कुनै समय विद्युत् प्राधिकरणका सञ्चालक भेट्न त्यहाँका उच्च कर्मचारीले महिनौँ कुर्नुपर्थ्यो। निश्चित योग्यता र दक्षताका व्यक्तिमात्र सञ्चालक हुन्थे। तिनले नीतिनिर्माण र दीर्घकालीन योजना बनाउन सल्लाहसुझाव दिन्थे। सोहीअनुरूप काम गर्न–गराउन सरकारमा दबाब दिइन्थ्यो। तिनले कार्यकारी निर्देशक, उच्च कर्मचारीको काममा हस्तक्षेप गर्दैनथे न त काममा नै अनावश्यक दबाब दिन्थे। देशमा व्यवस्था परिवर्तन हुँदै आयो। र, प्राधिकरणको त्यो संरचना पनि फेरियो।योग्यता, दक्षता र अनुभवका आधारमा सञ्चालक छान्ने परिपाटी मेटिँदै गयो। झन्डै एक दशकयता प्राधिकरण त्यो छैन, जो हिजो थियो। आजका सञ्चालक दैनिक हाजिरे कर्मचारीझैँ प्राधिकरण छिर्छन्। कार्यकारी निर्देशकदेखि उपकार्यकारी निर्देशक, नवौँ र दसौँ तहका कर्मचारीका कोठाकोठा चहार्छन्। निरन्तर काममा खटिएका कर्मचारीलाई तिनले निर्देशन दिन्छन्। कानुनतः गरिएका काम उल्ट्याउन दबाब दिन्छन्। वरिष्ठ इञ्जिनियरको प्राविधिक क्षेत्राधिकार नाघेर यो मिलेन र त्यो मिलेन भन्छन्!
सामान्य सरकारी कर्मचारीले जति पनि पदको मर्यादा कायम राख्ननसक्ने व्यक्तिले योग्य कर्मचारीलाई अनावश्यक दबाब दिँदा कर्मचारीको कन्सिरी नतातोस् पनि किन! तर ती चुप रहन्छन् किनकि तलदेखि माथिसम्म देशमा अहिले यस्तैको रजाइँ छ। सञ्चालकको सनकको भरमा अन्यत्र सरुवा हुने डरले कर्मचारी केही बोल्न सक्दैनन्। कर्मचारी पनि पदको लोभमा सधैँ एकै ठाउँमा टाँसिरहन मन पराउँछन्। निश्चित समयसम्म तोकिएको बेतन खानेगरी भाडामा आएका ती सञ्चालक आफूलाई दिएको सुकुलमा बसेर खुरुक्क जानेको काम गरे हुन्थ्यो। तर तिनले प्राधिकरणमात्रै होइन, देश नै आफैले चलाएको डिङ हाँकिरहेका हुन्छन्। तिनको त्यो प्रवृत्ति देखाउन पर्दापछाडि ऊर्जामन्त्री राधा ज्ञवाली सधैँ उपस्थित हुन्छिन्।
सञ्चालक बिहान १० बज्नासाथ प्राधिकरण हाजिर हुन्छन्। अनि ती उच्च कर्मचारी वा कार्यकारी निर्देशकको कार्यकक्षमा अड्डा जमाएर बस्छन्। लाग्छ, कार्यकारी निर्देशकले गर्ने कामको जिम्मा तिनैले लिएका छन्। कार्यकारी निर्देशकको कुर्सीमा बस्ने व्यक्ति फगत् काठको हनुमान हो। उक्त कुर्सी सम्हालेका मुकेशराज काफ्लेले दैनिक काम र फाइलसमेत हेर्न भ्याउँदैनन्। कार्यालयमा काम गर्नुपर्ने समय उनले सञ्चालक नामका ठेकेदारलाई दिनुपर्छ। अड्डा जमाएर बसेका तिनका कुरा सुन्नुपर्छ वा आयोजनामा भइरहेका ठेक्कापट्टामा तिनको रूचिका कुरा सुनेर समय बियाँल्नुपर्छ।
कुन आयोजनामा स्वास्नी, छोराछोरी, बुहारी वा तिनका आसेपासेलाई जागिर ख्वाउनुपर्यो? कुन जलविद्युत् आयोजना वा प्रसारण लाइनको ठेक्का कसले लिँदैछ? त्यसमा आफ्ना मान्छे अनिवार्य हुनुपर्योज। त्यो नभए ठेक्का हत्याउने व्यक्ति वा निकायले प्रतिशतका हिसाबले तिनलाई कुत बुझाउनुपर्योा। यी यावत विषयमा तिनको हरेक दिन कार्यकारी निर्देशकसँग बहस हुन्छ। प्रतिष्पर्धामा कानुनी लडाइँ जितेर आएका कार्यकारी निर्देशकले संस्थागत सुधार, रुग्ण आयोजना निर्माण र त्यहाँ उत्पन्न समस्या समाधानमा ध्यानै दिन भ्याउँदैनन्। उनले सञ्चालकका ‘चिया गफ' लाई सधैँ उच्च प्राथमिकतामा राख्नुपर्छ या मन्त्रीको आदेश शिरोपर गर्नुपर्छ। काफ्लेले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको सय दिन कटिसक्यो। तर देखिन लायक काम हुनसकेका छैनन्। काम नहुनुको गुह्य कुरो यही हो।
प्राधिकरण सञ्चालक समितिको संरचना अहिले अर्को रमाइलो किस्सा बनेको छ। पूर्व ऊर्जा मन्त्री उमाकान्त झाले नियुक्त गरेका लक्ष्मण अग्रवाल र मनोज मिश्रा ज्ञवालीको अध्यक्षतामा झड्केला सञ्चालकका रूपमा आसिन छन्। तिनले आफूलाई ज्ञवालीले अन्यायपूर्ण तरिकाले हटाएको तर्क गरेका छन्। हरेक मन्त्री फेरिँदा आफूअनुकूल व्यक्ति सञ्चालक राख्नु सामान्य भएको छ। तर अग्रवाल र मिश्राले त्यो पद आफ्नो बिर्ता ठाने। सर्वोच्च अदालतबाट ‘स्टे अडर' ल्याएर पुनः पदमै टाँसिए। यो कानुन र प्रकृतिमै नभएको परिपाटी ती दुईले बसालेका छन्। यही कारणले प्राधिकरण सञ्चालक समिति तीन समूहमा बाँडिएको स्पष्ट देख्नसकिन्छ, अग्रवाल र मिश्रा, कार्यकारी निर्देशक र सन्तोषनारायण श्रेष्ठ, मन्त्रीमार्फत् आएका सुरज लामिछाने र उनी। यी तीन समूहको क्रियाले प्राधिकरण चटकेको मैदान बन्नपुगेको छ।
मैदानमा उभिएर कार्यकारी निर्देशकले कसरी काम गरेका छन् वा उनले अहिलेसम्म केके गर्न भ्याए? त्यो लाटालाई पनि थाहा छ। काम गर्न नदिने र असहयोग गर्ने मन्त्री, अड्डा जमाएर बस्ने सञ्चालकको भुंग्रोमा काफ्लेको कामको मूल्यांकन हुँदैछ! मन्त्रीको मूल्यांकनअनुसार नियुक्त भएको ६ महिनामा लक्षित प्रगति गर्ननसके त्यसैलाई आधार मानेर उनी हटाइन्छन्। मूल्यांकन गर्ने व्यक्ति वा निकायले काम गर्न दिनुपर्छ। काम गर्न उचित वातावरण सिर्जना गरी आवश्यक सहयोग गर्नुपर्छ। काम गर्ने वातावरण नै नबनाई काम गरेन भन्नु र त्यही आधारमा कुनै कर्मचारी हटाइनु ऐन नियमविरुद्धमात्र हुँदैन, प्राकृतिक सिद्धान्तविपरित पनि हुन्छ। तर मन्त्रीको मूल्यांकनमा काफ्ले ६ महिनामै गलहत्याइए भने त्यसलाई अन्यथा मान्नु पर्दैन।
प्राधिकरणमा देखिनलायक काम हुन त्यसको तालुकदार मन्त्रालयले सधैँ कार्यकारी निर्देशकलाई सहयोग गर्नुपर्छ। मन्त्री वा सचिवले सही काममा प्रोत्साहन गर्ने र गलत काममा निरुत्साहित गर्ने प्रणाली बस्नुपर्छ। यस्तो प्रणाली बस्न सक्दैन भने मन्त्री, सचिवको गलत कामको विरुद्ध उभिएर अडानका साथ काम गर्ने हैसियत राख्ने कार्यकारी निर्देशक हुनुपर्छ। काफ्ले मन्त्री र सचिवसँग सिँगौरी खेलेर काम गर्ने हैसियतका व्यक्ति परेनन्। यी दुवै कुरा कार्यकारी निर्देशकको हकमा नदेखिएकाले उनलाई असफल बनाएर हटाउने खेलमा मन्त्री र सचिवले च्याँखे थापेर बसेका छन्। यसो भन्दैमा कार्यकारी निर्देशकले तिनको पाउमा लुटपुटिएर काम गर्नुपर्छ भन्ने होइन। यो अवधिमा काफ्ले आफ्नो क्षमता देखाउन पनि असफल देखिए।
कानुनी लडाइँ जितेर आएका उनले योजनाबद्ध कार्यतालिका सार्वजनिक गर्नुपर्थ्यो। समस्याका गाँठा फुकाउन उच्च कर्मचारीको सहयोग लिनुपर्थ्यो। काम गर्न कहाँ समस्या छ र के कारणले रोकिएको छ भन्ने विषय सार्वजनिक गर्ने हैसियत बनाउनुपर्थ्यो। तर उनले यसो गरिहरेका छैनन्। राजनीति र कानुनको आडमा आफू सधैँ त्यही पदमा रहन्छु भन्ने उनले सोचेको हुनसक्छ, तर काम नभए त्यसो नहुन पनि त सक्छ। उनले पाएको दुई वर्ष दुई महिनाको कार्यकाल काम गरेर देखाउन पर्याप्त छ। फेरि उनी आफूलाई चार वर्ष नै पदमा बहाल गराइयोस् भन्दै कानुनको बैशाखी समात्न जानु उनकै लागि दुर्भाग्य हो।
बाहिरबाट हेर्दा प्राधिकरण सामान्य संस्था देखिन्छ। तर यसले दसौं हजार कर्मचारी पालेको छ। यतिमात्रै होइन राजनीतिमा सडक तताउनेदेखि तिनको अगुवाइ गर्नेको भरणपोषणको जिम्मा यसैले लिएको छ। बिजुली उत्पादन, प्रशारण गरी सर्वसाधारणका घरघर पुर्यालउने काम पनि यसैको हो। यति विशाल निकाय मन्त्री र सञ्चालकको सनकमा चल्छ भने त्यहाँ प्रगतिको अपेक्षा गर्नु बेकार छ। जहाँ कार्यकारी निर्देशक चटकेको पुतलीजस्तै जता नचायो त्यतै नाच्न बाध्य हुन्छन्, त्यस्तो संस्थाले माखो मार्न सक्दैन। कार्यकारी निर्देशकले पनि आफ्नो क्षमता र योग्यता एकातिर पन्छाएर सधैँ राजनीति र कानुनको सहारा लिने प्रवृत्तिले संस्थाको सुधार हुँदैन, न यसले जलविद्युत् आयोजना बनाएर लोडसेडिङ हटाउने हैसियत नै राख्छ!