नेपाली सत्ता राजनीतिमा 'जार्गन' शब्द र बखान खुब फलिफाप हुँदै आएको छ, जसलाई सामान्य मानिसले सजिलै सुनेर अप्ठ्यारो गरी बुझ्छन्। बुझेर सामान्य जीवनमा सीधा महŒव र अर्थ पनि छैन। यसको बहुल फाइदा, बुझ्दै नबुझेपछि हुने मौन समर्थन हो। खासगरी सामाजिक विज्ञानमा छुट्टै अर्थ र व्याख्याका लागि प्रयोग हुने शब्द नै जार्गन हो। सामान्यकृत भइनसकेको शब्द—अर्थ र परिभाषालाई जार्गन भनेर बुझ्दा यसको राजनीतिक प्रयोग क्रियाशील राजनीतिक प्रणाली र शक्तिको विकल्प/विरोधमा भएको देखिन्छ।
नेपाल तत्कालीन विशाल हिन्दुस्तानको छिमेकी देश र त्यसका राजा थिए पृथ्वीनारायण शाह। उनको 'असली हिन्दुस्तान'को जार्गनको निर्माण स्रोत हिन्दुस्तान नै थियो। यही जार्गन अभियान अहिलेको नेपाल एकीकरण भएको छ भने पृथ्वीनायण शाह बडामहाराधिराज। एकीकृत 'असली हिन्दुस्तान' चार जात छत्तीस वर्णको साझा फूलबारी नेपाल। त्यही साझा फूलकारी अहिले जातीय विभेद र पहिचान नकार्ने बयरघारीजस्तै भएको छ।
जनजातीय पहिचान खोसाहा भनेर पृथ्वीनारायणमाथि गरिएको गालीलाई नेकपा एमाओवादीले आफ्नो गल्ती कबुल गरिसकेको छ। त्यो एमाओवादीको विचारमा विशिष्ट इतिहासको विशिष्ट भूल थियो। विसं २०५० को दशकको माओवादीले पृथ्वीनारायणमाथि लगाएको एकात्मक जातिवादीको आरोपलाई २०७० को दशकको एमाओवादीले राष्ट्रनायकको अलंकारले पखालिदिएको छ। दोस्रो संविधान सभा निर्वाचनले एमाओवादीलाई जनजाति, मधेसी र राप्रपा नेपाललगायतस"ग हिँड्न सिकाएको छ। अद्यापि, त्यो हिँडाइ दलित पहिचानको 'डिस्कोर्स'स"ग हुन बा"की छ।
राजा महेन्द्रको 'पञ्चायती प्रजातन्त्र'को जार्गनले जनतामाथिको निरंकुशता सही भन्यो। बीपीको 'राष्ट्रिय मेलमिलाप'ले राजास"ग राजनीतिक साझेदारी र नेपाली कांग्रेसको कोइराला ब्रान्डलाई आवश्यक ठान्यो। पञ्चायती र कांगे्रसी जार्गनले क्रमशः 'पञ्चायती प्रजातन्त्र' र 'राष्ट्रिय मेलमिलाप'ले शाह एवं कोइरालावंशीय सत्ता राजनीतिलाई केन्द्रमा उभ्याइदियो। अर्थात्, नयाँ र अत्याज्यजस्तो लाग्ने ती जार्गनका निर्माताहरू नेपाली राजनीतिमा प्रमुख बनिरहे। सत्ता राजनीतिमा यसले राजनीतिक नेतृत्वलाई लत्रने/उत्रनेको स्थितिमा पुर्यानइरह्यो।
माओवादीको 'जनयुद्ध' सुरुताकाका रोल्पा/रुकुमका गरिब मतवाली मगरलाई २०६० सालको मध्यदशकको विस्तृत शान्ति सम्झौतापछिको एमाओवादीले पहिचानविहीन जनजाति देख्यो। केन्द्रीय सत्ता र राजनीतिस"ग बेखबर मतवाली मगरको नाममा जार्गनमयी मगरात स्वायत्त राज्यको सपना देखायो। सत्ताबाट ओर्लिएका प्रचण्डले दिन दुई गुना रात चौगुना भनेजस्तो मगरात स्वायत्त राज्यलाई एकल पहिचानसहितको मगरात जातीय राज्यको जार्गनमा उभ्याइदिए। गरिब मतवाली मगरको पहिचानविहीन जनजातीकरणले प्रचण्डलाई गणतन्त्र नेपालको प्रथम जार्गन राष्ट्रपति बनाइदियो। जातमाथिको प्रचण्ड रणनीति सारथीको रूपमा पछि लागिरह्यो। यो गति र दायरा लिम्बुवान, थरूहट, मगरात, तमुवान, ताम्सालिङलगायतको समीकरण हु"दै पहिचानवादी र पहिचाचानविरोधी जार्गनको सहारामा घसि्रँदैछ।
तत्कालीन माओवादी 'जनयुद्ध'ले सामान्य शिक्षक छबिलाल दाहाललाई पुष्पकमल दाहाल 'प्रचण्ड' मात्र बनाएन, यसले गणतन्त्र नेपालको पहिलो कार्यकारी प्रधान मन्त्रीको भोक्तासमेत बनाइदियो। एक वर्षभन्दा कम समयय सत्तास्वादबाट सडक ओर्लिएका प्रचण्डलाई 'राष्ट्रवादी शक्ति'को जार्गनले प्रतिपक्षमा रहनेमध्येका प्रमुख नेता र सम्भावित सत्ताको दाबेदार बन्न सघाइरह्यो। दोस्रो संविधान सभा निर्वाचनका प्राविधिक विजयी प्रचण्डलाई 'जातीय पहिचान'को जार्गनले जीवन्त बनायो। जातीय पहिचानको जार्गनलाई अग्रगमन, पश्चगमन, संघीय गणतन्त्र, एकल पहिचान, पहिचानवादी, पहिचानविरोधी आदिले डोर्यानएको छ। यसले पहिचान भनेको जनजाति र जनजाति भनेको पहिचान भन्ने 'भाइरल'लाई स्थापित गराइदिएको छ। अथवा बाहुनलाई पहिचान चाहिएको छैन भन्ने बनाएको छ। पहिचान नचाहिएको बाहुनलाई जनजातीय पहिचानजत्तिको गह्रु"गो जार्गन अरु छैन भन्नेछ। बाहुन र जनजाति जार्गन जातीय संरचनाका अंगजस्ता नभएर वादी/प्रतिवादी पहिचानजस्तो भएको छ।
प्रचण्ड प्रयासमा संविधान जारी गर्ने माघ ८ गतेको मिति टरिसकेपछि दुई फरक, तर भयंकर प्रचण्ड सत्ता—सारथी जार्गनको निर्माण भएको छ। पहिलो, समानान्तर सरकार चलाउने घुर्कीपूर्ण जार्गन, जसमा जनयुद्धकालीन जनसकारको अभावलाई टार्ने र सत्तापक्षलाई लतार्ने अपेक्षा छ। प्रधान मन्त्री, संविधान सभा अध्यक्षको सक्रियतामा प्रचण्ड सम्मिलित बैठक यसको उदाहरण हो। दोस्रो, पहिचानवादी युवाशक्तिको घोषणा, जसले पहिलो संविधान सभाबाट कमजोर बन्दै गएको प्रचण्ड—प्रभावलाई स्थापित गर्ने राजनीतिक महŒवाकांक्षा बोकेको छ। जनमतबाट गुमेको राजनीतिक स्थान पहिचानवादी युवाको आडमा स्थापित गर्न खोजेको देखिन्छ। जो उत्तरआधुनिकतावादी समाजशास्त्री मिसेल फुकोले भनेजस्तै समाज खासगरी राजनीतिमा हुने हरेक प्रयास, अभ्यास वा परिकल्पना शक्ति, सत्ता र स्थान निर्माणका लागि हुन्छन् भन्ने कुरा पुष्टि गर्ने आधार बनेको छ।
काठमाडौँमा प्रचण्डले दुईवटा जार्गन शब्द/व्याख्यालाई सामान्यीकरण गर्न खोज्दैगर्दा, यसको विषयथलो वर्ण वर्गीकरणका हिसाबले जनजाति भनिने जार्गनले चिनिएका, चिम्सा आ"खाबीच थेप्चा नाक बोकेका जंगबहादुर राणाको मुलुकी ऐनले मतवाली भनेका भूमिपुत्र युवा छन्। सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्मका तस्बिरले टाउकोमा लालपट्टि बा"धेका, हातमा लौरो लिएका मतवाली (?) युवा सेलिब्रिटीजत्तिकै भए। लालपट्टिधारी युवाका हरेक पंक्तिमा मतवाली आमाबाबुका जनजाति सन्तान थिए। तिनलाई ओल्टाइपल्टाइ गर्ने शक्तिलाई नियाल्दै सत्तालाई कुरेर बसेका पहिचानविरोधी पार्टीमा हुर्केबढेकाहरू छन्। तिनले पहिचानवादी युवामाथि प्रचण्ड वाणीको लाहाछाप लगाइदिए। माओवादीको माझमा मात्र देवता बनाइएका प्रचण्ड पहिचानवादी मतवाली युवामाझसमेत स्थापित भए। यसले मानवशास्त्री डेभिड गेल्नरको तरल पहिचानको अनुकूल प्रयोग हुन्छ भन्ने आशयको व्याख्याको ऐतिहासिक वस्तुगतपन देख्ने, भोग्ने ठाउ" दिएको छ।
मतवाली पहिचानवादी युवाको समर्पणमाथि थपक्क बसेर प्रचण्डले समानान्तर सरकार चलाउने घुर्की लगाएका छन्। प्रचण्ड घुर्की देववाणीसरह रहस्यमयी तथा अमिट बनाइएको छ। यसलाई रहस्यमयी र अमिट बनाउनलाई पह"ुचवाला पहिचानवादीले महŒवपूर्ण भूमिका खेलेको देखिन्छ। पहु"चवालाहरूमा थप पहु"चवाला बन्ने, यसको विविध वर्ग उत्थान गर्ने अभीष्ट छ भनेजसरी।
राजनीतिलाई बर्चस्वशाली र प्रभावशाली बनाउन आदर्शमात्र पर्याप्त नहुनु स्वाभाविक हो। समाजशास्त्री इमाइल दुर्खिमलेे धर्म, संस्कृति आदिको अस्तित्वमा अर्थतन्त्र क्रियाशील हुन्छ भनेजस्तै राजनीति पनि खास आदर्शस"गै सन्देह, संवाद, द्वन्द्व, बल प्रयोग, छल, छलफललगायतको अस्तित्वमा हुने हो। यसलाई सन्दर्भ मानेर हेर्दा/विश्लेषण गर्दा पहिचानवादी युवा मोर्चाको घोषणा गर्दै प्रचण्डले पहिचानविरोधी मान्छेको हातखुट्टा भा"च्न भनेछन्! प्रचण्डको सत्ता ऐलानमा पहिचानवादी ठूलाले ल्याप्चे लगाएछन्। लालपट्टिले आ"खा छोपिएका, लाल बादशाह बन्ने लिगलिग दौडमा निस्किएका सत्ताआ"खी प्रचण्डलाई साक्षी राखेर लौरा टेकेर पहिचानविरोधीको सफाया गर्ने कसम खाएछन्, पहिचानवादी युवा सारथीले। मतवाली आमाबाबुका जनजाति छोराहरूले। लैंगिक दृष्टिमा छोरी कम थिए वा छोरी प्रचण्ड कामका रहेनन्।
भ्ूमिपुत्र पश्चिमका गुरुङ/मगर, मध्यपश्चिमका थारू/राजवंशी, मध्यभागका थामी/जिरेल, पूर्वका राई/लिम्बु जहिले शासनका लागि जन्मिएका जार्गनले बा"धिए। जंगबहादुर राणाले मतवालीको जार्गनमा मासिने र नमासिने जातका रूपमा बा"धिदिए। काठमाडौँ उपत्यकावरपर का"ठका तामाङ मतवालीस"ग उपत्यकाबाहिरका अन्य मतवालीले स्थापित गर्नसक्ने सामाजिक, आर्थिक तथा राजनीतिक सम्बन्धमा तगारो लगाइदिए। त्यही मासिने र नमासिने मतवाली जार्गन प्रचण्ड सत्तापथमा ताम्सालिङ/तमुवान/मगरात त कहिले कर्मठ इमानदार कार्यकर्ता त कहिले पहिचानवादी युवाको रूपमा देखिएका छन्।
ताम्सालिङको संयोजकमा अग्नि सापकोटालाई अघि सार्ने प्रचण्डले जनमुक्ति सेनाको कमान्डरमा भने नन्दकिशोर पुन (पासाङ/मगर) र वाइसीएल नेपालको अध्यक्षमा गणेशमान पुुन (मगर) उपयुक्त ठहर्याूए। टोपबहादुर रायमाझीजस्तो माओवादी नेताको निर्माण गर्नसक्ने प्रचण्डले पुन, मगरजस्ता युद्ध सरदारबाहेक अरु भेटाउन सकेनन्। जनमुक्ति सेनाको कार्यकारी प्रमुखमा भने पोष्टबहादुर बोगटी (क्षेत्री) जत्तिको योग्य अरु ठहरिएनन्। सन् २०१२ मा विविध कारणलाई अघि सार्दै सेना समायोजन गरी ३ हजार जनामध्ये १,४५० जनमुक्ति सेनालाई नेपाली राष्ट्रिय सेनामा मिसाउँदा पनि सैन्य अधिकृत हुन कूल गौतम (ब्राह्मण) जत्तिको योग्य अरु हुन सकेनन्। ११६ जना अधिकृत तहमा प्रवेश गरेका मध्ये त्यो तहमा पुग्नसक्ने ताम्सालिङ, मगरातका मतवाली/जनजाति पहिचान खोसिएका युवा उनले भेटेनन्।
भाषिक अप्ठ्यारोले मूलधारको शिक्षा प्रणालीमा अटाउन नसकेका तत्कालीन मतवालीका वर्तमान जनजाति सन्ततिलाई माया गर्ने कोही छन् भने ती हुन् प्रचण्ड। उनलाई जनजातिको अति माया लाग्छ! बाबुरामबाट बाहुन बाबुरामको बकपत्र लेखाउ"छन्। आफू बाहुन भएर मतवालीबाट जनजाति बनाइएका जार्गन भूमिपुत्रमाथि भएको थिचोमिचोप्रति पश्चात्ताप गर्छन्। विशिष्ट इतिहासको विशिष्ट खण्डमा हुने अकाट्य विशिष्ट सामाजिक तथा अर्थराजनतिक घट्नाको मार्क्सवादी व्याख्यालाई बिर्सिएर त्यही इतिहासको समाज, अर्थतन्त्र र राजनीति खोज्न सिकाइरहेका छन्। अमूर्त भन्दा/बुझ्दा पछि फर्कन अह्राउ"छन्। र, यसलाई अग्रगामी छलाङ ठान्दै हिसाबकिताब गर्न अर्थ्याइरहेछन्। तत्कालीन राजनीति, सत्ता र शासनलाई दुरुपयोग गर्ने चाकडी प्रथालाई संस्थागत गर्ने पहु"चवाला बाहुनको दोष र गल्ती आमबाहुनस"ग असुल्न उक्साइरहेका छन्। किनकि शासन र सत्ताको मूलधारमा पहु"चवाला बाहुन जो छन्।
जातीय पहिचानसहितको संघीयताको अर्जुनअस्त्र प्रयोगकर्ता प्रचण्डलाई थाहा छ, पहिचान परिवर्तनशील छ। तर यसको मानिसस"गको सम्बन्ध अकाट्य, अत्याज्य छ। पृथ्वीनारायणले जातीय संरचनाको आडमा शासन गरेको समाज, भोगेको अर्थतन्त्र, चलेको राजनीति र अभ्यास गरेको संस्कृति आज त्यस्तै/उस्तै छैन, रहन सकेन। शाह वंशीय सत्तालाई निरन्तर गर्न/गराउन राजा वीरेन्द्रसम्म आइपुग्दा उद्योगपति, व्यापारी, चिकित्सक, इञ्जिनियर, वकिललगायत वर्गीकरणमा कृषि र व्यापारिक अर्थतन्त्रभित्रको पश्चिमा आधुनिक तथा पूर्वीय शास्त्रीय संस्कृतिको रूपमा बदलिएको कुरालाई स्वीकार्नु पर्योर। अर्थात् जातीय संरचनाले धानेको सामाजिक अर्थराजनीतिलाई सीप र योग्यताले थेगेको छ। यो कुराको सग्लो बुझाइलाई प्रचण्ड तोडमोड गर्छन् र भन्छन्– जातीय विभेदको जड् बाहुनवादी राज्यसत्ता हो। दलीय आदर्शमा रहेको विशिष्ट ऐतिहासिक अर्थराजनीतिक प्रवृत्ति र स्वार्थ होइन भनेजसरी।