हाम्रा मन्त्री र जनप्रतिनिधिहरुको आँखा अहिले ‘प्राकृतिक स्रोत' मै छ। केही मन्त्रीको ध्यान ढुङ्गा गिट्टीको निकासीमा छ। केही नीति निर्माताको ध्यान जंगलका बूढा रुखमा। कोही खेर जाने स्रोत नकाट र प्रयोग नगर भनिरहेका छन्। कोही खेर नजाने स्रोत पनि निकासी गर भनिरहेका छन्। यस्ता उल्टा बुद्धिका स्रोत के–के, को–को हुन? कसैलाई थाहा छैन। सर्वसाधारण सबै अन्यौलमै छन्।व्यवस्थापिका–संसदको वातावरण संरक्षण समिति हिजोआज बूढा रुख कसरी जोगाउने भन्ने ध्याउन्नमा छ। समितीका सदस्यमा एकाएक बूढापाका रुखको चिन्ता जागेको छ। यही विषयमा दुई/तीन वटा बैठक पनि भइसकेका छन्। समितिले यसअघि नै सरकारलाई निर्देशन दिइसकेको छ– ‘आइन्दा तिमीहरु बूढापाका रुख काट्दै नकाट। वैज्ञानिक वन व्यवस्थापन तत्काल रोक।' बूढा भएर खेर जाने स्रोत पनि काट्न नदिने समितीको निर्देशन र अडानले सारा दुनियालाई चकित बनाएको छ।
यस्ता रुखको व्यवस्थापनमा प्रतिबन्ध लगाउन पाएपछि समिति सदस्य पनि खुसीले गद्गद् छन्। बाहिरका विज्ञ र सरोकारवाला पनि गद्गद्। यी खुसीका कारण भने फरक–फरक छन्। समितिका सदस्यहरु ‘सरकारलाई तह लगाएर वन जंगल जोगायौं' भनेर हाँसिरहेका छन्। बाहिरका सरोकारवाला र विज्ञहरु समितिले ‘हचुवा र लहडमा संसारमै नभएको लाजमर्दो' निर्णय गर्योर भनेर हाँसिरहेका छन्। उनीहरु भन्न थालेका छन्– अब त पाकेको धान पनि नकाट भन्लान् भन्ने डर भो।'
समितिको निर्णयपछि वन उपभोक्ता, संरक्षणकर्मी र वन प्रशासनमा त्यत्तिकै छटपटी छ। यिनले समितिका सदस्यहरुलाई ‘वैज्ञानिक वन व्यवस्थापन' को महत्व बुझाउन सकेका छैनन्। बुझाउँदा त नबुझ्ने हाम्रा नीति निर्माताहरु बुझाउँदै नबुझाएपछि के बुझ्थे र? त्यसैले उनीहरु पनि गलत निर्णयतर्फ आकर्षित भए। वैज्ञानिक वन व्यवस्थापनमा एकाएक रोक लगाए। वैज्ञानिक वन व्यवस्थापनको कुरो अहिलेको होइन। पाँच दशकअघिदेखि उठेको हो। विगतमा पनि यसलाई सरकारका नीति नियम, गुरुयोजना, योजना कार्यविधिमा जोडतोडका साथ समावेश गरियो। तर कहिल्यै लागु गरिएन।
त्यतिबेलाको वन प्रशासनको ‘कुनियत' ले गर्दा नै यो कार्यान्वयन हुन सकेको थिएन। यो कार्यान्वयन गर्दा बदमासी गर्न पाइँदैन भन्ने जमातको वन प्रशासनमा बाहुल्यता थियो। व्यवस्थापन पद्धति र प्रणाली बसेपछि तस्करसँग मिल्न पाइँदैन। ठेकेदारसँग मिल्न पाइँदैन। रातारात जंगल फडानी गर्न पाइँदैन भन्ने कुनियत लुकेको थियो। त्यसलै यो पद्धति त्यतिबेलै कार्यान्वयन भएन। होइन भने २०३३ को राष्ट्रिय वन नीति र २०४५ को वन क्षेत्र गुरुयोजनामा समेत समेटिएको यो पद्धति अहिलेसम्म किन लागु भएन? प्रश्न ज्वलन्त छ। अहिले नीति निर्माताले रोकेका छन्। उनीहरुको बुझाइ गलत हो कि यस्ता निर्णय गर्न उक्साउने तत्व सक्रिय भएका हुन् भन्ने प्रश्न उठेको छ। वा नीति निर्माताको पनि यसमा कुनै स्वार्थ छ, त्यो अझै खुलेको छैन। राष्ट्र र जनहितको कार्यक्रम रोक्ने निर्णय गरेर समितिका सदस्यहरुले आफ्नो कमजोरी भने सार्वजनिक गरिसकेका छन्। यसलाई रोक्नैपर्ने व्यावहारिक र वैज्ञानिक आधार केही पनि छैन।
तराई–मधेसका जंगलका ६० प्रतिशत रुख बूढा भइसकेका छन्। सालको हकमा ८० वर्ष नाघेपछि त्यसको वृद्धिदर सुस्त हुन्छ। र, त्यो विस्तारै धोद्रो र खराब हँुदै जान्छ। सुदूर र मध्य नेपालको खोटे सल्लो, तराई र मधेसका वनका साल पुरै धोद्रो भइसकेका छन्। तिनको बजार मूल्य हरेक दिन घटिरहेको छ। रुखको बढ्ने उमेर सकिँदैछ। तिनको गुणस्तर खस्किरहेको छ। ती रुखले हुर्किंदै गरेका अन्य बोटबिरुवालाई समेत अवरोध पुर्यासइरहेका छन्। समयमै काटिएन भने ती खेर जान्छन्। खेर जाने मात्र होइन, यसको चोरी, तस्करी र फडानी पनि त्यत्तिकै बढ्छ। यो निश्चित हो।
सामान्य आँकडाले नेपालका वनजंगलमा वार्षिक ५० हजार क्युबिक फिट काठ कुहिएको देखाउँछ। विदेशबाट वार्षिक ३० करोड रुपियाँ बराबरको करिब १ लाख क्युबिक कमसल काठ आयात भइरहेको छ। स्वदेशी स्रोत कुहिने र त्यही स्रोत विदेशबाट आयात भइरहेको अवस्था छ। विदेशी मुद्रा बाहिर गइरहेको छ। अमेरिका, बर्मा नाइजेरिया, अस्टे्रलिया, जर्मन, दक्षिण अफ्रिकालगायतका मुलुकबाट काठ आइरहेको छ। यीमध्ये बर्मा र अमेरिकाबाट सल्लो प्रजातिभित्र पर्ने काठ आइरहेका छन्। यसतर्फ समितिको खोइ ध्यान पुगेको? काठको वार्षिक राष्ट्रिय माग ६ देखि ७ करोड क्युबिक छ। अहिले राष्ट्रिय र निजी वनबाट गरेर करिब साढे २ करोड क्युबिक काठमात्र उत्पादन भइरहेको छ। बाँकी काठको बजार आल्मुनियम र आयातीत काठले ओगटेको छ।
वैज्ञानिक वन व्यवस्थापन पद्धति लागु भयो भने साल, खोटेसल्ला, चिलाउने, कटुस र उत्तीसको वनबाट वार्षिक ९ देखि १२ करोड क्युबिक काठ उत्पादन गर्न सकिने तथ्यांक छ। यसबापत वार्षिक १ खरब रुपियाँभन्दा बढी आम्दानी गर्न सकिन्छ। वनभित्र मात्र वर्षेनि ८२ हजार मानिस र बाहिर वार्षिक १२ लाख सर्वसाधारणले रोजगार पाउँछन् भन्ने आंकडा सरोकारवाला प्राविधिकले निकालेका छन्। यतिमात्र होइन, यसको कार्यान्वयनले वन प्रशासनलाई पूर्ण जवाफदेही र सक्षम पनि बनाउँछ। वित्तीय आम्दानीले गर्दा वन संरक्षणलाई अझ मजबुत बनाउँछ।
