प्रचण्ड सफल : पहिचान असफल
१३ माघ २०७१
•
१६ मिनेट पाठ
प्रचण्ड सफल : पहिचान असफल
माघ ६ गतेपछि दिनहुँको अवरोधसँगै संविधान सभा बैठकको स्थगन हुँदा ‘प्रचण्ड मुस्कान’को दृश्य हेर्न लायक हुन्थ्यो। लाग्थ्यो, उनी युद्ध सरदार हुन् र उनका सेना उनैका लागि संविधा सभाभित्र लडिरहेका छन्। अवरोधका बीचमा हाँसीखुसी प्रचण्ड। एनेकपा (माओवादी)का अलि ठूलाठालु नेता औंलामात्र उचालेर बन्द मुखले ‘प्रचण्ड मुस्कानको’ जयगान गरिरहेका जस्ता देखिन्थे। पुरुष सदस्यभन्दा महिला सदस्य बढी उत्तेजित र सक्रियजस्ता। पहिचान, राष्ट्रिय स्वाधीनता, सार्वभौम जनता आदिका लागि उनीसँगै हिँडेका, खानपिन गरेका सक्कली एमाओवादी जत्तिको उन्मत्त पहिचानवादी अरू कोही छैन जस्तो। पहिचानबारे राजनीतिक तर्क गर्ने सबैजसोलाई पहिचानविरोधी देखिहाल्ने चस्मा लगाएजस्तै।‘संविधान सभाबाट पहिचानसहितको संघीयता नआउने भयो, अन्य मुख्य दलले पहिचानमाथि प्रतिगमन गराउने भए’ भन्दै पहिचान पक्षधरको (?) मोर्चाबन्दी गरियो। तर जब संविधान सभा अवरुद्ध भयो सबैभन्दा बढी खुसी ‘प्रचण्ड मुस्कान’का रूपमा प्रकट भयो। मोर्चाबन्दी पहिचान स्थापित गर्न हैन त्यसलाई स्थगित र औचित्यहीन साबित गर्न भएको हो भन्ने भावभंगीमा देखियो। बाँकी सबै प्रचण्डको प्रतापमा थिए। सोच, शक्ति र सामर्थ्य समर्पित गरेर निजी पहिचानलाई निमोठेरै भएपनि प्रचण्ड प्रतापमा ओत लागेका थिए। 
एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘जनयुद्ध’मा (?) हुँदैगर्दा २०५६/५७ तिर मलाई घर जान नि डर लाग्थ्यो। कारण थियो, मेरो परिवारकासदस्य सेनामा हुनु। विसं २०६४/६५ तिर मेरो डर आमामा सर्योा, चुनाव बनेर। डर फाल्नेे बलियो विकल्प थियो – गोलाकार घेराभित्रको हँसिया र हथौडा चिन्हमा छाप लगाइदिने। विकल्पहीन छापले क्रान्तिकारी एमाओवादीलाई सत्ता र शासकत्व दिलायो। पहिचानवादी, जातिवादी, क्षेत्रीयतावादी, राष्ट्रवादी र धर्मवादीसमेत एमाओवादी केन्द्रीय शक्तिसँग लहसिन पुगे। युद्ध, वार्ता हुँदै चुनाव र सत्तासम्म पुुगेका प्रचण्ड सत्ताबाट सडकमा ओर्लिए। अनि सुरु भयो पहिचानको जगेर्ना अभियान। सत्ता र केन्द्र शक्तिको प्रभाव राम्रोसँग बुझेका प्रचण्डले पहिचान पक्षधरको निर्माण गरिदिए। पहिचान भनेको राज्य हो। राज्यले दिने सम्मान होइन। राज्य संस्थापनलाई पूरापूर वैरी भन्ने बनाएर र विसं २०७१/७२ मा आइपुग्दा २०५६/५७ र २०६४/६५को डर पहिचानको रटान बनेर तेर्सिएको छ। सांस्कृतिक/जातीय बहुलता/विविधता प्रचण्ड चस्मामा पूरै पहिचानविरोधी भएर देखापर्योस। 
विशिष्ट इतिहासलाई राम्ररी बुझेर अरूलाई नबुझाएका प्रचण्डका लागि विसं २०५० को दशक चरम वर्गीय विभेदको इतिहास थियो। उनको वर्गहीन समाज स्थापनाको अमूर्त अपिलमा खपिनसक्नुको चमक थियो जसले हजारौं युवालाई बत्तीसामुको पुतली बनाइदियो। ऐतिहासिक प्रक्रियाको व्याख्याभित्र गोलमटोल भएको अभियान कमजोर हुँदैजाँदा प्रचण्ड वर्गीय विभेदबाट क्षेत्रीय र जातीय संरचनातिर लागे। केन्द्र शक्ति र जातीय संरचनामा बाँधिएका भुईँतहको सम्बन्धले २०६०को मध्यदशकले माओेवादीलाई एमाओवादी र विद्रोहीलाई शासक बनाइदियो। एमाओवादी अभियानले लाभार्थ विभिन्न जातीय संभ्रान्तलाई तानेर ल्यायो। यही जातीय संभ्रान्त र लाभको आकांक्षाले सही र स्वाभाविक पहिचानलाई जटिल र अमूर्त बनाईदियो प्रचण्ड व्याख्याको प्रचारात्मक वैधतामा उभिएको अत्याज्य र अकाट्य भाँचिएका कुर्ची र फुटेका माइकसँगै। 
एउटा भ्रमलाई जबर्जस्ती सत्य बनाइयो। सत्ताबाट ओर्लिएका प्रचण्डका हरेक भावभंगीमा जनजाति, दलित र मधेसीमात्र व्यक्त भएजस्तो गरियो। यसको सत्यता पुष्टि गर्न एमाओवादीको सदस्यता खल्तीमा हालेर पहिचानको रटान लगाइरहेका जातीय उपल्लाहरू उभिए जनजाती, मधेसी, दलित, आदि जनही पहिचानको ‘प्लेकार्ड’ बोकेर। अनि सामान्य मानिस चेपिए, धकेलिए। चेपिएका जनसाधारण प्रचण्ड भावभंगीमा कतै देखिँदै देखिएनन्। सामान्य मानिस निजी दैनिकीबाहेकमा खासै रुचि राख्दैनन्। तिनले राजनीतिमा आफूलाई पाउँदैनन् र राख्न पनि चाहँदैनन्। चुलोभन्दा परको जानकारी तिनका लागी उपयोगी हुँदैन। किनभने इतिहासले गर्ने स्वाभाविक परिवर्तनमै सामान्य व्यक्ति रमाएको हुन्छ। जनता उही अडि्कएको गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यका रापले जलिरहेका छन्। पहिचान पक्षधरको मोर्चाबन्दी र ‘प्रचण्ड मुस्कान’को तापले मोर्चाको औचित्य बोकेकालाई मात्र न्यानो भएको हुनुपर्छ। 
नयाँ राज्य व्यवस्थाको निर्माण अमूर्त बहस हो। समाज नयाँ वा पुरानो हुँदैन। तर यसमा देखिने भिन्नता विशिष्ट र परिवर्तनशील भने हुन्छन्। ‘नयाँकरण’को बहस प्राधिकार स्थापनाको तरिकामात्र हो। त्यसैले त प्रचण्ड बहसमा संवेदनशील पहिचान, जातीयता, क्षेत्रीयता, भाषिकता, धार्मिकता आदि अखण्ड सत्ता सूत्र बनेर रहिरह्यो। जातीय पहिचान राज्य प्राधिकारसँग जोडिए। पहिचानलाई राज्यभित्र नभएर पहिचानमा राज्य खोज्ने गैरऐतिहासिक र अवस्तुगत बाटो देखाइदिए। त्यसले ‘प्रचण्ड खुसी’ बाहेक अरूलाई बोक्न सकेन। 
विसं २०४०को मध्यदशकसम्म पनि तत्कालीन राजा वीरेन्द्रको तस्विर विना बिरलै कुनै कार्यक्रम सम्पन्न हुन्थ्यो। विसं २०५० को दशकपछि तत्कालीन माओवादी नेता प्रचण्डको तस्बिर र प्रचण्डपथको गाथाविनाको कार्यक्रम घोर प्रतिगामी र प्रतिक्रियावादी ठहरिन्थ्यो। विसं ६०/७०को दशकमा प्रचण्डविनाको सामाजिक रूपान्तरण असम्भव छ भन्ने पारिएको छ। उनको खुसी, स्वार्थ र जातीय उपल्लाले पाउने कृपाबाहेक अरू अनैतिक ठानिने प्रचण्डको अकाट्यता र अपरिहार्यता नै पहिचानलाई विवादित बनाउने मुख्य कारण हो। जातीय लोकको पहिचानको मागलाई प्रचण्ड बोलीले छेक्ने काममात्र भयो। ‘जनसत्ता’को आदर्शात्मक अभ्यासमा नेतृत्वको देवत्वकरण, संगठनको बलमा नेतृत्वको सर्वोच्च प्राधिकार स्थापनाजस्ता एमाओवादीले अतिवादी ऊर्जाका बलमा गरेका प्रयोगबाहेक इतिहासमा अन्य जनहित नभेटिएला सायद। 
जनताले सही ठानेका विषय हारेको इतिहास छैन। दबिएका होलान् तर निशेषः भएका दृष्टान्त छैनन्। किनभने जनताले सही मानेका कुनै विषयको सैद्धान्तीकरण नभए पनि तिनमा वस्तुगत अनुभव र ऐतिहासिक आवश्यकता निहित रहन्छन्। यसका लागि एमाले—काँगे्रसको प्रतिगमन वा एमाओवादीको अग्रगमन दोषी वा जिम्मेवार हुने होइन। त्यसका निम्ति समाजका खास पात्रले जोरजबर्जस्ती गर पनि फैसला गर्न सत्तै्कन। प्रचण्ड, बाबुराम, ओली वा अरू कसैले पनि। वैयक्तिक योग्यता/प्रसिद्धिले ठूलो अर्थ राख्दैन। तर इतिहासलाई आफ्नो बनाउन सकिन्छ भन्ने भ्रम भएकाहरूले व्यक्तिगत वा गिरोहगत स्वार्थका लागि अहिले त्यसैलाई ठूलो बनाएका छन्। 
जनता वा पहिचानसहितको संविधान सबै राजनीतिक वैधानिकताको प्रयास हुन्। तल्लो तहबाट आर्थिक, सामाजिक तथा राजनीतिकरूपमा अलि माथि उठेका तर केन्द्रीय शक्ति र पात्रसँग बलियो गरी नजोडिएकाहरूले यसलाई अत्याज्य, अकाट्य र स्वाभाविक बनाएका छन्। यसमा विभिन्न तहगत व्यक्तिगत स्वार्थको प्रभुत्व छ। अहिलेसमस्या समाधानका एक्लो मसिहा आफूमात्रै भएको एमाओवादीबाहेक अरू कसैले सल्ट्याउन सत्तै्कन भन्ने भ्रम परेका जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक, धार्मिक जस्ता धेरै समस्या छन्। एउटाबाट अर्कोलाई फरक देखाउन गरिएका सतही विश्लेषणले यसको पुष्टि भएको छ। तिनमा जनताका मुख्य समस्या भने देखिएका छैनन्। ती समस्यामा एमाओवादी मात्रको ध्यान गएको छ भने झैँ गरिएको छ।
सत्तालाई केन्द्रमा राखेर गरिने प्रतिरोधप्रधान राजनीति लामो समयसम्म बलियो गरी चल्दैन। दलको केन्द्रीय शक्ति र सामान्य शक्तिबीचमा सम्बन्ध स्थापित हुनसकेको छैन। जनसाधारणभन्दा जातीय, क्षेत्रीय, भाषिक, धार्मिक वा सांस्कृतिक समस्यालाई माथि देखाएर सत्ताका लागि शक्ति सञ्चय गरेको यथार्थ लुकिरहेको विषय/व्याख्या पनि होइन। त्यसका लागि संविधान सभा प्रयोगशाला बनाइयो र मधेस, जातीयतालाई प्र्रयोगका रूपमा उपयोग गरियो। यसले एमाओवादीलाई प्रतिरक्षात्मक स्थितिमा पुर्या इदिएको छ। तापनि कमजोर सांगठनिक स्थिति र केन्द्रीय सत्तासँगको संघर्षले स्वाभाविक पहिचानका अस्वाभाविक औचित्य पुष्टिले प्रचण्ड सफल भएपछि बाँकी पहिचान असफल भएको छ। 
कार्लमार्क्स कम्युनिस्ट भएकाले मार्क्सवाद जन्मियो कि मार्क्सवादले कम्युनिस्ट जन्मायो भन्ने बहसको विषय होला। तर सारमा मार्क्सवादले कम्युनिस्ट पार्टीमात्रको (एमाले, एमाओवादी लगायत) सत्ताको परिकल्पना कहिल्यै गरेन। वर्गविहीन समाज निर्माणको अगुवाइका लागि कम्युनिस्ट पार्टी अघि सारिएकोमात्र हो। सत्ताका लागि होइन। वर्गको कोखबाट जन्मिएको एमाओवादीले हुर्कनका लागि कहिले राष्ट्रियता त कहिले धार्मिकता, कहिले संस्कृति त कहिले जातीयताको सहारा लिइरह्यो। कुनै पनि ‘वाद’भन्दा पर रहेर प्राप्त सबै जानकारीलाई हेर्दा/बुझ्दा एमाओवादीको नियत सत्तारोहणभन्दा अरू देखिँदैन। पहिचानलाई एमाओवादीले मात्रै बोक्नुपर्ने किन? यही नै हो, अहिलेको भ्रामक कारणको केन्द्र। 
जातीय राज्य हुनसत्तै्कन भनेर मैले धेरै लेखेको छु। तर जातीय पहिचान हुनु भनेको विखण्डनकारी हो वा जातीय राज्य नै हो भन्ने चाहिँ होइन। जातीय पहिचानलाई जातीय राज्य भनेर गरिएको राजनीतिक व्याख्यात्मक बेइमानीले जातीय पहिचानलाई एमाओवादीकरणजस्तो बनाइदियो जुन जनजाति वा अन्य पहिचानवाला र राज्यबीचको तीतो सम्बन्ध बनेर प्रचण्ड मुस्कानका सामु लत्रिएको छ। 
दुःखको कुरा राज्यले स्वीकार्नैपर्ने जातीय विशेषताजन्य पहिचानलाई एमाओवादीले राजनीतिक अश्त्र बनाइदिएको छ। खासगरी सन् १९९२ पछि राजनीतिक हारजितको संघर्षमा होमिएको एमाओवादीले पहिचानको मुद्दालाई बोकेको छ। विडम्बना, वर्गीय सवालबाट च्युत भएर जातीयतामा उभिएको एमाओवादीलाई पो जातीय मुक्तिको निर्विकल्प आधार भनिएको छ। पहिचानको घुर्की समाएर दौडिएका प्रचण्डलाई जिताएर जातीय पहिचान भने हारिरहेको छ। यसले जातीय पहिचानलाई जातीय राज्य भन्ने बनाएर पहिचानको अकाट्यतालाई थिचेको छ, धुमिल बनाएको छ। 
समाजशास्त्री ⁄ अध्यापक



अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस