राजनीतिक सहकार्यको संस्कार
२६ फागुन २०७१
•
१६ मिनेट पाठ
राजनीतिक सहकार्यको संस्कार
राजनीतिक दलहरूबीचसहकार्य कसरी गर्ने भन्ने विषयमा गत साता काठमाडौमा एउटा सार्थक बहस भएको थियो। डेनमार्कको संसद्अन्तर्गतको राजनीतिक दल र लोकतन्त्र सुदृढीकरणका लागि डेनिस प्रतिष्ठानको पहलमा भएको उक्त बहसमा मुख्य राजनीतिक दलका उच्चस्तरीय प्रतिनिधिले भाग लिएका थिए। अंग्रेजीमा 'कोअलिसन' भनिने राजनीतिक सहकार्यलाई राजनीतिक 'गठबन्धन' पनि भन्ने गरिन्छ। तर गठबन्धन भन्ने शब्दमा सकारात्मकभन्दा अनुचित स्वार्थ पूर्तिका लागि गरिने साँठगाँठलाई बढी ध्वनित हुने भएकोले राजनीतिक गठबन्धनले नकारात्मक सन्देश प्रवाहित गरेको अनुभूव हुनेगर्छ।वास्तवमा भन्ने हो भने नेपाली राजनीतिमा सहकार्यको सैद्धान्तिक र व्यावहारिक पक्षबारे बिरलै बहस हुने गर्छन्। भनिन्छ, राजनीतिमा स्थायी शत्रु वा मित्र कोही पनि हुँदैनन् र स्वार्थमात्र स्थायी हुन्छ। जुन दल, समूह, वर्ग वा व्यक्तिसँग जहिलेसम्म स्वार्थ मिल्छ उसैसँग मिलेर सहकार्य गर्ने हो। स्वार्थमा फाटो आउनेबित्तिकै हिजोसम्मका राजनीतिक मित्र शत्रुमा परिणत हुन्छन्। व्यावहारिकरूपमा सरकार चलाउन वा भनौं सरकारमा मन्त्री बन्न नेपालमा सहकार्यको नाममा आफैँले हुर्काएर बढाएको दललाई समेत फुटाई सरकारमा समावेश हुने चलनलाई भने राजनीतिक सहकार्यको संज्ञा दिनुभन्दा राजनीतिक गठबन्धनको नामाकरण गर्नु नै उपयुक्त हुन्छ। कमसेकम यसबाट राजनीतिक सहकार्यको पवित्रतामा आँच त आउँदैन।

डेनमार्कमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राष्ट्रिय निर्वाचन हुनेगर्छ। त्यसले गर्दा एउटै राजनीतिक दलको पूर्ण बहुमत आउने सम्भावना न्यून हुन्छ। प्रत्यक्ष निर्वाचन प्रणाली समावेशी हुन सक्तैन भनेर त्यहाँ समानुपातिक निर्वाचन प्रणाली अपनाइयो। त्यहाँ निर्वाचनमा दलहरूले प्राप्त मतले दुई प्रतिशत मतको सीमा (थ्रेसहोल्ड) पार गर्नसके मात्र दलको मान्यता पाउने व्यवस्था गरिएको छ। त्यसले गर्दा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको संख्यालाई सीमित गरिदिएको छ भने साना दलको अनावश्यक उछिनपाछिन पनि नियन्त्रित भएको छ। समानुपातिक निर्वाचन प्रणालीका कारणले डेनमार्कमा सन् १९०६ देखि हालसम्म भएका निर्वाचनमा कुनै पनि राजनीतिक दलले एक्लै सरकार बनाउन सक्ने गरी पूर्ण बहुमत ल्याएको छैन। त्यसैले राजनीतिक दलहरूका बीचमा स्थिर सरकारका लागि पनि सहकार्यको व्यावहारिक आवश्यकता हुन गएको हो। यसरी राजनीतिक सहकार्यको इतिहास बोकेको डेनमार्कमा झन्डै १०९ वर्षदेखि राजनीतिक दलहरूबीचमा सहकार्यको संस्कृतिको विकास हँुदैआएको छ। राजनीतिक दलहरूबीच सहकार्यका साथै त्यहाँ लोकतन्त्रका सबै मूल्य र मान्यता अत्यन्त सफलताका साथ चरितार्थ भइरहेका छन्।

नेपालमा पनि सशस्त्र विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि लागु गरिएको २०६३ सालको अन्तरिम संविधानमा समानुपातिक र प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) समेत गरी मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरिएको छ। त्यसैअनुरूप संविधान सभाका लागि दुइपल्ट निर्वाचन पनि भइसकेको छ। हुनत, नेपालमा लागु गरिएको समानुपातिक निर्वाचन प्रणालीले राजनीतिक दलको नेतृत्वमा रहेका अत्यन्त सीमित व्यक्तिलाई नै सभासद् मनोनित गर्न पाउने असीमित अधिकार दिएको छ। समावेशिताको सिद्धान्तअनुरूप सीमान्तकृत तथा पछाडि परेका वर्ग, समूह र जातिलाई उपलब्ध गराउने भनेर निर्वाचन प्रणालीभित्र समावेश गरिएको व्यवस्थालाई दलका नेतृत्व तहबाट त्यसको वास्तविक उद्देश्य र मर्मविपरीत आफ्ना आसेपासे र नजिकका नातेदारलाई मात्रै मौका दिइएकाले नेपाली राजनीतिमा यसले विकृतिमात्र भिœयाएको देखिएको छ।

एउटै मात्र भाषा र एकै जातिको बाहुल्य भएको डेनमार्कमा पूर्णतः समानुपातिक निर्वाचन प्रणाली लागु गरिएको छ। विभिन्न राजनीतिक विचारधारा र आर्थिक स्वार्थ बोकेका समूहको स्वार्थरक्षाका लागि एक मत पनि खेर नजाओस् भन्ने उद्देश्यले त्यहाँ समानुपातिक निर्वाचन प्रणाली अँगालिएको थियो। नेपालमा डेनमार्कभन्दा नितान्तविपरीत जनसांख्यिक र सामाजिक सांस्कृतिक बनोट रहेको छ। यहाँका सयौं भाषा र जातिका मानिसमध्ये पछाडि परेका र पारिएकालाई राजनीतिको मूलधारमा यथोचित स्थान र भूमिका प्राप्त होस् भन्ने उद्देश्यले समानुपातिक निर्वाचन प्रणाली अङ्गीकार गरियो। अब बन्ने संविधानमा प्रत्यक्ष र समानुपातिक दुवै हुने गरी मिश्रित निर्वाचन प्रणाली अपनाइने निश्चित नै छ।

सार्वभौमिकसत्ता निहित रहेका जनताले निर्वाचित गरेका जनप्रतिनिधिबाट बनाइएको सरकारले शासन संचालन गर्ने व्यवस्था हुने अबको नेपालको संविधानमा जनताले मिश्रित अर्थात् प्रत्यक्ष र सुधारिएको समानुपातिक निर्वाचन प्रणालीबाट जनप्रतिनिधिको निर्वाचन गर्नेछन्। स्पष्ट छ, अब कुनै पनि एक्लो राजनीतिक दलको मात्रै सरकार बन्ने गरी पूर्ण बहुमत आउन मुस्किल हुन्छ। त्यसैले राजनीतिक दलहरू आपसमा नमिलीकन सरकार बनाउन सक्ने अवस्थामा हुनेछैनन्।