त्यसैले समितिले गरेको निर्णय सरासर गलत र अवैज्ञानिक छ। रुख काट्ने भनेर सबै एकैचोटी काट्ने पनि होइन। वातावरणीय महत्वको अध्ययनपछि वनलाई प्लटिङ गरेर काट्नुपर्ने रुखलाई मार्किङ गरिन्छ। प्राविधिकका अनुसार उमेरअनुसारका रुखको प्लटिङ तयार गरेर ८० वर्षका रुखमात्र काटिन्छन्। चिल्ला र सर्लक्क परेका रुख बीउका लागि त्यहीँ छाडिन्छ। एकदम बूढा, धोद्रा रुखमात्र काटिन्छ। यो पुरै योजनाबद्ध र लिखित योजनामा निर्भर हुन्छ। रुख काट्नेमात्र नभई नयाँ बिरुवा लगाउने र प्राकृतिकरूपमै हुर्काएर अर्को पटक काट्नका लागि तयार गरिन्छ। यसअन्तर्गत ८० वर्षका सालका रुख, ४५ वर्षको सल्लो, ४० वर्षको सिसौ र २५ वर्षको खयरलाई बूढा रुखको श्रेणीमा राखिएको छ। यस्ता रुखमात्र काटिन्छन्।
समितिले प्राविधिक र वैज्ञानिक पक्षको कुनै अध्ययन नै नगरी यो निर्णय गरेको देखिन्छ। यावत् तथ्यतर्फ समितिको अध्ययन केन्दि्रत हुनुपर्छ। त्यसैले समितिको ध्यान बूढा रुख काट्नै हँुदैन भन्नेमा जानै हँुदैन। समितिको ध्यान त काटिएका रुखहरुको मूल्य कसरी बढाउने, त्यसलाई जनहितमा कसरी प्रयोग गर्ने र रोजगारी सिर्जना गर्ने भन्नेमा जानुपर्छ। रुख काटिएका ठाउँलाई पुनः हराभरा बनाउने योजना प्रभावकारी छन् कि छैनन् भन्नेतर्फ समिति केन्दि्रत हुनुपर्छ। समिति उल्लिखित विषयमा केन्दि्रत भएर सुझाव दिनुपर्छ।
राष्ट्रिय वन र साझेदारी वनका रूपमा दिइएको कैलालीको बाह्र वनलगायत देशैभरको वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको वन कटान तुरुन्त बन्द गर्न समितिले मंसिर १५ गते वन तथा भू–संरक्षण मन्त्रालयलाई निर्देशन दिएको थियो। समितिको भ्रमण टोलीले वैज्ञानिक व्यवस्थापन लागु भएको कैलालीमा मनपरी ढंगले रुख काटिएको कारण देखाउँदै हचुवाको भरमा देशभरकै वन कटानीमा रोक लगाएको हो। कैलालीमा बदमासी भयो भन्दैमा देशभरकै कार्यक्रम रोकेर समितिले आफ्नो कमजोरी प्रदर्शन गरेको छ। यसको चौतर्फी आलोचना भइरहेको छ।
सरकारले लामो गृहकार्यपछि ४ वर्षयता झण्डै १७ करोड रुपियाँ खर्च गरेर यो पद्धति सुरु गरेको हो। यसमा स्वदेशी पैसा र जनशक्ति प्रयोग भएको छ। त्यसैले भर्खर बामे सर्न थालेको यो पद्धतिलाई अझ परिमार्जित गरेर अझ वैज्ञानिक बनाउने र समुदायको हितमा कसरी लैजाने भन्नेतर्फ समितीको ध्यान पुग्नुपर्छ न कि यसलाई निमिट्यान्न पार्नेतर्फ।
संरक्षित क्षेत्र र अति भिरालो वन क्षेत्रबाहेक तराई, मधेस र पहाडको २२ लाख हेक्टर वनमा यो प्रणाली लागु गर्न सकिने प्राविधिकको ठहर छ। सरकारले अहिले कपिलवस्तु, रुपन्देही र मोरङका साझेदारी वनबाट यो कार्यक्रम लागु गरेको छ। यसको पूर्ण कार्यान्वयन अहिलेको आवश्यकता हो। वनलाई राष्ट्रिय आम्दानी र जीविकोपार्जनको स्रोत बनाउन त्यसै पनि ढिलो भइसकेको छ। संसारका अधिकांश मुलुकले दशकौंदेखि यही पद्धति अंगिकार गर्दै आएका छन्। यो कार्यक्रमलाई बढीभन्दा बढी प्रतिफलमूलक बनाउनेतर्फ समितिको ध्यान जान आवश्यक छ।