‘क्रान्तिकारी र दक्षिणपन्थी'को पूर्वाग्रही परिभाषा फेरेर बाबुरामलाई नेतृत्व हस्तान्तरण गर्दा व्यक्तिगत रूपमा उनलाई र पार्टीलाई पनि हित हुनसक्छ।
अर्को समाचार
एमाओवादी नेता पौडेलले भने, 'पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्छ'
२० पौष २०७०
•
३ मिनेट पाठ
एमाओवादी नेता पौडेलले भने, 'पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्छ'
काठमाडौं- एकीकृत माओवादीका नेता देबेन्द्र पौडेलले पार्टीको नेतृत्व र नीति असफल भएकाले नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले नेतृत्व र नीति सफल हुँदासम्म मात्र कायम रहने भन्दै संविधान सभाको निर्वाचनको परिणामले नेतृत्वलाई असफल देखाएको बताए। उनले पार्टीभित्र नेतृत्व परिवर्तनको मुद्दा औपचारिकरुपमै प्रवेश गरेको स्पष्ट पारे।

'आगामी केन्द्रीय समितिको बैठकमा नेतृत्व परिवर्तनको मुद्दामा बहस हुन्छ,' पौडेलले भने, 'अब नयाँ पुस्ता नेतृत्वको लागि तयार हुनुपर्छ। पुरानो नेतृत्व लामो समयसम्म बसिरहने प्रथाले नयाँको प्रतिभा र क्षमता अघि बढ्न सक्दैन।' 
उनले महाधिवेशनमै ६५–७० वर्ष सम्म र दुई कार्यकालभन्दा बढी नेतृत्व गर्न नहुने आवाज उठेर समिति नै गठन भएको जानकारी दिँदै अब त्यसको औचित्य पुष्टि भएको जिकिर गरे। पौडेले समानुपातिकतर्फको सभासद चयन प्रक्रियामा संस्थागत निर्णय नमिलेको भन्दै यसका बाबजुद पनि पार्टी भने फुट्न नदिने स्पष्ट पारे। 
उनले भने, 'पार्टी फुट्ने र फुटाउने अधिकार कसैलाई छैन। अहिलेको मतभेद्लाई ब्यवस्थापन गर्नुपर्‍यो नभए नेतृत्व युवा पुस्तालाई दिएर छाड्नुपर्छ।' 
पार्टीभित्र त्याग, निष्ठा र आर्दश हराएर गुट, पद, पैसा, अवसरबाद, उपयोगिताबाद र गुटवाद हाबी भएको भन्दै यसले सबै दलहरु जनताको नजरमा गिर्न थालेको भन्दै पौडेलले नेतृत्वले फराकिलो भएर यसलाई सच्याउन नसके मुलुक दुर्घटनामा फस्ने चेतावनी दिए। 
संविधान सभाको बैठक ढिला नगरी तत्काल बोलाउनु पर्ने जिकिर गर्दै उनले संविधान अस्पष्ट रहेकाले दलहरुको सहमतिको आधारमा संविधान सभाको बैठक आब्हान गर्नुपर्ने बताए। उनले ठूलो दलको रुपमा नेपाली कांग्रेसले पहिलाको सहमतिअनुसार जिम्मेवार र उदार भएर एक वर्षभित्र संविधान जारी गर्ने गरी अघि बढ्नु पर्ने सुझावसमेत दिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस