प्रधानमन्त्रीको प्रयत्न
२१ माघ २०७१
•
१६ मिनेट पाठ
प्रधानमन्त्रीको प्रयत्न
आखिर माघ ८ को म्याद त्यसै टर्योस। सत्तारुढ गठबन्धनको जुनसुकै मूल्यमा पनि संविधान जारी गरी छाड्ने प्रयासलाई निरर्थक तुल्याउन लागिपरेको एनेकपा (माओवादी) नेतृत्वको विपक्षी मोर्चाले संविधान बनाउन नदिएकोमा आफूलाई सफल ठानेको देखियो। अघिल्लो संविधान सभामा सबैभन्दा ठूलो दलको हैसियतमा रहँदा आफूले चाहेजस्तो संविधान जारी गर्न असफल रहेको कुण्ठामा रहेको दल हो एमाओवादी।यस दलका नेताको प्रतिशोधात्मक मानसिकता तथा व्यवहारका साथै सत्तारुढ गठबन्धनकै कतिपय कमजोरीको परिणाम नै अहिले संविधान निर्माणमा विफलताका रूपमा प्रकट भएको हो। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको माघ ८ भित्रै संविधान जारी गर्ने प्रतिबद्धता र प्रयास सफल हुनसकेन। नयाँ संविधान जारी गर्ने सन्दर्भमा एकढिक्का रहेको नेपाली कांग्रेस र नेकपा (एमाले)लगायतको सामूहिक प्रयत्नको नेतृत्वकर्ता कोइरालाले दोस्रो संविधान सभा निर्वाचनलगत्तै थालेको प्रयास साकार हुनसकेन। गिरिजाप्रसाद कोइरालाले छाडेर गएको बाँकी काम र सपनालाई सार्थक बनाउने ऐतिहासिक अभिभारा बोकेका प्रधानमन्त्री र एमाओवादी नेता पुष्पकमद दाहाल ‘प्रचण्ड' दुवैले आपसी समझदारी र विश्वासबाट देशलाई संविधान दिन सक्नुपर्थ्यो। दुर्भाग्य, त्यसो हुनसकेन। यसका केही आधारभूत कारण छन्। 

कोइरालाको अठोट 


कांग्रेस सभापति कोइराला यतिबेला पुराना र अनुभवी मन्त्रीहरूको टोलीका साथ राज्यको नेतृत्व गरिरहेका छन्। कांग्रेसको तर्फबाट मन्त्रिपरिषद्मा सामेल अधिकांश सदस्य पुराना र अनुभवी छन्। कतिसम्म भने २०४८ को क्याबिनेटदेखि नै मन्त्री रहेका नेतालाई लिएर मन्त्रिपरिषद् निर्माण गर्दा कोइरालाले आफूलाई सहज होला भन्ने अनुमान गरेको हुनसक्छ। विडम्बना, केही मन्त्रीबाहेकका नेता कोइरालालाई सहयोग गर्नुको सट्टा तिनले मन्त्रीको जागिरमात्रै खाइरहेको अनुभूति सिंगो कांग्रेस पार्टीले गरिरहेको छ। मन्त्री पद के हो? जिम्मेवारी के हो? संविधान सभा के हो? त्यहाँका विषयगत समिति के हुन्? मन्त्रीहरूको पार्टी र जनताप्रतिको जिम्मेवारी के हो? यी सबै विषयमा मन्त्रीहरूबाट निरन्तर देखाइएको उदासीनता र निजी क्रियाकलापमा देखिएको सक्रियताले प्रधानमन्त्रीलाई कमजोर बनाउने काम भएको छ। 
कुनै पनि व्यक्तिमा विवेकपूर्ण योग्यता भएन भने बारम्बार जिम्मेवारी प्राप्त गर्दा पनि परिपक्व नबन्दोरहेछ। अहिलेको मन्त्रिपरिषद् सामान्य समयको सरकार होइन र वर्तमान मन्त्रीहरूले मन्त्रालयमा दैनिक कामकाज गरेरमात्र तिनको जिम्मेवारी पूरा हुँदैन। यतिखेर हामी नेपालको इतिहासको विशिष्ट कालखण्डमा छौँ। देशमा भएको युगान्तकारी परिवर्तनलाई संस्थागत गर्ने जिम्मेवारी हाम्रो काँधमा छ। त्यसका निम्ति सरकार र संविधान सभामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिएन भने देश गम्भीर दुर्घटनामा पर्नसक्छ। एक वर्षको बहुमूल्य समय खेरगयो, नयाँ पुस्ता १ वर्ष बूढो भयो। हजारौँ नवजात शिशु जन्मिए र हजारौँ बृद्धको मृत्यु भयो। तर हामी जहाँको त्यहीँ छौँ। हाम्रो गाडी किन चलेन? आत्मसमीक्षा गर्नु जरुरी छ। प्रधानमन्त्री सुशील कोइराला लोकतन्त्र र राष्ट्रप्रति प्रतिबद्ध एवं निष्ठावान् व्यक्ति हुन्। गणतन्त्र आएपछिको नेतृत्वमध्ये सर्वाधिक इमानदार व्यक्तिमा उनी पर्छन्। लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न संविधान जारी गर्नेबाहेक आफ्नो अर्को स्वार्थ नभएको यथार्थ बारम्बार दोहोर्याथउँदासमेत आफ्नै मन्त्रीहरूले उनलाई पूर्ण काँध थाप्न नसक्नु विडम्बना हो। 
अर्को, पार्टीका केही सीमित मानिसलाई मात्रै बारम्बार राजकीय जिम्मेवारी सुम्पनु न्यायसंगत र विवेकपूर्ण पनि होइन। पार्टीभित्र लगानी र योग्यता भएका पुराना तथा नयाँ पुस्ताका धेरै नेताकार्यकर्ता छन्। एकै जनालाई बारम्बार मन्त्री बनाइँदा उसमा केही गरेर देखाउने खासै जाँगर र सम्भावना बाँकी रहँदैन। मन्त्रालय चलाउन बारम्बार असफल देखिएका व्यक्तिलाई नै जिम्मेवारी दिइरहनु उपयुक्त होइन। त्यसैले अब अगाडि बढ्नका लागि कोइराला स्वयंले अनुभव गरेको र माघ ८ को सीमाभित्र प्रभावकारी नदेखिएका मन्त्रीहरूलाई जिम्मेवारीमुक्त गर्नु आवश्यक छ। पार्टीको आधारभूत तहदेखि केन्द्रसम्मका नेताकार्यकर्ता र जनतासम्मले अनुभव गरेको यथार्थ यही नै हो। मन्त्री पदको जागिरमात्र खाने व्यक्तिलाई जिम्मेवारी दिइरहनुको औचित्य छैन। तसर्थ कांग्रेसको तर्फबाट सरकारमा गएका मन्त्रीमध्ये केहीलाई पार्टी र संविधान सभाको जिम्मेवारीमा खटाइनुपर्छ र नयाँ नेतालाई मन्त्रिपरिषद्मा सामेल गर्नुपर्छ। त्यसो गर्दा पार्टी, संविधान सभा र सरकारमा समेत नयाँ ऊर्जाको सञ्चार हुन्छ र कोइरालाको शक्ति पनि बढ्छ। 
पार्टीको पहिलो नेता र मुलुकको प्रधानमन्त्री बलियो नबनाई कुनै पनि देश अघि बढेको दृष्टान्त छैन। हाम्रोजस्तो संक्रमणकालमा रहेको मुलुकका लागि त झन् प्रभावकारी र सबल नेतृत्व अति नै आवश्यक हुन्छ। कोइराला बलियो नभएसम्म नयाँ संविधान आउनसक्दैन। पार्टी र सरकारमा कोइराला सुदृढ भएपछि नै विपक्षीसँगको वार्ताले निर्णायक मोड लिनसक्छ। कोइरालाले विगतमा गरेको प्रयासलाई सार्थक बनाउन हदैसम्म लचिलो भएर अघि बढ्ने तदारुकता देखाएका छन्। अब सहमतिको प्रयास अन्तिम समयसम्म पनि कायमै राखेर प्रक्रियामा अगाडि बढ्नुको विकल्प छैन। 

प्रचण्डको जिम्मेवारी


 विसं २०६२ मंसिर ७ गते सम्पन्न बाह्र बुँदे समझदारीबाट राजनीतिक मान्यता पाएका एमाओवादीका वर्तमान अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड' अहिले राजनीतिक परिवर्तन र शान्ति प्रक्रियाका महत्वपूर्ण साझेदार हुन्। गिरिजाप्रसाद कोइरालाकै जीवनकालमा शान्ति प्रक्रियालाई अघि बढाउने, तार्किक निष्कर्षमा पुर्यातउने र नयाँ संविधान जारी गर्ने सन्दर्भमा कोइरालाद्वारा बारम्बार सबैलाई समेटेर अघि बढ्न र आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरिएका नेता प्रचण्ड हुन्। पहिलो संविधान सभा रहँदासम्म मुलुक र जनताले प्रचण्डबाट निकै आशा गरेका थिए। मुलुक र स्वयं प्रचण्डको दुर्भाग्य, निकास निस्कन सकेन। यसको मुख्य दोषी स्वयं प्रचण्ड नै हुन्। राजनीति या कुनै पनि क्षेत्रको असफलताको कारक स्वयं त्यही व्यक्ति हुनेगर्छ। अरु कारण सहायकमात्र हुन्। यो सत्यलाई प्रचण्डले निसंकोच स्वीकार गर्नुपर्छ। प्रचण्डले अघिल्लो संविधान सभाको अवसान हुँदासम्म न राष्ट्रलाई संविधान दिनसके, न त आफ्नो पार्टी एकढिक्का राख्नसके। उनले राजनीतिक जीवनमा हासिल गरेको साख र विश्वसनीयता पनि जोगाउन सकेनन्। त्यसैको परिणामस्वरूप वर्तमान संविधान सभामा पहिलो दलबाट तेस्रो दलमा खुम्चनु पर्योक। तथापि, नेपाली राजनीतिमा उनको सान्दर्भिकता र आवश्यकता सकिएको छैन। उनले अझै पनि आफूलाई सच्याएर अघि बढ्ने मौका छ। विगतका कमजोरीबाट पाठ नसिक्नेको उपादेयता बिस्तारै घट्दै जान्छ। विगतमा शासनसत्ता सञ्चालन गर्दा होस् या संविधान सभामा भूमिका निर्वाह गर्दा प्रचण्डबाट अनेक कमजोरी भएका छन्। यही महिनाभित्र पनि गत माघ ५ गते प्रचण्ड र उनको पार्टीले गम्भीर र ऐतिहासिक गल्ती गरेको छ। त्यसका निम्ति राष्ट्रसमक्ष क्षमायाचना गर्नुपर्छ प्रचण्डले। र, उनले सत्तारुढ गठबन्धनसँग खुला दिमागले कुराकानी थाल्नुपर्छ। 
गिरिजाप्रसादले छाडेर गएको बाँकी काम पूरा गराउने प्रमुख दायित्व पनि प्रचण्डकै हो। एउटा निर्वाचनमा पराजित हुँदैमा कुनै पनि राजनीतिक नेताले हरेस खाइहाल्नु हुँदैन। केही समयभित्र सहमति निर्माण गरेर संविधान जारी गर्न महत्वपूर्ण भूमिका खेल्ने हो भने प्रचण्डको राजनीतिक उचाइ पुनः बढ्नसक्छ। यो श्रेय लिएर जनतामा जाँदा गुमेको साख र जनमत पुनःहासिल हुनसक्छ। तसर्थ प्रधानमन्त्री कोइरालाले आग्रह गरेबमोजिम कुराकानी थाल्ने र सहमतिमा पुग्ने काममा ढिलो गर्नु उनका लागि लाभदायी हुँदैन। आखिर वार्ता र समझदारीबाटै नेपालमा गणतन्त्र आएको हो र उनी नेपालका प्रथम गणतान्त्रिक प्रधानमन्त्री पनि भएकै हुन्। 

एमालेको भूमिका 


नेपाली राजनीतिमा लामो समयदेखि मुख्य वामपन्थी शक्तिको रूपमा स्थापित नेकपा (एमाले) माओवादीको आँधीबेहरीले समेत उडाउन नसकेको शक्ति हो। हिंसापूर्ण विगतबाट वर्तमानसम्म आइपुगेको यो दल प्रतिस्पर्धात्मक संसदीय लोकतन्त्रको मान्यतामा रूपान्तरित हुनुलाई नेपाल र लोकतान्त्रिक विश्व जनमतले निकै सकारात्मक रूपमा लिएको छ। शान्ति प्रक्रियालाई वर्तमान बिन्दुसम्म ल्याइपुर्यानउन यस दलका नेताको पनि महत्वपूर्ण योगदान रहेको छ। यस दलका मुख्य तीनै जना नेताले विभिन्न कालखण्डमा सराहनीय भूमिका पूरा गरेका छन्। एमालेको पछिल्लो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित केपी शर्मा ओली नेपालका मूर्धन्य वामपन्थी नेता हुन्। उनको तीखो, स्पष्ट र हासपरिहासपूर्ण अभिव्यक्तिले धेरैको मन जितेको छ। तर, एमाले र अध्यक्ष ओलीले बु‰नुपर्ने के हो भने नेपाल यतिबेला संक्रमणकालीन अवस्थामा छ। यस्तोबेला नेतृत्वले होसियारीपूर्वक कदम चाल्नुुपर्छ र आफ्नो परम्परागत अभिव्यक्तिको शैलीमा लगाम पनि लगाउनुपर्छ। अप्ठेरो बेलामा सही र कुशल नेताले जुहारी खेल्नु हुँदैन। निर्वाचनले नै थचारिदिएको माओवादीका बारेमा धेरै कडा टिप्पणीको अहिले आवश्यकता छैन। 
तराई केन्द्रित दलहरूले ठूला दलसँग जोरी खोज्न सत्तै्कनन्। उनीहरूको चिन्ता आफ्नो राजनीतिक भागमा मात्र हो। तराई र त्यहाँका जनताको दुःख र संकटसँग यी दललाई कुनै सरोकार छैन। सत्ता, पैसा र पद यी दलका लागि अपरिहार्य छ। त्यसैले ती दलसँग बराबरीको हैसियतजस्तो गरी दन्तबजान गर्नुको कुनै तुक छैन। कुनै इतिहास, दर्शन वा सिद्धान्त, स्पष्ट विचार र बाटो नै नभएकाहरूलाई त सम्झाउने, बुझाउने र अनुशासनमा राख्ने हो। एमाले अध्यक्षले यस्ता मामिलामा हेक्का राख्नुपर्छ। कांग्रेससँगको गठबन्धनलाई अझ कसिलो बनाएर उदारतापूर्वक विपक्षी मोर्चासँग वार्ता र समझदारीको पहल गर्नपर्छ। संघीयता कुनै दल विशेषको पेवा होइन। यो नेपालको वर्तमान आवश्यकता हो। सहमति बन्दैन भने संघीयता नहुन पनि सक्छ। यो सत्यलाई सबैले आत्मसात गर्नुपर्छ। अर्को कुरा अन्तरिम संविधानले व्यवस्था गरेको सहमतिको बाटो र त्यसको विकल्पमा रहेको दुईतिहाइको व्यवस्थाभन्दा बाहिर गएर संविधान बन्न पनि सत्तै्कन। सहमतिका लागि वर्षौं कुर्न पनि सकिन्न। यही दायित्व पूरा गर्ने गरी एमालेको भूमिका सकारात्मक, व्यावहारिक र मैत्रीपूर्ण देखिनुपर्छ।
अर्को समाचार
भलिबल टोलीलाई प्रधानमन्त्रीको सुझाव: जहिले पनि जित्छौँ भन्ने मनोबलले खेल्नुस्
१३ भदौ २०८१
•
२ मिनेट पाठ
भलिबल टोलीलाई प्रधानमन्त्रीको सुझाव: जहिले पनि जित्छौँ भन्ने मनोबलले खेल्नुस्
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री  ओलीले महिला भलिबल टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडी, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई पुरस्कार वितरण गरेका हुन्।

खेलाडीलाई जनही रु तीन लाख, मुख्य प्रशिक्षक भट्टलाई रु दुई लाख तथा सहायक प्रशिक्षक यादव, व्यवस्थापक बज्राचार्यलाई र फिजियो कुँवरलाई जनही रु एक लाख २० हजार राशिसहित पुरस्कार प्रदान गरिएको हो।

गत साउन १७ गतेदेखि २३ गतेसम्म काठमाडौँमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो। मन्त्रिपरिषद्को गत साउन ३१ गते बसेको बैठकले सहभागी खेलाडी, प्रशिक्षलगायतलाई गरी कूल रु ४७ लाख ६० हजार पुरस्कार दिने निर्णय गरेको थियो। यसअघि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा यही भदौ २ गते सहभागी खेलाडी, प्रशिक्षकलगायतसँग भलिबल खेलको विकासका लागि छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्न आग्रह गरे। 'हाम्रा खेलाडी छोरीलाई थप सफलता र प्रगतिका लागि उत्साह मिलेको छ भन्ने मैले विश्वास लिएको छु', उनले भने, 'यो पुरस्कारमा थप सफलताको शुभकामना जोडिएको छ। खेलाडीलाई निरन्तर अभ्यास र प्रेरणाको वातावरण तथा पूर्वाधारका लागि सरकारले सक्दो प्रयत्न गर्नेछ। तपाईँहरु जहाँ जाँदा पनि जित्छौँ भन्ने उच्च मनोबलका साथ अन्तिम समयसम्म लाग्नुस्।'

आफ्नो पदबहालीका दिन कीर्तिपुर खेल मैदानलाई तीन सय दिनभित्र स्तरोन्नति गर्ने निर्णय गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यसको कार्यान्वयन गरिने अवगत गराउँदै दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गरे। उनले दशरथ रङ्गशालामा खेल हुँदा मैदान हिलाम्मे हुनु दुःखद् भएको र उक्त रङ्गशालालाई स्तरीयबाहेक अन्य खेलमा दुरुपयोग नगराउन सरोकारवालाको ध्यानाकर्षण गराए। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस