न्यून कार्बन उत्सर्जन
१२ फागुन २०७१
•
१५ मिनेट पाठ
न्यून कार्बन उत्सर्जन
विश्व शान्ति, भाइचारा, देशीय प्राथमिकता तथा अन्तर्राष्ट्रिय रणनीतिको समन्वय नै दिगो विकासको आधारशिला हो। सात अर्ब नाघिसकेको विश्वको जनसंख्या सन् २०५० सम्ममा नौ अर्ब पुग्ने अनुमान गरिएको अवस्थामा सैन्य मुठभेड निर्मूलीकरण, इन्धनको मितव्ययी प्रयोग, पर्यावरण संरक्षण तथा खाद्य सुरक्षा प्रमुख चुनौती बनेको छ। तसर्थ, एकीकृतरूपमा प्रत्यक देशले आफ्नो गक्षअनुसार अधिकतम योगदान गरेमा मात्र भावी पुस्तालाई विश्व हस्तान्तरण गर्न सकिएला। दक्षिण एसियामा मात्र करिब ४५ प्रतिशत मान्छे बसोबास गर्ने हुनाले यहाँको दिगो विकास, गरिबी निवारण एवं खाद्य सुरक्षा प्रमुख चुनौती हो। ‘एन्थ्रोपोजेनिक' एवं मानवीय क्रियाकलापले हुने कार्बन उत्सर्जनको पर्यावरणीय असर पनि बढ्ने छ। तसर्थ, वातावरण परिवर्तनप्रति संवेदनशील हुन विश्वव्यापी दबाब सृजना भएको अवस्थामा नेपालले राष्ट्रिय हितलाई संरक्षण गर्दै अन्तराष्ट्रिय मञ्चमा सामूहिक नेतृत्व प्रदान गर्नु चुनौतीपूर्ण छ।गत वर्ष जी २० द्वारा जारी वक्तव्यमा ‘दिगो विकासका साथसाथै ऊर्जामा पहुँच तथा सुरक्षालाई सम्बोधन गर्न' र ‘ऊर्जा सक्षमताको लागि स्वेच्छिक सहयोग कार्य योजनामा सहमति' तथा ‘ऊर्जा सक्षमता तथा उत्सर्जन दक्ष सवारी साधन, ऊर्जा प्रवाहका माध्यम, भवन, औद्योगिक प्रक्रिया तथा विद्युत् उत्पादन र ऊर्जा सक्षमताका लागि लगानीमा सहकार्य गर्ने' उल्लेख थियो। आर्थिक विकासमा ऊर्जाको सहज पहुँच तथा सक्षम प्रयोजनमा सहकार्य अपरिहार्य भएकोले नेपालले ‘ट्रान्जिट नेसन' बनी मध्य एवं उत्तर अमेरिकादेखि युरोप, चीन, भारत, आसियान र ओसियानाबीचको अन्तराष्ट्रिय दोहोरो व्यापार एवं पारवहनमा हुने ऊर्जा खपत तथा कार्बन उत्सर्जनमा कमी ल्याउनसक्छ। प्रथम कार्बन उत्सर्जक चीन तथा तेस्रो उत्सर्जक भारत दुवै विकासोन्मुख, तर उच्च ऊर्जा खपत गर्ने उदीयमान अर्थतन्त्र भएकाले यिनको ऊर्जा आवश्यकता र सहज पहुँचमा ‘ट्रान्जिट' बनी नेपालले सहकार्य गर्नसक्छ।
यतिखेर जी २० मा नेपालको अस्थिर राजनीतिको असर नपर्ने स्पष्ट छ। राष्ट्रियता सम्बर्द्धन गर्दै नेतृत्वमा सत्तालिप्सा नरहेको संदेश दिई भद्दा कुटनीतिक गतिविधिलाई नियन्त्रण गर्न संविधान निर्माण तथा सरकारको नेतृत्वलाई पृथक बनाउनु जरुरी छ। शीर्ष नेतृत्व सरकारमा नबसी संविधान निर्माणमा केन्द्रित भएमा देशले निकास पाउन सहज हुनेछ। अत्यधिक राजनीतिक समझदारीका साथ निर्णयक्षमता तथा अन्तराष्ट्रिय सोचलाई आत्मसात गर्ने, विकासको दृष्टिकोणयुक्त नेतृत्वले स्थिरता प्रदान गर्दै संविधान निर्माण गर्नसक्छ। अन्यथा, हालैको दिल्लीको चुनाव परिणामले हौसिएका केही नयाँ शक्तिको अपरिहार्यतामा पनि जोड दिनथालेकाले कथंकदाचित गलत मार्ग लिएमा दलीय राजनीतिलाई नै घाटा पुग्नसक्छ।
खासगरी, विश्व अहिले पर्यावरणीय जोखिमलाई न्यून गर्न ग्लोबल वार्मिङ घटाउन कार्बन उत्सर्जन तथा फोसिल फ्युलको प्रयोगमा कमी ल्याउन चाहन्छ। पहिलो उत्सर्जक चीनलाई पूर्वीय तटीय ठूला सहरमा भएको प्रदुषण नियन्त्रण, घना जनघनत्व तथा आप्रवासी कामदार पुनर्स्थापना गर्दै विद्युत् आपूर्ति, खानेपानी, जनस्वास्थ्य तथा इन्धन एवं यातायात व्यवस्थापन सहज बनाइ कार्बन उत्सर्जन कम गर्न पश्चिमी प्रान्तमा ‘म्यानुफेक्चरिङ' उद्योगहरू स्थानान्तरण गर्नै पर्नेछ। चीनले कोइला खानी भएका यी पश्चिमी प्रान्तमा ‘ग्यासिफिकेसन' गरी ‘सिन' ग्यासबाट विद्युत् उत्पादन गर्न पाइलट प्लान्ट लागाउँदैछ। यो प्रविधि सफा भए तापनि कार्बन उत्सर्जन धेरै हुन्छ, तर हालको भन्दा कोइला पारवहनमा कमी आउनाले थप उत्सर्जनलाई सोधभर्ना गर्नसकिन्छ। तर कोइला ग्यासिफिकेसन गर्न अत्यधिक पानी आवश्यक हुने र पश्चिम चीनमा पानीको अभावका कारण नेपाल ‘ट्रान्जिट नेसन' बनेमा भविष्यमा यस प्रविधिको ग्यास तथा विद्युतीय ऊर्जा चीन तथा भारतले लैजान सक्नेछन्। यस प्रविधिलाई आवश्यक पानी बेच्दा हालको जस्तो ‘रन अफ द रिभर' नभई जलाशययुक्त जलविद्युत् विकासको लागत पूर्ति हुनाले सस्तो र वातावरणमैत्री विद्युत् उत्पादन बढ्नजान्छ।
उच्च बाँधले नेपाल तथा भारतमा बाढी नियन्त्रण भई लाखौँ हेक्टर जमिनलाई डुबान तथा कटानबाट बचाउँछ। र, बाह्रै महिना सिंचाई सुविधा उपलब्ध हुनाले सन् २०३० सम्म भारतलाई करिब २ करोड मेटि्रक टन अपुग हुने खाद्य व्यवस्थापन गरी बाँकी रहने खाद्यान्नले विश्व खाद्य संकटलाई कम गर्न मद्दत पुग्छ। यसले डब्लुटिओ प्रावधानमा भारतको खाद्य सुरक्षाको विमति हट्न गई विश्व व्यापार बढेर गरिबी नियन्त्रणमा पनि सहयोग पुग्छ। कृषि उत्पादकत्व बृद्धिले कार्बन विसर्जनमा सहयोग गरी बायोमासलाई ‘पाइरोलाइसिस' गरी विद्युत् उत्पादन गरेमा ग्रामीण विद्युतीकरणमा कोइलाको प्रयोग घट्छ।
पाइरोलाइसिसपछिको करिब ४० देखि ६० प्रतिशत बायोचारलाई जैविक मलमा समायोजन गरी मलखादको प्रयोग हटाउन सकिन्छ। यसले रासायनिक मल बनाउन प्रयोग हुने विद्युत् उत्पादनमा प्रयोग हुने कोइला एवं ग्यास तथा युरिया बनाउन प्रयोग हुने मिथेनको मात्रा घटाइ उत्सर्जन कम गर्छ। र, बायोचारको ८० प्रतिशत कार्बन स्रोत भएकोले बायोचार चाँडै कम्पोस्टिङ नहुने हुँदा कार्बन भण्डारण भई वातावरणबाट कार्बन हटाउन सकिन्छ। हालको कार्बन पोजिटिभ कृषि प्रणालीभन्दा कार्बन नेगेटिभ कृषि प्रणालीको विकास भई प्रांगारिक खेतीतर्फ अघि बढ्न सकिन्छ। यसरी इन्धनको मितव्ययी प्रयोगमा नेपालले सहयोग गर्नसक्छ।
साइन्सको रिपोर्टअनुसार सन् २००० देखि २००६ सम्ममा वातावरणमा कूल २३४ गिगाटन कार्बन सञ्चिति अवस्थामा थियो। नेचरको रिपोर्टमा गत वर्ष ४४ गिगाटन कार्बन उत्सर्जन हुने प्रक्षेपण गरिएको तथा औद्योगिकीकरणको भन्दा २ डिग्री सेल्सियस पृथ्वीको तापक्रम यस शताब्दीमा बढ्न नदिन तत्काल ७ प्रतिशतले कमी ल्याउने सल्लाह दिइएको छ। नेचरमा प्रकाशित रिपोर्टमा समग्रमा सन् २०५० सम्म १,००० गिगाटन उत्सर्जन भएमा यस लक्षको ७५ प्रतिशत सम्भावना रहने जनाइएको छ। र, यस वर्षको सुरुमा नेचरको अर्को एक रिपोर्टमा उक्त लक्ष प्राप्तिका लागि करिब ६७ प्रतिशत तेल, ५० प्रतिशत ग्यास र २० प्रतिशत कोइला सन् २०५० सम्ममा प्रयोग गर्न मिल्दछ। जसमध्ये करिब ९.५ प्रतिशत कोइला चीन एवं भारतमा, करिब ३० प्रतिशत ग्यास मध्यपूर्व एवं पूर्वसोभियत संघमा तथा करिब ३२ प्रतिशत तथा करिब १० प्रतिशत तेल क्रमशः मध्यपूर्व पूर्वसोभियत संघमा छ। अति उच्च ‘इम्पयाक्ट फ्याक्टर' भएका यी वैज्ञानिक सोधकार्यलाई नकार्न नसकिनाले चीन एवं भारत भविष्यमा मध्यपूर्व तथा पूर्वसोभियत संघसँग इन्धन आपूर्तिमा निर्भर हुनुपर्ने देखिन्छ।
चीनले तेल ल्याउन ‘काजकिस्तान चाइना तेल पाइपलाइन' बनाएको छ, जसमा पश्चिमी साइबेरियाबाट आउने तेल पनि मिसिई चीनको पश्चिमी प्रान्त सिन्जियाङमा भित्रिन्छ। त्यस्तै, सेन्ट्रल एसिया ग्यास पाइपलाइनबाट तुर्किमिनिस्तानबाट उज्बेकिस्तान र काजकिस्तान हुँदै सिन्जियाङ प्रान्तमा भित्रिन्छ। भविष्यमा मध्यपूर्वबाट यी पाइपलाइनहरूमा तेल तथा ग्यास ल्याउन मिल्छ र चीनले पश्चिमी प्रान्तमा भण्डारण व्यवस्था मिलाएको छ। यस क्षेत्रमा कम जनघनत्व र तुलनात्मकरूपमा निष्त्रि्कय–सुषुप्त भूकम्पीय गतिविधि भएकोले आणविक विद्युत् उत्पादनमा मानवीय संवेदनशीलता पनि न्यून छ। तसर्थ, चीनको पूर्वी तटीय क्षेत्रबाट म्यानुफेक्चरिङ उद्योगको यहाँ प्रतिस्थापन गर्दै नेपालबाट ‘ट्रान्जिट' गर्दा उत्पादन लागत कम भई कार्बन उत्सर्जन न्यून गर्न सकिन्छ।
उल्लिखित रणनीतिअनुसार ‘ट्रान्जिट नेसन' भएमा ढुवानीबाट हुने कार्बन उत्सर्जन करिब २५ प्रतिशतले न्यून गर्ने सम्भावना छ। सामरिक महत्वले ठूलो भूमिकामा भएकोले नेपालको राजनीतिमा अनावश्यक कूटनीतिक चासो बढ्दो छ। जी २०ले ‘ग्यास अति महत्वपूर्ण इन्धनको स्रोत भएकोले ग्यास बजारको सुधार गर्नेछौँ' भनेकाले नेपाल ‘ट्रान्जिट नेसन' बन्नसकेमा तथा चीन–भारत सुरक्षा गठबन्धन भएमा भविष्यमा भारतले चिनीया पाइपलाइन प्रयोग गर्ने प्रवल सम्भावना छ।
जी २०ले आफ्नो प्रतिबद्धतामा ‘वातावरण परिवर्तनलाई सम्बोधन गर्ने सशक्त तथा प्रभावी कार्यको समर्थन गर्दै संयुक्त राष्ट्रसंघीय वातावरण परिवर्तन कन्भेन्सन फ्रेमवर्क (युएनएफसीसी)कै आधारमा दिगो विकास, आर्थिक उन्नति र व्यापार तथा लगानीको विश्वस्ततालाई सहयोगी हुने कदम चालिने' र ‘अर्को कानुनी संयन्त्र या कन्फरेन्स अफ पार्टिज (कोप २१)का सम्पूर्ण सदस्यलाई युएनएफसीसी मातहत कानुनी आधार भएको एक सफल प्रोटोकोल लागु गरिने' जनाएकोले आगामी डिसेम्बरमा पेरिसमा हुने कोप २१ सम्मेलनमा ठोस सहमति हुने सम्भावना छ। इन्धन आपूर्ति तथा प्रयोग न्यूनीकरण गर्न आवश्यक भएकोले नेपाल पनि दुबई तथा सिंगापुर सँगसँगै ‘ट्रान्जिट हब' बन्नाले हवाई इन्धन खपतमा १० प्रतिशत कमी आउनसक्छ। राजनीतिक समझदारी तथा सबल परराष्ट्र नीति भएमा बैंकिङबाट शान्ति क्षेत्र बनेको स्विजरल्यान्डजस्तै विश्व व्यापारको ‘ट्रान्जिट प्वाइन्ट' बाट नेपाल शान्ति क्षेत्र बन्नेछ।
र, यसले विश्वलाई सैन्य मुठभेड तथा पर्यायवरणीय संकटबाट उन्मुक्ति दिनसमेत सहयोग पुग्नेछ।
वर्तमानको जस्तो कमजोर प्रतिपक्ष भएको अवस्थामा वैदेशिक शक्तिले चलखेल गर्नसक्छन्। यसकारण पनि सशक्त प्रतिपक्षसहितको सरकार गठन गर्न नेतृत्व वर्ग अग्रसर हुनुपर्छ। नयाँ समीकरण विकास गर्न कुनै एक सत्तापक्ष सरकारबाट बहिर्गमन गरी तथा विपक्षले पनि राजनीतिक सहिष्णुतालाई प्राथमिकता दिइ मार्गप्रशस्त गनुपर्छ। अन्यथा, अन्तराष्ट्रिय स्वार्थमा जकडिएका दलीय नेतृत्वलाई बचाउन जनताले साथ दिने छैनन्।
अर्को समाचार
नेपालले कार्बन उत्सर्जन न्यून, क्षति धेरै
३० कार्तिक २०८२
•
२ मिनेट पाठ
नेपालले कार्बन उत्सर्जन न्यून, क्षति धेरै
कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई न्यायोचित रूपमा तल्लो तहसम्म पुर्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

नेपालको रेडप्लसअन्तर्गत उत्सर्जन न्यूनीकरणसम्बन्धी धनगढीमा आयोजित दुईदिने कार्यशालामा वनजङ्गल जोगाएर उत्सर्जन न्यूनीकरणमा पहिलो भूमिका आदिवासी जनजाति एवं सीमान्तकृत समुदायले खेलेकाले प्राप्त हुने लाभांश पनि आदिवासी र सीमान्तकृतलाई न्यायोचित ढङ्गले बाँडफाँट गर्नुपर्ने बताए।

डेडिकेटेड ग्रान्ट मेकानिजम (डिजिएम) नेपाल, ग्रामीण पुनःस्थापना नेपालको आयोजनामा भएको कार्यशालमा वनविज्ञ रुपेश कालाखेतीले कार्बन उत्सर्जनका कारण वातावरणमा परेको नकारात्मक असरबारे प्रकाश पार्दै नेपालले कार्बन उत्सर्जनमा न्यून योगदान दिए पनि क्षति धेरै व्यहोर्नुपरेको बताए। उनले भने, 'नेपालले कार्बन उत्सर्जनका कारण क्षति धेरै व्यहोरिरहेकाले क्षतिपूर्तिबापतको रकम प्राप्त हुन लागेको छ, विश्व बैंकले दुई दिनअघि मात्र पहिलो किस्ताबापत नेपाललाई रु एक अर्ब ३२ करोड लाभांश रकम उपलब्ध गराइसकेको छ।'

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का अध्यक्ष लक्की चौधरीले वन जोगाउन बढी भूमिका खेल्दै आएका आदिवासी जनजाति र सीमान्तकृत वर्ग अझै पनि जल, जङ्गल, जमिनसँग अपेक्षकृत रूपमा जोडिन नसकिरहेको बताए।

उक्त रकमबाट वनको विकास गर्दै विनास एवं क्षयीकरणमा कमी ल्याउन दिगो वन व्यवस्थापनमार्फत उत्सर्जनमा कटौती गर्न विभिन्न कार्यक्रम गर्न लागिएको जनाइएको छ। रेडप्लस कार्यक्रममा लाभको बाँडफाँट भन्नाले वन क्षेत्रबाट कार्बन उत्सर्जन घटाउने कार्यमा प्राप्त भएको मौद्रिक र गैरमौद्रिक फाइदालाई त्यसका लागि योगदान गर्ने सम्बन्धित सरोकारवालाबीच न्यायपूर्ण रूपमा वितरण गर्ने प्रक्रियालाई जनाउँछ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धि (युएनएफसीसिसी)लगायत विभिन्न अन्तरराष्ट्रिय वातावरणसम्बन्धी सन्धि, सम्झौतामा हस्ताक्षर गरेको नेपाल सन् २००८ देखि रेडप्लससम्बन्धी प्रक्रियामा सहभागी भइरहेको छ। यसै सिलसिलामा सन् २०१० देखि विश्व बैंकको वन कार्बन साझेदारी कार्यक्रम (एफसीपिएफ)को सहयोगमा नेपालले औपचारिक रूपमा रेडप्लसको तयारीका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न सुरुआत गरेको हो।

कार्बनडाइअक्साइड उत्सर्जनले हुने जलवायु परिवर्तनले बेमौसमी वर्षा हुने, भइहालेमा डुबान तथा बाढीपहिरोको जोखिम हुने, भूक्षय हुने, सुक्खा पहिरो जाने, तापक्रम बढ्नेलगायतका समस्या नेपालजस्ता देशले भोग्नुपरेको छ। आगलागी, औद्योगिकीकरण फोहरमैला, कृषि पशुपालन, यातायातका साधन, वनविनास तथा भूउपयोगका गतिविधिले जलवायु परिवर्तनमा असर पुर्याइरहेको छ। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस