नयाँ संविधान जारी गर्न ६ महिना पनि बाँकी छैन। तर यति बेला राजनीतिक दलहरूबीच अन्तर्द्वन्द्व बढ्दा नेपाली समाजलाई निराश बनाएको छ। दलका नेताहरूबीच तानातान, पार्टीहरूबीच कलह तथा गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारले मुलुकको भविष्य अन्योलपूर्ण राजनीतिक दुर्घटना अवश्यंभावी बनाएको छ। अन्तरिम संविधान र शान्ति सम्झौताको मूल मर्मविपरीत अघि बढेका राजनीतिक दलका व्यवहार हेर्दा तिनमा दायित्वबोध नभएको देखिन्छ। बिग्रँदो राजनीतिक घटनाक्रम र गैरजिम्मेवार गतिविधिको मूल पात्र एकीकृत नेकपा (माओवादी) देखिएको छ।
२०६२/०६३ को ऐतिहासिक जनआन्दोलनपछिको सहमतिको राजनीतिले समाजलाई आश्वस्त तुल्याएको थियो। जनताले भोग्दै आएका शोषण, उत्पीडन, विभेद र अत्याचार अन्त्य गरी समतामूलक, समृद्ध लोकतान्त्रिक समाज निर्माण गर्ने चाहना सार्थक हुने आशा जगाएको थियो। राजतन्त्रसँगै एउटा युगको अन्त्य भएको थियो। जनताले नयाँ समुन्नत युगको ढोका खुलेको ठानेका थिए। सामन्ती अपसंस्कृतिको जरो उखेलिएर आधुनिक युग आरम्भ भएको मानेका थिए। जनआन्दोलनमा दलका नेताले व्यक्त गरेका प्रतिवद्धताका आधारमा जनतामा यस्तो आशा पलाएको थियो। अहिले त्यसको ठीक उल्टो परिस्थिति निर्माण भएको छ। यो चिन्ताको विषय हो।
संविधानसभा र राजनीतिक दलहरूको मुख्य दायित्व २०६६ जेठ १४ भित्र नयाँ संविधान जारी गर्ने हो। त्यति भएमात्र शान्ति प्रक्रिया निष्कर्षतर्फ बढ्छ। नयाँ संविधान जारी नभएसम्म अन्तरिम संविधान र विस्तृत शान्ति सम्झौताको मर्मअनुरूप सबै विषय समझदारीमा व्यवस्थित हुनपर्छ। शान्ति प्रक्रियाको सबैभन्दा पेचिलो विषय माओवादी लडाकुको समायोजन, व्यवस्थापन र पुनर्स्थापना जस्ताको तस्तै छ। माओवादीले अंगालेको बाटोमा जतिसुकै विमति भए पनि स्याउला र टाटीको कच्ची घर कठ्यंग्रिने लडाकु नेपाली जनताकै छोराछोरी हुन्। सुरक्षा फौजबाट मारिने डरबाट मुक्ति र सीमित भत्ताबाहेक तिनले केही पाएका छैनन्। यस्तो स्थिति तत्काल अन्त्य हुनु जरुरी छ। त्यस्तै, आफ्नै देशमा पुर्ख्याैली थातथालो छोडेर शरणार्थी बन्न विवश राजनीतिक कार्यकर्ता र सर्वसाधारणको धन सम्पति माओवादीले फिर्ता गरेका छैनन्। लडाकु व्यवस्थापनमा सरकार गम्भीर देखिँदैन भने जनताको सम्पति फर्काउन माओवादी तयार देखिँदैन। द्वन्द्व पीडित विस्थापितले सहयता पनि पाएका छैनन्। कसैमा पनि कर्तव्यबोध र इमान देखिँदैन। कतिपय कोणबाट त नयाँ संविधान लेखन र शान्ति प्रक्रिया बिथोलिए पनि फरक पर्दैन भन्ने अभिव्यक्ति आउन थालेको छ। संविधानसभाको विघठन, राष्ट्रपति शासन र संसद्को चुनावको मागजस्ता गैरजिम्मेवार अभिव्यक्ति प्रकट हुन थालेका छन्। यी सबै जनताप्रति बेइमानी हो।
हो! तोकिएको अवधिभित्र संविधान लेख्न नसके संविधानसभाको औचित्य समाप्त हुन्छ। अन्तरिम संविधानबमोजिम संविधानसभाको आयु सामान्य अवस्थामा लम्याउन मिल्दैन। संकटकाल लगाएर समयावधि थप गर्न उपयुक्त कारण चाहिन्छ। त्यस्तो अवधि संकटकालीन हुन्छ। संकटकालमा जनताका अधिकांश मौलिक हक प्रतिबन्धित हुन्छन्। त्यति बेला कसरी संविधान लेखिन सक्छ? तसर्थ राजनीतिक दलका नेताले तोकिएको समयावधि भित्रै नयाँ संविधान लेखिनै पर्छ भन्ने बुझ्नु जरुरी छ। कुनै पनि दल एक्लैले संविधान बनाउन सत्तै्कन। विडम्बना, एकीकृत नेकपा (माओवादी) एक्लै हिड्न अग्रसर भएको छ।
संविधानसभामा सबैभन्दा ठूलो दल भए पनि माओवादीका क्रियाकलाप गैरजिम्मेवार देखिएको छ। दलहरूको सहमतिअनुरूप संविधानसभा र त्यसका विषयगत समितिमा छलफल गरेर टुंगो लगाउनुपर्ने गणराज्य विभाजनजस्तो गम्भीर विषयलाई एकल निर्णयबाट लाद्ने दिशामा माओवादी बढेको छ। जनआन्दोलनको भावना र २०६५ जेठ १५ को ऐतिहासिक घोषणाअनुरूप नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुने निर्णय भएको हो। यो निर्णय सबै दलको हो र खासगरी संविधानसभाको हो। संविधानसभामा उल्लेख्य उपस्थिति हुँदाहुँदै र गणराज्य विभाजनको विषयमा छलफल चल्दाचल्दै दलहरूसँगको सहकार्य छोडेर र सहमति तोडेर एकांगीरूपमा गणराज्य घोषणा गर्ने कार्यक्रमले माओवादीलाई चरम गैरजिम्मेवार साबित गरेको छ। संघियतासम्बन्धमा अन्योल कायमै रहेको अवस्थामा अरू दल र संविधानसभालाई पन्छाएर सडकबाट गणराज्य घोषणा गर्नुको औचित्य छैन। नेापली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइरालाले भनेजस्तै 'हाम्रा सामु सहमति, सहकार्य र समझदारीबाट अघि बढ्नुको विकल्प छैन'। यसलाई छाडेर अरु बाटो अवलम्बन गर्नु जनता र राष्ट्रप्रति विश्वासघात हो।
माओवादीले लोकतान्त्रिक गणतन्त्रलाई रणनीतिकरूपमा उपयोग गरिरहेको सबै सचेत नेपालीले बुझेकम छन्। वर्तमान राजनीतिक व्यवस्था उसको अन्तिम बिसौनी नभएर लक्ष्यमा पुग्ने विभिन्न रणनीतिक चरण मध्येको एउटा हो। यस तथ्यलाई माओवादी नेता वावुराम भट्टराईले पुष्टि पनि गरेका छन्। गत अक्टोवर २६, २००९ मा वर्ल्ड पिपुल्स रेसिस्टेन्स मुभमेन्टको वेबसाइटमा प्रकाशितत लामो अर्न्तवार्तामा डा. भट्टराईले लोकतान्त्रिक गणतन्त्रलाई रणनीतिक उपयोगको चरण भनेका छन्। उनका अनुसार 'राजतन्त्रको अन्त्य र बुर्जुवा लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि सर्वहारा वर्गको पार्टीले नयाँ जनवादी क्रान्तिको लागि पहल गर्दै संघर्षको सुरु गर्नेछ र त्यतिबेला हाम्रो अन्तरविरोध बुर्जुवा लोकतान्त्रिक दलहरूसँग हुनेछ। हामीले राजतन्त्रको अन्त्यपछि त्यतिमै रोकिने छौं भनेर कहिल्यै भनेका छैनौं।' उनले आफ्नो अन्तरवार्तामा बहुदलीय प्रतिस्पर्धाको माओवादी धारणा स्पष्ट पार्दै भनेका छन्- 'हामीले समाजवादी ढाँचाभित्रै बहुदलीय प्रतिस्पर्धाको प्रस्ताव गरेका हौ, बुर्जुवा राज्यको चुनावको कुरा गरेका हैनौ। हामी क्रान्तिपछि नयाँ जनवादी अथवा समाजवादी संरचनामा हुने चुनावको कुरा गर्दै छौँ, जसमा प्रतिक्रियावादी, साम्राज्यवादी र आपराधिक शक्तिहरू सहभागी हुन नपाउने निश्चित् संवैधानिक प्रावधान हुनेछन्। त्यहाँ प्रगतिशील शक्ति, जनवादी शक्ति र जनताले मात्र प्रतिस्पर्धा गर्न पाउने छन्'। यसबाट माओवादीले स्थापना गर्ने राजनीतिक व्यवस्थामा ऊसँग असहमत सबै राजनीतिक दल प्रतिबन्धित हुने स्पष्ट बुझिन्छ।
हालका घटनाक्रम र माओवादी नेताका अभिव्यक्तिको गहिरिएर विश्लेषण गर्दा माओवादीले गरेको १२ बूँदे समझदारीदेखि विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानसभाको निर्वाचनलगायतबाट नेपाली जनता र अन्तर्राष्ट्रिय समुदायसमक्ष व्यक्त गरेको प्रतिबद्धता नक्कली प्रमाणित हुन्छ। यसैले माओवादीमाथि विश्वास गर्न सकिँदैन। तर, नयाँ संविधान निर्माण गर्नु अहिलेको प्राथमिक दायित्व हो। यसका निम्ति माओवादीले आफ्नो अधिनायकवादी विचार र व्यवहार बदल्नैपर्छ। एकदलीय कम्यूनिष्ट अधिनायकवाद स्थापना गर्ने लक्ष्य घोषितरूपमै त्याग गर्नुपर्छ। माओवादीले अहिलेजस्तै राजनीतिक दल र नेपाली जनतालाई झुक्याइ रहन खोजे भने माओवादी बाहेकका दलहरू एक भएर अघि बढ्नुपर्छ। माओवादी नसच्चिएसम्म अहिलेलाई अर्को विकल्प देखिँदैन।