यही फागुन १४ गते नेपालका राष्ट्रपति माइपोखरी हुँदै इलामको सदरमुकाम आउने कार्यक्रम अहिले निकै चर्चामा छ। झन्डै तीन लाख जनसंख्या रहेको यस जिल्लामा पहिलो पटक हुन लागेको राष्ट्रप्रमुखको भ्रमणबाट धेरैले खुसी मान्नुपर्ने हो, तर खुसी हुन सकेको देखिँदैन।नेपाललाई सन् २०१७ भित्र खुला दिसामुक्त घोषणा गर्ने सरकारी नीति छ। यसनिम्ति विदेशी अनुदान र स्वदेशी पैसाले घर घरमा शौचालय बनाइँदैछ। केही जिल्ला ‘खुला दिसामुक्त’ घोषणा भइसकेका छन्। तर, त्यस्ता कतिपय जिल्लाकै घरमा शौचालय नभएको तथ्य बाहिर आइसकेको छ। इलामका सबै अर्थात् ६३ हजार ६ सय ४९ घरमा शौचालय बनेको तथ्यांक भए पनि २० प्रतिशत जति प्रयोगमै छैनन्।
स्वास्थ्य र सरसफाइ दृष्टिले महत्वपूर्ण अभियान भए पनि यो पूर्ण सफल भइसकेको छैन। तुलनात्मक रूपमा चर्पीमा दिसा गर्ने चलन धेरै अघिदेखि चलेको यस जिल्लामा समेत कतिपय ठाउँमा बनेका शौचालयमा पानी नभएको र त्यहाँ दिसा गर्ने बानी नभएको देखिन्छ। दिसा धोएपछि साबुन पानीले हात सफा गर्ने चलनको अभाव पनि यस अभियानको अर्को चुनौती हो। यस्तो अवस्थामा विदेशी अनुदान पचाउन घर घरमा शौचालय बनेको तथ्यांक देखाएर राष्ट्रप्रमुखबाट ‘खुला दिसामुक्त जिल्ला’ घोषणा गराउनुलाई धेरैले लज्जास्पद मानेा छन्।
तीन करोड रुपैयाँ जति खर्चिँदासमेत इलाममा सफल हुन बाँकी नै रहेको अभियानलाई ‘सफल भएको’ घोषणा गर्न थप २८ लाख अपव्यय गरिँदैछ। राष्ट्रपति सहभागी हुने तीन घन्टाको घोषणा सभाका लागि ठूलो तामझाम गरिएको छ। हेलिकप्टरमा आउने राष्ट्रपति हेलिकप्टरबाटै फर्किने कार्यक्रम रहे पनि मेची राजमार्ग र इलाम बजारमा २२ ठाउँमा स्वागतद्वार बनाइँदैछ। टुँडिखेलमा मञ्च तयार हुँदैछ। कर्मचारीहरू कैयन् दिनदेखि भ्याइनभ्याईको अवस्थामा छन्।
सुरुमा गाविस र नगरपालिकालाई ‘खुला दिसामुक्त’ घोषणा गर्न आयोजित सभामा पनि उत्तिकै फजुल खर्च गरिएको थियो। विकास बजेट काटेर ‘पूरा गरिएको’ अभियानमा त्यहीँका मानिसमाझ ‘फलानो ठाउँ आजदेखि खुला दिसामुक्त भयो है’ भन्न एकै दिन लाख लाख रुपैयाँ खर्चिइएको थियो। ‘अभियानमा खटेको’ भन्दै खसी काटेर भोज खाँदै शौचालय बनेकामा रमाउने उच्च सरकारी अधिकारीसमेत हुन्थे।
एक्काइसौं शताब्दीमा बल्ल बल्ल शौचालय बन्नु, त्यसको खुसीयालीमा भोजभतेर गर्नु र हुँदाहुँदा ‘जिल्लाले गर्व गर्नुपर्ने विषय’ भन्दै राष्ट्रप्रमुखलाई सामेल गराउनु लाजैलाग्ने अवस्था हो। हरेक घरमा शौचालय बन्नु खुसीको कुरा हो। मितव्ययी शैलीमा लाजै हुनेगरी ढोल नपिटी स्थानीय अगुवाबाटै घोषणा गरिनुसम्म पनि अनुचित होइन। तर यस्तो घोषणामा राष्ट्रपतिलाई मुछ्नु भने पटक्कै सुहाउने कार्य होइन। भोलि नेपालका राष्ट्रपतिले इलामलाई खुला दिसामुक्त जिल्ला घोषणा गरेको' समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आउँदा मुख लुकाउने अवस्था नपरोस् भन्नेमा यहाँका धेरै मानिसको चासो रहेको पाइन्छ।
इलामलाई २२ औं ‘खुला दिसामुक्त’ जिल्लाका रूपमा घोषणा गर्न लागिएको हो। जिल्ला विकास समितिसहितका सरोकारवालाले सातादिन अघिदेखि तयारी तीव्र पारिरहेको अवस्थामा यसलाई ‘नौटंकी’ मान्ने पनि धेरै नै छन्। आयोजकले राष्ट्रपतिको भ्रमणले ‘इलामको इज्जत बढ्ने’ प्रचार गरिरहे पनि पौरख र इलममा विश्वास गर्ने इलामेली यसमा सहमत छैनन्। व्यक्ति स्वस्थ रहन शौचालयको महत्व हुने भए पनि अभियानको प्रभावकारितामा चौतर्फी प्रश्न उठिरहेका बेला राष्ट्रपतिको मुखबाट ‘खुला दिसामुक्त’ घोषणा गराउनुु जरुरी नहुने नेपाली कांग्रेसका स्थानीय नेता तोयनाथ भट्टराईको धारणा छ। ‘शौचालय, स्वास्थ्य र सरसफाइको महत्व हरेक व्यक्तिका लागि उत्तिकै महत्वपूर्ण हुन्छ’ भट्टराई भन्छन् ‘तर, पूरा भइनसकेको देशव्यापी अभियान भएकाले स्वास्थ्य मन्त्रीसम्मले काम चलाउँदा हुने हो, राष्ट्रपति ल्याइरहनु पर्दैन।’
चिया मजदुरका धुरादेखि सुकुम्बासी बस्तीसम्म शौचालय नभएको अवस्थामा अभियान सफल भएको घोषणा गर्न राष्ट्रपति ल्याउने कार्य एमालेका पुराना नेता अगम बान्तवालाई पनि मन परेको छैन। इलामको इज्जत धेरैमाथि भएको स्थितिमा राष्ट्रपतिलाई शौचालयको कार्यक्रममा सीमित गर्नु सान्दर्भिक नहुने उनको धारणा छ। जिल्लाको पहिचान, प्रगति र महत्व प्रतिविम्बित हुने दरिलो कार्यक्रम गरेर राष्ट्रप्रमुखलाई सहभागी गराउनसक्दा मात्र इलामको इज्जत देशैभर फैलने बान्तवा बताउँछन्।
सरकारी सहयोगबिनै इलामले गरेका प्रगति अनेकौं छन्। अदुवा, अलैंची, आलुजस्ता नगदेबाली आफ्नै पौरखले रोपेर आफैँ बजार खोज्दै बिस्तार गर्नमा स्थानीयको ठूलो योगदान छ। यस्तो अवस्थामा शौचालय बन्नुमात्रै ‘इलामले गर्व गर्ने विषय’ ठान्नु नहुने बताउँदै बुद्धिजीवी युद्धप्रसाद वैद्य राष्ट्रपति यादवलाई जिल्लाको समुन्नतिबारे स्पष्ट पार्ने ‘इलामको इलम’ चिनाउन सक्नुपर्छ भन्छन्। भरखरै शौचालय बनाएको विषयलाई यसरी प्रचारप्रसार गर्दा शिक्षा र चेतनामा गरेको प्रगति ओझेल पर्ने वैद्यको विचार छ।
शौचालयको कार्यक्रममा राष्ट्रप्रमुखलाई ल्याउने योजना महिनौंअघिको होइन। जिल्लास्थित दलका नेतावीच ‘शक्ति देखाउने’ अघोषित होड चुलिँदै जाँदा राष्ट्रपतिलाई रोजिएको हो। सुरुमा मन्त्रीद्वय प्रकाशमान सिंह र नारायण खड्का ल्याउने योजना थियो। एमालेले ‘जिल्लाका सभासद बिर्सन नहुने’ भन्दै सुवास नेम्वाङ र झलनाथ खनालको नाममा खोचे थापेपछि कांग्रेससमेतको चाहनामा राष्ट्रप्रमुखलाई ल्याउन लागिएको हो।
राजनीतिको गाँठो नफुकिरहेको र संविधान निर्माण प्रक्रिया रोकिएको अवस्थामा सभामुख सुवास नेम्वाङ गृहजिल्लामा राष्ट्रपति ल्याएर आफ्नो पहुँच देखाउन खोज्दैछन्। यसमा इलामबाटै संविधान सभामा प्रतिनिधित्व गर्ने खनाल र काँग्रेस पूर्वमहामन्त्री कुलबहादुर गुरुङसमेतले सघाएका छन्। इलामका ‘हेभीवेट’ मानिने नेम्वाङ, खनाल र गुरुङले राष्ट्रप्रमुखलाई जिल्ला ल्याउने यो उचित अवसर भने होइन।
‘इलाममा गर्व गर्न लायक विषय धेरै छन्। हामीसित चिया र दूधजस्ता आफ्नै उत्पादनमा आधारित ठूला उद्योग मात्र ६० भन्दा बढी छन्। नगदेवालीमा इलामको स्थान सधैं उच्च छ। जलविद्युत्का थुप्रै आयोेजना बिना व्यवधान चल्दैछन्। ती सबै बिर्सेर चर्पी अभियानको सफलताको ढ्वाङ फुक्नमा यत्रो प्रतिष्ठा र स्रोत लागउनु ‘सबै थोक छोडी पुच्छरमा हात’ भनेजस्तै हो,' जिल्लाबासी लेखक केदार शर्मा भन्छन्।
वास्तवमा वैदेशिक रोजगारीबाट भित्रिने पैसाले इलाममा गर्व गर्न लायक प्रगति भएको छ। यहाँका पर्यटकीयस्थलको चर्चा देश विदेशसम्मै भएको छ। सबै गाविस र नगरका भित्री भागसम्मै बाटो पुगेको मात्रै होइन, मोटरै गुडेको देखिन्छ, विद्युत् विस्तार उत्तिकै छ। यस्तो लोभलाग्दो स्थिति हुँदाहुँदै पहिलोपल्ट सदरमुकाम आउन लागेका राष्ट्रपतिलाई शौचालयको अधुरो अभियानमा किनाराका साक्षी राख्न प्रमुख अतिथि बनाइनु विडम्बना हो।
विवादमा आउन नचाहने र साधारण जीवनशैली रुचाउने राष्ट्रपति यादव स्वयंले पनि पहिल्यैदेखि इलाम भ्रमण गर्ने चाहना राखेको बुझिन्छ। राष्ट्र प्रमुखको त्यो ‘इलाम हेर्ने’ पवित्र चाहनालाई राजनीतिका ‘हेभीवेट’त्रय नेम्वाङ, खनाल र गुरुङले शौचालयको समारोहमा सीमित बनाउनु भने सर्वथा अनुचित छ। यसले राष्ट्रप्रमुख आए पनि इलामेलीको शिर गर्वले ठाडो हुँदैन। बरु लज्जाले निहुरिन्छ।
विकास कहिल्यै नटुंगिएजस्तै अभियान पनि चलिरहने प्रक्रिया हो। पूर्ण भइनसकेको खुला दिसामुक्त अभियानलाई थप प्रभावकारी बनाउन जोड दिनु बढी बुद्धिमानी हुन्छ। इलामको महिमा र इज्जत अरू नै विषयमा हुँदाहुँदै पनि स्थानीय नेताकै सक्रियतामा राष्ट्रप्रमुखलाई हतारमा विवादास्पद कार्यक्रममा सहभागी गराउनु लाजमर्दो हो।