अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको दोस्रो कार्यकालको अन्त्यतिर सन् १९९८ मा राष्ट्रपति कार्यालयमा काम गर्ने मोनिका लेविन्स्कीसँगको अन्तरंग सम्बन्धको कुरा प्रेसमा फैलियो। यो समाचार फैलिएपश्चात् उनलाई अमेरिकी कांग्रेसले संसद्लाई ढाँटेको र कानुनको बाटोमा तगारो हालेको आरोपमा महाभियोगसमेत लगाएको थियो। उनको पहिलो कार्यकालमा यो समाचार आइदिएको भए उनले दोस्रो कार्यकालका निम्ति चुनाव जित्ने सम्भावना न्यून हुन्थ्यो, किनभने अमेरिकी समाज अझै धेरै रुढीवादी छ।नेपाली समाजको तुलनामा अमेरिकी समाज केही उदार देखिएला, तर युरोपेली समाजको तुलनामा धेरै अनुदार छ। यसैले होला करिब क्लिन्टनकै समयका फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ मित्तेराँको यौन जीवनमा फ्रान्सेली पत्रकाहरूले खासै चाख दिएनन्। त्यसबेला फ्रान्सका राष्ट्रपति आफ्नी श्रीमती र उनकी केटा साथी सँगसँगै बस्दथे। अझ उनी राष्ट्रपति भवनमा नसुतेर अर्कै प्रेमिकाको घरमा सुत्न जान्थे। तर, यो विषयमा फ्रान्सका मिडियाले केही कुरा उठाएनन्। त्यस्तै, यसअघिका फ्रान्सका राष्ट्रपति निकोलास सार्कोजी र उनकी पत्नी तथा पूर्वमोडल कार्ला ब्रुनीका यौनजीवनमा आधारित विभिन्न विषय अहिले किताबहरूमा आएका छन्, तर मिडियाले उनी पदमा हुँदा त्यस्ता विषयमा खासै ध्यान दिएनन्।
अमेरिका र फ्रान्सका राष्ट्रपतिको विषयमा मिडियाले देखाएको चाख र सामाजिक विषयमा जनताको उदारताको विषय यहाँ किन उठाइएको हो भने अभिव्यक्ति स्वतन्त्रतामा सबैको दृढविश्वास भए तापनि यसको उपयोगिता भने भौगोलिक सिमाना र सामाजिक संरचनाअनुरूप फरक हुनेरहेछ। पेरिसबाट निक्लने पत्रिका चार्ली हेब्डोमा भएको आक्रमणमा प्रधान सम्पादक, प्रकाशक र अन्य कार्टुनिस्टसहित १० पत्रकार र दुईजना सुरक्षा कर्मचारी मारिएका छन् र संसारभरिका पत्रकार तथा सर्वसाधारण यसको विरोधमा ‘म हुँ चार्ली हेब्डो' भन्ने प्लेकार्ड लिएर उभिएका छन्, सम्पादकीय लेख्दैछन् र सम्पूर्ण सोसियल मिडियामा छाएका छन्। तर, कोही भन्दैछन् ‘म चार्ली हेब्डो हैन।'
अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका स्तम्भकार डेभिड ब्रुक्स भन्छन्, ‘अहिले चार्ली हेब्डोका पत्रकारमाथि भएको आक्रमणको सम्पूर्ण अमेरिकी जनताले विरोध जनाएका छन्, जुन सही छ। तर, यदि यही पत्रिका अमेरिकाको कुनै विश्व विद्यालयबाट निकाल्न खोजिएको भए त्यो पत्रिका घृणा फैलाउने (हेट स्पिच) कानुनअन्तर्गत बन्द हुन्थ्यो, नभए पनि विश्व विद्यालयको अनुदान तत्काल बन्द भएर पत्रिका निस्कननसक्ने अवस्थामा पुग्थ्यो। ब्रुक्सको भनाइले के प्रष्ट हुन्छ भने, कुनै एक देश वा एक समाजमा पाच्य भएको कुरा बेग्लै परिस्थिति वा भूगोलको अर्को भागमा पाच्य नहुनसक्छ। जसरी अमेरिकामा चार्ली हेब्डो बन्द हुनसक्ने कुरा ब्रुक्सले गरेका छन्, त्यसैगरी नेपालमा पनि त्यस्तो पत्रिका चलाउन सकिने अवस्था छैन। किनभने चार्ली हेब्डोले गर्ने व्यंग्य र हाँसो हाम्रो समाजले पचाउन नसक्नेखालका हुन्छन्। कतिपय अवस्थामा त्यसले कुनै राजनीतिक नेता, धार्मिक गुरु वा सामाजिक व्यक्तिको नांगो चित्र, त्यसमा पनि यौनक्रियाकलापमा संलग्न भएको जस्ता बिम्ब पनि छाप्छ। हाम्रो समाजको आँखाले हेर्ने हो भने त्यस्ता काम गर्नै हुँदैन र कसैले गर्न खोज्छ भने तुरुन्त कारबाही गरिनुपर्छ भन्ने माग पनि समाजले गर्दछ।
के त्यसो भए हामीले ऐक्यबद्धता जनाएको विषय गलत हो त? के चार्ली हेब्डोले अवलम्बन गरेको अत्यन्त उत्तेजक चित्रले व्यंग्य गर्नु वा विरोध गर्नु गलत हो? के हामी चार्ली हेब्डो हुन सक्दैनौँ? यस विषयमा एउटा उदाहरण लिऔँ। यो पंक्तिकार प्रेस काउन्सिलको सदस्य भएको बखत २०६५ सालतिर काउन्सिलले त्यसबेला निस्कने मिड–डे दैनिक पत्रिकाहरूको विरद्ध एउटा अभियान नै चलायो। त्यस्ता मिड–डे दैनिकले समाचारलाई भन्दा भित्र छापिने अत्यन्त अश्लिल यौनकथा वा साहित्यलाई प्राथमिकता दिन्थे र त्यस्तै सामग्रीका कारण ती पत्रिका बिक्री पनि हुन्थे। तर, प्रेस काउन्सिलको सचेतनापश्चात् त्यस्ता पत्रिकामा यौनसामाग्री बिस्तारै हराउँदै गए र पत्रिका पनि क्रमशः बन्द हुँदै गए। यदि तपाईं टोकियोको मेट्रो ट्रेन चढ्नुभएको छ भने प्रेस काउन्सिलले त्यसबेला लिएको कदम अभिव्यक्ति स्वतन्त्रताको विरोधी हो कि भन्ने भान पर्नसक्छ। टोकियोमा ट्रेनमा सबैले पत्रिका पढिरहेका हुन्छन् र ती पत्रिकामा प्रशस्त नग्न नारी तथा पुरुषका फोटो छापिएको भाषा नजान्नेले पनि पल्टिएका पृष्ठ देखेर थाहा पाउँछ। यहाँ प्रश्न उठछ, टोकियोमा यौनसामग्री भएका पत्रिका हुने काठमाडौँमा किन नहुने?
यी उदाहरणहरूले प्रष्ट पारेको विषय के हो भने, अभिव्यक्ति स्वतन्त्रताको मात्रा देश र परिस्थितिअनुरूप फरकफरक हुनसक्छ। जुन पत्रिका फ्रान्समा बिनाकुनै विवाद छापिनसक्छ त्यही पत्रिका अमेरिकामा नछापिन सक्छ वा छापिएको खण्डमा विवादमा पर्नसक्छ। जुन पत्रिका साँस्कृतिकरूपमा अलि पुरातनवादी मानिएको टोकियोमा स्वीकार्य हुनसक्छ सोही ढंगको सामग्री भएका पत्रिका काठमाडौँमा अस्वीकार्य हुनसक्छ। यसरी कति कुरा समाजले स्वीकार्न सक्ने वा नसक्ने हुन्छन्, तर त्यसको मतलब चार्ली हेब्डो होइन भनेर कसैले भन्छ भने ऊ अभिव्यक्ति स्वतन्त्रताको विरोधी हो। किनभने चार्ली हेब्डोका कार्टुनिस्ट यदि अमेरिकी हुँदा हुन् त तिनको सामग्रीको स्तर त्यहीँको समाजजस्तै हुनेथियो र ती नेपाली हुँदा हुन् त नेपाली समाजजस्तै।
अभिव्यक्ति स्वतन्त्रता भौगोलिक सिमाना, समाज र त्यस समाजमा बस्ने नागरिकको बौद्धिक स्तर र व्यंग्य ग्रहण गर्नसक्ने क्षमताअनुरूप फरकफरक हुनेरहेछ। यदि चार्ली हेब्डो अमेरिकामा छापिन्थ्यो भने या त हेट स्पिच कानुनअन्तर्गत बन्द हुन्थ्यो या फ्रान्समा जस्तो सामूहिक सहयोगबाट चल्ने अवस्था हुँदैनथ्यो। त्यस्तै, नेपालमा त्यस्तो पत्रिका निकाल्ने कसैले सोचसम्म पनि पाल्नसक्दैन। केही ट्याब्लोइड म्यागाजिनमा छापिएका अर्धनग्न तस्बिरसमेत लुकेर हेर्ने समाज भएको अवस्थामा कस्ता सामग्री जनताका लागि ग्राह्य हुन्छन्, त्यही नै अभिव्यक्ति स्वतन्त्रताको मानक हुनपुग्छ।
अहिले संसारले हामी हौँ चार्ली हेब्डो भन्नुको अर्थ तिनले छापेको सामग्री हामी पनि छाप्न सक्छौँ भनेको होइन। हरेक समाजको आआफ्नै मूल्यमान्यता र सोच हुन्छ। सन् २००६ मा एक डेनिस पत्रिकाले छापेको कार्टुनका विषयमा धेरै चर्चा चल्यो र अभिव्यक्ति स्वतन्त्रताको विषयमा धेरै विवाद भयो, तर उसले छापेको कार्टुन सबैले छापेनन्। किनभने अभिव्यक्ति स्वतन्त्रता भनेको अरुको अभिव्यक्तिलाई मुखरित गर्नु होइन। अहिले चार्ली हेब्डोमा भएको आक्रमण र पत्रकारको हत्याबाहेक अर्को मुख्य चर्चा किन तिनले बनाएका केही कार्टुन अरुले छापेनन् भन्ने पनि हो। तर, चार्ली हेब्डोका विचार सबैले ग्रहण गर्नु चार्ली हेब्डो हुनु होइन। म चार्ली हेब्डो हुँ भनेको अभिव्यक्ति स्वतन्त्रताप्रतिको विश्वास हो।
न्यु योर्क टाइम्समा डेभिड ब्रुक्स लेख्छन्, ‘चार्ली हेब्डोको घटनापश्चात् अभिव्यक्तिमा आपत्ति बन्द हुनुपर्छ र कानुनीरूपमा अभिव्यक्ति स्वतन्त्रतालाई अझ बलियो बनाउनुपर्छ, भलै हामी सामाजिकरूपमा सबै प्रकारका विचारलाई एकसमान प्राथमिकता नदिउँ।' जब व्यक्तिले आफैलाई व्यंग्य गर्नसक्छ अनिमात्र अभिव्यक्ति स्वतन्त्रतामा उसको विश्वास बढेर जान्छ। हामीमा आफैलाई व्यंग्य गर्ने क्षमता छैन भने अरुलाई व्यंग्य गर्न सक्दैनौँ। त्यसैले हामी चार्ली हेब्डोका सबै कार्टुन प्रकाशित गर्नसक्दैनौँ, तर यसको मतलब त्यहाँको समाजलाई उक्त पत्रिकाले दिएको सामग्री गलत हो पनि भन्नसक्दैनौँ। समाज भूगोलले विभक्त भएको छ र भूगोलले कहिलेकाहीँ अभिव्यक्ति स्वतन्त्रताको मात्रामा पनि तलबितल पार्दोरहेछ।