सन् २०१४ मा युत्रे्कनको एउटा प्रान्त क्रिमियामा रसिया समर्थक सैनिकहरूको अगुवाइमा जनमत संग्रह भयो र सो प्रान्त रसियामा मिल्न गयो। अमेरिका र युरोपले यसबाट स्वतन्त्र राष्ट्रको सार्वभौमसत्तामा आक्रमण भनेर रसियाविरुद्ध आर्थिक नाकाबन्दी लगाए। तर विश्व बजारमा तेल र ग्यास बेचेर धनी बनेको रसियालाई आर्थिक नाकाबन्दीले खासै असर गरेन। अन्ततः अमेरिकी सरकारले अर्को अत्यन्त सशक्त उपाय अपनायो – विश्व बजारमा तेलको आपूर्ति बढाइदिने।
अहिले विश्व राजनीतिमा के आरोप लगाइन्छ भने अमेरिकाले युनाईटेड अरब ईमिरेट्ससँग मिलेर बजारमा यति धेरै तेलको आपूर्ति गर्योि कि तेलको भाउ गएको छ महिनाभित्रमा आधाभन्दा कम भइसक्यो। सन् २०१४ को जुन महिनासम्म १ ब्यारेल बराबर ११५ अमेरिकी डलर मूल्य भएको कच्चा तेलको मूल्य अहिलेको बजारमा प्रतिब्यारेल ५५ डलरभन्दा कममा झरिसक्यो। करिब ६ महिनाअघि विश्वको सबैभन्दा सशक्त राजनीतिक नेता भनेर चिनिएका रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको अवस्था नाजुक भइसकेको छ। लगातार ओर्लिएको रुबलको मूल्यलाई स्थिर राख्ने उनका कुनै उपाय पनि काम लागिरहेका छैनन्।
अमेरिकाले अपनाएको भनिएको तेल मूल्यको रणनीतिले उसका अन्य विरोधीहरू इरान, भेनेजुएलाआदिलाई पनि गहिरो असर पारेको छ। तर अमेरिकाको प्रखर विरोधी अर्को मुलुक उत्तर कोरियालाई भने कच्चा तेलको मूल्यले छुनसकेको छैन। किनभने त्यस देशबाट कच्चा तेलको निर्यात खासै ठूलो परिणाममा हुँदैन। यस मूल्य कटौतीले अमेरिकाको अर्को सशक्त आर्थिक प्रतिस्पर्धी चीनलाई पनि खासै असर गरेको छैन। किनभने चीनले तेल आयात गर्छ, निर्यात गर्दैन। त्यसैले अमेरिकाले अब चीनसँग प्रतिस्पर्धा गर्न कस्तो आर्थिक नीति अपनाउँछ भन्ने हेर्न बाँकी नै छ।
नेपालमा पनि राजनीतिक समस्याको हल कहिले काहीँ आर्थिक उपायबाट खोजिनुपर्छ भन्नका लागि उक्त विश्व परिदृश्यको उदाहरण प्रस्तुत गरिएको हो। अहिले नेपालको समस्या संविधान बनाउन नसक्नु नै हो। सर्वसम्मतीबाट संविधान बनाउनुपर्छ भनेर अडान लिने एनेकपा (माओवादी) र यससंग सम्बन्धित राजनीतिक मोर्चाले सरकारलाई विद्रोह र पुनः सशस्त्र आन्दोलनमा जाने भनेर दिएको धम्कीले लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने करिब दुई तिहाई बहुमतलाई पनि तर्साएको देखिन्छ। अहिलेको राजनीतिक समस्याको राजनीतिक हल देखिँदैन। त्यसैले यसको आर्थिक समाधानको पाटोमा जानु सान्दर्भिक हुनेछ।
एनेकपा (माओवादी) र समर्थक दलहरूले आन्दोलनमा जाने निर्णय गर्दा जनताको समर्थन कति पाउँछन् र त्यसका लागि तिनले कति रकम खर्च गर्नुपर्छ भन्ने साधारण हिसाब सरकारले गर्न सक्छ। एउटा व्यक्तिलाई टँडीखेलमा उभ्याउन कति रकम चाहिन्छ भन्ने सबै राजनीतिक दललाई राम्रै थाहा छ। एउटा बन्द सफल पार्न कति करोड खर्च गर्नुपर्छ भन्ने पनि सबैले जानेकै विषय हो। झन् अहिले सञ्चार माध्यमले बन्दको पूर्व घोषणा गर्न छाडिदिएकाले बन्दकोझन् बढी महँगो भएको छ। त्यसैले प्रक्रियाबाट बनेको संविधानको विरोध गर्न कुन दलले कति रकम खर्च गर्नुपर्छ भन्ने फेहरिस्त निकाल्नुपर्छ। त्यसपछि उक्त रकम सम्बन्धित दलहरूसँग छ छैन र छैन भने तिनले कहाँबाट जुटाउँछन भन्ने अनुमान गर्नुपर्छ। त्यस्तो स्रोत बन्द गर्न कस्ता प्रकारका उपाय अपनाउने हो भन्ने रणनीति सरकारले निर्माण गर्नुपर्छ।
नेपाललाई धर्म निरपेक्ष राज्य बनाउनु हुँदैन भनेर आन्दोलनमा हामफालेको राप्रपा (नेपाल)ले पनि रथयात्राका नाममा ठूलै राजनीतिक पटाका पड्काएको छ। तर यस कार्यमा उसले कति खर्च गर्योफ? कति रकम कार्यकर्ताबाट उठायो, कति स्वःस्फूर्तरूपमा सहयोग आयो र कति उसले डर, धाक र धम्की देखाएर असुल गर्यो भन्ने हिसाब सरकारले राख्नुपर्छ। राप्रपा नेपालले गलत तरिकाले रकम जम्मा गरेको छ भने त्यसको यथार्थ जनता सामुन्ने ल्याउनेे कि त्यसविरुद्ध कानुनी कारबाही गर्न सरकार अग्रसर हुने हो भन्ने निर्णय गरिनुपर्छ।
मधेसको एउटा समूह देशै टुक्य्राउनेसम्मको माग लिएर अघि बढिरहेको छ। त्यस समूहका नेतालाई सरकारले बारम्बार गिरफ्तार गर्ने र छाड्ने गर्दा उल्टै उसैलाई राजनीतिक लाभ भएको छ। यसरी कसैलाई समात्ने र छाड्ने कार्य गर्नुभन्दा उसलाई आर्थिक सहायता कहाँबाट आएको छ? कसले, किन उसलाई सहयोग गर्दैछ? भनेर सरकारी संयन्त्रले निगरानी गर्ने र सकेको ठाउँमा राजनीतिक प्रभाव लगाएर त्यस्तो सहयोग बन्द गराउने कार्य गर्नु उचित हुन्छ।
अहिले संविधान आउने वा नआउने दुवै परिस्थितिमा आफ्नो शक्ति बढाउने कसरतमा रहेको दल हो नेत्रविक्रम चन्द 'विप्लव'को नेकपा (माओवादी)। एनेकपा (माओवादी)बाट छुट्टिने बेला यस समूहलाई राजनीतिक विचारले मात्र ऊर्जा दिएको थियो वा आर्थिक ऊर्जा कतैबाट प्राप्त भएको थियो भन्ने निगरानी कसैले गरेको थाहा भएको छैन। नेकपा–माओवादीका नेता मोहन वैद्य त्यसै कमजोर भएका हैनन्। यिनलाई दल टुक्य्राउँदा जुन प्रकारले सहयोग आएको थियो वा आउने वाचा गरिएको थियो सो निरन्तर वा कार्यान्वयन नभएपछि उनी कमजोर भएको अनुमान सहजै गर्न सकिन्छ। विप्लवको समूहलाई पनि अब छुट्टै राजनीतिक दल बनेका अवस्थामा वाचा गरिएको वा आश्वासन दिइएको सहयोग आउँछ वा आउँदैन त्यसैले भविष्यको उसको आन्दोलनको टुंगो लगाउनेछ।
अहिलेका जतिपनि राजनीतिक नेता र तिनका पूर्णकालीन कार्यकर्ता छन् तिमध्ये अधिकांशले आफ्नो दैनिक जीवन यापनका लागि पनि अनेकौं तवरले आर्थिक सहयोग लिइरहेका हुन्छन् वा कुनै न कुनै प्रकारले डर, धम्की वा लोभ देखाएर आफ्नो स्वार्थ पूरा गरेका छन्। यिनीहरू सबैलाई ठेगाानमा राख्न पनि आर्थिक उपायकै अश्त्र प्रयोग गर्न सकिन्छ।
यति भनिसकेपछि नेपालमा राजनीतिक समस्याको आर्थिक हल कसरी खोज्ने भन्ने प्रश्न त पक्कै उठ्छ। यसलाई व्यवस्थित गर्ने सबैभन्दा मुख्य उपाय पैसाको कारोबारको माध्यम बैंकलाई मात्र बनाउनु नै हो। कुनै पनि ठूलो रकम घरमा रहँदैन। कसैलाई नगदै दिन पनि बैंकबाटै पैसा झिक्नुपर्छ। त्यसैले सरकारले बैंकबाट १० लाखभन्दा बढीको लेनदेनको विवरण नेपाल राष्ट्र बैंकमा बुझाउनुपर्ने नियम लगाएको हुनुपर्छ। तर त्यो विवरण राष्ट्र बैंकमा गएर बस्ने र कुनै घटनाको अनुसन्धान गर्नुपरेमा मात्र त्यसलाई हेर्ने परिपाटी छ। यसले गर्दा त्यस व्यवस्थाको उपयोग र उपादेयता प्रमाणित भएको छैन। सूचना प्रविधि विशेषज्ञको मद्दत लिएर कुनैपनि ठूलो रकम कसले, कसलाई र किन दियो भन्ने सूचनाको विवरण अद्यावधिक राख्ने र त्यसको अनुसंधान गर्ने कार्य भयो भने पैसाको अनधिकृत लेनदेन हुनेछैन।
अनधिकृत पैसा लेनदेनका लागि बचत तथा ऋण सहकारी संस्थाहरूको बढी प्रयोग भएको हुनसक्छ। किनभने यिनको लेनदेन हेर्न कुनै प्रभावकारी संस्था छैन। यस्तै कारणले गर्दा पनि राष्ट्र बैंकले सुपरिवेक्षण गर्न नसक्ने संस्थालाई कुनैपनि प्रकारको रकम जम्मा गर्ने र ऋण दिनसक्ने सुविधा दिनुहुँदैन भनिएको हो। त्यसबाहेक देशलाई केही बेफाइदा हुँदैन भनेर विदेशबाट सुन ल्याउने र भारत पठाउने कामलाई नदेखेझैँ गर्ने, अन्तबाट नक्कली भारतीय नोट ल्याउने र सीमामा प्रचलन हुनदिने, लागु औषधको 'ट्रान्जिट' बन्न दिनेजस्ता काम पनि सशक्त ढंगले रोक्नुपर्छ। साथै हुन्डीको व्यापारले पनि यस्तो कालो सम्पत्ति सरकारको आँखामा नपर्न सक्छ। त्यसैले अहिले नेपालमा रहेको हुन्डीको व्यवसाय पनि अन्त्य हुनुपर्छ।
सन् २००१ मा न्यु योर्कको टि्वन टावरमा आक्रमण गरिएपछि अमेरिकाले सबैभन्दा सशक्त ढंगले संचालन गरेको कारबाही बैंकहरूमै हो। उसले सम्पूर्ण संदिग्ध बैंक खाताको अनुसन्धान गरेकै कारण अमेरिका अहिलेसम्म अर्को ठूलो आतंकवादी आक्रमणबाट बचेको हो भनिन्छ। अमेरिकाले १४ वर्षअघि सञ्चालन गरेको अभियानबाट नेपालले पनि सिक्नुपर्छ।
तर यस्तो उपाय अपनाउने सरकारका प्रमुख र उनको दलको अवस्था कस्तो छ भन्नेले धेरै कुराको निर्क्योल गर्छ। सरकारमा बसेका दलका केही नेता नै यस्ता कार्यमा संलग्न छन् भने कुनै पनि अवस्थामा कालो धनको ओसारपसार कार्य रोकिदैन। कालोधन रोक्ने कार्यमा सरकार पूर्ण प्रतिबद्धतासहित नलाग्दासम्म नेपालको राजनीतिक तरलता जस्ताको तस्तै रहन्छ। राजनीतिक वार्ता र सहमतिको माला जपेरमात्र कहीँ पनि पुगिँदैन। किनभने गलत तŒव सधै बलियो भइराख्छ र उसले राजनीति हुँडली रहन्छ।