हेमन्तकालीन ठण्डीले काठमाडौँ खाल्डो चिसिँदो छ। तर, राष्ट्रपति रामवरण यादव भने तातिँदै छन्। शीतल निवासमा दर्शनभेट र बिन्तीभाउको तँछाडमछाड चलिरहेछ। राष्ट्रपति यादवका हजुरमा बिन्तीभाउ गरी निस्केका माओवादी अध्यक्ष प्रचण्डले प्रसन्न मुद्रामा भने - राजनीतिको गाँठो फुकाउन सघाउन राष्ट्रपति सकारात्मक रहेछन्। प्रधानमन्त्री माधवकुमार नेपालको चित्तमा चस्को पर्यो होला, कतै राष्ट्रपतिकहाँ धाएर मेरो गद्दी हडप्ने प्रचण्डको प्रपञ्च त होइन? र, अतिशय पीडादायी आशङ्का मेट्न गोधुली साँझपख उनी कुदेर पुगे शीतल निवास। तर, चिताएको बेचैन मनको शान्ति थियो, खनिन आइलाग्यो अरिंगालको गोलो। राष्ट्रपति अप्रसन्न मुद्रामा प्रस्तुत भए। कठोर अभिभावकले लद्दु बालकलाई प्रश्न गरेझैँ राष्ट्रपति यादवले प्रधानमन्त्री माधवमाथि झीरजस्ता प्रश्नको वर्षा गरे। विकल्प खोजेर माओवादीले गर्छु भनेको स्वायत्त गणराज्य घोषणालाई रोक्न यत्न किन नगरेको? बन्नुपर्ने संविधान जेठ १४ भित्र नबने परिस्थिति के हुने हो, थाहा छ? अनि सगरमाथा आधार शिविरमै मन्त्रीपरिषद्को बैठक बस्नु परेको किन? माधव बाबु! प्रधानमन्त्रीको प्राथमिकता आधार शिविरको बैठक हो कि शान्ति प्रक्रियाको पूर्णता र संविधान निर्माण? यी हुन्, राष्ट्रपतिका अनेकौँमध्येका केही प्रश्न।
निकै चिन्तित र किञ्चित त्रु्कद्ध राष्ट्रपतिका प्रश्न नितान्त सान्दर्भिक थिए। तर, ती प्रश्न परे नितान्त असान्दर्भिक पात्रमाथि। माधवकुमार नेपाल योग्यता र लोकप्रियताको जगमाथि उभिएर प्रधानमन्त्री बनेकै होइनन्। ती राजनीतिक गतिरोधलाई नै गति दिन बलात् बनाइएका हुन्। राष्ट्रपति यादवबाट सोधनी भएका प्रश्न माधवबाबुको चिन्ता र चासोका विषय नै होइनन् भन्ने त तिनको छ महिनाको नौटङ्कीले देखाइसक्यो। प्रतिपक्षी माओवादीसँग संवाद गरी सहमति खोज्न न तिनले कहिल्यै चिन्ता गरे न त चेष्टा नै। कलहको सागरमा शान्ति प्रक्रिया डुबे डुबोस्, मेरो गद्दी डुब्नु हुँदैन। संविधान नबने नबनोस्, मेरो गद्दीको आयु छोटिनु हुँदैन। हामीले देखीजानेको माधवीय अटल मान्यता यही हो। माधवबाबुलाई प्रत्येक दिन सञ्चार माध्यममा अनुहार देखाउन केही न केही रोचक, रोमाञ्चक र सनसनीयुक्त अभिनय गर्नु छ। राजधानीमा टुरिस्ट बसमा सबार हुनुदेखि लिएर सगरमाथा शिविरमा बैठक बस्नु यस्तै अभिनय हुन्। माधवबाबुमा बालसुलभ जिज्ञासा प्रचूर मात्रामा छ। यी अन्तका रोमाञ्चक घटनाको अन्धनक्कल गर्न निकै नै जाँगरिला छन्। र नै माल्दिप्समा समुद्रमुनि मन्त्रीपरिषद्को बैठक बसेको सुनेर हौसिँदै सगरमाथाको काखमा मन्त्रीपरिषद्को बैठक बस्न दलबलसहित यिनको महँगो सवारी भएको हो। राष्ट्रपति यादवलाई सायद माधव गुरुका यी चरित्रगत विशेषताको जानकारी कम छ। त्यसैले त उनका असल प्रश्न कमसल पात्रमाथि परेर खेर गए।
हिमाली जलवायुमाथि थोपरिएको विकारको उपचार गर्ने सन्देश संसारलाई दिन सगरमाथा शिविरमा बैठक गरिएको रे। सुन्दा कुरो मिठो लाग्छ। तर, जलवायुको विकारको उपचार गर्नुअघि राजनीतिक विकारको उपचार जरुरी छ। अनि मानसिक विकारको उपचार नगरी राजनीतिक विकारको उपचारै हुँदैन। पैसाको खोलो बगाएर हिमवत् खण्डमा बैठक बस्न हेलिकप्टरमा सबार माधव मण्डलीले गर्नुपर्ने काम त आफ्नो विचार र संस्कारमा ढुसी परेर बसेको मानसिक र राजनीतिक विकारको उपचार पो हो। फोहोर पानीले धोएर लुगा सुकिला हुँदैनन्।
प्रधानमन्त्री माधव राष्ट्रपति यादवको विष्मयकारी कदमका अवैध सन्तान हुन्। त्यसैले उनी आफ्ना जनकछेउ भक्तिभाव टक््रयाउन र आशीर्वाद माग्न जानु स्वाभाविकै हो। तर, प्रतिपक्षी महलका माउ प्रचण्ड राष्ट्रपतिकहाँ धाउनु र राजनीतिक गतिरोधको गाँठो फुकाउन उनीसँग गुहार माग्नु आश्चर्यको कुरा हो। श्री यादव सजावटी राष्ट्रपति हुन्। पदीय सीमा र मर्यादाका दृष्टिले उनी विवादको आगो बल्ने कार्य गर्दैनन्। कटवाल पर्वमा जब गरे, उनी आफैँ विवादको क्लेशकारक भुंग्रोमा परे। र, नवजात राष्ट्रपतीय संस्थाको ओज र गरिमा धेरै नै धमिलियो। छ महिनादेखि राष्ट्रपति यादवको कदम नै महाविवाद र राजनीतिक गतिरोधको कारक बनेको छ। माधव सरकारले संसद्बाट विवाद टुङ्ग्याउन पहल गर्नुको सट्टा विवादको आगोमा घिउ थप्ने काम गर्दा माओवादी नरम सडक सङ्घर्ष हुँदै गरम सडक सङ्घर्षमा धकेलिएको छ। र, अहिले ऊ सत्ताशीनहरूलाई थर्काएर दबाब दिन स्वायत्त गणराज्यको घोषणा गर्ने जब्बर मूडमा छ। यो घोषणा गरिनै हालियो भने यसको सबैभन्दा ठूलो दबाब भोलि माओवादी स्वयंमाथि पर्नेछ। एकतर्फी ढङ्गले गणराज्यको रेखाङ्कन र नामाङ्कन गर्न आज जति सजिलो छ, भोलि सहमति प्राप्त गर्न त्यति नै असजिलो हुनेछ। गणराज्यहरूको घोषणा गर्दा आज उत्पीडित जनका नजरमा हाईहाई भइएला, तर घोषणा यथावत् लागू गर्न नसक्दा तिनले भोलि माओवादीलाई नै बाईबाई गर्ने सम्भावना प्रबल छ। यो घोषणाबाट राजनीतिक द्वन्द्वले झनै उग्ररूप लिने जोखिम त भनिरहनु परोइन। राष्ट्रपति यादवले आफ्ना प्रधानमन्त्री माधवलाई सोधेछन् - यो कदम रोक्न संवादमार्फत् सहमति किन नखोजेको? प्रश्न उत्तम हो। तर, फसाद के छ भने सहमतिको बाटोमा राष्ट्रपति यादव स्वयंको कदम काँडे तगारो भएर ठडिएको छ।
पहिले राजतन्त्रीय प्रजातन्त्रका शासकहरू आफ्नो कुशासन र भ्रष्टाचारबाट उत्पन्न भएको राजनीतिको गाँठो फुकाइमाग्न राजाकहाँ धाउँथे। त्यसरी नै जसरी अहिले लोकतान्त्रिक गणतन्त्रका नेताहरू राष्ट्रपतिकहाँ धाउन थालेका छन्। राजा समस्याको गाँठो फुकाउने बहानामा शासनको बागडोर मुठ्याउन धारा एक सय सत्ताइसको बल्छी थापेर बस्थे। तर, राष्ट्रपति यादवका हातमा न धारा त्यस्तो बल्छी छ, न उनलाई राजनीतिक द्वन्द्वको हल खोज्न पहल गर्ने पदीय छूट नै छ। राजनीतिक नेताहरूलाई उनले दिनसक्ने अर्ती उपदेश हो, सरसल्लाह हो। हदै भए एकान्त कुनामा डाकेर माता पिताले बाटो बिराउने छोराछोरीलाई हप्काएझैँ हप्काउनु हो जसरी प्रश्नहरूका तीर ताकेर उनले पदप्रेमी प्रधानमन्त्री माधवलाई हप्काए।
अचेल नेताश्रीहरू दिग्भ्रमित मुद्रामा राष्ट्रपतिकहाँ धाउँदाको दृश्यले हिजोको यस्तै दृश्यको याद दिलाउँछ। हिजो अठाह्र दल यसैगरी गुहार माग्न धाएका थिए। ठूलो नागरिक समाजका ठूला हस्तीहरू र बडेबडे वकिलहरु यसैगरी बिन्ती बिसाउन धाएका थिए। त्यो दर्शन र उक्साहटको अनिष्ट नतिजाले राजनीतिमा अहिले विग्रहको खाडल पैदा गरेको छ। फेरि धाएर, हात मल्दै 'लौ न हजुर मद्दत पाऊँ' भनेर सजावटी राष्ट्रपतिबाट के गराउन खोजिएको हो? कि त्यस्तै अर्को अनिष्टकारी घटना?
दर्शनभेटमा राष्ट्रपतिले भने रे - दलहरूको सहमतिमा म बाधक बन्दिन। यो भनेको के हो? आखिर राष्ट्रपतिको कर्म नै त सहमतिमा बाधक बनेको छ। माओवादीको गणराज्य घोषणाको उद्घोषले राष्ट्रपति यादवलाई पिरोलेछ। यो यथार्थपरक पिरोलो हो। जेठ १४ भित्र संविधान नबन्ला कि भनी राष्ट्रपतिलाई चिन्ता लागेछ। यो राष्ट्रपतिको अभिभावकीय दायित्वबोधबाट उत्पन्न चिन्ता हो। साँच्ची नै यसो हो भने अकर्मण्य र मगनमस्त प्रधानमन्त्री माधवकुमार नेपालको सातो खानुको सट्टा आफ्नो कदमबाट पैदा भएको कलहलाई सुलहमा फेर्न स्वयं राष्ट्रपति यादवले उदारता, विनम्रता र दूरदर्शिता किन प्रदर्शन नगर्ने? उपाय सजिलो छ। भनिदिए हुन्छ - मैले जे गरेँ, अठाह्र दलको अनुनय विनय नकार्न नसकेर गरेँ। मैले जे गरेँ, उच्च नागरिकहरूको रोइकराइबाट पग्लिएर गरेँ। त्यो कर्मको जस मलाई चाहिएन, आइन्दा मलाई अपजस पनि नदिइयोस्। बस्, यति भनिदिए काम तमाम हुन्छ। सहमतिको बाटोमा ठडिएको काँडे तगारो पन्छिन्छ। गणराज्य उद्घोषको एकोहोरो मन्त्र बिसाएर माओवादी अलि शान्त मुद्रामा संविधानसभामा भित्रिन्छ। र, सहमतीय राजनीति पुनः गोरेटोमा फर्किन्छ। सरकार ढाल्ने र थाम्ने कुरो सरोकारवाला दलहरूकै जिम्मामा छाडिदिए भएकै छ। सिठ्ठा पिना निचोरेर तेल आउँदैन। बबुरा माधवबाबुलाई कठिन प्रश्न सोधेर के हातलागी हुन्छ?