‘हामी अहिले तपाईंहरूसमक्ष प्रतिज्ञा गर्दछौँ– नयाँ संविधान सभा गठन भएको ६ महिनाभित्र बाँकी रहेका मुद्दामा राष्ट्रिय सहमति कायम गर्न कोसिस गर्नछौँ। सहमति कायम हुनसकेन भने हामी संविधान सभाको प्रक्रियामा लगेर लोकतान्त्रिक तरिकाले मुद्दाहरूको टुंगो लगाउने छौँ र एक वर्षभित्र हामी तपाईंलाई नयाँ संविधान दिनेछौँ। यो हाम्रो भीष्मप्रतिज्ञा हो।'गत वर्ष मंसिर ४ मा सम्पन्न संविधान सभा निर्वाचनमा जानुअघि तत्कालनी ठूलो दल एनेकपा माओवादीले जनतासँग गरेको औपचारिक प्रतिबद्धता हो यो। अघिल्लो संविधान सभाबाट संविधान बन्ननसक्नुको दोष एमाओवादीलाई दिएर अन्य दलले आफ्नो घोषणापत्र तथा प्रतिबद्धतापत्र प्रकाशन गरिरहेको अवस्थामा त्यस आरोपको खण्डन गरी जनतालाई एक वर्षभित्र संविधान दिने ‘भीष्मप्रतिज्ञा' गर्दै जनतामा गएको शक्तिको अहिलेको दैनिकी सबैसामु छर्लंग छ। माघ ८ मा संविधान बनाउने कुरा त्यसै भएको होइन। दलहरूले एक वर्षभित्र संविधान दिने बाचाका साथ संविधान सभाको चुनावमा भोट मागेका थिए। त्यो अवधिभित्र संविधान निर्माण गर्ने नैतिक दायित्वलाई महसुस गरी माघ ८ मा संविधान बनाउने कार्यतालिका तयार गरिएको हो। संविधान सभामा प्रतिनिधित्व गर्ने सबै दलको चुनावी घोषणापत्र वा प्रतिबद्धतापत्रमा एक वर्षभित्र संविधान बनाउने बाचाकबुल भेटिन्छ। त्यस्तै, संविधान सभाले माघ ८ गते संविधान निर्माण गर्नेगरी बनाएको कार्यतालिकामा कुनै पनि दलको विमति थिएन। तर अहिले त्यो समयसीमामा संविधान जारी हुने सम्भावना सम्पूर्णरूपमा समाप्त भैसकेको छ। उक्त समयमा संविधानको मस्यौदासम्म जारी गरी जनतामा सकारात्मक सन्देश दिने प्रयासले सार्थकता पाउने कि नपाउने भन्ने कुरामा पनि अन्यौल छ।
संविधान सभाको निर्वाचनताका एक वर्षभित्रमा संविधान दिने भीष्मप्रतिज्ञा गर्ने दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले ‘अंक गणितको प्रयोगबाट संविधान जारी गरिए देश मुठभेडमा जाने' चेतावनी दिए। त्यो भीष्मप्रतिज्ञाका मस्यौदाकार समेत रहेका डा. बाबुराम भट्टराई ‘माघ ८ को आतंक सिर्जना गर्न खोजिएको' भन्छन् र थप्छन्, ‘माघ ८ मा संविधान नबने आकाशै खस्ने वा कुनै प्रलय आउने छैन।' सिंगो एमाओवादी पार्टीले आफ्नो नेतृत्वको मोर्चाको नामबाट संविधान सभा र सडक दुवै ठाउँमा संघर्ष गर्ने जनाएको छ। यतिमात्र होइन, सामान्यरूपमा अस्वाभाविक र हास्यास्पदसमेत लाग्ने गरी, वैद्य माओवादीसँग कार्यगत एकता गरेर नेपाल बन्दको घोषणा गर्न पनि पुग्छ।
वैद्य माओवादी भनेको ‘संविधानसभाबाट संविधान बन्दैन' भन्ने निष्कर्षका साथ २०७० को संविधान सभा निर्वाचन वहिष्कार गरेको शक्ति हो। संविधान सभाबाट संविधान बन्दैन भन्ने शक्ति र एक वर्षभित्र सहमति वा प्रक्रियामध्ये जे गरेर भए पनि संविधान दिने भीष्मप्रतिज्ञा गर्ने पार्टी कुन आधारमा एकै ठाउँमा उभिन मिल्ला र भन्न मिल्ला, ‘माघ ८ मा संविधान बनेमा देशमा मुठभेड निम्तिन्छ!' यही रहस्यको गर्तमा छिपेको छ संविधान बन्न नसक्नुको कारण। अघिल्लो संविधान सभा विघटन हुनुअघि पनि पुष्पकमल यसैगरी संविधान बन्ननदिने शक्तिसँग अंकमाल गर्न पुगेका थिए। जनजातिका नाममा देशभरका राष्ट्रवादी जनजातिको मानमर्दन हुनेगरी केही ‘ठेकेदार'लाई उचालेर जेठ २ गतेको सहमति उल्टाएका पुष्पकमल र उनको पार्टी यतिबेला पनि संविधान सभाको निर्वाचन वहिष्कार गरेको शक्तिसँग सडकमा हात मिलाएर संविधान निर्माण प्रक्रियाको विरोधमा जाँदैछ! राजनीतिभित्रका अदृष्य खेलहरू कति प्रभावकारीरूपमा खेलिएका रहेछन् भन्ने कुराको पछिल्लो र सजिलो प्रमाणका रूपमा यो सन्दर्भ अग्रपंक्तिमा आइपुगेको छ।
सहमतिमा संविधान बनाउने कुराको विपक्षमा कोही पनि देखिएका छैनन्। सहमतिका लागि लचकताका सन्दर्भमा कसैप्रति गुनासो गर्ने ठाउँ पनि छैन। प्रक्रियाबाट संविधान बनाउन हुँदैन भनेर आन्दोलनको घोषणा गर्ने पक्षले पनि सहमतिका लागि लचकता देखाएकै मान्नसकिने अवस्था छ। अन्तर्वस्तुहरूमा सहमति हुने कुरामा खासै समस्या देखिँदैन। एमाओवादीका नेताहरूले भन्ने गरेका छन्, ‘मूल सारमा सहमति बनेमा संघीयताको संख्या ठूलो कुरा होइन।' तर यो ‘मूल सार' भनेको के हो भन्ने कुरालाई सकेजति अमूर्त पार्दै ‘हामिलाई पेल्न खोजियो' भन्नु को अर्थ पनि बुझिएको छैन। अन्तर्वस्तुमा सहमतिमा पुग्नका लागि पनि समस्या नदेखिने, प्रक्रियामा जानै नचाहने अनि सहमति गरौँ भन्दा पेलेर अगाडि जानखोजेको आरोप लगाउने एमाओवादी चरित्रको कारक पक्ष के हो भन्ने बुझ्न कठिन भएको छ। एमाओवादीले उठाउँदै आएको जातीय राज्यको कुरा असम्भव र खतरनाक छ भन्ने कुरामा अब एमाओवादीकै नेतृत्व पनि ‘कन्भिन्स' भैसकेको प्रतीत हुन्छ। नामकरणका विषयमा पनि प्रान्तीयसभालाई अधिकार दिने कुरामा उनीहरूको त्यति ठूलो विरोध पाइएन। यो कुरामा पनि सहमति बन्ने सम्भावना छ। न्यायप्रणालीका सन्दर्भमा निश्चित अवधिका लागि संवैधानिक अदालत राख्ने कुरामा पनि विवाद देखिन्न। शासकीय स्वरूपको कुरामा पनि राष्ट्रपति र प्रधान मन्त्रीलाई अधिकार बाँडफाँट गरी राष्ट्रपतिलाई पनि थप शक्तिशाली बनाउने कुरामा सहमति हुने प्रशस्त सम्भावना देखिन्छ। निर्वाचन प्रणालीलाई मिश्रित बनाउने कुरामा पनि सहमति भैसकेको छ। त्यसकारण सिद्धान्ततः सहमति भैसकेका कुरालाई मात्र मिल्न बाँकी कुरा भनेर प्रचार गरिएको अवस्था छ।
सहमतिमा संविधान निर्माण गर्ने कुरामा पनि विमति देखिएको छैन। प्रधान मन्त्री तथा संविधान सभाको सबैभन्दा ठूलो दलका सभापति सुशील कोइरालाले ‘गिभ एन्ड टेक' र ‘विनविन'को आधारमा सहमति गरौँ भन्दै आएकै छन्। सोही पार्टीभित्र अर्को धारको नेतृत्व गर्ने शेरबहादुर देउवाले पनि एकपटक सबैको सहमति भैसकेको अन्तरिम संविधानलाई नयाँ संविधानको रूपमा ग्रहण गरी संघीयताको संख्या र अधिकारका बारेमा पछि सहमति खोज्दै अगाडि जानसकिने भनेका छन्। एमालेले अलि आक्रामक कुरा गरे पनि सहमतिका आधारमा अगाडि बढेमा ऊ एक्लै त्यसको विपक्षमा उभिनसक्ने अवस्था छैन। सबै लचक भएर ‘विनविन' सूत्रमार्फत् संविधान बनाउने कुरामा सत्ता/प्रतिपक्ष सिद्धान्ततः सहमत देखिँदादेखिँदै पनि संविधान बन्दैन भने त्यसको पछाडिको खेलाडी चिन्न र कुन पात्रलाई उपयोग कसले गरिरहेको छ भनेर बुझ्न कठिन नहोला! एमाओवादी कुन स्वार्थबाट प्रेरित भएर संविधान बन्न नदिनेहरूको मोर्चा बनाएर त्यसको अगुवाइ गर्न अग्रसर भइरहेको छ भन्ने सवाल उठेको छ। हजारौँ नागरिकको रगतको खोलो बगाइसकेपछि संविधान सभालाई निकासको ढोका ठानेर मूलधारको राजनीतिमा प्रवेश गरेको एमाओवादीका लागि अहिले किन संविधान सभा यति ज्यादा अरूचिको विषय बन्न पुग्यो? एउटा माओवादी संविधान सभाको प्रक्रियाबाट संविधान बन्नु हुँदैन भन्छ, अर्को माओवादी संविधान सभाको चुनावमै जाँदैन र फेरि अर्को माओवादी संविधान सभा विघटन गर्न माग गर्दै आफ्नो राष्ट्रिय सम्मेलनको समापन गर्छ! किन यतिविधि अरूचि भयो १० वर्षे लडाईंको निकास संविधान सभामै छ भन्ने ठानेर सबैलाई यसमा जान प्रस्ताव गर्ने माओवादीलाई?
शान्ति प्रक्रियाको प्रमुख हिस्सेदार आफूलाई मान्ने र गिरिजाप्रसाद कोइरालाको निधनपछि त्यसको एकोहोरो हकदार आफै भएको घोषणा गर्ने पुष्पकमल दाहालले किन शान्ति प्रक्रियाको महŒवपूर्ण पक्षका रूपमा रहेको संविधान निर्माण प्रक्रियामा व्यवधान गर्न चाहिरहेका होलान्? संविधान सभा भनेको त संवादबाट संविधान बनाउने थलो हो। त्यहाँ किन संघर्ष गर्ने निर्णय गर्छन् दाहाल? अंकगणितको माध्यमबाट भए पनि संविधान सभाबाट एक वर्षमा संविधान दिने उनकै ‘भीष्मप्रतिज्ञा' थियो। किन सजिलै त्यो प्रतिज्ञा तोड्दै संविधान सभाबाट संविधान बनाउन हुँदैन भन्दै चुनाव वहिष्कार गर्ने वैद्यलगायतसँग मिल्छन् दाहाल? एउटा कम्युनिस्टले प्रतिज्ञा गर्नुपर्ने ‘वर्गविहीन समाज निर्माणका लागि संघर्ष गर्ने' सिद्धान्तको विपक्षमा उभिएर जातीय राज्यको कुरा किन गरिरहेका छन् उनी? संविधान सभाको दोस्रो निर्वाचनमा जनताले साथ छोडेका कारण अत्तालिएका उनको जुन ढंगको प्रस्तुति देखिएको छ, त्यसले उनको कद होच्याउँदै र नेपाली राजनीतिका सबैभन्दा अविश्वासी पात्र बनाउँदै लगेको छ।