त्यसो भए दलहरूबीचमा सहकार्य कसरी गर्ने? डेनिस अनुभवलाई उदाहरणका रूपमा लिने हो भने राजनीतिक दलहरूबीचमा हुने सम्झौता नै सहकार्यको मुख्य आधार हुने देखिन्छ। दलका आधिकारिक प्रतिनिधिले एकआपसमा छलफल गरी निश्चित गरेका बुँदामा भएको सहमतिले दुई वा दुईभन्दा बढी दलका बीचमा लिखित सम्झौताको वातावरण उत्पन्न हुनछ। यस्तो सम्झौता दलका नेता नेताबीच नभएर दलहरू बीच हुनेगर्छ। दलहरूबीचमा सम्झौताको मस्यौदा तैयार भएपछि त्यसलाई सम्बन्धित दलको आधिकारिक निकाय, केन्द्रीय कार्यसमिति र संसदीय दल समक्ष अनुमोदनका लागि प्रस्तुत गरिन्छ। ती निकायको अनुमोदनपछि सम्झौताले मूर्तरूप लिन्छ। हुनत डेनमार्कमा पनि त्यस्ता सम्झौताको कुनै कानुनी हैसियत हुँदैन तर दलहरूले त्यस्ता सम्झौताको उल्लघंन पनि गर्दैनन्। दलहरूबीचमा भएका सम्झौता समावेश गरिएका विषयमा सम्बन्धित दलका कुनै पनि नेता वा कार्यकर्ताले विपक्षमा बोल्न पाउँदैनन्। यस्तो आचार संहितालाई दलहरूले अत्यन्त कडाइका साथ पालना गर्छन्। सम्झौतामा सम्मिलित दलका सांसदहरूलाई सम्झौताको विषयवस्तु बारे प्रशिक्षणसमेत दिइन्छ। सम्झौताका आधारमा बन्ने सरकारले त्यसमा उल्लिखित विषयमा संयुक्तरूपमा नीति निर्धारण गर्छ र त्यसलाई व्यावहारिकरूपमा कार्यान्वयन गर्छ। सम्झौतासँग सम्बन्धित दलका नेतालाई नीति निर्धारण गर्दा सार्वजनिकरूपमा आआफ्ना असन्तोष व्यक्त गर्न छुट दिइन्छ तर सम्झौताको विरुद्धमा जान दिइँदैन।

राजनीतिक सहकार्यअन्तर्गत विभिन्न दलहरूबीचमा आपसी सम्झौताअन्तर्गत संयुक्त सरकार चलाएर पनि देशको चरम आर्थिक विकास गर्न सकिनेरहेछ भन्ने उदाहरण डेनमार्ककै छिमेकी देश नर्वे र दक्षिणपूर्व एसियाली देश मलेसियाले पनि प्रस्तुत गरेका छन्। त्यस्ता विकास गर्न सफल संयुक्त सरकार हाँकेका पूर्वप्रधानमन्त्रीहरूले गत वर्षमात्रै नेपाल आएर आफ्ना अनुभव यहाँका सम्बन्धित नेता तथा बुद्धिजीवी समक्ष प्रस्तुत गरेका थिए।

विसं २०७० माघको अन्तिम साता नर्वेका पूर्वप्रधानमन्त्री केल म्याग बोनेभिकले नेपालको दुई दिने भ्रमण गरे भने चैतको दोस्रो साता मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमदले नेपालको चार दिने भ्रमण गरेका थिए। नर्वेका पूर्व प्रधानमन्त्रीले सार्वजनिकभन्दा व्यक्तिगत प्रक्रियाबाट नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई भेटेर आफ्ना कार्यकालमा अपनाइएका सफलताका सूत्रको व्याख्या गरेका थिए। मलेसियाका पूर्वप्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा भाग लिएर आफ्ना सफलताका सूत्रहरूको बयान गरेका थिए।

विभिन्न दलहरूसँगको आफ्नो सहकार्यको सूत्रलाई प्रष्ट गर्दै महाथिरले मुहम्मदले चुनाव हुनुभन्दा पहिले नै गरिएको सम्झौतामात्रै पवित्र हुने, चुनावको नतिजा आएपछि गरिने सहमति दलहरूका आआफ्ना स्वार्थबीचको मिलनमात्रै हुने भएकोले अनैतिक र अपवित्र हुने ठोकुवा धारणा व्यक्त गरेका थिए। तर नर्वेका बोनेभिकले चुनावको नतिजापछि मात्रै दलहरूको वास्तविक शक्ति आकलन गर्न सकिने भएकोले चुनावपछि गरिने गठबन्धन बढी व्यावहारिक हुने धारणा राखेका थिए। त्यस्तो गठबन्धनलाई बाँध्ने कार्य गठबन्धनमा समावेश दलहरूबीचको सम्झौता तथा तिनको शक्ति र प्राथमिकताअनुसार निर्धारण गरिएको साझा कार्यक्रमको कार्यान्वयनबाट हुने आफ्नो अनुभव बोनेभिकले सुनाएका थिए।

बोनेभिकले चुनावपछि बनेको दलहरूबीचको सहकार्यअन्तर्गतको सरकारले पनि देशमा व्यापक प्रगति गर्न सकिने सन्देश दिएका थिए। यसका लागि उनले मुख्यतः चारवटा सूत्र सुझाएका थिए – पहिलो, सहकार्यमा सम्मिलित दलहरूबीच सम्झौता गरी न्यूनतम साझा कार्यक्रममा सहमति गर्ने र त्यसको घोषणा गरी ठोसरूपमा कार्यान्वयनका लागि अगाडि बढ्ने। दोस्रो, सहकार्यमा सम्मिलित दलहरूबीच आपसी सहमति र समझदारीमा कमी आउन नदिने, विभिन्न उपायद्वारा आपसी विश्वासलाई बढाउने र विश्वास बढ्ने वातावरण उत्पन्न गर्ने। तेस्रो, गठबन्धन दलका प्रमुख तथा प्रधानमन्त्रीबीच सीधा सम्पर्क प्रणाली कायम गर्ने र कम महत्वपूर्ण कुरा भएपनि आपसमा खुलस्त कुराकानी र वार्ता गरिरहने। चौथो, गठबन्धनका सबै दलका प्रमुख व्यक्ति उपस्थित हुने साझा माध्यमबाट जनतालाई साझा कार्यक्रमको कार्यान्वयनमा भएका प्रगतिबारे आधिकारिक जानकारी गराइराख्ने।

एक आपसमा रहेको विश्वास नै गठबन्धनको मुख्य चुरो रहेको धारणा नर्वेका बोनेभिकले व्यक्त गरेका थिए। नेपालमा अब बन्ने संविधानमा प्रत्यक्ष र समानुपातिक दुवै हुने गरी मिश्रित निर्वाचन प्रणाली अपनाइने लगभग निश्चित भएकाले एउटा राजनीतिक दलले मात्रै सरकार बनाउन पुग्ने गरी स्पष्ट बहुमत ल्याउने सम्भावना अत्यन्त न्यून हुनेछ। अर्थात्, राजनीतिक दलहरू आपसमा नमिलीकन सरकार बनाउन सक्नेछैनन्। डेनमार्क, नर्वे र मलेसियाका अनुभव हाम्रा लागि अनुकरणीय हुनसक्छन्।

संविधान निर्माण प्रक्रियामा प्रवेश गरेसँगै बेरोजगार बनेका बाबुराम भट्टराईले गरेको दिल्ली दरबारको ताबेदारीलाईसबैभन्दा पहिला उनकै गुरु मोहन वैद्यले नै राष्ट्रघातको बिल्ला भिराइदिए।
अर्को समाचार
स्वतन्त्र सरकारका पक्षमा
२५ जेष्ठ २०६६
•
८ मिनेट पाठ
स्वतन्त्र सरकारका पक्षमा
गणतन्त्र घोषणा भएको एक वर्ष पुग्यो । राजनीतिक परिवर्तनपछि गणतन्त्र स्थापना र शान्ति सम्झौता तार्किक निष्कर्षमा पुग्ने आशा धेरैले गरेका थिए । एक वर्षको क्रियाकलापले निराश तुल्याएको छ । संविधानसभा चुनावपछि सहमति र सहकार्यको संस्कार पन्छाएर नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गर्‍यो । त्यस्तै संविधानमा रहेको दुई तिहाइको प्रावधान हटाएर बहुमतबाट प्रधानमन्त्री हटाउनसक्ने व्यवस्था गरियो । यहीँबाट अविश्वास र अस्थिरता सुरु भयो ।
ठूलै कसरतपछि बनेको माओवादी नेतृत्वको सरकारले विभिन्न क्षेत्र, वर्ग र जातिका अधिकारलाई सम्बोधन गर्नै धेरै समयमा खर्चिनु पर्‍यो । बन्द र हड्तालले त रेकर्डै कायम गर्‍यो । सधैाको बन्द, चक्काजाम र हड्तालको लागि जनताले गणतन्त्रको मागेका हैनन् । सरकार बनाउने र गिराउने सत्ताको फोहरी खेलका लागि सहिदले आत्मोत्सर्ग गरेका पनि होइनन् ।

माओवादीलाई सहमति र सहकार्य गर्न नसकेको आरोप लगाउनेले पनि भागबन्डा र मोलतोल तथा आपसी विवादमा अल्झिएर प्रधानमन्त्री नियुक्त भएको दुई सातासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेनन् । नेताको पदलोलुपता ६०१ को जम्बो संविधानसभा बनाउादैमा थाहा भइसकेकै थियो । नागरिक समाज र सञ्चार माध्यमबाहेक अरूले संविधानसभाको आकार ठूलो भएकोमा कुरै उठाएनन् । भागवण्डा नमिल्नाले स्थानीय निकाय गठन हुन सकेन । अनि माओवादी सरकारले गरेको राजस्व वृद्धि खर्च हुन सकेन ।
जनसंख्याको ठूलो हिस्सा 'मौन बहुमत' ले यसलाई अवलोकन गरिरहेको छ । यो हिस्सा धेरै समयसम्म चुप लागेर बस्न सक्दैन । राजतन्त्रविरुद्ध जस्तै जनसागर पार्टीहरूविरुद्ध उत्रन धेरै समय लाग्ने छैन भन्ने नेताहरूले बुझ्नु आवश्यक छ ।

देशमा लगानी गरी रोजगार सिर्जना गरेर राष्ट्रिय विकासमा सघाउन खोज्ने उद्यमीलाई गणतान्त्रिक नेपालले हड्ताल, तालाबन्दीको उपहार दिएको छ । सडक छेउमा गिट्टी कुटेर गुजारा चलाउने नेपालीलाई गणतन्त्रले के दिएको छ ? दिनहुाको चक्काजाम र हड्तालले उल्टै रोजीरोटी खोसेको छ ।

यस अवधिमा ठूलो मात्रामा पूँजी पलायन भएको छ । शिक्षा क्षेत्र मर्माहत छ । बौद्धिक समूहमा निराशा बढ्दो छ । रोजीरोटीका लागि विदेश जानेको संख्या बढ्दैछ । महंगीले चरम सीमा छोइसकेको छ । नेताहरूलाई भने यसको कुनै मतलब छैन । सत्ता जोगाउन वा सत्तामा जान विदेशी हस्तक्षेप पनि यिनलाई स्वीकार्य छ । सबै पार्टी एवम् नेता यसलाई सहजरूपमा स्वीकार गर्छन् ।

संविधानसभा चुनाव दुई वर्षभित्र संविधान बनाउन भएको हो । अहिलेको अवस्था हेर्दा अब एक त के अर्को पाँच वर्षमा पनि संविधान बन्ने र शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने छाँट देखिँदैन ।

सत्ता र शक्ति प्राप्तिको होडमा संविधान लेखन तथा शान्ति प्रक्रिया ओझेलमा परेका छन् । पार्टीहरूले जनादेश पूरै बिर्सेजस्तो लाग्न थालेको छ । सरकारको आयु त्यति लामो नहुने लक्षण देखिइसकेको छ । माओवादीले सरकारविरुद्ध आन्दोलन घोषणा गरिसकेको छ । माओवादी सरकारमा हुादा प्रधान सेनापतिको विषयमा कांग्रेसले धेरै दिन रोष्ट्रम घेर्‍यो । मधेसी पार्टीले पनि सुरुमै रोष्ट्रम घेरे । अनि आफू सत्ताबाट हट्नेबित्तिकै नागरिक सर्वोच्चताको नाममा माओवादीले संसद् बहिष्कार र रोष्ट्रम घेराउलाई निरन्तरता दियो । नेपाली जनताले रोष्ट्रम घेराउ गर्न प्रतिनिधि चुनेका हैनन् । सबै मिलेर समयमै संविधान निर्माण गर्ने जनादेश जनताले दिएका छन् ।

गणतन्त्र संस्थागत गर्न नसकेको देखेर जनताको ठूलो हिस्सा निराश भएको छ । यो निराशा अन्त्य गर्न नसके देशमा अनिष्ट हुनसक्छ । त्यसैले राजनीतिक नेताहरूले यो निराशा अन्त्य गर्ने आाट देखाउनुपर्छ । नेताहरूले विगत १५ महिनामा आफूबाट भएका गल्ती आत्मासात् गरी सुधार गर्ने प्रयास गरेमा भविष्य सप्रन पनि सक्छ । यसको लागि त्याग, समर्पण र क्रमभंगता जरुरी हुन्छ ।

समस्या समाधानको एउटा विकल्प कुनै पनि राजनीतिक पार्टीका सदस्य सरकारमा नगई संविधान निर्माणमा केन्दि्रत हुनु हुनसक्छ । हुन पनि जनताले त उनीहरूलाई संविधान निर्माणका लागि पठाएका हुन् । नयाा संविधान निर्माणपछि गठन हुने सरकार राष्ट्र संचालनको सही हकदार हुनेछ । अहिलेको त संक्रमणकालीन सरकार हो । यसैले दलहरूको सहमतिमा विशुद्ध व्यावसायिक वर्गको सानो समूहलाई सरकार चलाउने जिम्मा दिनु उपयुक्त हुन्छ । यस प्रकारको सरकारमा कुनै पनि राजनीतिक स्वार्थ नभएका, सक्षम र सबैलाई स्वीकार्य व्यक्ति समावेश गरिनुपर्छ । त्यस प्रकारका नेपाली विदेशबाट पनि ल्याउन सकिन्छ ।

देशमा केही गर्नुपर्छ भन्ने भावना भएमा व्यक्तिको कमी छैन । उदाहरणका लागि उद्योग व्यवसायको लागि उपेन्द्र महतो, पर्यटन उद्योगका लागि कर्ण शाक्य र स्वास्थ्यको लागि सन्दुक रुइतलाई लिन सकिन्छ । यस जटिल घडीमा विख्यात व्यक्तित्वलाई सरकार संचालनको जिम्मा दिएर दलहरू संविधान निर्माणमा लाग्ने हो भने संविधान त चााडै बन्ने छ नै सत्ता प्राप्तिको फोहोरी खेल पनि बन्द हुनेछ ।

नेतामा आाट, प्रतिबद्धता र त्याग आवश्यक छ । दल यसका लागि तयार हुने हो भने गणतन्त्र संस्थागत हुन धेरै समय लाग्ने छैन । हैन, उनीहरू गणितीय खेलमा लागेर सत्ता ढाल्न र बनाउन लागिरहने हो भने न संविधान बन्छ न गणतन्त्र संस्थागतै हुन्छ ।

(लेखक एआईटी, थाइल्यान्डमा कार्यरत छन् । )
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस