देशमा हिजोआज धेरै प्रयोग गरिएको र सबैका मुखबाट निस्किएको शब्द सायद ‘संविधान' नै हो भन्दा फरक पर्दैन। त्यसपछि प्रयोग हुने शब्द नै सहमति होला सायद। यी दुइटै शब्द सुन्दासुन्दा धेरैलाई झर्को लागिसकेको हुनुपर्छ। यसैका नाममा अर्बौं खर्च त भएकै हो, विरोध, नाराजुलुस, आमहड्ताल र नेपाल बन्दले देश कैयौं पटक थिलथिलो बनिसकेको छ। विडम्बना त संवैधानिक संसद भवनभित्रै तोडफोडदेखि लिएर खुर्सानीका धुलोसम्म भेटिएका समाचार आए।संविधानका नाममा कस्ता/कस्ता भुइँफुट्टे र गति न मतिका तोरीलाउरेहरू नेता बनेर देश र जनता ठग्दै हिँडेका छन्, देखिएकै छ। यस्तै तोरीलाउरे नेताहरूले गर्दा हुन लागेको सहमति पनि भाँडिएको छ। उनीहरूबाट अब जनताले के आशा गर्ने? आशा बोकेका केही विद्वान् नेता नै बकम्फुस्से निस्केपछि पूरै राजनीति र प्रक्रियालाई गाली गरेर मनको भडाँस पोख्नेहरूको पनि कमी छैन देशमा। एकछिनको न्यानो खोज्दै हिँड्ने होइन, अनिश्चित वर्तमानलाई निश्चित भविष्य बनाउन सक्नेखालका नेता खोजेका छन् जनताले। तर भेट्टाउने कहिले?
अहिले संविधान बनाउनका लागि निस्केका केही मुख्य विवादको कुरा गरौं। शासकीय स्वरूप अर्थात् कार्यकारी को हुने? कार्यकारी जोसुकै होस् राष्ट्पति या प्रधान मन्त्री, त्यहाँ पुग्ने भनेका राजनीति गर्नेहरू नै हुन्। कार्यकारी को हुने त्यो ठूलो कुरा होइन, ठूलो भनेको देश र जनताप्रति इमानदार र जवाफदेही बन्न नसक्नु नै हो। नेताहरू इमानदार र जवाफदेही बनिदिने हो भने शंकै छैन, कार्यकारी को बन्ने भन्ने विवाद आफैं टुंगिन्छ।
अर्को विवाद हो संघीयताको। यथास्थितिको विकल्प भनेको परिवर्तन गर्नुमात्र होइन। भइरहेको अवस्थाभन्दा अलिकति भए पनि राम्रो बनाउनु हो भन्ने बुझाइ हामी जस्ताहरूको हो। भइराखेको भन्दा राम्रो गर्न नसक्ने तर परिवर्तनका नाममा बिगार्न खोज्नु मूर्खताबाहेक के हुन सक्छ? हिम्मत हुनेले लाज नमानी स्वीकार गर्दा हुन्छ, १४ अञ्चल, ७५ जिल्ला र ५ विकास क्षेत्र सबै हिसाबकिताबले राम्रोसँग छुट्याइएको छ। आजसम्मका लागि भोलि योभन्दा राम्रो कसैलै गर्योल भने ठूलै कुरा हुन्छ। भलै जोसुकैले यो काम गरेका हुन्। यतिचाहिँ सबैले बुझे हुन्छ, देश भनेको कसैको जन्मदिनमा काटिने केकजस्तो होइन। आफ्ना हिसाबकिताबले काटेर बाँडीचुँडी गर्न सकियोस्। यसमा सहमति गर्न सबैका आफ्ना बेतुकका अडान छाडेर अहिलेको अवस्थामा ५ विकास क्षेत्रलाई ५ वटा राज्य घोषणा गरिदिए कुरै सकिगो नि!
अब आयो नामकरणको कुरा। जुनसुकै जातको, जुनसुकै ठाउँको, हुँदै नभएको जातको वा जेसुकै नाम राखे पनि मलाई आपत्ति छैन। तर देश म र मजस्ताको मात्र होइन सबैको हो। र, सबैको त कुरै नगरौं धेरैलाई पनि यो स्वीकार्य हुँदैन। त्यसैले अहिलेलाई विकास क्षेत्रकै नामले न्वारान गरिदिए सायद धेरैलाई कुनै आपत्ति हुने छैन। सर्वमान्य र पूर्ण स्वीकार्य भन्ने कुरा सायदै यो धर्तीमा केही होला। धेरथोर विरोध भनेको हुँदै गर्छ। होइन, सबै नेताहरू (भुइँफुट्टालगायत) को जुँगाकै लडाइँ हो भने पचहत्तरै जिल्लालाई राज्य बनाइदिए भइहाल्यो, हामीलाई केको खसखस। देश हामीजस्ताको मात्र होइन क्यारे। छातीमा हात राखेर धेरै नेताले स्वीकारे हुन्छ, यो संघीयता घाँडो भइसक्यो भनेर। होइन भने यति धेरै विवाद किन? नडराई भने हुन्छ, देशमा जति वटा राज्य बनाए पनि हुनेवाला केही छैन, जबसम्म अधिकार तल्लो निकायसम्म पुग्दैन। अहिले भएका संरचना विकास क्षेत्र, अञ्चल, जिल्ला र नगरपलिका तथा गाविसलाई अधिकार सम्पन्न बनाए त्यसैले गर्छ देश विकास। भन्नैपर्ने हुन्छ, भइराखेको भन्दा राम्रो गर्नूस्, जनताले खोजेको त्यही हो। होइन भने त्यसलाई नचलाउनूस्। कुरा यत्तिमात्र हो, कसैकसैले यथास्थितिवादी सोचाइ भएको, परिवर्तनसँग डराउने भन्लान्। त्यस्तो भन्नेको पछि नलाग्दा नै राम्रो हुन्छ।
अब पालो सहमतिको। सहमतिका नाममा अहिलेसम्म के के भए, सबैलै देखेकै छन्। बन्द, तोडफोडदेखि तल्लो स्तरका गालीगलौजसम्म भए। झन् सोसियल मिडियाको त कुरै नगरौं। अहिलेको अवस्थामा सहमतिका लागि नरेन्द्र मोदी, बाराक ओवामा, संयुक्त राष्ट्र संघ जस्ता त परका कुरा भए, पशुपतिनाथ स्वयं प्रकट भए पनि आजका दिनमा सबै सहमतिमा आउने सम्भावना देखिँदैन र छैन पनि। जसले जतिसुकै ठूलो कुरा गरे पनि अहिलेको वास्तविकता यही हो। सहमतिका नाममै अघिल्लो संविधान र यसपालिको एक वर्ष पनि त्यत्तिकै बितेको सबैले देखेकै हो। दुईचार दलले सहमति गर्दैमा अरूले विरोध गर्दैनन् भन्ने छैन क्यारे। विरोध गर्ने कोही न कोही त निस्किहाल्छन्। त्यसैले अब संविधान बनाउने हो भने प्रक्रियामा जानैपर्थ्यो जुन सुरु पनि भइसकेको छ। प्रक्रियामा जाँदैमा सहमतिका ढोकाहरु आफैं बन्द हुन्छन् भन्ने पक्कै पनि होइन। आइतबार संविधान सभाको बैठकमा विपक्षीको विरोधसँगै प्रश्नावली समिति गठन भएको छ। सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति गठन गर्दैैमा पनि सहमतिको बाटो सकिइ नै हालेको छैन। त्यसैले प्रश्नावली समिति गठन गर्दैमा सभाध्यक्षलाई गाली र आलोचना गर्नुको कुनै तुक छैन। लोभ, लालच र जुँगाको लडाइँ छाडिदिने हो भने हाँसीखुसी नै सहमति हुन्छ। विरोध र विमति, आफ्ना सिद्धान्तका कुरा शालीन ढंगले राख्दै जनताका बीच जाने बाटो कसैले रोकेको छैन। भोलिका दिनमा दुई तिहाइ ल्याएर आफूखुसी परिवर्तन गर्न सक्ने हिम्मत राखेर काम गरे भइहाल्यो नि। आफ्ना कमजोरीले मुस्किलले भएको परिवर्तनलाई संस्थागत गर्न नसक्ने, जनतालाई उल्टो दुःख दिने अनि देशलाई अनिर्णयको पिँजडाभित्र कोच्ने? यो कस्तो राजनीति हो? जहिले पनि जनतालाई नै मूर्ख बनाउने? अझै पनि सहमति गर्छौं भनेर जनता मूर्ख बनाउने काम नगरेकै राम्रो। सहमतिको राग पनि सत्ताकै लागि अलापेको हो भनेर जनताले धेरथोर बुझ्न थालिसके। आफ्नोमात्रै दुनो होइन, देश र जनताको दुनो सोझ्याउनतिर लाग्नूस्, सहमति गर्नै पर्दैन, आफैं हुन्छ।
होइन पारा यस्तै हो भने पनि भन्नु केही छैन। म जस्तालाई त मनको भडाँस पोख्ने ठाउँ छ दुई चार शब्द लेख्यो, चित्त बुझायो। तर ठाउँ नभएका जनताले त चुनाव नै पर्खने हुन्, समयमै विचार गरौं है नेताज्युहरू!