गत सोमबारको मध्यरातमा संविधान सभाभित्र भएको घटनापछि धेरैलाई लागेको छ – अब सहमतिको संभावना समाप्त भयो। यथार्थ भने त्यसको उल्टो हो। अर्थात्, संविधान सभाभित्र भएको मध्यरातको त्यस अराजकतापछि संविधान निर्माणको सहमति नयाँ विधिद्वारा निर्माण गरिएको छ। राजनीतिमा हुने/गरिने दाउपेच प्रतक्ष्यभन्दा बढी घुमाउरा हुन्छन्। र, अहिले संविधान सभाभित्र भएको अराजकताभित्रको राजनीति पनि घुमाउरो र नकारात्मक विधिद्वारा सकारात्मक परिणाम ल्याउने अवसर बनेको छ। विपक्षीसँग राजनीतिक सम्बन्ध स्थापित गर्दा कहिलेकाँही संवादभन्दा संघर्ष ‘सहमति'को सहज प्रक्रिया बन्न पनि सक्छ।राजनीतिका मुख्य तीनवटा अवयवलाई सन्तुलनमा राख्न सकिएन भने त्यसले लामो समयसम्म उपद्रो मच्चाइरहन्छ। स्वतन्त्रता, समानता र सत्ता – राजनीतिका यस्ता अवयव हुन् जहाँ थोरैमात्र सन्तुलन बिग्रियो भने स्थापित सबै सहसंबन्ध पनि बिग्रिन्छन्। त्यसले दलीय प्रणालीको शक्ति सन्तुलनलाई एक वा अर्कोतिर हुत्याइदिन्छ। संविधान निर्माणको अहिलेको प्रक्रियामा हामीले अपनाएको पद्धति समानतामा आधारित पद्धति हो। जसको जति शक्ति भए पनि सहमति कायम गर्ने भन्ने सिद्धान्त समानतामा आधारित सिद्धान्त हो। माथि उल्लेखित अवयवमध्ये ‘समानता'मा मात्र बढी जोड दिँदा दलीय ‘स्वतन्त्रता' र ‘सत्ता'माथि दबाब पर्न थाल्छ। उक्त दबाबले पहिलेको दलीय समन्वयलाई भत्काइदिन्छ। र, दलीय समन्वयको नयाँ बाटो पनि सँगसँगै खोलिदिन्छ। तर कहिलेकाँही ‘समानता'मा आधारित दबाबको भार ज्यादै बढी हुन गयो भने सम्पूर्ण शक्ति ‘सत्ता'तिर ढल्किन्छ र ‘समानता' र ‘स्वतन्त्रता'लाई नष्ट पारिदिन्छ। अहिले हाम्रो राजनीतिमा पनि सहमतिको दबाब क्रमशः स्वतन्त्रता र सत्तातर्फ केन्द्रित बन्दै गइरहेको छ। नष्ट बन्दै गइरहेको समानताको भार स्वतन्त्रतामा केन्द्रित बन्दा मुलुकमा ठूलो अराजकता निम्तिने छ भने सत्तामा केन्द्रित बन्दा सरकार तानाशाही बन्ने र प्रतिक्रान्ति हुने खतरा हुन्छ।
एनेकपा (माओवादी) र मधेसी दलले समानताको आधारलाई आफूतिर खिच्न न्वारानदेखिकैे बल लगाइरहेका छन् भने नेपाली कांग्रेस र नेपक (एमाले)ले स्वतन्त्रतातिर। सहमतिको डोरी चुँडिसकेको त छैन तर दुवै शक्तिले विपरीत दिशातर्फ तान्दातान्दा गलिसकेको छ। यसैले सहमतिको डोरी चँुडिने अन्तिम पर्खाइमा छ। गत मध्यरातको घटना यही पर्खाइको चरमरूप हो। तर अझै पनि सहमतिको डोरी चुँडिइहाल्ने जोखिम भने छैन। किनभने राजनीतिक शक्ति सन्तुलनको वर्तमान अवस्था संविधान सभाभित्र मात्र हेर्दा सहमति समाप्त भएजस्तो देखिए पनि संविधान सभाबाहिर जम्मा हुँदै गएको शक्तिलाई समेत हर्ने हो भने सहमतिलाई पुनः जोड्नुपर्ने बाध्यता दलहरुलाई भएको देखिन्छ। संविधानभित्रको शक्तिलाई पनि बाहिर पठाएर संविधान जारी गर्नुको औचित्य रहँदैन भन्ने सत्तापक्षलाई राम्रैसँग थाहा छ। अर्कोतिर संविधान सभाबाहिर जानेबित्तिकै एमाओवादी र मधेसी दलहरूको वर्तमान नेतृत्व विस्थापित बन्ने पनि निश्चित छ। त्यसैकारणले गर्दा सहमतिको राजनीतिक आधार समाप्त प्रायः हुँदा पनि बाध्यताको आधारले सहमतिको डोरीलाई पूर्णरूपमा चँुडिनदिएको छैन। बरु असन्तुष्ट बन्दै गएको आफ्नै पंक्तिलाई सन्तुष्ट पार्न सत्तापक्ष र प्रतिपक्षले मिलिमतोमा ‘झडप' परेको देखाउनुपर्ने बाध्यता उत्पन्न भएको छ। संविधान सभाभित्रको ‘ताण्डव' यस्तै बाध्यात्मक अवस्थाको समुच्चा खेल हो।
प्रतिपक्ष
सहमतिको अन्तिम चरणमा पुगेपछि पनि एमाओवादीलाई यति धेरै आक्रामक बन्न किन आवश्यक पर्योप भन्ने सबालको उत्तर संघीयतामा मात्र हेरेर भेटिन्न। विघटित बन्दैगएको उसको सांगठनिक शक्ति र संविधानबाहिर केन्द्रित बन्दैगएको माओवादीको शक्ति उसको आक्रामकरूपको कारण हो। एमाओवादीको राजनीतिक पृष्ठभूमि कति क्रान्तिकारी थियो भन्ने कुरा बताइरहन पर्दैन। क्रान्तिकारी विरासतलाई जातीय र क्षेत्रीय पहिचानको विवादमा बिसाएपछि माओवादी दलभित्र विवादको बीजारोपण हुँदैगएको थियो। आरम्भमा उसले ‘नेपालको संदर्भमा जातीय उत्पीडन नै वर्गीय उत्पीडनको रूप हो' भन्ने धारणाको सैद्धान्तीकरण गर्योन। पार्टी पंक्तिलाई पनि त्यसैअनुसार दीक्षित गरियो। माओवादीको यस्तो प्रस्थापनासँग पश्चिमा जगत् पनि बिस्तारै उत्साहित हुँदैगयो। यता मुलुकभित्र जातीय उत्पीडन त छँदै थियो। त्यसले सशस्त्र विद्रोहका बेला विभिन्न जाति/जनजातिलाई मुक्तिको सपनामा संगठित गर्न मद्दत पुर्यालयो। तर विडम्बना, शान्ति प्रक्रियामा आएपछि उसलाई जातीय पहिचानको मुद्दा प्रत्युत्पादक भयो र त्यसले ‘ब्याकफायर' गर्न थाल्यो। पार्टीलाई प्रतक्ष्य हानि पुर्यादएको थाहा पाए पनि एमाओवादी नेतृत्वले यसलाई छोड्नुभन्दा अझ दह्रो गरी समात्नुपर्ने बाध्यात्मक अवस्था निर्माण हुँदैगयो। किनभने पार्टीबाट विजाजित समूहले उसका क्रान्तिकारी र वर्गीय नारा अपहरित गरेपछि उसलाई झन् झन् दक्षिणपन्थी र जातिवादी बन्न बाध्य हुनुपर्योर।
एमाओवादीमा मात्र होइन, विभाजनबाट जन्मेको वैद्य माओवादीसमेत विभाजित भएपछि उसका लागि संविधान सभाभित्रको रणनीतिलाई केही संशोधन गर्नुपर्ने अर्को बाध्यता आइलाग्यो। संविधान सभाको निर्वाचनमा कमजोर बनेको एमाओवादी र भर्खरै विभाजन भएको माओवादीको बीचमा पार्टी एकताको प्रयास हुँदैआइरहेको छ। तर पार्टीको तत्कालीन कार्यनीति भने विपरीत दिशातर्फ फर्केको छ। दुवैथरीका सर्त पनि विपरीत छन्। अर्थात् पुष्पकमल दाहाल मोहन वैद्यलाई संविधान सभामा सहमत गराउन चाहन्छन् भने वैद्य दाहाललाई संविधानसभा बाहिर निकाल्न खोज्छन्। तर दाहाल कुनै पनि हालतमा संविधानसभाबाहिर जान सक्तैनन्। त्यसैले वैद्यलाई संविधान सभाभित्र ल्याउन दहाललाई संविधान सभाभित्र पनि क्रान्तिकारी संघर्षको पर्याप्त सम्भावना छ भन्ने देखाउनु छ। मध्यरातमा कुर्सी तोड्ने खेल राजनीतिक मागका लागिभन्दा बढी वैद्यलाई आकर्षित गर्ने रणनीतिमा केन्द्रित छ। एमाओवादी अझै कति क्रान्तिकारी छ भनेर देखाइएको एमाओवादी संस्कृतिबाट वैद्य कति प्रभावित भए भन्ने चाहिँ समयले देखाउँनेछ।
गौरमा घटेको विभत्स माओवादी संहारको इतिहास त्यति पुरानो भइसकेको छैन। एमाओवादी नेताले बिर्से पनि कार्यकर्ताले बिर्सन सकेका छैनन्। एमाओवादीभित्र मधेसी दलहरूसँगको मोर्चावन्दीलाई अग्रगामी मान्न दाहाल र बाबुरामबाहेक कोही पनि तयार छैन। तर मधेसी दलका लागि एमाओवादीजस्तो राष्ट्रिय पार्टीले आफ्नो स्वार्थको क्षेत्रीय मुद्दामा समर्थन जनाइ दिएपछि मोर्चाबन्दी नगर्ने कुरै भएन। किनभने क्षेत्रीय राजनीति गर्ने पार्टीहरुलाई एमाओवादीसँगको गठबन्धनबाट कुनै घाटा छैन। यसबाट हुने संपूर्ण घाटा बेहोर्नुपर्ने त एमाओवादीले हुन्छ। अझ पछिल्लो चरणमा संघीयतासंबन्धी एमाओवादीको दृष्टिकोण ‘हिमाल र पहाडमा सत्तापक्षले जे सुकै गरोस् तर मधेसमा भने मधेसी दलले भनेजस्तै गर्नुपर्छ' भन्ने रहनगएको छ। यसबाट एमाओवादी संघीयताको विषयमा पनि उदासीन बन्दैगएको प्रमाणित हुन्छ। उसलाई मधेसी दलले आफ्नो मुद्दामा सक्रियमात्र बनाइरहेका छन्। र, मधेसी दलका लागि केही जिल्लाका सीमित भूभागको दाबीबाहेक करिबकरिब सबै माग पूरा भइसकेका छन्। किनभने, शासकीय स्वरूपमा अधिकांश मधेसी दल संसदीय पद्धतिकै पक्षमा छन्। संविधान सभाभित्रको कुर्सी तोडाईमा मधेसी संलग्नता आफ्ना मागहरूका लागिभन्दा दाहाललाई गुन लगाउनमात्र हो। जुन गुनलाई देखाएर दाहालले वैद्यलाई भित्याउनुछ।
सत्तापक्ष
पहिलो संविधान सभाको विघटनपछि बिस्तारै बिस्तारै नेपाली कांग्रेस र नेकपा (एमाले)को राजनीतिक दिशा दक्षिणपन्थी बन्दै गइरहेको थियो। एमाओवादीमा विभाजन, मधेसी दलहरूको विखण्डन तथो संविधान सभाको दोस्रो निर्वाचने परिणामले उनीहरूको दक्षिणपन्थी दिशालाई अझै उग्र बनाइदिएको छ। संविधान सभाको निर्वाचनमा पहिलो र दोस्रो दल बनेपछि उनीहरूबीचमा प्रतिस्पर्धा होइन, सत्ता साझेदारी निर्माण भयो। यसले एकातिर सरकारको स्वरूपलाई त सापेक्षिक स्थायित्व प्रदान गर्योो तर राज्यको पुनर्संरचनालाई यथास्थितिमा कैद पनि गर्योल। कांग्रेससँग सत्ता साझेदारी मात्र होइन संपूर्ण राजनीतिक विषयमा समेत साझेदारी गरेपछि एमालेको आफ्नै कुनै स्वतन्त्र राजनीतिक अडान देखिएन। बरु कांग्रेसका अडानहरूलाई बलियो बनाउनमात्रै उसको भूमिका देखियो। जसले एमाले आफँै पनि दक्षिणपन्थी देखियो र कांग्रेसलाई उग्रदक्षिणपन्थी बनाउन मद्दत गर्यो।। यसको राजनीतिक परिणाम पनि राम्रो देखिएन। किनभने यस्तो दक्षिणपन्थी गठबन्धनले विपरीत वैचारिक मान्यता बोक्ने एमाओवादी र मधेसी दलहरूलाई ध्रुवीकृत गरिदियो।
कांग्रेस र एमालेलाई दक्षिण दिशातर्फ धकेलिदिने राजनीतिक वातावरणको निर्माण पनि एमाओवादीले गरिदिएको हो। जतिजति एमाओवादी कम्युनिस्ट क्रान्तिकारी रहेन त्यति त्यति कांग्रेस–एमाले गठबन्धन दक्षिणपन्थी बन्दै गयो। कम्युनिस्ट नरहेपछि ऊसँग वर्गीय मुद्दा पनि बाँकी रहेन। वर्गीय मुद्दाको क्षतिपूर्तिका लागि जातीय मुद्दा उठाउनु पर्नेभयो। कम्युनिस्ट पार्टीबाट जातिवादी पार्टी बनिसकेपछि मधेसी दलसँग मोर्चाबन्दी सम्भव भयो। जति बेलासम्म एमाओवादी कम्युनिस्ट क्रान्तिकारी थियो त्यति बेलासम्म कांग्रेस र एमाले पनि अग्रगामी राजनीतिक विषयप्रति सकारात्मक थिए। शनैः शनैः एमाओवादीको जातिवादी यात्राले उनीहरूलाई दक्षिणपंथी बनाउँदै लग्यो। यसको घातक परिणाम आज राज्यको पुनर्संरचना र शासकीय स्वरूपमा प्रतक्ष्य परिरहेको अनुभूत गर्न सकिन्छ। यसको बाध्यात्मक परिणाम यही नै हुन्थ्यो भन्ने दुवै पक्षलाई थाहा छ। त्यसैले प्रक्रियामा जानुभन्दा अगाडि सत्तापक्षले एमाओवादी र मधेसी दललाई भद्र तरिकाले क्रान्तिकारी देखिनुपर्ने बाध्यताको जगेर्ना गरिदिएको छ। र, उता प्रतिपक्षले पनि आफ्नो क्रान्तिकारी पंक्तिलाई अन्तिमसम्म लडेको देखाएर प्रक्रियालाई आलोचनात्मक समर्थनको धर्म निर्वाह गर्ने बाटो खोलेको छ। तर दुवै प्रवृत्तिले परिवर्तनको सकारात्मक प्रवाहलाई अवरुद्ध त गरे नै संपूर्ण राजनीतिक गतिविधिप्रति नै जनताको वितृष्णा ह्वात्तै बढाइ दिए।
सल्लाह हो वा संयोग, मध्यरातको त्यस अराजक घटनाले संविधानको गाँठो फुकाउने मार्ग भने खोलेेको छ। दाहालको पूर्व इच्छाबमोजिम बाबुराम भट्टराई सभापति रहेको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको विधिवत विघटन हुनेछ। त्यसको विघटनसँगै सत्तापक्षले दाहालकैे चाहनाअनुसार उच्चस्तरीय राजनीतिक समितिलाई सक्रिय पार्नेछ। त्यसले नयाँ संविधान निर्माणमा दाहालको भूमिकालाई पनि उजिल्याउनेछ। सत्तापक्ष र प्रतिपक्षको यो मिलेमतोमा केही कुर्सी र माइक भने अवश्य भाँचिए तर पर्याप्त राजनीतिको खेलसहित। बाँकी रह्यो– संस्कृतिको प्रश्न। यसै पनि हाम्रो राजनीतिले संस्कृति नदेखेको त वर्षौं भइ नै सक्यो। अहिलेलाई त्यता पटि्टको चिन्तै छोडौँ।