विकास, आमसञ्चार र स्वतन्त्रता
२४ पौष २०७१
•
१३ मिनेट पाठ
विकास, आमसञ्चार र स्वतन्त्रता
आधुनिक समाजको अभीष्ट विकासका साथै सूचनासंस्कृति पनि हो। लोकतान्त्रिक समाजमा प्रत्येक व्यक्तिलाई आवश्यक पर्ने सूचना खोज्ने, माग्ने र पाउने अधिकार हुन्छ। त्यो सूचना सहज र सरल तरिकाले पाउनुपर्छ।सबै व्यक्ति आफूलाई सरोकार भएका सूचना पाउने, माग्ने र जान्ने सामर्थ्यमा नहुनसक्छन्। आमसञ्चार त्यसको माध्यम हो, जसले सूचना र विचारलाई सर्वत्र पुर्यामउँछ। सूचना र विचारको आधारमा नै नागरिक आफ्नो मत, दृष्टिकोण र निष्कर्ष तय गर्छन्। सरकार र समाजलाई जान्नका लागि पनि सूचना अपिरहार्य हुन्छ। त्यसैले सूचना र प्रेस अधिकारलाई मौलिक हकका रूपमा लिइन्छ। अन्तर अमेरिकी घोषणाले ज्ञान र समझदारीका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता आवश्यक मानेको छ। लोकतान्त्रिक संविधान भएका मुलुकले प्रेस स्वतन्त्रतालाई मौलिक अधिकारको रूपमा मान्दै आएका छन्। 
किन विकास र स्वतन्त्रता एकापसमा जोडिन्छन् त? स्वतन्त्रताको अर्थ के गर्ने? कसरी गर्ने? कहाँ गर्ने? भन्ने हो। विकासको अर्थ भोक, गरिवी, अशिक्षा, अभाव र रोगबाट मुक्ति हो। विकास भनेको ज्ञानको उपभोग हो, ज्ञानचाहिँ स्वतन्त्रताको उत्पादन। विकास भनेको मानिसको विकास हो। सडक, बिजुली, विद्यालय, अन्न उत्पादन होइन, यी विकासका आधारमात्र हुन्। नयाँ सडक बनेमा स्वतन्त्रताको विस्तार हुन्छ, यदि मानिसले त्यसमाथि यात्रा गर्योि भने। विकासको उद्देश्य स्वतन्त्रता र समृद्धि हो। स्वतन्त्र व्यक्ति सुरक्षित भविष्यको अन्वेषक हो। विकासको सर्जक हो। 
आमसञ्चारले विकासलाई कसरी सघाउँछ भन्नेबारे खासै अध्ययन नगरिए पनि विकासका विभिन्न आयाममा यसले पार्ने प्रभाव सहज अनुमान गर्नसकिन्छ। स्वतन्त्र प्रेस सधैँ विकास, शासकीय अभ्यास र सामाजिक गतिशीलतालाई सघाउने माध्यम हुन्छ। यो नागरिक र सरकारबीचको मध्यस्थकर्ता पनि हो, जसले राज्यसञ्चालनलाई जवाफदेही बनाउन सरकारका क्रियाकलापलाई उधिन्ने र पारदर्शी बनाउने काम गर्दछ। सरकार र नागरिकबीचको सम्बन्ध सुधार गरी शक्ति र साधन अभ्यासलाई वैधता दिने काम गर्दछ। स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म विभिन्न पात्रलाई एकअर्काप्रति जिम्मेवार बनाइ विकासलाई सहज बनाउने शक्तिशाली रणनीतिक औजार बन्नेगर्दछ। 
प्रशिद्ध अर्थशास्त्री अमर्त्य सेनले विकासलाई स्वतन्त्रताको सापेक्षमा लिएका छन्। उनका अनुसार विकास राजनैतिक स्वतन्त्रता, पारदर्शिता र अवसरको स्वतन्त्रता हो, विपन्नताचाहिँ गरिवी, बेरोजगारी र असुरक्षाको जड हो। मानव विकासका सन्दर्भमा सेनले विकास गरेको सक्षमता सिद्धान्तअनुसार सक्षम व्यक्ति नै वास्तविक अर्थमा अवसर वा लोकतन्त्र (स्वतन्त्रता) को उपयोग गर्नसक्छ। लोकतन्त्र बहुमतलाई सम्मान गर्नुमात्र होइन, नागरिकको अधिकार अभ्यास गर्ने क्षमता विकास पनि हो। स्वतन्त्र सूचना र जानकारीको प्रवाहले त्यो क्षमता बढाउँछ। सही जानकारी सम्पे्रेषण र पृष्ठपोषण राज्यसञ्चालनको आधार हो, राज्य र जनताबीच निरन्तर अन्तर्क्रिया, सम्बन्धसेतु हो। यसले असल संस्कृतिमार्फत् मर्यादित समाज निर्माणका लागि नागरिक शिक्षा दिन्छ र प्रत्येकलाई जिम्मेवार बनाउँछ। राम्रो आमसञ्चार राष्ट्रनिर्माण र समग्र विकासको सहजकर्ता हो। त्यसैले भनिरहनु पर्दैन, विकास भनेको स्वतन्त्रताको विस्तार हो। 
स्वतन्त्रताको जननी मानिने संयुक्त राज्य अमेरिकामा एउटा भनाइ प्रचलित छ– ‘स्वतन्त्रता उन्मुक्त छैन’ (फ्रिडम इज नट फ्री)। नागरिक, प्रेस र सरकार सबै मर्यादित भूमिकाका पात्र हुन्। कोही पनि उन्मुक्त र निरपेक्ष छैन। सबै एकअर्काप्रति मर्यादित भूमिकाको अपेक्षा गर्दछन्। नागरिक अरूप्रति मर्यादित र जिम्मेवार हुनु, सरकार नागरिकप्रति जिम्मेवार हुनु र यी सबैलाई जिम्मेवार र मर्यादित बनाउन आमसञ्चार सहकर्ता र पहरेदार हुनु स्वतन्त्रता हो। यो नै वास्तविक अर्थको लोकतन्त्र हो। कसैले कुनै पद पाउनु र पदको उपयोग गर्दा अरूबाट मात्र मर्यादा र अनुशासनको अपेक्षा गर्नु लोकतन्त्र होइन। नेपाली समाज विस्तारै अधिकारमुखी समाजमा रूपान्तरित हुँदैछ। सामाजिक संरचनाका विभिन्न पक्षमा यो प्रवृत्ति विकास भएको स्पष्टै देख्नसकिन्छ। कर्तव्यबिनाको अधिकारबोधले अनुशासनहीनतालाई निम्त्याउँछ। सीमा र मर्यादालाई उपेक्षा गर्नपुग्छ। व्यवस्थित समाज (वा राज्य) का सदस्यको परिवार, समाज, समुदाय, कानुन, राज्य र अन्तर्राष्ट्रिय तहसम्मका दायित्व र जिम्मेवारी हुन्छन्। ऊ कदापि निरपेक्ष व्यक्तित्व होइन, न चाहेर नै ऊ निरपेक्ष बन्नसक्छ! त्यो जिम्मेवारीबोध गर्ने क्षमता नै स्वतन्त्रता र विकास हो। यसको पर्यवेक्षण र सहजीकरण गर्न नै प्रेस जन्मिएको हो। त्यसैले उड्रो विल्सनले प्रेसलाई भनेका थिए– ‘तिमीहरू चौथो अंग हौ।’ 
के चौथौ अंग भनेरमात्र पुग्छ? विल्सनको आशय स्रोतसाधन र शक्तिको अभ्यासलाई व्यवस्थित गर्न प्रेस जनताको तेस्रो आँखा बनिदेओस् भन्ने थियो। जनमत निर्माण, शासनस्तर सुधार, भ्रष्टाचार नियन्त्रणजस्ता कार्यका लागि यी चौथौ अंग निकै प्रभावकारी बनेको पनि छ। यसले ठूला बर्बादीबाट मुलुकलाई बचाएको थुप्रै उदाहरण छन्। अमेरिकाको हतियार खरिद, वाटरगेट प्रकरण, पीभी नरसिंह रावको सांसद खरिद प्रकरणबिरुद्ध आमसञ्चार यसरी प्रस्तुत भयो कि त्यसका पात्रले नसच्चिई धरै पाएनन्। प्रेसजगत् हिमालजस्तै उच्च प्रतिष्ठा कमाएकालाई जमिनमा झार्न र कसैलाई त्यत्तिकै हिमाल बनाइदिन पनि सक्षम छ। यो आग्रही भयो भने उल्टोपाल्टो प्रमाणित पनि गरिदिन्छ। नियत वा अज्ञानताबस कसैका पक्ष/विपक्षमा आमसञ्चारको कुनै माध्यम प्रयोग भैदिए भने त्यसबाट व्यक्ति र समाजमा पुग्ने क्षतिको आँकलनसम्म पनि गर्न सकिँदैन। त्यसैले आमसञ्चारका आफ्नै आचरण छन्, अरूलाई पहरेदारी गर्ने स्वआचरण र नैतिकतामा बाँधिनुपर्छ। 
नेपालमा धेरैजसो सञ्चारमाध्यममा सकारात्मक भन्दा पनि नकारात्मक प्रकृतिका सन्देश प्रवाहित भैरहेका छन्। घटेका घटनाको यथार्थ सन्देश सम्प्रेषण गर्नु आमसञ्चारको दायित्व हो, साथै सभ्यता, विकास, असलशासनका लागि सकारात्मक पृष्ठभूमि तयार गर्नु पनि उसको दायित्वभित्रकै कुरा हो। नेपालमा केही हुँदैन, कसैले केही गर्न सक्तैन भन्नेजस्ता अर्थ र आशयमा आमसञ्चार लाग्यो भने समाज विकासक्रम त्यसैअनुरूप अघि बढ्छ। आमसञ्चारबाट प्रवाहित धेरैजसो समाचार तथा विचारबाट आदर्श सामाजिक संस्कृति निर्माण र आर्थिक विकासलाई सहयोग पुगेको छैन। बढ्दो युवा कुण्ठा र निराशालाई हटाउन यसले योगदान गर्नसकेको छैन। राजनीतिलाई दिशानिर्देश गर्न र नागरिकलाई आवश्यक शिक्षा दिनसकेको छैन। संविधान बनाउने काममा लागेका नेतालाई समयमै संविधान बनाउन जसरी पहरेदारी गर्नुपर्थ्यो, त्यो हुनसकेको छैन। धेरै शक्तिशाली भैकन पनि विकास, सकारात्मकता र सम्भावना देखाउनेतर्फ यो परिचालित भएको छैन। नेपाली समाजमा अझै राम्रा संस्कृति र असल अभ्यास बाँकी छन्, प्रत्येक सङ्गठनभित्र केही राम्रा मानिस पनि छन्, जसले अहिलेको अवस्थालाई थप बिग्रनबाट बचाउन सक्छन्। त्यस्ता पात्र र प्रवृत्तिलाई प्रकाशमा ल्याउनुपर्छ। सत्यको उद्घाटन र आदर्शलाई संरक्षण गर्ने सञ्चार विकास र स्वतन्त्रताको आधार बन्छ। 
स्वनामधन्य विचार र वार्ताबाट समाजले केही पाउँदैन। आमसञ्चारको धेरै स्पेस सिर्जना र अग्रसरताका ऊर्जा बनेका छैनन्। केही अनुहार र विचारको बजारीकरण पो भएको हो कि? चौथौ अंगले आफ्नै भूमिका विश्लेषण र पुनर्बोध गर्नु आवश्यक भैसक्यो। सूचना रणनीतिक साधन हो, प्र्रेस स्वतन्त्रता त्यसको माध्यम र विकासचाहिँ साध्य हो। ‘नेमिङ र ब्लेमिङ’ को परम्परागत शैलीबाट अब विकासमूलक भूमिकामा आमसञ्चार केन्द्रित हुनुपर्छ। विकास शासकीय व्यवस्थाको केन्द्रीय कार्यसूची हो। आमसञ्चारले विकासका जल्दाबल्दा सवाल उजागर गर्न र विकासका लागि जनमत निर्माण गर्न भुल्नुहुँदैन। स्थानीय तहमा विपन्नता र बञ्चितीकरण निर्मूलनमार्फत् आर्थिक समृद्धिका लागि राज्यव्यवस्थालाई घच्घच्याउने, संविधान र सुशासनका लागि अभिमत परिचालन गर्ने दायित्व पनि सञ्चारकै हो। अन्तर्राष्ट्रिय तहमा जलवायु, न्याय, खाद्यसुरक्षा, सङ्गठित अपराध नियन्त्रण र विकासका लागि साझेदारीजस्ता पक्षमा साझा अभिमत निर्माण गर्ने युगिन दायित्व पनि आमसञ्चारसँग छ।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस