राजनीतिक सितनसँग सत्तापान
१६ फागुन २०७१
•
१७ मिनेट पाठ
राजनीतिक सितनसँग सत्तापान
किताबी कुरो गर्ने हो भने राजनीति भनेको कुनै एक क्षेत्रभित्र बसोवास गर्ने सम्पूर्ण नागरिकलाई सम्मानपूर्वक बाँच्न र गरेर खान सक्ने वातावरण बनाउने एक व्यवस्था हो। तर नेपालमा किताबको कुरा चल्दैन। व्यावहारिक कुरा प्राज्ञिक विषयभन्दा फरक हुन्छ भन्ने जनविश्वास छ र धेरै जना पढे र लेखेको भन्दा फरक र सकभर फटाहा काम गर्छन्। गैरजिम्मेवार नेता भएको देशमा राजनीति जनताका लागि होइन निहित स्वार्थका लागि गरिने एउटा पेसा बन्छ। हाम्रो देश त्यसैको एक उदाहरण हो। अनि राजनीतिमा लागेका अधिकांश व्यक्ति राजनीतिक दुर्व्यसनीजस्ता छन्। राजनीतिका खेलाडी हरेक विषयमा कसरी आफूलाई फाइदा हुन्छ त्यही हेरेर बसेका छन्। संविधान सभाको चुनाव हुँदा कसरी फाइदा हुन्छ, नहुँदा कसरी फाइदा हुन्छ र देशमा बबण्डर मच्चायो भने कसरी फाइदा हुन्छ, उनको ध्याउन्न त्यत्ति नै छ।आफूलाई बेफाइदा हुन्छ भन्ने जान्दा जान्दैपनि सैद्धान्तिक अडान राख्न सक्ने व्यक्ति सही मानेमा राजनीतिज्ञ हुन्। विसं. २०३६ सालमा राजाको सरकारले गराएको निर्वाचनमा बहुदलले पराजय भोग्ने सम्भावना अधिक थियो र त्यस्तै पनि भयो तर विश्वेश्वरप्रसाद कोइरालाले पराजयलाई स्वीकार गरे। त्यो उनको राजनीतिक दूरदृष्टि थियो। देशमा अस्थिरता ल्याएर विदेशी शक्तिलाई नेपालमा खेल्ने मौका दिनुभन्दा राजाको नेतृत्वलाई मानेर नेपालमा स्थिरता कायम गर्ने उनको अडान वास्तवमा राजनीतिक निर्णय थियो। आफूले मानेको नियमअनुसार खेलेको खेलमा हारेपछि झेल भयो भनेर उनले नतिजा अस्वीकार गरेनन्, जनताको मतको कदर गरे। नेपालमा केही समयका लागि राजनीतिक स्थिरता पनि आयो र २०४६ सालको क्रान्तिका लागि विरोधी समूह अझ सशक्त पनि बने। अन्ततः सत्य डगेन, झुट टिकेन।
तिनै विश्वेश्वरप्रसाद कोइरालाका सागिर्द सुशील कोइराला अहिले प्रधानमन्त्री छन् र सबैभन्दा ठूलो राजनीतिक दलका नेता पनि। नेपाली कांग्रेससँग एक तिहाइभन्दा ठूलो जनमत भएका कारण उनको दलले सहमति गरेन भने दोस्रो संविधान सभाले कसैगरी संविधान बनाउन सत्तै्कन। त्यसैले अहिलेको अवस्थामा उनको भूमिका अत्यन्त महत्वपूर्ण छ। देश र जनताका लागि उनले जति ठूलो गुण लगाउन सक्छन् त्यति ठूलो गुण लगाउने मौका सायद बीपी र गिरिजाप्रसाद कोइरालाले पनि पाएनन्। तर उनले सायद बुझेनन् वा बुझ्ने कोसिस गरेका छैनन्, के गर्दा यो देश र जनताको दीर्घकालीन हित हुन्छ र के गर्दा हुँदैन भनेर?
बीपीले मात्र होइन २०६४ सालको निर्वाचनमा जानुभन्दा पहिले गिरिजाप्रसाद कोइरालाले पनि बुझेका थिए – नेपाली कांग्रेसले निर्वाचनमा राम्रो मत ल्याउँदैन भनेर। तर उनले बुझेका थिए द्वन्द्वको निकास भनेको चाहिँ निर्वाचनै हो। गिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्ति प्रक्रियामा आउनेबित्तिकै नेकपा (एमाले) बराबरको हैसियत दिएका कारण उसको राजनीतिक साख बढेको कुरा बुझेका थिए तर तिनलाई संवैधानिक प्रक्रियामा ल्याउन र हिंसा विमुख गर्न उनले हार पचाउने निर्णय गरे।
बीपी र गिराजाको नाम हरेक वाक्यमा एकपल्ट नटुटाउने शुसील कोइरालाको राजनीतिक हिम्मत र साहस देखिने अवस्था अहिले नै हो। उनले यस अवस्थाको सदुपयोग गर्दा केही समयका लागि द्वन्द्व चकर्ने जोखिम पनि नभएको होइन तर यो मौकाको सदुपयोग नगर्दा लोकतान्त्रिक पद्धति र जनताको अधिकार सधैँका लागि बिरानो बन्ने अवस्था आउने  डर देखिँदैछ।
नेता बन्न अवश्य पनि सजिलो हुँदैन। सिद्धान्त, आत्मविश्वास र निर्णय क्षमता नभईकन कोही पनि नेता बन्न सत्तै्कन। प्रधानमन्त्री कोइरालाकहाँ हरेक प्रकारका विचार ठोकिन्छन्। कसैले भनेका होलान्  – अहिले संविधान बनाएका खण्डमा मधेसमा आगो बल्छ, जनजाति रिसाउँछन् अनि देशमा सुशासन कायम राख्न सकिँदैन। यिनको भनाइ सम्पूर्ण असत्य पनि नहोला तर संविधान बनाउन नसकेको खण्डमा चाहिँ के हुन्छ नि? दुई तिहाइ बहुमत दिँदा पनि कांग्रेस र एमालेले संविधान बनाउन आनाकानी तथा ढिलाइ गरे भने जनताले दोष अरू राजनीतिक दललाई पक्कै दिँदैनन्। एमाओवादीले छेक्यो वा मधेसीदलले रोक्यो भनेर कसैले भन्दैनन् बरु यिनीहरू अक्षम रहेछन् भनेर भोलि हुने चुनावमा स्वस्तिक छापको बाटो फरक पार्छन्।
अहिलेसम्म नेपाली कांग्रेसको सभापतिका रूपमा भन्दा देशको प्रधानमन्त्रीका रूपमा सुशील कोइराला अलि लचिलो बन्ने र एमालेका अध्यक्ष केपी ओली अलि कडा बन्ने जुन खेल चलेको थियो त्यसले एमाओवादी र ३० दल वार्तामा ल्याउन अलि सहज हुने देखिएको थियो। तर कांग्रेसको केन्द्रीय समितिको बैठकबाट सहमतिमा मात्र संविधान बनाउने जुन निर्णय लिइएको छ त्यसले कोइरालाको भूमिका शंकाको घेरामा परेको छ। जनताले उनलाई मत दिएको संविधान सर्वसम्मत बनाउनाका लागि नै हो त? पहिलो संविधान सभाले सर्वसम्मत संविधान बनाउन नसकेपछि दोस्रो संविधान सभामा आफ्नो मतादेश दिँदा जनताले पुनः सर्वसम्मतिका पक्षमै मत दिए होलान् भन्ने ठान्ने बुज्रुगहरूको कमी नहोला। तर स्थायित्व, अधिकार र लोकतन्त्रको संस्थापनका लागि मत माग्ने दलहरूलाई बहुमत दिइएकाले जनमत त्यसैका लागि हो। यस्तो अवस्था नबुझ्नु वा नबुझेको अभिनय गर्नु आफ्नो स्वार्थ पूरा गर्ने खेलमा मात्र लाग्नु हो।
त्यसैले माथि भनिएको हो राजनीतिकर्मीहरूले प्रतिकूल समयमा समेत राजनीतिलाई सितन बनाएर सत्तापानको आनन्द लिने गर्छन्। राजनीतिको घुँएत्रोले हिर्काएर तालुमा आलु फलेको भए पनि उपल्लो स्तरमा पुगेको राजनीतिक नेतृत्वले जनताप्रतिको जिम्मेवारी बिर्सन मिल्दैन। नेपाली कांग्रेसजस्तो जनमतको पक्षधर दलले राजनीतिक तुष्टि प्राप्त गर्नैका लागि गैरजिम्मेवार निर्णय लिन मिल्दैन। संसारमा कतै नभएको संविधान निर्माण सर्वसम्मत तवरले बनाउनुपर्छ भनेर निर्णय लिनु दोस्रो संविधान सभालाई पनि असफल तुल्याउने उपक्रम सुरु गर्नु नै हो।
तर तत्कालका लागि नेपाली कांग्रेस र सुशील कोइरालालाई यही ‘लाइन'ले फाइदा हुन्छ। किनभने उनको शासन काल लम्मिन्छ। नेपाली कांग्रेसको महाअधिवेशन भदौमा हुँदैछ। त्यसका लागि कोइरालालाई शासनमा बस्दा निकै फाइदा हुन्छ। अर्थात् ती सोझा, सिद्धान्तवादी र सफा चरित्रका व्यक्तिको मनमा पनि राजनीतिक लोभले आसन जमाइसक्यो। उनले राजनीतिक हिसाबकिताब गरिसके। आउँदो महाधिवेशनमा सजिलै विजय हासिल गर्ने हो भने प्रधानमन्त्रीमा टिकी रहनुमै फाइदा छ। उनले साँच्चै नै केही महिनाको लागि मात्र लालच गरेका भए पनि उनका आफ्नै दलभित्रका विरोधीले उनको उद्देश्य पूरा हुन दिने छैनन्। मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छेदारले सरकारमा सही प्रतिनिधित्व भयोभने सहमतिमा पुग्न सकिन्छ भन्नुको अर्थ सुशील कोइरालाले नेतृत्व छाड्नुपर्दछ भन्ने अर्थ लगाइँदै छ। आफ्नै दलभित्रको विरोधी समूहले त कोइरालालाई बाटो खुला गर्न सार्वजनिक कार्यक्रमबाटै आह्वान समेत गरिसके।
कोइरालाको व्यक्तिगत फाइदा बे फाइदा जेहोस् तर उनले अहिले लिएको मार्गले देशको अवस्था के हुन्छ भन्नेमा चाहिँ ध्यान पुर्याहउन सकेको देखिँदैन। उनले बुझ्नुपर्ने साधारण कुरो के हो भने अहिले जुन द्वन्द्वको जोखिम देखेर उनले संविधान निर्माणका लागि प्रक्रियामा जानु खतरापूर्ण देखे त्यो अवस्था सर्वसत्तावादीले कहिल्यै अन्त्य हुन दिँदैनन्। लोकतन्त्र र जनताको अधिकार खोस्न तम्तयार समूहका लागि संविधान नबन्नुमै फाइदा हुन्छ। त्यसैले अहिले सत्तामा भएका र संविधान सभामा दुई तिहाइ जनादेश भएका दलले संविधान जारी गरेर सम्पूर्ण जनताको समर्थनका साथ आउने संकटसँग जुझ्न तयार बस्नै पर्छ। लोकतन्त्रलाई संस्थागत गर्ने हो भने एउटा टक्कर हुने संभावना छ, त्यसलाई अस्वीकार गरेर अघि बढ्न सकिँदैन।
आफ्नो स्वार्थका लागि राजनीतिको सितनसँग सत्तापानमै सुशिल कोइराला सरकार लिप्त भयोभने देशका लागि दुर्भाग्य हुन्छ। किनभने संविधान बनेर देशमा स्थिरता नल्याउने हो भने जनताको आर्थिक अवस्था सुधार्न र देशलाई विकासको लिकमा लगाउन सम्भव हुँदैन। जनताले राजनीतिलाई छेउ लाएर अर्थोपार्जनको काममा कम्मर कस्न नपाउँदासम्म देशको अवस्थामा सुधार आउँदैन। राजनीतिक दलहरू जनहितका कुरा गरिरहन्छन् तर हाम्रा युवा भने १५ वर्ष पुग्नेबित्तिकै समुद्रपारी कुन देशमा गएर कसको नोकर बन्ने भन्ने ध्याउन्नमै रहिरहनेछन्। देशमा शान्ति र स्थायित्व भएपछि र जनताले गरेर खान पाएपछि मात्र यस अवस्थामा सुधार हुन्छ, तिनको सम्पत्तिको र राजनीतिक अधिकारको रक्षा हुन्छ। अर्थात्, जब संविधान बन्छ।
एमाओवादी र ३० दलीय मोर्चाको मनस्थिति फागुन १६ मा पनि देखियो। जसले देशको मनस्थिति बुझेको थियो तिनले पहिल्यै भनेका थिए एमाओवादी र यसको मोर्चाको स्थितिमा फागुन १६ को जनसभाले खासै फरक पार्दैन। जति लाख जनता सडकमा उतार्छु भने पनि र जति दाबी गरिएपनि आयोजकहरू ५० हजार मानिस पुग्यो कि पुगेन भन्ने अनुमान लगाउनै व्यस्त भएका छन्। मानौ पुग्यो रे ५० हजारको भिड। त के अब यिनै मानिसको दबाबमा संविधान बनाउने हो? तीस दलीय घटकका अध्यक्ष र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'ले शान्तिपूर्ण आन्दोलनको गर्व गरेर अझै पनि हिंसात्मक आन्दोलनमा आफू जान नचाहेको प्रष्ट पारेका छन्।
यो आन्दोलनले अब सरकारवादी र विरोधी दल दुवैलाई एकदमै असजिलो अवस्थामा पुर्‍याएको छ। संविधानमा मिल्न बाँकी धेरै विषय छैनन् तर अब कसले सम्झौता गर्ने, कसले आफ्नो अडान छाड्ने भन्ने विषयले झन् अप्ठेरो पारेको छ। प्रचण्डले शान्तिपूर्ण आन्दोलनको समर्थन गर्दागर्दै पनि तिनका मुद्दा नसुनेको अवस्थामा कांग्रेस र एमाले भष्म हुने धम्की दिएका छन्। उनले अबको सभा विद्रोहको सभा हुने हाँक दिएका छन्। अब जिल्ला जिल्लामा खबरदारी सभा र कब्जा गर्ने घोषणासमेत गरेका छन्।
एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले त चुनौती नै दिएका छन् – यो आमसभा एक ‘टे्रलर' मात्र हो। कसैले यो आवाजको उपेक्षा गर्छ भने ऊ यो संसारमै रहनेछैन। अर्थात्, माओवादी फेरि हिंसात्मक आन्दोलनको धम्की दिँदैछ।
घुँडा टेक्ने नै हो भने सरकार प्रमुख एमाओवादीलाई र संविधान सभाको अध्यक्ष फोरम वा कसैलाई जिम्मा लगाएर कांग्रेस र एमाले फेरि जेलको चिसो भूईंमा आश्रय लिन तयार भएर बसे भयो। होइन भने जनमतलाई बिर्सेर अघि बढ्नु देश र अहिलेको सत्ताधारी दलको हितमा छैन। विसं २०५२ को हिंसात्मक आन्दोलनको पुनरागमन हुने सोच कसैले राख्छ भने त्यसको उत्तर नेपाली कांग्रेस र एमालेसँग के होला? अब उत्तर सोच्ने बेला आएको छ। यो उत्तर सुशील कोइरालाले नै मनन गर्ने हो, अरुले गरेर हुँदैन। यस्तो घुम्तीमा पुगेको बेला आफ्नो वैयक्तिक लाभमा ध्यान नजाओस्।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस