संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'लाई फेरि एकपल्ट ‘संवादद्वारा समाधान खोज्न' सम्झाउँदै संविधान निर्माणमा गम्भीर हुन आग्रह गरेका छन्।राष्ट्रसंघका महासचिव स्तरबाट यसरी चासो र चिन्ता व्यक्त गरिएको हालका दिनमा यो दोस्रो पटक हो। केही समय पहिले महासचिव वानले ‘सहमतीय प्रक्रियाद्वारा संविधान निर्माण हुने विश्वास व्यक्त गर्दै नेपाली राजनीतिक दलका शीर्ष नेतासँग भेट गरी स्थिति अध्ययन गर्नका लागि राष्ट्रसंघका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्रे फेल्टम्यानलाई सन्देशसहित नेपाल पठाएका थिए। यस पटक पनि फेल्टम्यानले महासचिवको उक्त सन्देश सुनाउँदै वार्तामा बसेर शान्तिप्रक्रिया टुंगोमा पुर्यााएर संविधान जारी गर्न आग्रह गरे।
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल' को संविधान निर्माणको सन्दर्भमा भने नेपाली कांग्रेस, नेकपा (एमाले) र एमाओवादीले संयुक्तरूपमै प्रतिबद्धता एवं संकल्पसहित पटकपटक जनता सामु प्रस्तुत भइसकेका छन्। यस्तो संकल्प एवं अभिव्यक्ति संविधान सभाको दास्रो निर्वाचनपछि पनि पटकपटक आइसकेको छ। यसैलाई राष्ट्रसंघ एवं छिमेकी मित्र राष्ट्रहरूले गम्भीरतापूर्वक लिएर संविधान निर्माण प्रक्रिया सहमतिको वातावरणमा प्रतिबद्धताअनुरूप दलहरूले समयभित्रै टुंग्याउने अपेक्षा गरेका छन्।
पछिल्ला दिनमा एक कदम अगाडि सरेर युरोपेली संघका सदस्य राष्ट्रका राजदूतहरू एवं कूटनीतिक नियोग प्रमुखहरूले भिन्दाभिन्दै र सामूहिकरूपमा समेत यस्तो चासो र चिन्ता व्यक्त गरिसकेका छन्। यसरी झन्डै लगातार व्यक्त गरिँदै आएको चासोमा अन्तर्निहित भावनालाई कसरी बुझ्ने? निश्चय पनि सत्तापक्ष र विपक्षी गठबन्धनभित्रको प्रमुख घटक एकीकृत नेकपा (माओवादी)को बुझाइको दृष्टिकोण धैरै फरक रहेको छ। जेजसरी बुझिए पनि ‘विस्तृत शान्ति सम्झौता' (कम्प्रेहेन्सिभ पिस एग्रिमेन्ट) को साक्षी राष्ट्रसंघले शान्ति सम्झौता टुंगोमा पुग्न लागेको बेलामा देखापरेको संवादहीनतासम्मको स्थितिप्रति चिन्ता व्यक्त गर्नु स्वाभाविक रहेको छ। यसो हुँदाहुँदै पनि संविधान निर्माणलाई ‘यसरी र उसरी' गर्नुपर्ने भनि धेरै आन्तरिक प्रक्रियाका प्रति लिइएको चासो भने निश्चय पनि स्वाभाविक देखिँदैन। यसको सही उत्तर शब्दमा दिनुभन्दा बृहत्तर राष्ट्रिय हितलाई शिरमा राखेर संविधान निर्माण प्रक्रिया सहज ढंगमा अगाडि बढाउनु नै उचित हुनेछ।
शान्ति सम्झौताका दुई प्रमुख हस्ताक्षरकर्ता सरकार र माओवादीबीच देखापर्न थालेको असहमति एवं असहज परिस्थितिबीच एमामाओवादीका शीर्ष नेता पुष्कमल दाहाल ‘प्रचण्ड' स्वयं ‘समानान्तर सरकार' गठनको धम्कीमा उत्रेपछि स्थिति अनुमान गरिएभन्दा गम्भीर देखिन थालेको छ। छायाँ सरकार होइन, ‘समानान्तर सरकार' .......! हामी सबैलाई थाहा छ गृहयुद्धको स्थितिमा मात्र समानान्तर सरकारको सम्भावना र औचित्य हुन्छ। र, गृहयुद्धको कल्पनासम्म गर्न नसकिने आजको संविधान निर्माणको घडीमा एमाओवादीका अर्का वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पनि नेपालगन्जको कार्यक्रममा ‘समानान्तर सरकार' कै शब्दावली उच्चारण गर्नुले सहज राजनीतिक वातावरणलाई असहजतातर्फ लैजाने चेष्टाको झल्को देखिएको छ।
यस राष्ट्रको बृहत् हितलाई सर्वोपरि राखेर सोच्नेहरूले ‘समानान्तर सरकार' को भाषा बुझेका हुन्छन् भन्ने यस पंक्तिकारको आशा छ। तर ६४ वर्ष लामो लोकतान्त्रिक संघर्षको बलिदानी यात्रामा सधै ‘ शिरमा कफन’ बाँधेर रहेको नेपाली कांग्रेस भने यस्ता शब्दावलीबाट अनभिज्ञ छैन। सात सालको जनक्रान्तिलगत्तै संयुक्त सरकारमा जनता पक्षको नेतृत्व गरेको नेपाली कांग्रेस र त्यसको नेतृत्व तत्कालीन गृहमन्त्री बीपी कोइरालाले गरेका थिए। राणा र राजा पक्षका षड्यन्त्रकारीको आक्रमणको ‘ग्य्रान्ड डिजाइनमा' अप्रत्यक्षरूपमा गृहमन्त्री बीपी राजीनामा गराउने षड्यन्त्र मिसिएको भने धेरैले पत्तै पाएनन्। बीपीको राजीनामाको खुसी मनाउन नपाउँदै सम्पूर्ण सैन्य संयन्त्र दरबार भित्रिएको त इतिहासका पानामा अझै ताजै भेटिन्छ। त्यस्तै त्रिपुरेश्वर अतिथि गृहमा बसेका गृहमन्त्री कोइरालासँगै गणेशमान सिंहमाथि भएको खुकुरी दलको आक्रमण र चिनियाकाजी गोलीकाण्डका पछाडि लागेको शक्ति एवं मकसद चाँडै नै स्पष्ट भएको थियो। त्यसैको बिट मार्ने काम अर्थात् दरबारलाई बलियो बनाउने कार्य केआई सिंह काण्डपछि भएको पनि नेपाली राजनीतिका जानकारहरूलाई विदितै छ। यहाँ दोहोर्यािइरहन पर्दैन। अर्थात्, त्यस काण्डका नाममा रहेसहेको राज्य शक्ति पूर्णरूपमा दरबार भित्रियो।
संविधान सभा निर्वाचन गराउने घोषणाबाट ठाडै पछाडि हटेर २०१५ सालमा राजाबाटै संविधानको जारी गरेर संसद्को निर्वाचन गराइयो। राजाले अपेक्षा गरेअनुरूप सर्वदलीय सरकार गठन हुनेगरी जनादेश भने आएन। त्यसको साटो प्रचण्ड बहुमत प्राप्त दुईतिहाइ स्थानमा विजयका साथ नेपाली कांग्रेसको एकमना सरकार बन्यो। प्रथम जननिर्वाचित सरकारले धेरै क्रान्तिकारी काम छोटो समयमा गर्योा र अन्तर्राष्ट्रिय जगतमा समेत प्रतिष्ठा हासिल गर्योै। त्यसपछि कांग्रेसको त्यस सरकारविरुद्ध एकपछि अर्को गर्दै षड्यन्त्र हुनथाले। कोसी गण्डक बेचिएका चर्का नाराले राजधानीका सडक भरिन र गल्ली थर्किन थाले। पश्चिम १ नम्बर धादिङ, नुवाकोट काण्डको उदाहरण दिँदै देश गृहयुद्धतिर जान लागेको र राष्ट्रियता खतरामा परेको भन्ने कथित ‘जनआवाज’लाई लोकतन्त्र विरोधी शक्तिले खुबै प्रचार गराए। त्यो सबै २०१७ सालका काण्ड गराउनका लागि भएको षड्यन्त्र थियो भन्ने पछि गएर सबैपक्षले बुझे। तर त्यतिखेरसम्म सम्पूर्ण नाटकको पटाक्षेप भइसकेको थियो। अनि देश तीस वर्ष लामो अँध्यारो युगमा धकेलिईसकेको थियो।
इतिहासका ती आरोहअवरोह पार गरिसकेको नेपाली कांग्रेसले नै वर्तमान संयुक्त सरकारको नेतृत्व गरिरहेको छ। यसैले आजको स्थितिमा एमाओवादीलगायतका विपक्षी दलले देखाउन थालेको उत्तेजक कार्यशैलीबाट नेपाली कांग्रेसमा संविधान निर्माणको मुख्य लक्ष्यबाट त्यति सहजै विचलन आउँदैन। संविधान निर्माणका लागि पटकपटक दोहोर्यामइएका प्रतिबद्धता एवं सहमतिप्रति एमाओवादीले आफ्नो इमानदारी प्रदर्शन गर्नासाथ सहमतिको वातावरण निर्माण सहज हुनेमा पक्कै दुईमत हुँदैन। तर त्यसका लागि एमाओवादीले शान्ति सम्झौतादेखि थपिएको आफ्नो जिम्मेदारीलाई हल्का ढंगले नलिई फेरि एकपल्ट गम्भीर भएर अत्मपरीक्षण गर्नुपर्छ। यसको तात्पर्य शान्ति सम्झौतामा सरकार पक्षबाट हस्ताक्षरकर्ता नेपाली कांग्रेसको नेतृत्व वहन गर्नुपर्ने आजको ऐतिहासिक दायित्व कम छ भन्ने चाहिँ होइन। कांग्रेस नेतृत्वले पनि दायित्व आफ्नै काँधमा आएको कुरालाई जिम्मेवारीपूर्वक बोध गर्नु उत्तिकै जरुरी छ।
यसैबीच एमाओवादी र मधेस केन्द्रित सात दलले लाठीधारी ‘युवा दस्ता' निर्माणको घोषणा गरेका छन् । लाक्षणिक रूपमा लाठीधारी दस्ता, तिनको प्रशिक्षण र चरणबद्ध विरोध कार्यक्रमको तेस्रो चरणमा समानान्तर सरकार गठन र अन्तर्राष्ट्रिय समुदायसँग त्यसको वैधानिकताका लागि आग्रह गर्ने भनिएको सार्वजनिक गरिएको छ। सामान्यतः यो असम्भव त छँदैछ आत्मघाती विनाशको बाटो नै हुन जाने देखिन्छ। कथम्, त्यस्तो भइहाल्यो भने मुलुक गृहयुद्धकै स्थितिमा पुग्नसक्छ। त्यसैले समानान्तर सरकारको धम्कीले एमाओवादीलाई भन्दा पनि अन्य शक्तिलाई नै फाईदा पुर्याकउनेछ भन्ने सहजै बुझ्न सकिन्छ।
आजको यस संवेदनशील घडीमा कम्तीमा जनआन्दोलनमा अग्रनेतृत्व पंक्तिमा रहेका परिवर्तनकारी शक्तिहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र एनेकपा (माओवादी) एवं मधेस केन्द्रितलगायत अन्य दल सबैले सोच्नुपर्ने घडी आएको छ। हामीबीचको सत्ता तानातानले गर्दा लोकतन्त्रसँगै जोडिएको नेपाल राष्ट्रको भविष्यसमेत गम्भीर खतराको बिन्दुमा पुगेकोमा सन्देहै छैन। र लोकतन्त्रका नाममा अनुत्तरदायी व्यवहारले पनि राष्ट्रियता खतरामा पार्छ भन्ने कसैले पनि बिर्सनुहुँदैन। हाम्रो छिमेकमा यसका पछिल्लो उदाहरण सैनिक तानाशाही व्यवस्थामा रहेकोे तत्कालीन पाकिस्तानबाट पूर्वी पाकिस्तान टुक्रिएर सन् १९७१ बंगालादेशको जन्मको घटना हो। बहुदलीय लोकतन्त्रमा पनि हाम्रै छिमेकको सानो मुलुक सिक्किमले आफ्नो स्वतन्त्र अस्तित्व जोगाउन सकेन। सिक्किम भारतीय गणतन्त्रको अंग बनेपछि सिलगुढीमा अन्तिम दिन काटिरहेका लेण्डुप दोर्जेले आँखामा आँसु सहित पत्रकारलाई हामीले संघर्ष गर्दा यस स्थितिका लागि लडेका थिएनौ भनेको विवरण छापिएका छापाका अक्षर अझै मेटिएका छैनन्।
सामान्यतः जनताको नेतृत्व गर्ने राजनीतिकर्मीले जानीजानी राष्ट्र, राष्ट्रियता र राष्ट्रिय पहिचानलाई आघात पुर्यािउने कल्पना गरेको हुँदैन। तर आफ्ना क्रियाकलापले राष्ट्रलाई कहाँसम्म पुर्यापयो र अब कहाँ पुर्यागउन सक्छ भन्ने दूरदृष्टि (भिजन) भने नेतृत्वदायी राजनीतिकर्मीमा हुनैपर्छ। सिंगो राष्ट्रको सबल र सशक्त नेतृत्व गर्ने सपना देख्ने कुनै पनि राजनीतिक नेताले यस विषयमा गम्भीर भएर पहिले नै सोच्नुपर्छ। यसैले अहिले ‘स्थायी संविधानविहीन मुलकको हैसियत' मा मुलुक अझ कति अगाडि जान सक्छ भन्ने विषयमा गम्भर भएर सोच्ने बेला आएको छ सात सातसम्म वर्ष संविधान निर्माण गर्न नसक्दा मुलुकको हालत के हुने हो भनेर सबैले गम्भीरतापूर्वक सोच्ने बेला भएन र?