‘सार्थक वार्ता'को प्रतीक्षा गर्दै एमाओवादी नेतृत्वको मोर्चा वार्ताको टेबुल र सडकको मझधारमा उभिएको छ। सडकमा गइहाल्ने इच्छाशक्ति पनि देखाउन सकेको छैन। चुप लागेर बस्ने हो भने वार्तामा नबोलाएरै संविधान सभाको प्रक्रिया अगाडि बढाई कांग्रेस–एमालेले आफूहरूको भूमिका शून्य पारिदिन्छन् कि भन्ने मनोविज्ञान बोकेर मोर्चा उभिएको छ। संविधान सभाको बैठकमा अशोभनीय कृत्य गरिसकेपछि जनताको सहानुभूति पनि गुमाइसकेको एमाओवादीले अब कार्यकर्ता पंक्तिभन्दा तल पुगेर माघ ८ मा संविधान बन्न नसक्नुको कारण भन्न र त्यसमा आफूलाई चोखो साबित गर्ने कुनै ठाउँ नै छैन। अझ, संविधान सभाको विघटनको माग गरेको र संविधान सभाको निर्वाचन नै बहिष्कार गरेको माओवादीसँग सहकार्यको तहमा पुगिसकेपछि त समयमै संविधान निर्माणको सम्बन्धमा व्यक्त उसको प्रतिबद्धताको बेलुनको हावा खुस्किसकेको छ।एमाओवादीको यो अवस्था देखाएर उनीहरूलाई ‘बाहेक' गरी वा प्रक्रियाबाटै संविधान बनाउने इच्छाशक्ति कांग्रेस–एमालेले देखाउन सक्छन् त? देखाए भने के त्यो जायज हुन्छ त? यी र यस्ता सवालको जवाफ यतिबेला निकै महत्वपूर्ण भएको छ। कानुनी र प्रक्रियाका आधारमा दिइने जवाफ एउटा होला, तर राजनीतिक सुझबुझका साथ दिइने जवाफको खोजी यतिबेला गरिनुपर्छ। एमाओवादीको जिद्दीले संविधान नबन्ने अवस्थाको अन्त्य हुनुपर्छ, त्यसमा दुईमत छैन। तर उसलाई पनि त्यो प्रक्रियामा सहभागी गराई संविधान बनाउने प्रयत्न भने जारी राख्नुपर्ने हुन्छ। उसले खोजेको ‘सार्थक वार्ता'को परिभाषा बुझ्न गाह्रै होला, तर वार्तामा बस्ने वातावरण बनाउने दायित्व सत्ता गठबन्धनकै हो। सुशील कोइरालाले प्रधान मन्त्रीको हैसियतले जारी गरेको लिखित अपीलको भाषा मिलेन भन्नेहरूलाई भाषाको ड्राफ्टसम्म गर्नै दिए पनि केही बिगँ्रदैन। संविधानका अन्तर्वस्तुमाथिको विवाद अब करिबकरिब मिलिसकेको छ भन्ने कुरा जनतामा गैसकेको छ। वार्तामा बसेर फेरि नयाँ मुद्दा झिकेर विवाद बढाउने काम गर्ने हो भने एमाओवादीको अवस्था झनै गिर्ने छ । त्यसकारण सबै कुरामा उदारताका साथ प्रस्तुत भै वार्तामा एमाओवादीलाई ल्याउने काम सत्तापक्षबाट गर्नु आवश्यक छ। संकटका बेला सत्तापक्षलाई कमजोर पार्नका लागि विपक्षीहरू उग्र र गैरजिम्मेवार भएर प्रस्तुत हुन्छन्। यो अस्थिर राजनीतिको एउटा विशेषता नै हो। तर उनीहरूको प्रस्तुतीलाई कमजोर पार्नका लागि सत्तापक्ष उदारताका साथ उनीहरूकै एजेन्डालाई भुत्ते पार्ने गरी प्रस्तुत हुनु आवश्यक हुन्छ। सत्तापक्ष हठी देखिने हो भने सत्ताको विपक्षमा नियमितरूपमा देखिने जनमतलाई विपक्षीले प्रयोग गर्नसक्छन्। यो कुरामा पनि सत्तापक्षले ध्यान दिनुपर्छ।
सुशील कोइरालाले ‘गेट क्रस' गरेर प्रचण्डलाई भेट्दा पनि संवादमा रुचि नदेखाएको, लिखित अपील गर्दा पनि अरुचि नै देखाएको अवस्थाको मूल्यांकन जनताले गरिरहेका छन्। तर यी दुई तरिकाप्रति अरुचि देखाएको एमाओवादीलाई अव वार्तामा ल्याउन प्रयास नै बन्द गर्ने हो भने सत्तापक्ष पनि गैरजिम्मेवार भएको निष्कर्ष निस्कनसक्छ। बाह्र बुँदे सहमति, विस्तृत शान्ति सम्झौता र अन्य सहमति तथा सम्झौताका हिस्सेदारको समान भागिदारीमा संविधान निर्माण होस् भन्ने एमाओवादीको ‘व्यक्त' चाहनाप्रति विमति राख्नु हुन्न। ती सहभागीहरू एउटै ठाउँमा बस्ने वातावरण सत्तापक्षका कारण बिग्रन हुँदैहुँदैन। बिग्रिहाले पनि पनि त्यसलाई सत्तापक्षले नै सम्हाल्ने हो। संविधान सभामा प्रक्रियाको प्रवेश भएपछि सत्तापक्षले वार्तामा भन्दा प्रक्रियामा जोड दियो भन्ने प्रचार गर्न एमाओवादी उत्साहका साथ लागेको छ। प्रक्रियाले संवादको वातावरण बिगार्दैन भन्ने तर्क सत्तापक्षले पेश गरेका पनि छन्, तर केही काम यस्ता पनि हुन्छन् जसलाई ‘देखिने' गरी गर्नुपर्छ। प्रक्रियाको प्रवेशलाई खारेज नगरी स्थगनसम्म गर्दै संवादका लागि सत्तापक्ष थप अग्रसर हुने हो भने एमाओवादीको प्रचार पनि स्वतः व्यर्थको बन्नेछ।
एमाओवादीको दृश्यचाहना साझेदारहरूका बीचको सहमति भए पनि अदृश्य चाहना सत्ताका भागबण्डा हो भन्ने कुरा बाहिर आइसकेको छ। उसका दृश्य चाहनामा विमति नराखी त्यसलाई सम्बोधन गर्ने हो भने कि त उसका अदृश्य चाहना पनि प्रकट भएर ऊ नांगिन्छ, कि त संविधान निर्माणको प्रक्रियाले एउटा निकास पाउँछ। त्यसकारण कत्ति पनि नतर्सिएर सत्तापक्षले उदारताका साथ संविधान निर्माणका लागि सहमतिको वातावरण बनाउन लाग्नु उत्तम हुन्छ। एमालेका अध्यक्षको तिखा टिप्पणीले एमाओवादी उत्तेजित भैरहेको अवस्थामा उनीहरूलाई संवादको टेवलमा ल्याउने प्रमुख दायित्व कांग्रेसकै हो। त्यसमा पनि मूल जिम्मा प्रधान मन्त्री सुशील कोइरालाको हो। उनले हरेक मानअपमानको बेवास्ता गर्दै, परम्परागत र यथास्थितिवादी चिन्तनका कारणले बनेका पदीय मर्यादालाई समेत बेवास्ता गर्दै एमाओवादीलाई संवादको टेवलमा ल्याउन भूमिका खेल्न सक्नुपर्छ। यसो गर्दा कि त वातावरण बन्छ, कि त एमाओवादी अझै नांगिन्छ।
एमाओवादीले अग्रमनको पक्षधर आफू भएको र कांग्रेस–एमाले यथास्थितिवादी शक्ति भएको दाबी गर्दै आएको छ। उसको अग्रमामी मुद्दा भनेको के हो भन्दा देखाउने भनेकै बाह्र बुँदे सहमति र विस्तृत शान्ति सम्झौता तथा त्यसपछिका सहमति, सम्झौता नै हुन्। ती सबै सहमति र सम्झौताका हिस्सेदार शक्ति कांग्रेस–एमाले पनि हुन्। उनीहरूले त्यो हिस्सेदारी दाबी गर्न र त्यसलाई मुलुकको नयाँ संविधानमा प्रवेश गराउन अवसर पनि पाएका छन्। चर्का नारा र गोलमटोल भाषामा टिकेको एमाओवादीको रणनीतिक ‘रिजर्भेसन'लाई निष्प्रभावी बनाइदिने उत्तम अवसर पनि यही नै हुनसक्छ। ती सहमति, सम्झौताको सुनिश्चितताका आधारमा संविधान बनाउने कुरामा सिद्धान्ततः सहमत देखिइसकेका कांग्रेस र एमालेले यही कुरालाई एमाओवादीलाई वार्तामा बोलाउने अस्त्रको रूपमा प्रयोग गर्न कञ्जुस्याई गर्नुहुन्न। बाह्र बुँदे सहमति, विस्तृत शान्ति सम्झौता र त्यसयता विभिन्न पक्षसँग भएका सहमतिलाई कार्यान्वयन गर्नु, त्यसका लागि वातावरण बनाउनु र आवश्यक कुरालाई संविधानमै समावेश गर्नु भनेको एमाओवादीको एजेन्डा माथि पर्नु हो भन्ने गलत बुझाइबाट मुक्त भएर कांग्रेस–एमाले नेतृत्व प्रस्तुत हुनुपर्छ। यति गर्न सक्ने हो भने एमाओवादीको अर्को रणनीतिक अस्त्र पनि निष्प्रभावी हुने छ भन्ने तथ्य कांग्रेस–एमालेले नबुझ्नु अचम्मको कुरा हो। ती सवालको जस लिनेमात्र हैन, तिनलाई संविधानमा समावेश गराउने जिम्मा कांग्रेस–एमालेले नै लिनुपर्छ।
विसं २०६९ जेठ २ गतेको एउटा सहमति आफैले नमानेका कारण एमाओवादीको हैसियत संविधान सभाको अर्को निर्वाचनमार्फत् तेस्रो शक्तिमा पुगेको छ। यसपटकको माघ ५ गतेको सहमति पनि एमाओवादीकै कारण उल्लंघन भएको भन्ने जगजाहेर नै छ। माघ ८ मा विजय गच्छेदारको सूत्र प्रयोग गर्न नदिने तत्व एमाओवादी नै हो भन्ने पनि सबैले बुझेका छन्। अब न त वार्ताको टेबुलमा बस्नसक्ने न त आफैले घोषणा गरेको आन्दोलनको कार्यक्रम अगाडि बढाएर जनताका माझ जानसक्ने अवस्थामा ऊ पुगेको छ। यो बेला उसलाई पूर्ण बेवास्ता गर्दै अगाडि बढेमा फेरि त्यो कांग्रेस–एमालेका लागि क्षतिको कारण बन्नसक्छ। त्यसले एमाओवादीप्रति एउटा प्रकारको सहानुभूति जाग्सक्छ। युद्धको नेतृत्व गरेका कारण राज्यसत्तामा स्थायी प्रभुत्व खोज्ने उसको अधिनायकवादी चरित्रलाई वास्ता गर्नुपर्ने त कुनै कारण छैन, तर संविधान निर्माणको सवालमा उसलाई सँगसँगै ल्याउनसक्ने क्षमता भने लोकतान्त्रिक शक्तिले देखाउन सक्नुपर्छ। विसं २००७ को क्रान्तिको सफल नेतृत्व गरेको कांग्रेसले २०१५ सालमा दुईतिहाई मत ल्याएको थियो, तर १८ महिनामै अपदस्थ गरियो। त्यसपछि कांग्रेसले ५ वटा आमचुनाव लडिसकेको छ, एमाओवादीले २ वटा आमचुनाव (संविधान सभा) मा भाग लिएको छ। यो अवस्थामा एमाओवादीले युद्धकालीन शक्तिको हैसियत खोज्नु र कांग्रेसले ०१५ सालको हैसियत खोज्नु उस्तैउस्तै हो। यो धङधङीबाट मुक्त भएर संविधान सभाको शक्ति सन्तुलनलाई बुझ्दै संविधान निर्माणको प्रक्रियामा जोडिनु नै एमाओवादीका लागि हितकर कुरा हो। बेलैमा एमाओवादीले विवेक पुर्यािओस्। आफूलाई दृश्य/अदृश्य रूपमा प्रस्तुत नगरोस्।