क्यालेन्डरको सुई घुम्दै फेरि सन्त भ्यालेन्टाइन सप्ताहमा ठोकिन आइपुगेको छ र सहरमा प्रेम दिवसको उधुम रिहर्सल चल्दैछ। डेढ, दुई दशकअघिसम्म नेपालमा यो अखबारका पानाहरूमा शब्द र इतिहासका प्रसंगहरूको सिला छाप्दै हिँड्ने टापटिपेहरूको लेखोटमा सीमित थियो। दशकअघि त्यो यहाँ झन्झावातसरि छिर्यो। दिवसबाट त्यसको आयतन सप्ताहमा फैलियो। बजारले यसको क्यालेन्डर नै बनाइदियो।निश्चित छ, चाँडै नै यसको आयतन दुई सप्ताह र त्यसपछि महिनाभरि फैलनेछ। त्यसैअनुसार प्रेमको क्यालेन्डर बन्नेछ। ठूला प्रकाशन गृहका साप्ताहिक प्रकाशन र परिशिष्टहरू भ्यालेन्टाइनमय हुनेछन्। सबै सामग्री दोहोरिनेछन्। मैले उठाउने फरक विचार र प्रसंगहरू पनि दोहोरिनेछन्। किनभने यो एउटा चक्र हो, सबै आ–आफ्नो मोर्चामा जुटिरहेका हुन्छन्।
माइतीघर चलचित्रमा आशा भोसलेको एउटा चल्तीको गीत छ– म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु, को किन्छ, मेरो संसार बेचिदिन्छु। हो, नाफाका लागि व्यापारीहरू प्यार, बहार र संसारै बेचिदिन्छन्। यता, प्रेमको आकाशमा कावा खाइरहेका युवायुवतीचाहिँ हप्तौँदेखि ‘तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ' शैलीको गीत गुनगुनाएर प्रेम दिवसको ग्रान्ड रिहर्सल गरिरहेका हुन्छन्।
नवउदारवादको पञ्जा
नवउदारवादको मुख्य विशेषता हो बजारको राज। नाफा हुन्छ भने कुनै पनि कुरालाई यसले नाजायज मान्दैन। आर्थिक उदारीकरणभन्दा अघि लाइसेन्स कोटा राजमा भ्रष्टाचारबाट मन्त्री र प्रशासनिक अधिकारीहरूले फाइदा लिन्थे। कर्पोरेट जगतको गुनासो हुन्थ्यो, घुसबिना लाइसेन्स दिइँदैन। भारतीय पत्रकार सत्येन्द्र सिंहका अनुसार उदारीकरण प्रक्रियापछि घडीको सुई उल्टो घुमेर भ्रष्टाचारको प्रक्रिया बदलिन थाल्यो। ठूल्ठूला घोटालामा सरकारी अधिकारीलाई भ्रष्ट बनाउनमा कर्पोरेट जगतको पृष्ठभूमिका हुन थाल्यो। कर्पोरेट, नेता र अधिकारीहरूको गठजोड हुन थाल्यो। असली फाइदा कर्पोरेट जगतलाई भयो। प्रजातन्त्र पुनर्स्थापनापछि नेपालमा धेरै ठूला घोटाला भएका छन्। कर्पोरेट जगतले अरबौँ रुपियाँ राजस्व नोक्सान गरिदिएको छ। यसप्रति सबै पक्ष तैँ चुप मै चुप छन्। नेता, सरकारी निकाय, नागरिक समाज, दबाब समूहहरू र स्वयं मिडिया पनि। अलि वर्षअघिमात्र प्रतिष्ठित व्यापारी विनोद चौधरीको सवाल यसको ज्वलन्त उदाहरण हो। विडम्बना, यस्ता ठूला घोटालाप्रति आँखा चिम्लेर भ्रष्टाचारविरोधी आन्दोलनहरू सानोतिना भ्रष्टाचारको विरोधमा सीमित हुन्छन्।
लोकतन्त्रको आवरणमा फस्टाएको उदारीकरणको क्रममा ठूला कर्पोरेट घरानियाको हितमा नीति बनेका छन्। यसले जनजीविकाका आधारभूत आवश्यकतामाथि कर्पोरेट जगतको सत्ता स्थापित गरिदिएको छ। जनसाधारणलाई जीवन बाँचिनसक्नु भएको छ। झट्ट देख्दा कर्पोरेट जगतलाई मर्यादामा राख्न कानुन र कानुनपालक निकाय छन्। यथार्थमा कर्पोरेट जगतले यी सबैलाई नियन्त्रण गरिरहेको हुन्छ। नेता र सरकारी अधिकारीहरू तिनकै हितको रक्षा र जनसाधारणलाई उपेक्षा गरिरहेका हुन्छन्। रूपमा यो देश नियम र पद्धतिले चलेको होला, सारमा कर्पोरेट संसारले चलाइरहेको छ। कर्पोरेट संसारबाट नियन्त्रित देशको कुनै मानवीय भविष्य हुँदैन। उसलाई आफ्नो नाफाबाहेक संसारका सबै कुरा बेकार लाग्छन्। यसले तात्कालिक लाभ हेर्छ, भावी पुस्ताको उज्ज्वल भविष्यको सम्भावनालाई गोली ठोक्छ।
हाम्रो देशमा लामो समयदेखि शासन–प्रशासनमा कुलीनहरूको हालीमुहाली र खस–आर्य राष्ट्रियताको राज छ। ‘माओवादी जनयुद्ध' यही प्रथाविरुद्ध उत्पीडित र दुःखीको राज्य ल्याउने र तिनकै उपराष्ट्रियता कायम गर्ने उद्देश्यसहित थालिएको थियो। त्यसैलाई मियो मानेर दोस्रो जनआन्दोलन भयो। संविधान सभाको चुनाव, गणतन्त्र, छुवाछुतमुक्त, धर्म निरपेक्ष र समावेशी राज्य स्थापना भयो। मधेस आन्दोलनले यसमा संघीयताको अर्को खुड्किला थप्यो। समावेशी राज्य निर्माणका लागि झन्डै ६० प्रतिशत जनप्रतिनिधि समानुपातिक पद्धतिबाट चुनिने व्यवस्था गरियो। न्यायमूलक राज्य बनाउने यो अत्यन्त सुन्दर व्यवस्था थियो। तर, त्यसमै पनि नवउदारवादको आँखा लाग्यो। पार्टीका नाममा व्यापारिक दुकान खोलेर बस्नेहरूका कुरा छाडौँ, लोकतन्त्रको नारा उराल्ने कांग्रेस, एमाले र माओवादीले समेत करोडौँ तिर्न सक्नेलाई समानुपातिक सभासद् बनाएर आफ्नो असली चेहेरा देखाइदिए। एक मधेसी नेताले कतिसम्म कुरा चुहाएका थिए भने डेढ करोड माग्दा राज्यलक्ष्मी गोल्छाले उनको पार्टीबाट सभासद् बन्न अस्वीकार गरिन् तर एमालेलाई तीन करोड तिरिन् रे।
प्रेममा आँखा
बजारका आँखा प्रेममाथि पर्नु स्वाभाविक हो। किनभने प्रेममा परेको मान्छेका लागि प्रेमजस्तो चोखो र महान् भावनासामु अरू सबै गौण कुरा हुन्छन्। त्यसका लागि ऊ सबै कुरा लुटाउन तयार हुन्छ। सुपरमार्केटहरूले भ्यालेन्टाइन सप्ताहको प्याकेज सार्वजनिक गरेका हुन्छन्। रोज डे, प्रपोज डे, चकलेट डे, टेड्डी डे, प्रमिस डे, हग डे, किस डे र भ्यालेन्टाइन डे यसको क्यालेन्डरमा पर्न थालेका छन्। तर, बजारको प्रतिस्पर्धामा पुगेपछि प्रेमको मूल्य र मान्यता ध्वस्त हुन्छ। बजारको स्वाभावै यस्तो हुन्छ जहाँ प्रतिस्पर्धा गर्न नसक्नेहरू पतन हुन्छन्। बजार अर्थतन्त्रको युगमा पैसा छ, सब थोक यहीँ छ। अमेरिका, युरोप र कहाँसम्म भने स्वर्गसमेत यहीँ छ। पैसा छैन, केही छैन, बाँच्ने अधिकारसमेत छैन। बजारको स्वभावअनुसार उत्रन नसक्ने मनका धनी, तनका गरिब प्रेमी वा प्रेमिका विस्थापित हुन्छन्। तिनका ठाउँ नयाँले लिन्छन्। यस्तो स्थितिमा प्रेम र बेइमानीबीचको दुरी खासै हुँदैन।
बजारको प्रत्यक्ष निशानामा पर्ने अर्को कुरा हो नारी अस्मिता। जुन कुरा आकर्षक छ, त्यही बिक्छ। बजारले बिक्ने जति सबैलाई बेचिदिन्छ। नारी सौन्दर्य र कमनीयता बजारका लागि सबैभन्दा आकर्षक वस्तु हुन्। बजारले तिनैलाई बेचिदिन्छ। नभए पुरुषको दारी खौरने ब्लेडमा सुडोल फाल्सा भएकी तरुनीको तस्बिर किन राख्नुपर्थ्यो? कोकाकोलाको सिसीसँग आकर्षक युवतीलाई किन दाँजिन्थ्यो? अलि वर्षअघि रुसी टेनिस सुन्दरी मारिया सारापोभाको ‘सेक्स डल' भ्यालेन्टाइन दिवसकै उपहारस्वरूप सार्वजनिक गरिएको प्रसंग स्मरणीय छ।
बंगाली मूलका भारतीय निर्देशक ऋतुपर्णो घोषको एउटा प्रसिद्ध फिल्म हो ‘रेनकोट'। ओ हेनरीको कथा ‘मेजाईको उपहार' बाट प्रेरित यस फिल्ममा पैसा र फाइदाका लागि पिता भइखाएको व्यक्ति प्रेममा परेकी छोरीको बिहे सहरका धनी व्यक्तिसित गरिदिन्छ। तर, पति टाट पल्टिसकेको हुन्छ। पत्नी दिनभरि बन्दीसरि कोठामै थुनिएर बस्छे। एक दिन यी दुई प्रेमी–प्रेमिकाको भेट हुन्छ। दुवै जना आ–आफ्ना नक्कली प्रगतिको फेहरिस्त सुनाउँछन्। दुवैलाई एकअर्काको आर्थिक पतनको भेउ मिल्छ। तर, आफ्नो हालत जति खराब भए पनि दुवै जना एकले अर्कालाई पत्तो नदिई आर्थिक सहयोग गर्छन्। सत्यजीत रेको फिल्म ‘मेडियटर'मा बेरोजगारीबाट आजित एक शिक्षित युवक धनीहरूका लागि ‘केटी' जुटाइदिने दलालको काम गर्छ। विकल्पको अभावमा एक दिन ऊ आफूलाई अत्यन्त सम्मान गर्ने एक मित्रकी बहिनीलाई समेत झुक्याएर तिनीहरूकहाँ पठाउँछ। बजारले नाफाको लोभ देखाउँछ। नाफाको लोभले मान्छे प्रेम र ममताजस्ता संवेदनालाई समेत बेच्न तयार हुन्छ। तर, सच्चा प्रेम गर्ने जोडीले प्रेमलाई बजारमा प्रदर्शनको विषय बनाउँदैन। प्रतिदानको अपेक्षा नगरेर उनीहरू प्रेमलाई अक्षुण राख्न सफल हुन्छन्।