पहिलो संविधान सभाले संविधान दिन नसके पनि जनता दोस्रो संविधान सभाको निर्वाचनमा उत्साहपूर्वक सहभागी भए। अवरुद्ध संविधान निर्माण प्रक्रिया अघि बढ्यो। संविधान सभाको दोस्रो निर्वाचनपछि सबै राजनीतिक दलले पहिलो प्राथमिकता संविधान भएको र एक वर्षभित्र संविधान निर्माण गर्ने उद्घोष गरेका थिए।दलहरूले सँगै ‘सहमतिबाट संविधान निर्माण गर्ने, सो संभव नभए प्रक्रियाबाट भएपनि संविधान जारी गर्ने' राजनीतिक संकल्प पनि गरेका थिए। माघ ८, २०७१ संघारमै आइसक्यो। तर यतिबेला ती सबै बाचाकबोल बेवारिस भएका छन्। अघिल्लो संविधान सभामा नसुल्भि्कएका कुनैपनि विषयमा दलहरूबीच सहमति भएको छैन। अर्थात्, संविधान निर्माणको डुङ्गा एक इन्च पनि अगाडि बढेको छैन। फेरि पनि संविधान नआउने सन्देह जनमानसमा व्याप्त भएको छ।
एकातिर संविधान निर्माणका समय घर्किनै लागेको छ भने अर्कातिर विभिन्न नाममा अतिवादी क्रियाकलाप बढिरहेका छन्। शान्ति प्रक्रियाले पूर्णता नपाउँदा स्थगित राजनीतिक अतिवाद पुनः बौराउन थालेकोछ। हिजो मुख्य चुनौती बनेको जातीय अतिवाद जुर्मुराउन थालेको छ। उता समाधान भइसकेको धर्मको विषय चर्काएर निहित स्वार्थ पूरा गर्न चाहने शक्ति पनि सक्रिय बन्नथालेको छ।
शान्ति प्रक्रियाको आरम्भसँगै ढलेको राजनीतिक अतिवादले संविधान निर्माणमा ढिलाइ हुँदा फणा उठाउन थालेकोछ। हिजो प्रचण्डहरूको घोडाबाट ढलेको उग्रवाद आज फेरी विप्लबहरूको बैशाखी टेक्न खोज्दैछ। विप्लबलाई ‘क्रान्तिकारी नायक' बन्ने लोभ छ र हिंसाको माध्यमबाट त्यसो हुनसक्छ भन्ने भ्रम छ। युद्ध, क्रान्ति, परिवर्तनको ‘कमिट्मेन्ट'ले भन्दापनि एकपटक नव युवालाई क्रान्ति र परिवर्तनका सपना बाँडेर आफ्नो ‘क्यारियर' बनाउन विप्लव अतिवादको घोडा चढेर ‘प्रचण्डपथ'मा लम्कन खाज्दैछन्। केही बेरोजगार युवा एकपटक विप्लवको पछि लाग्न पनि सक्छन्। हिजो गरिबी, वेरोजगारी र समाजमा अन्याय, अत्याचार तथा उपेक्षाबाट प्रताडित समाजको ठूलो समूहलाई परिवर्तनको विश्वास दिलाएर प्रचण्ड, बाबुराम वा बादलहरूले कथित क्रान्तिमा लामबद्ध गरेका थिए। त्यसरी नै परिवर्तनप्रति व्यग्र नव युवालाई जसरी क्रान्तिकारी आशावादको नशा पिलाएर होमियो, त्यही आशामा तुषारापात भएपछि भड्किएको ‘युथ सेन्टीमेन्ट'लाई पनि प्रयोग गर्न सकिएला। तर उनले ‘क्रान्ति'को यो बेडा पार लगाउन नसक्ने भने निश्चित छ।
आजको युग युद्ध र हिंसाको होइन। अतिवादले समाजलाई आतंकित पार्छ, सामाजिक सम्बन्धहरूलाई तोडफोड गरिदिन्छ, केही संरचना भत्काउँछ, समाजको अग्रगतिमा अवरोध तेर्स्याउछ, केही मानवीय र भौतिक क्षति पनि निम्त्याउँछ। तर अतिवाद लामो समय टिक्दैन। यसको भविष्य छैन। यो कुरा विप्लवले पनि राम्रोसँग बुझेका छन् तर बुझेर पनि उनीभित्रको महत्वाकाक्षाले उनलाई त्यसैतर्फ धकेलिरहेको त छैन? हिजो प्रचण्डले राष्ट्रिय नेता बन्ने महत्वाकांक्षा बोकेर उग्रवादको बाटो समाते। आफ्नो दुब्लो पार्टीलाई कसरी बलियो बनाउने र कसरी ‘ठूलो पार्टीको ठूलो नेता' हुने भन्ने आकांक्षाले प्रचण्डलाई हिंसाको दलदलमा फसायो। आफ्नो महत्वाकांक्षा पूरा गर्न प्रचण्ड अतिवादको घोडामा निकै दौडिए। उनको घोडाले धेरै मान्छे कुल्चियो, धेरैलाई सोत्रान पार्योा, धेरै धनमालको क्षति गरायो। त्यही महŒवाकांक्षामा टेकेर उनी ‘नयाँ बादशाह' बन्न चाहन्थे तर उनको अतिवादको घोडाले कालान्तरमा घुँडा टेक्यो। उनी घोडाबाट खस्न बाध्य भए र बादशाह बन्ने सपना तुहियो। इतिहासको यस्तो क्रूर शिक्षाबाट पाठ किन नसिक्ने?
हिजो संविधान सभा निर्वाचनको बहिष्कारले नै नेकपा–माओवादी कता जाने भन्ने प्रश्न उब्जाएकै थियो। माओवादीविना निर्वाचन त सम्पन्न भयो तर त्यसको प्रतिक्रियास्वरूप नयाँ परिघटना हाम्रा सम्मुख देखिँदैछन्। संविधान सभाबाट संविधान बन्ने काममा भएको ढिलाइ र दलहरूबीच बढ्दो दूरी र गहिरिएको अविश्वासको खाडलकै परिणामस्वरूप समाजमा आशाभन्दा निराशा बढ्दैछ। र, यही वातावरणमा राजनीतिक अतिवादले शिर उठाउँदैछ। संविधान निर्माणमा राजनीतिक अतिवाद गतिरोध बनेकाले यसतर्फ सबै सचेत हुनु जरुरी छ।
हाम्रो संविधान पाँच वर्षदेखि गर्भमै छटपटाईरहेको छ र अब त भ्रूण हत्याको सन्देहले चिन्ता बढाएको छ। आज संघीयता नै संविधान निर्माणमा बाधकजस्तो देखिएको छ। हाम्रा सामु वैज्ञानिक किसिमले प्रदेशहरूको नामाङ्कन र सीमाङ्कन गर्नुको विकल्प छैन। देशलाई जसरी जबर्जस्ती जातीय संघियताको भासमा धकेल्न खोजियो, आज संविधान जन्मिन नसकेर राष्ट्रले प्रसव पीडा बेहोर्न पर्नुको गाँठी कारण त्यही हो। राज्य पुनर्संरचना गर्दा जातीयतालाई मात्र आधार बनाउनु राष्ट्रलाई जातीय अतिवादको दलदलमा फसाउनु नै हो।
यी सबै विसंगतिको जनक भने माओवादी नै हो। माओवादी ‘युद्ध'को सहउत्पादनका रूपमा जातीयतालगायत अनेकौं अतिवादका समस्या उत्पन्न भएका हुन्। तराईमा जसरी ‘एक मधेस प्रदेश' वा मधेससँग पहाड मिसिनु हुँदैन भन्ने ‘सेन्टिमेन्ट'को विकास भयो, त्यसको मुहान माओवादी हो। हिजो आफ्नो ‘जनयुद्ध'लाई फैलाउन माओवादीले जातिपिच्छे राज्य बाँड्दै हिँड्यो। अहिले त्यो त्यसकै लागि पनि गलपासो बनेकोछ। यसले भोलि जातीय दङ्गा निम्त्याउला कि संपूर्ण नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्ने काम गर्ला? एकातिर एमाओवादीमा रहेको उग्रवादको ‘ह्याङओभर', अर्कोतिर केही सामन्ती र विखण्डनकारी सोचका मधेसी नेता तथा माओवादीवीच स्वार्थवश भएको गठबन्धनका कारण आज संविधानका कार्यसूची र संविधान निर्माणमा हलो अड्किएको हो।
पक्कै पनि हाम्रोजस्तो सामन्तवादद्वारा गाँजिएको, अन्याय, असमानता र पक्षपातले जकडिएको समाजमा राज्यको मूल प्रवाहबाट पाखा पारिएका, प्राकृतिक र आर्थिक स्रोतबाट पक्षपातपूर्ण ढङ्गले उपेक्षा गरिएका, अवसर र सुविधाबाट वञ्चित, सामाजिक सांस्कृतिकरूपमा बहिष्करणमा पारिएका वर्ग, क्षेत्र, जातजाति र समुदायका सरोकार राज्य र राजनीतिक दलका प्राथमिकतामा पर्नैपर्छ। त्यसका लागि जनप्रतिनिधिमूलक संस्था, सरकार, राज्य प्रशासन, सेना प्रहरी, दल संगठन सबै ठाउँमा तिनको उचित समावेशी प्रतिनिधित्व हुनुपर्छ। समाबेशीकरणको सवालमा प्रतिनिधित्वसँगै उपेक्षितहरूको क्षमता वृद्धि र निर्णायक ठाउँमा तिनको पहुँच स्थापित गर्नुपर्छ। अर्थात्, संविधानले नै यी सवालहरूलाई सम्बोधन गर्नैपर्दछ।
यति हुँदाहुँदै पनि हामी जात, क्षेत्र र लिङ्गका नाममा किन विभाजित छौं? हामीले त्यसरी जातजातका आधारमा राज्य बाँड्ने, विभिन्न संकीर्ण घेरामा बाँधिएर व्यापक राष्ट्रिय हितलाई संकटमा पार्ने, विभिन्न जातजाति र धर्म धर्मबीचको सद्भावलाई खल्बल्याएर साम्प्रदायिक द्वन्द्व भड्काउनेजस्ता काम गर्यौँा भने कहाँ पुगिएला? ‘रात जति छिप्पिदै जान्छ, त्यतिनै अग्राख पलाउँछ' भनेझैं संविधानमा जति ढिलाइ हुन्छ त्यति समस्याको भूमरीमा फस्ने खतरा रहन्छ। धतुरो रोपेपछि सुन्तला फल्दैन। हिजो माओवादीले रोपेको जातिवादको विष वृक्षनै आज संविधान निर्माणका लागि मूल बाधक बनेर तर्सिएकोछ। यो तगारो कसरी हटाउने? संविधान निर्माणसँग जोडिएको गंभीर प्रश्न यही हो।
मधेसवादी दलको अतिवादी सोच र व्यवहार पनि संविधान निर्माणमा बाधक रहेकोछ। एमाओवादीको जातीय राज्यसहितको संघीयतासँग संझौता गरेर मधेसमा एक प्रदेश बनाउने उद्देश्य राखेका राजनीतिक दलले संविधान सभाको दोस्रो निर्वाचनमा धक्का खाएसँगै तिनका कार्यसूची पनि पराजित हुनपुगे। आफ्ना कार्यसूचीले जनअनुमोदन प्राप्त गर्न नसक्दा तिनमा हतासा र उदासीनता देखियो। संविधान निर्माणमा यही अभिव्यक्त भइरहेकोछ। उनीहरुसामु यसपटक एउटा अवसर छ, स्वतन्त्ररूपमा मधेसका उत्पीडित जनताका पहिचान र अधिकारसहितका मुद्दा अघि सार्ने र संविधान निर्माणमा सकारात्मक बन्ने। त्यसबाट एकातिर मधेसका सरोकारको सम्बोधन हुने, अर्कोतिर संविधान निर्माण सहज हुने देखिन्छ। उनीहरू राष्ट्रियताका पक्षधर होइनन् भन्ने आरोप खण्डन गर्ने मौका पनि हो यो। नेपाल भनेको मधेससहित हो, मधेसविना नेपालको कल्पना हुँदैन। नेपाल सरहदभित्रका सबैको नेपालीका रूपमा हक, हैसियत र हित समान छ। मधेसीसँग अरु तर्सिनुपर्ने, मधेसी अरूसँग झस्किनुपर्ने अवस्थाको अन्त्य गर्नैपर्छ। भारतमा कास्मिरदेखि कन्याकुमारीसम्म बस्ने सबैले भारतीय भएकोमा गर्व गर्छन् र तिनको पहिलो पहिचान भारतीय हुन्छ। त्यसरी नै मधेसी वा पहाडीभन्दा हाम्रो पहिलो पहिचान पनि नेपाली हो। अबको संविधानले यो अनुभूति दिनैपर्छ। त्यसका लागि पनि संविधान त आउनैपर्छ।
हिजो लामो समय सत्तामा रहेर हालीमुहाली गरेका र पछिल्लो समय निधारमा भ्रष्टाचारको टीका लागेका खुमबहादुर खड्का यतिबेला धर्मको खरानी धसेर हिँड्न थालेका छन्। जनआन्दोलनले दिइसकेको धर्म निरपेक्षताको ‘म्यान्डेट'मा पानी खन्याउने गरी ‘हिन्दु राज्य'को वकालत गर्न थालिएकोछ। सत्ताको ‘तर' मार्नसम्म मार्ने अनि सत्ताबाट बाहिरिएपछि पानीविनाको माछाजस्तै छटपटिएर राजनीतिक ठाउँ बनाउन चटक गर्ने प्रवृत्ति धार्मिक अतिवादको रूपमा सलबलाउन थालेको छ। यतिबेला धार्मिक अतिवादका रूपमा राजावादी कमल थापाहरुदेखि आफूलाई प्रजातन्त्रवादी भन्न रुचाउने कांगे्रसका माथिल्लै तहका नेताको समेत अघोषित गठबन्धन बन्दैछ। यस प्रवृत्तिले राष्ट्रलाई कता लान्छ समयमा नै सच्चा लोकतन्त्रवादीले सोच्नु पर्दैन? यसतर्फ ती नेताको माउ पार्टी नेपाली काँगे्रस सचेत हुनुपर्दैन? यस्ता धार्मिक अतिवादी क्रियाकलापले पनि संविधान निर्माणमा अवरोध उत्पन्न गरिरहेका छन्।
संविधान सभाभित्रका राजनीतिक दलको अकर्मण्यता र अनिर्णयका कारण एकातिर संविधान निर्माण प्रक्रियाले गति लिनसकेको छैन भने यतिनै बेला जुर्मुराउन थालेका बहुरङ्गी अतिवादले संविधान निर्माणको मूल मार्गमा अवरोध पुर्याजउन थालेका छन्। यसरी आन्तरिक र वाह्य व्यवधानका कारण आजको मूल राजनीतिक कार्यभार पूरा गर्न निकै उकालो पर्ने देखिँदैछ। सकेसम्म सहमतिमा, सो संभव नभए लोकतान्त्रिक प्रक्रिया अपनाएर भएपनि संविधान निर्माणका लागि सबै तयार हुनुपर्छ। राजनीतिक दल, संविधान सभा, नागरिक समाज सबै अतिवादको खतरालाई कसरी निस्तेज गर्ने र सचेतनतापूर्वक संविधान निर्माणको हाम्रो ‘मिसन' कसरी पूरा गर्ने भन्ने विषयमा केन्द्रित हुन जरुरी छ।