यो लेखको शीर्षक एनेकपा (माओवादी)का वरिष्ठ नेता बाबुराम भट्टराईको लेख 'बाहुन बाबुरामको बकपत्र'को नक्कल हो। बकपत्रमा डा. भट्टराईका केही त्यस्ता 'दोहोरो व्याख्या', छने र तिनले जातीय पहिचानको बहसमाथि राजनीतिक स्वार्थ उठाएका छन्। एउटै समाजभित्र गरिएको पहिचानको फरक व्याख्याले 'बाहुन बाबुरामको बकपत्र' जस्तै 'बाहुनवादी गुरुङको बकपत्र' जन्मायो।
उत्तरआधुनिकवादी समाजशास्त्री मिसेल फुको भन्छन्- हरेक व्यक्ति शक्तिशाली, शासकीय महत्वाकांक्षाले पूर्ण हुन्छ। जो जातजातिभन्दा बलवान् हुन्छ। खास तह/ठाउँमा सर्वोच्च बन्ने चाहना/प्रयास राख्दै ज्ञान, सीप, योग्यता आदिको प्रयोग गर्नु नै बाहुनवाद हो। त्यसैले सबैजना तहगत शासकत्वको अभीष्टले बा"धिएर बाहुनवादी बन्ने ऐतिहासिक प्रक्रियामा हुन्छन्। अरूका नाम, समस्या र नियतिमाथि पहिचान/गैरपहिचान, समाजवादी/माओवादी वा अन्यका रूपमा। मजस्ता बौद्धिक कर्मी बनेर अहिलेसम्म आउनुपछाडि मेरो खास निजी इतिहास, वर्तमान र सम्भवतः भविष्य पनि बाहुनवादी सोचबाट निर्देशित छ र हुनेछ। अर्थात्, एमाओवादी स्वयं बाहुनवादी प्रयोगमा छ।
मेरा हजुरबुबा तत्कालीन तालुकदार। स्थानीय आर्यखस शासनसत्ताको साथ र सहयोगको भरपूर उपयोग गरे। यथासक्य जग्गाजमिन जोडेे। यही पृष्ठभूमिले गर्दा मेरो शिक्षादीक्षामा खासै अवरोध भएन। अरू सहपाठीले छाक टार्ने बारे सोच्दैगर्दा मैले पढाइमा ध्यान दिन पाए"। उच्च शिक्षा हासिल गरेँ। र, बाबुराम भट्टराईको बकपत्रलाई केलाउन सक्ने भए"। यो भिन्नता वर्गीय कि जातीय? स्रोत र साधनमाथिको पहु"च, अन्य गुरुङका तुलनामा उच्च परिवारमा भएको जन्म, स्थानीय शासन सत्ताको साथसहयोगबिना यो सबै सम्भव हुने थिएन। स्थानीय शासन सत्ताभित्र जन्मिएका हजुरबुबाको बाहुनवादी महत्वाकांक्षाले यस्तो भयो। मेरो जीवनकथाले यही बक्छ।
खोसिएकाले खोसियो भन्नु खोसिँदाको ऐतिहासिक अनुभव हो। तर इतिहासलाई उस्तै/दुरुस्तै अहिले खोज्नु ऐतिहासिक होइन। अर्थतन्त्र, राजनीति, समाज पुरापुर बदलिएको छ। शासकवर्गको जस्तै भाषा, शब्द, शैली अपनाउने, चाडबाड मान्ने, आम्दानीका लागी सबैथोक गर्ने/बेहोर्ने गैरशासक खास जातका मान्छे र प्रयासलाई के भन्ने? सीधा/घुमाउरो पहिचान खोसाउने यिनको भूमिकालाई कसरी लिने? गुरुङको मुखिया, नेवारको थरी, भोटेका मज्या आदिको तत्कालीन अभीष्टलाई कसरी बुझ्ने? पहिचान खोसिएको कि खोसाइएको के भन्ने? खास जातिका खास व्यक्तिको वर्ग उत्थानको महत्वाकांक्षा वा शासकको हेपाइ/चेपाइ, केलाई जिम्मेवार ठान्ने? तर माओवादी व्याख्याता भट्टराई सामाजिक असमानतामा आर्यखस जातिको एकल दोष देख्छन्। आफूलाई बाहुनभित्रको 'बाहुनवादी भन्न कन्जुस्याइँ गर्छन्। उच्च जातिको उत्पीडकमात्र भनेर उच्च जातिको उत्पीडक बन्दासम्मको निजी इतिहासलाई भुल्छन्।
पहिचानलाई रहस्यमय बनाइनाले नै यो यति बिघ्न किचलो भएको हो। आर्यखस जातिले लामो समयदेखि शासनसत्तामा कब्जा जमाएका कारण उसको पहिचानको समस्या छैन भनियो। हो, आर्यखस जातिको औसत पहिचान अन्य जातजातिको जस्तै अत्यास लाग्दो छैन। तर यो निरपेक्ष बुझाइ हो। सबै आर्यखस जातिको पहिचान समान छैन। यसमा हुम्लाका खस र तेह्रथुमका आर्य भरिया छुटेका छन्। उनीहरूलाई आर्यखस हुनुले ठूलो अर्थ राख्दैन। एउटै जातिभित्रको पेचिलो विभेद, वर्गीय नभएर अरू के हुन सक्छ? भाषिक, संस्कृतिजन्य पहिचानको अर्थतन्त्रमा सिधा योगदान कहा" देखिन्छ? अन्य जातजाति सुविधा र अवसरले वञ्चित छन् भन्नु पनि गलत हो। यो त समथर विश्लेषण भइहाल्यो नि। अन्य जातजातिमा जन्मदै गरेका उद्योगपति, व्यापारी, प्रशासक, सेना/प्रहरीका उच्च नेतृत्वलाई अपवाद बुझ्दा वस्तुगत र ऐतिहासिक विश्लेषणको उपेक्षा हुन्छ ।
शासन सत्ता दिगो बनाउन खास जातिका खास शासकले आफूसम्बद्ध भाषा, धर्म, संस्कृतिलाई सर्वोच्च बनाउ"छ नै। एमाओवादी सरकारको राष्ट्रिय झन्डा फेर्ने प्रस्ताव, गणतन्त्रमा फेरिएको राष्ट्रियगान, राष्ट्रिय राजनीतिक दिवसको फेरबदल जस्तै हो तत्कालीन आर्यखस जातीय पहिचानको सर्वोच्चता। आर्यखस जातीय खास परिवार/वंशको शासन सत्ता थियो त अरू कसको पहिचानजन्य सर्वोच्चताको कुरा हुन्छ? राप्रपा नेपालले अहिलेको लोकतान्त्रिक शासन सत्तामा त्रुटि देखेजस्तै हो। फेरिएको अर्थतन्त्र र राजनीतिले बदलेको पहिचानलाई विशिष्ट ऐतिहासिक दृष्टिमा पहिचान खोसिएको भन्न मिल्दैन। कुन समुदायको के खोसियो/खोसिएन भन्दापनि सीमान्त, उत्पीडितको पहिचान हुनु प्राथमिक हो।
सामाजिक, अर्थराजनीतिक सत्यबारे लेख्न, बोल्न, न्याय र समानताका लागि लड्न कुनै खास जातजाति हुनैपर्ने भन्ने छैन। लोकतन्त्रमा जातीयभन्दा सीमान्त उत्पीडितहरूले ज्यादा अर्थ राख्छन्। त्यो खास राजनीतिक दलगत निगाहमात्र होइन। पहिचानवादी/विरोधी, भट्टराई बाहुन/गुरुङ जनजाति आदि। नेपालमा संघीयताको विषय गैरआर्यखस समुदायको मात्रै होइन। विभिन्न रूप, चरित्रका सीमान्त उत्पीडितको पनि हो। प्रगतिशील व्यक्तिका रूपमा कसैले उनीहरूको बारेमा लड्छु भन्दैगर्दा उसको जीवनकथा नै नबुझी तीनको ल्याकत, ताकत र इमानलाई केले नाप्ने? बाबुरामले लेखेको पहिचान खोसिएको 'बकपत्र'लाई के भन्ने? यसको छिद्रमा रहेको राजनीतक स्वार्थको विश्लेषण नगर्ने?
लेलिन/माओ विशिष्ट इतिहासका उत्पादन हुन्। तिनका भनाइ इतिहासको व्याख्यामा निरपेक्ष प्रयोग हुनु निरर्थक हो। उत्पीडितलाई खोसेर आएका जातिका खास उत्पीडकले समाज डोरिएको छ। उत्पीडकले उत्पीडितका बारेमा बोल्ने, उत्पीडित जातिकाले वर्गीय एकताका पक्षमा बोल्ने भन्ने कुरा राजनीतिक नारामात्र हो। दार्शनिक व्याख्याजस्तो लागे पनि सबै जातजातिका मानिसको ध्येय वर्ग उत्थान नै भएकाले यो 'जार्गन' मात्रै हो। खास उच्च जातीय वा वर्गीय हैसियत बोकेकाले उठाउने उत्पीडित जातिका विषय 'युटोपिया' नै हो। 'युटोपियन' आदर्शमा बहकिएर पहिचानको खोसाइ र अधिकारको विश्लेषण गर्नु ऐतिहासिक भुल हो। थप भ्रम र समस्याको निर्माण हो।
माओवादी आन्दोलन वर्गीय उत्पीडन, उत्पीडक जातिको नेतृत्व र उत्पीडित जातिको संगठनमा उठेको थियो – दाहाल, वैद्य, भट्टराईको नेतृत्व तथा गुरुङ, मगरको संगठन आदि। जातीय पहिचान खोसिएको चर्चा गर्ने माओवादको नेपाली संस्करणले ऐतिहासिकतालाई उछिन्न नसकेको सकारेको छैन। राजनीतिक अनुकूलता/प्रतिकूलताको तरङ्गले वर्ग, क्षेत्रहु"दै जातीय विषयमा प्रवेश गरेको हो भन्न किन चुकिरहेको छ?
कुन जाति उत्पीडित, कुन जाति उत्पीडक? को शासक वर्ग, को शासित? सबै उच्च जाति शासक वा सबै तल्लो जाति शासित? यो नखुट्टिएसम्म खास राजनीतिक स्वार्थले डोरिएको पहिचानको समस्या हल हुनेवाला छैन। गणतन्त्रपूर्वको राज्य सञ्चालन आर्यखस जातिका खास एकल वंश/समूहले गरेको थियोे। तर त्यो आर्यखस एकल जातीय राज्य थिएन। त्यस्तो हुँदो हो त लिम्बुवानका बाहुनले हली हुनुपर्ने थिएन। हो, एक तिहाइ जनसंख्याका आर्यखस जातिको राज्य सत्ताका अंगहरूमा ८० प्रतिशतभन्दा बढी हिस्सा छ। तर यो आर्यखस जातिका ५ प्रतिशत पहु"चवालाले ओगटेको हिस्सा हो। यसले वर्गीय असमानतालाई व्यर्थ बनाईदिएको छ। लोकतन्त्रमा हुने राजनीतिक भागबण्डाकै कुरा गर्दा, महत्वपुर्ण संवैधानिक निकाय, आयोग, संस्थान आदिको नियुक्तिमा पुग्ने उही पहु"चवाला योग्य, दक्ष एवं विज्ञ व्यक्ति नै त हुन्। यसलाई अन्यायको रुपमा बुझ्ने कि नबुझ्ने? स्वरूप फेरिएका नया" प्रकारको यस्तो विखण्डन योग्य, दक्ष, सक्षम नागरिक निर्माणको बाधक हो भन्ने कि नभन्ने?
सांस्कृतिक, भाषिक र वर्णगत भिन्नताले हरेक शासक खास जातीय समुदायमा पर्ने नै भयो। तर इतिहासले के पुष्टि गर्योक भने, शासनसत्ता अघि जातीय अस्तित्व नगण्य हुन्छन्। त्यस्तो नहु"दो हो त, आफ्नै मामा माथवरसिंह थापा जंगबहादुर राणाबाट मारिएर १०३ वर्षे राणा शासन जन्मनेे थिएन। आर्यखस समुदायका सबै मानिस क्षमतावान्, योग्य र मिहेनती हुनाले ती सबै पहु"चशाली भए भन्नु पनि गलत हो। अवसर त तिनैले लिए, जो आफ्नो क्षमता, योग्यता र मिहेनतलाई शासक सामु पुष्टि गर्ने पहु"च राख्थे। सञ्चार एवं यातायातको विकास नभएकाले काठमाण्डौंको शासन सत्तास"ग ताप्लेजुङ्गको बाहुनको भन्दा गोर्खा या पाल्पाका आर्यखसको पहु"च बलियो थियो। तरबारमार्फत् जन्मिएका योग्य शासकले राज गर्नु अकाट्य र अत्याज्य सामाजिक यथार्थ हो।
श्ाासक वर्गका लागी कोही योग्य/अयोग्य भन्ने हु"दैन। उसका लागि उपयोगिताको गुणदोष महत्वपूर्ण हुन्छ। यो जात नजिक, त्यो जात टाढा भन्ने हु"दैन। शासकीय गोपनीयता र भरोसा प्राथमिक हुन्छन्। यही सत्यले नै तत्कालीन शाहीसेना/प्रहरीका सेवानिवृत्त प्रमुख, शाही भारदारलाई एमाओवादीको भरोसायोग्य कार्यकर्ता बनाएको हो। शासन सत्तामा वर्ग उत्थान नै प्राथमिक ठहरिन्छन्। अवसर, उपभोगमा सबै उत्तिकै पहु"चशाली हुँदैनन्। शासकको स्वार्थ र अन्यमा निहित क्षमता, योग्यताको भिन्नताले त्यसलाई रोक्छ। त्यसैले पहिचानको 'जार्गन'ले भरिएको भट्टराईको बकपत्र सत्ताकेन्द्रित व्याख्यामात्र हो।
ऐतिहासिक प्रक्रिया, गतिलाई रोकेर इतिहास दोहोरिन्छ भने झैँ पहिचानको व्याख्या भयो। प्रान्त/प्रदेशको निर्माणलाई सडकको नामाकरणजस्तो ठानियो। त्यसमा वर्णगत पहिचान बाहेकको अकाट्य परिवर्तनशीलता अटाएन। यस्ता गोलमटोल कुराले वस्तुगत नतिजा निकाल्दैन। बाहुनलाई छुट्टै राज्य, क्षेत्रीलाई छुट्टै राज्य, ठकुरीलाई छुट्टै राज्य, राईलाई छुट्टै राज्य नभनिए पनि यसले खास जातको सर्वोच्चतालाई बोकेको छ। एउटै सन्दर्भ र समस्यामा दोहोरो व्याख्यालाई स्थापित गरेको देखिन्छ।
राष्ट्रियताको निर्माण जातपातजन्य भाषा, संस्कृति, भूगोल, इतिहासले गर्ने हो। राष्ट्रियता भन्नु पनि घुमाउरो जातपात नै हो। मार्क्सवादले जातपात मान्दैन। समाज महिला पुरुष जातिको निर्माण हो भन्ने अनि घुमाउरो जातपातमा अल्भि्कने? बयान र रणनीति बाझिएपछि भ्रम सिर्जना नभएर के हुन्छ? भाषिक, क्षेत्रीय, ऐतिहासिक पहिचान सुनिश्चित गरी अधिकार सम्पन्न गर्ने भन्नु जातपातकै कुरा हो। काठमाडौंका गल्लीहरूको नाम टंकप्रसाद आचार्य मार्ग, भुपी शेरचन मार्ग राखेजस्तो होइन जसले पहिचान खोसिएका जातजातिलाई आर्यखस बराबर बनाउन सकोस्।
समाजशास्त्री⁄अध्यापक- त्रिचन्द्र क्याम्पस, काठमाडौं।