आफ्नो छवि 'भद्र र लोकप्रिय' बनाउनमै तल्लिन रहने र 'कुनै कडा निर्णय गर्न आँट नगर्ने' भनी चिनिएका सभामुख सुवासचन्द्र नेम्वाङ यतिखेर अलि फरक देखिएका छन्। उनले शीर्ष नेताहरूको 'सातो खानेगरी' संविधान निर्माणको कदमलाई अगाडि बढाउने छाँटकाँट देखाएका छन्। संविधान निर्माणको प्रक्रिया अवरुद्ध भइरहेको अवस्थामा सभामुखको भूमिका अलि सक्रिय हुनुपर्ने अपेक्षा सर्वत्र गरिएको छ। सायद यो प्रकट अपेक्षा उनको कानसम्म पुग्यो होला, त्यसैले उनले 'अतिरिक्त सक्रियता' प्रदर्शन गर्दैछन्।उनको गत बिहीबारको आक्रामक प्रस्तुतिले फेरि एकपटक माघ ८ मा संविधानले अन्तिम रूप नपाए पनि मस्यौदा बन्ने र त्यसलाई औपचारिकता दिई छिटोभन्दा छिटो संविधान घोषणा हुने विश्वास नागरिकतहमा जगाएको छ। संविधानमा सहमति पनि नगर्ने र प्रक्रियामा जाने कुरामा पनि व्यवधान गर्ने चरित्र केही दलले देखाइरहँदा त्यही अनिर्णयको घनचक्करमा सभामुख हराइरहेका थिए। त्यसरी हराउँदा उनले आफ्नो अभिभावकीय दायित्व के र कति हो भन्ने कुरा पनि भुसुक्कै बिर्सिए भन्ने आलोचना बढ्दै गर्दा उनी 'कालकुट बिष खाएर भए पनि संविधान बनाउने' चेतावनीका साथ प्रस्तुत भएका छन्।
दलहरूबीच हुँदै आएका संवादका खुला र गोप्य पाटामा राम्रोसँग परिचित हुँदै आएका सभामुखले दललाई दिएको अल्टिमेटममा वास्तविक जनताको भावना प्रतिबिम्बित हुनपुगेको छ। संविधान निर्माण गरी देशलाई एउटा गति दिने र कसैलाई संविधानमा चित्त नबुझे जनताको मत जित्दै भविष्यमा त्यसलाई संशोधन गर्ने हक उसलाई सुरक्षित गरिदिने भन्ने कुरा नै जनताको चाहना हो। यो चाहनाका आधारमा नेतृत्वलाई वैधानिक र प्रक्रियागतरूपमा खबरदारी गर्ने दायित्व जनताले संविधान निर्माणका लागि आफ्नो मतद्वारा गठन गरेको संविधानसभाकै हो। संविधानसभाका अध्यक्षले जनताको यो चाहनाको अनुभूति गर्दै नेतृत्वलाई गरेको आग्रह जायज छ। यो आग्रहलाई 'नेम्वाङको धम्की'का रूपमा मात्र लिई फेरि सहमतिका नाममा नेतृत्वले देशलाई अलमलमा राख्न चाह्यो भने त्योभन्दा ठूलो गल्ती अरू केही हुने छैन। त्यतिबेला सभामुख अझ अगाडि बढ्नसक्नु पर्नेछ। सभामुखले चिन्ने भनेको दलका शीर्ष नेता होइन, संविधानसभामा जनताका तर्फबाट संविधान बनाउनका लागि चुनिएर आएका प्रतिनिधिलाई हो। संविधान बनाउने कुरामा व्यवधान गर्नेहरूबाट संविधानसभालाई जोगाउँदै त्यसका सदस्यको सहभागितामा संविधान निर्माणको प्रक्रियामा अगाडि बढ्नु पर्ने हुन्छ। त्यतिबेला संविधानसभामा व्यवधान गर्नेलाई कारबाही गर्ने दायित्व सभामुखको हुन्छ भने संविधानसभाजस्तो जनप्रतिनिधिमूलक संस्थाले संविधान जारी गरिरहँदा संविधानसभाबाहिर हुने अराजक र उच्छृंखल क्रियाकलापलाई नियन्त्रण गर्न संविधानसभाले सरकारलाई निर्देशन दिनसक्छ। अब सोमबारको अल्टिमेटमपछि यो चरणमा प्रवेश गर्न सभामुख बाध्य हुने अवस्था आउनसक्छ। सभामुखले यति आँट गरे भने 'कसैलाई नचिडाएर लोकप्रिय बन्न'का लागि ७ वर्षदेखि देखाउँदै आएको भद्र प्रस्तुतिको साटो यो आँटले उनलाई अझै बढी लोकप्रिय बनाउने छ।
संविधान निर्माणमा किन सहमति भएको छैन भन्ने कुरा अब कसैलाई बताइरहनु पर्दैन। परामर्श समितिको बैठकपछि धादिङ पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले 'संविधानको मूल सार र तŒवमा कुरा मिले संघीयताको संख्यामा कुनै विवाद नरहेको' प्रतिक्रिया दिएका छन्। धेरैपटक धेरैले सोधेको सवाल हो यो विपक्षी गठबन्धनलाई। तर, त्यो 'मूल सार र तŒव' भनेको के हो भन्ने कुरा त्यो पक्षबाट प्रष्ट्याइएको छैन। अमूर्त कुरा गरेर सहमति हुननदिनुका पछाडि 'सत्ताको सौदा' नै संविधान निर्माणको बाधक हो भन्ने कुरा बुझ्न कुनै कठिनाइ छैन। अमूर्त र आदर्शका कुरा गरेर समय घर्काउने छुट कसैलाई हुँदैन। जनताका लागि संविधान बनाइरहँदा सत्ताको मोलमोलाइ गर्ने छुट पनि कसैलाई हुँदैन। आफूले कुनै प्रस्ताव ल्याउन नसक्ने, अनि अरूले ल्याएको प्रस्तावमा छलफल गर्ने आँट नगरी समस्या थप्दै जाने छुट पनि कसैलाई छैन। त्यतिमात्र होइन, सार्वभौम संविधानसभाको निर्णयाधिकार खोस्ने अधिकार झनै कसैलाई पनि छैन। यो परिवेशबाट सभामुख जानकार भएर नै 'कि सहमति गर्न कि मस्यौदा तयार गर्ने जिम्मेवारी दिन' दलहरूलाई चेतावनीको भाषामा आग्रह गर्ने तहसम्म पुगेका हुन्। सार्वभौम संविधानसभाको अधिकार कटौती गर्न चाहनेलाई संविधानसभाको सदस्य हुने नैतिक अधिकार रहन्छ कि रहँदैन भन्ने सवाल पनि अव नागरिकस्तरबाट उठ्न थालेको छ। सभामुखले संविधान निर्माणको क्रमलाई 'कालकुट बिष पिएर' अगाडि बढाउँदै गर्दा नागरिकले उठाउन थालेको यो नैतिक सवाललाई पनि वैधानिक र प्रक्रियागतरूपमा कुनै न कुनै स्तरमा उठाउनुपर्ने हुन्छ।
सभामुखको 'अतिरिक्त सक्रियता' पछि पनि एमाओवादी गम्भीर हुनसकेको देखिएन। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले 'गिभ एन्ड टेक' गरेर भए पनि संविधान बनाऔँ भनी सभामुखको 'स्पि्रट'लाई साथ दिएका छन्। एमाले अध्यक्ष केपी ओलीले पनि 'सबै त्याग्न तयार' भन्दै साथ दिए। तर, पुष्पकमलले 'यति राम्रा सभामुखलाई एक्लै बिष पिउन दिँदैनौ' भन्दै प्रतिक्रिया दिए। उनले 'सभामुखको अतिरिक्त सक्रियता'लाई नरुचाएर त्यस्तो प्रतिक्रिया दिएको बुझ्न समय नै लागेन। धादिङमा उनले सभामुखलाई अधिकार दिननसकिने आशय व्यक्त गरे। आफू पनि सहमति नगर्ने, अमूर्त कुरा गरी समय कटाउने अनि जनप्रतिनिधिमूलक संस्थाले आफ्नो वैधानिक काम अगाडि बढाउने कुरामा विश्वास माग्दा पनि सहमत हुननसक्ने चरित्र अन्ततः एमाओवादीकै लागि प्रत्युत्पादक हुन्छ। संविधान निर्माण भए पनि आफ्नो भूमिका के? भन्ने सवालमा अड्किएर सहमतिमा भाँजो हाल्ने हो भने त त्यो जति सत्तालोलुपता केही हुनसक्दैन। सत्तालोलुपता जनतालाई पटक्कै नरुच्ने चरित्र हो भन्ने कुरा एमाओवादी नेतृत्वले किन बुझ्न नसकेको होला? सभामुखको अतिरिक्त सक्रियताले जनताको भावना सम्बोधन गरिरहँदा त्यसमा पनि आनाकानी गर्ने हो भने जनताको भावना र आनाकानी गर्ने नेताको भावनाका बीचमा नै ध्रुविकरण हुनेछ। जनभावनाको सम्मान नगर्ने अथवा त्यसको विपक्षमा उभिने दुस्साहस गर्ने शक्ति कालान्तरमा जनतासँग टाढिँदै जाने हो।
संविधान बन्नु–नबन्नु एउटा कुरा हो, तर समाजको बहुलताको प्रतिनिधित्व गर्दै बनेको संविधानसभालाई पंगु बनाउँदै उसको सार्वभौमिकतामाथि प्रहार गर्ने संस्कृति मौलाउँदै गरेकोप्रति लोकतन्त्रका पक्षधरहरू गम्भीरर हुनु आवश्यक छ। सहमतिको प्रयास गर्नु एउटा कुरा हो, तर सार्वभौम निकाय अर्थात् लोकतान्त्रिक संस्थामाथि प्रहार गर्नु अर्को कुरा हो। संविधानसभाको अधिकार नै आफूमा रहेको मनोरोग बोकेर अन्य सहयात्रीले थालेको प्रयासलाई बेवास्ता गर्ने तथा संविधानसभालाई अधिकारको प्रयोग गर्ननदिने प्रवृत्ति लोकतन्त्रको विकासका निम्ति 'मन्द बिष' हो। संविधानसभाको सार्वभौमिकतामाथि प्रश्न उठाउँदै, जनताको शक्ति र आदेशलाई बेवास्ता गर्दै देशलाई बन्धक बनाउने र लोकतान्त्रिकीकरणको अभियानलाई बिष पिलाउने कामका विरुद्धमा सभामुखले आफै बिष पिएरै भए पनि अघि बढ्नु जरुरी छ। संविधानसभालाई आफ्नो सार्वभौमिकताको उपयोग गर्दै संविधान निर्माण गर्न सक्षम बनाउनका लागि नेम्वाङले लिएको अग्रसरतामा लोकतन्त्रपक्षधरले सहयोग गर्नुको विकल्प छैन।