अन्ततः नेकपा एमाले र एनेकपा माओवादी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचको भनाभन दलीय ‘आदर्श' भएको छ। यहीर् समाजका लागि अत्याज्य छ, समस्या र समाधान तथा हित/अहित यिनैले बोकेको जस्तोगरी।पहिचानसहितको संघीय राज्य हुने/नहुने भन्ने अमूर्त अडानले भनाभन गरायो, जसमा जनताको समृद्धिभन्दा धेरै अग्लो दलीय प्रतिष्ठाको पर्खाल निर्माण गरियो। यसले नुनको अभाव र आपूर्तिबीचको द्वन्द्वले दलेको आममानिस देखेन। केपी ओली भनेका सिंगो एमाले र पुष्पकमल भनेका सिंगो एमाओवादी भन्ने भो। व्यक्तिगत अहंकार दलीय प्रतिष्ठाजस्तो देखियो। प्रतिष्ठाको प्रतीक ‘मुहान र तुरनी’ एउटै भएका कम्युनिस्ट अध्यक्षद्वयमा उतारियो। संविधानले संस्थागत गर्नुपर्ने आमभरोसा, अपेक्षा र विश्वास टुट्ने करिब पक्का भएको छ। तथापि, सहमति/प्रक्रियाको व्याख्याविस्तार भइरहेकै छ।
यसले खास दल र नेताभन्दा माथि कोही छैन, दल नै सबैथोक भन्ने गरायो। लोकतन्त्रले दललाई नभएर, दलले लोकतन्त्रलाई चलाएजस्तो, हाँकेजस्तो। लोकतन्त्र भनिएको समाजमा त सबैथोक आममानिसका निम्ति हुनुपर्ने हो। लोकतन्त्र भनेको नै सामान्य मानिस हो। यिनको जीवन हो। सुखको परिकल्पना र आवश्यक कृयान्वयनको बन्दोबस्ती हो। अपेक्षा र उपलब्धि हो। लोकले रुचाएको दल/नेता नै समाज, अर्थतन्त्र र राजनीतिमा उभिने हुन्। तर, लोकले रुचाएको वा चाहेको भन्दा पनि लोकलाई जायज/नाजायज चलाउने व्यक्ति नेता वा दल भन्ने भयो, देखियो।
आधुनिक राजनीतिक प्रणालीमा आममानिसको जीवन प्रत्यक्ष/अप्रत्यक्ष राज्यको मातहत छ। सिद्धान्तले लोककल्याणमा समर्पित राज्यको परिकल्पना गरेको छ। राज्यसँग हरेक व्यक्तिका सुख—दुःख, अपेक्षा—उपलब्धि, समृद्धि—उन्नति जोडिएका छन्। आममानिसको जीवनमा जोडिएको खेतीपाती, नोकरी, बन्दव्यापारजस्ता आर्थिक उत्पादन, भिन्न चाडबाड, जन्मेदेखि मर्दासम्मका संस्कारजन्य सांस्कृतिक अभ्यास र भाषिक प्रयोग, हिन्दु/बौद्ध/इसाई वा अन्य धार्मिक आस्था बोकेका आममानिस र विश्वास, भौगोलिक निर्भरता र यसमा हुने/भएको समानता/असमानताले नै राज्यसँगको आमगुनासो वा धन्यवादलाई जिउँदो राख्ने हो।
समाजको अर्थतन्त्र, संस्कृति, भाषा, धर्म सर्वानुकूल परिवर्तन हुन खोज्दैछ, यो/त्यो, माथि/तल, ठूलो/सानो नरहने गरी। यस्तो ऐतिहासिक कालमा आर्थिक क्रियाकलाप, सांस्कृतिक अभ्यास, धार्मिक चरित्र, जातीय/सामुदायिकरूपमा आफ्नो हुँदो, धेरै, सापेक्षमा पार्नखोज्नु, मोड्न वा बनाउनु खोज्नु स्वाभाविक हो। निरपेक्ष राजनीतिक छलफलले यसलाई आममानिससापेक्ष र समान बनाउने कष्ट गर्नुपर्ने हो। तर, त्यसो भएन। ऐतिहासिक आवश्यकता र सामाजिक मुख्य लक्ष्यलाई बिर्सिएर भए/गरिएका दलीय विवाद कसरी सही हुनसक्छ? यसले कसरी लोकलाई सच्याउला वा सकार्ला? हेर्न लायक भए पनि, भोग्न योग्य छैन।
राजनीतिक दलको अभीष्ट आममानिसको भन्दा धेरै अगाडि, ठूलो र महत्वपुर्ण बनाइएको छ। भुईंतहका हरेक मानिसले भोग्नेगरी हुनुपर्ने अर्थतन्त्र र सामाजिक—सांस्कृतिक संरचनात्मक निर्माणको क्रम उछिट्टिएको छ। समाजवादकोे आदर्श बोक्ने माओवादी/मार्क्सवादी कम्युनिस्ट, उदारवादलाई बोक्ने काँग्रेस, राजसंस्थाबिनाको असम्भव समाज देख्ने राप्रपा, जातीय/क्षेत्रीय पहिचानमा समानता देख्ने जातीय/क्षेत्रीय समुह तथा समुदायले एकैपटक यही संविधानभित्र आफू अनुकूलको समाज खोजेको छ। जो वस्तुगत र ऐतिहासिकरूपमा आवश्यक हुँदाहुँदै पनि गाह्रो छ। यही विशिष्ट अप्ठेरोलाई दलीय वा अन्य अनुकूल बनाउने गैरऐतिहासिक प्रयासलाई ठम्याउन नसक्नु नै अहिले दलबीचको ध्रुवीकरणको सन्दर्भ र विवाद बनेको हो। यो सर्वथा गलत छ।
मूलतः आममानिससँग झिनौ नै भए पनि मन दिएर अन्तर्क्रिया गर्ने हो भने, तिनको आकांक्षा आर्थिक विस्तारमा छ। पहिचानको खोजीमा छ। यसलाई राज्यले दिगो नीति बनाएर सुनिश्चित गरोस् भन्नेछ। तर, किसानले किन्ने मलबीउ, सार्वजनिक सवारीको भाडादर, फलफूल/तरकारीको मूल्य सरकार र व्यवसायीका प्रतिनिधि बसेर निर्धारण गरिन्छ। यसलाई आममानिसले स्वीकार्नुको विकल्प हँुदैन। यसले आममानिसका कुरा उपेक्षित मात्र नगरेर निषेधित गरेको देखिन्छ।
राज्य वा शासकसँग आममानिस दास—मालिकजसरी जोडिएको राणाशासन, पञ्चायत मध्यान्तरसम्म आइपुग्दा शासक र रैतिका रूपमा बाँधिए। राजा/महाराजा समाजको अन्तिम सत्य भनिए। उत्तरार्द्धतिर आइपुग्दा यो सम्बन्ध बिस्तारै व्यापारी—उपभोक्तामा मोडिएको देखिन्छ। नाफा र पुँजीविस्तारको स्वार्थले जनताजनार्दन भनिए। पारिवारिक स्वार्थलाई आममानिसको भन्ने गराइयो। हो, व्यापारी—उपभोक्ताको सम्बन्ध नै पञ्चायतलाई गहिराइसम्म बुझ्ने, त्यसको वैकल्पिक विश्लेषण गर्ने गतिलो आधार बनेको थियो। त्यस्तै चरित्र लोकतन्त्रमा खुरुखुरु दल वा दलसापेक्ष व्यक्ति/समुहतिर छिरेको छ। ठूला जलविद्युत् आयोजनामा भएका ठूला/साना दलका नेता/कार्यकर्ताको लगानी/संलग्नता, यातायात, सञ्चारमा पनि तिनकै लगानी र आर्थिक विस्तार समुह हुँदै पारिवारिक संरचनातिर मोडिएको छ। नेताको पदीय संरक्षणमा आर्थिक वा अन्य लाभ हुर्काउने लालसा संस्थागत भएर गइरहेको छ।
समर्थकहरूबाट अनुमोदित व्यक्ति दलको नेता बन्नु लोकतन्त्रको पहिलो शर्त हो। आन्तरिक दलीय संरचनाको अगाडि रहेर, सबैको हित ठम्याएर नेतृत्व दिनु लोकतान्त्रिक भनिएका दलको व्यवहार र आदर्श दुवै हुनुपर्ने हो। तर, संगठन, समाज, संस्था सबै ठाउँमा नेता सबैभन्दा माथि उभिएको छ। यिनले देख्ने, सुन्ने वा बोल्ने हरेक चिज अन्तिम सत्य भनिएको छ। राजनीति आममानिसको बाँच्न, स्वस्थ रहन, सुरक्षित बस्न, अधिकतम लाभ हासिल गर्न सोच्ने, सुझ्ने रणनीति हो भन्ने कुरालाई यसले छोपेको छ।
हामीले सुनेका, सुनाइएका वा सिद्धान्ततः सही ठानिएको लोकतन्त्रमा व्यक्तिगतले भन्दा लोकले प्राथमिकता पाउँछ। राणाकालमा गरिने राणा महाराजको सवारी बन्दोबस्ती, तामझामी सवारीको सुधारिएको शैली र चरित्र राजनीतिक दल र तिनका नेताले अँगालेकै छन्। नेतालाई खुसी पार्ने, खास अभीष्ट पूरा गर्ने, व्यक्ति केन्द्रित अपेक्षा र भरोसा झन् संस्थागत भएको छ। राजा/महाराजा जस्तो वर्षौंमा बस्ती र गाउँको भ्रमण गर्ने, भ्रमणमा स्तुतिगान गाइने, लाखौँ खर्चेर भ्रमणको बन्दोबस्त हुने, जयजयकार शैलीमा पानी, बाटो जस्ता आधारभूत आवश्यकताका लागि नेतासँग हात थाप्नुपर्ने दाता र भिखारीबीचको जस्तो सम्बन्ध थप संगठित भएको छ। राणाकाल, पञ्चायत हुँदै प्रजातन्त्र र लोकतन्त्रसम्म आइपुग्दा, एउटा अभ्यास र अभीष्ट उही पुरानै पारा र शैलीमा निरन्तर भएको देखिन्छ। सारा स्रोत र सम्भावना नेतामा अडिएको र सामान्य मानिस नेतामा निर्भर रहनुपर्ने अवस्था आएको छ।
विभिन्न विवादले दलबीचको सम्बन्ध सजिलो वा अप्ठ्यारो बनाएको छ नै। यसले जनादेशलाई तल राखेर मतादेशको गलत व्याख्या पनि गरेको छ। छोटा नागरिक र बडा नागरिकको निर्माण तीव्र देखिएको छ। ठूला दलका ठूला नेता बडा नागरिक र अरू छोटा नागरिकजस्तो! सामान्यजन के चाहन्छन् भन्ने नभएर बडा नेता, बडा दल वा छोटा दल के चाहन्छन्, के गर्दा वा गरियो भने दलीय प्राधिकार स्थापित हुन्छ भन्ने अभीष्ट आदर्श हुनपुगेको छ!
गाउँमा पढेलेखेका, उच्च शिक्षाका लागि सहर छिरेका खासगरी ग्रामीण दूरदराजका युवाजन, आफूले मतदान गरेका सभासद्, आफूले आस्था राखेको नेताकोमा जानु, रोजगारीका लागि भनसुन गरी माग्नु, आग्रह गर्नु सामान्य हो। छिमेकीबीचको झगडामा आफ्नो समर्थकलाई माथि पार्न सामाजिक वा राजनीतिक दबाब दिनु, त्यसमा हस्तक्षेप गर्नु नेताको प्राथमिक दायित्वजस्तो देखिएको छ। सामाजिक सम्बन्धमा दल वा तिनको स्वार्थ जबर्जस्त उभिएको छ। दलीय विवाद र स्वार्थका कारण यसबखत दल तथा तिनका नेताहरू आफूले गर्नुपर्ने मूल कामबाट अन्तै मोडिन पुगेका छन्।