अक्षम कांग्रेस
२३ मंसिर २०६६
•
६ मिनेट पाठ
अक्षम कांग्रेस
नेपाली कांग्रेसले राज्य पुनःसंरचनाबारे दलको अवधारणा बनाउन नसकेपछि नक्साबिनै अर्तीउपदेश मात्र संविधानसभामा पठाएको छ। राज्य पुनःसंरचना गर्ने सहमति भएको ३ वर्ष भइसक्यो। कांग्रेसले प्रदेशको संख्या र नामसमेत तय गर्न सकेन। त्यति मात्र हैन ८ पृष्ठको दस्तावेज बुझउने कांग्रेसका तर्फबाट संविधानसभाको राज्य पुनःसंरचना समितिको बैठकमा अवधारणा प्रस्तुत गर्ने सभासद् पनि भएनन्।
कांग्रेसको अवधारणा प्रस्तुत गर्ने बैठकमा सात जना सदस्यमध्ये 'अलगधार' का नेता नरहरि आचार्यमात्र उपस्थित थिए।
छुट्टै नक्सासहितको ६ वा १३ राज्यको अवधारणा राख्ने आचार्यले पार्टीको आधिकारिक धारणा प्रस्तुत नगर्नु स्वाभाविकै थियो। आचार्यको प्रस्तावलाई 'कांग्रेसको हैन' भनेर समितिको बैठकमा टिप्पणी गर्ने पार्टी उपसभापति गोपालमान श्रेष्ठले समितिमा अनुहारै देखाएनन्। समितिमा सात सभासद् रहेको कांग्रेसको अवधारणा प्रस्तुत गर्न कोही पनि उपस्थित नहुनुले संविधानसभामा सो दलको सक्रियताको पोल पनि खुलेको छ।
समितिमा कांग्रेसको राज्य पुनःसंरचना समितिका संयोजक गोपालमान श्रेष्ठ पनि सदस्य छन्। दलको अवधारणा केन्द्रीय कार्यालयका मुख्य सचिव रामचन्द्र पोखरेलले हस्ताक्षर गरेर समितिमा पठाइदिए। त्यसलाई प्रस्तुत गर्ने कोही भएनन्। समितिका सभापति लोकेन्द्र बिष्टले बेवारिसे फोटोकपी बाँडिदिए।




समितिले तीन पटकसम्म दिएको म्यादमा राज्य पुनःसंरचनाको अवधारणा प्रस्तुत गर्न नसकेपछि श्रेष्ठले मंसीर १६ गतेसम्मको समय मागेका थिए। अन्तिम दिन साँझ अँध्यारो भएपछि मुख्य सचिव पोखरेलले हस्ताक्षर गरी कर्मचारीका हात समितिमा पठाइदिए। संविधानसभामा एक जनामात्र सदस्य रहेको नेपाः राष्ट्रिय पार्टी वा २ सभासद् रहेको सद्भावना पार्टी (आनन्दीदेवी)को जति भूमिका पनि कांगेसको देखिएन।

संघीय ढाँचामा रूपान्तरणको यस अप्ठेरो मोडमा कांग्रेसले नेतृत्व लिन सकेन। कांग्रेसको भूमिका माओवादीका 'अजेण्डा' मा टिप्पणी गर्ने मात्र देखिएको छ। कांग्रेसको इतिहास 'बाघको छाला' मात्र हुन थालेको छ। इतिहासको व्याख्या र बखान गर्ने धेरै नै छन् तर नेतृत्व गर्ने व्यक्तित्व कांग्रेससँग छैन। विश्वेश्वरप्रसाद कोइरालाको विचार, गणेशमान सिंहको संघर्षको इतिहासको बखान गरेर मात्र अबको पार्टी चल्न सत्तै्कन। पार्टी सभापति गिरिजाप्रसाद कोइरालाका योगदानमात्रैले पनि कांग्रेस युगसापेक्ष हुनसत्तै्कन। सभापति कोइराला बुढ्यौलीले जति गलेका छन् उनको पार्टीको त्यसभन्दा बढी शिथिल देखिएको छ।

माओवादीले राज्य पुनःसंरचनाका विषयमा सबै दललाई आफ्ना धारणाका तान्न सफल भएको छ। अहिले एमाले र कांग्रेस उसको 'जातीय राज्य' को प्रस्तावमा बहस गर्दैछन्। तर यस्तो दूरगामी प्रभाव पार्ने महत्वपूर्ण विषयमा पनि यी दुवै दलको प्रष्ट धारणा आएन। अन्य मुख्य दलले पेस गरेको खाकामा माओवादीले अघिसारेका प्रदेशको प्रभाव देखिएको छ। संघीयता विरोधी राष्ट्रिय जनमोर्चाले समेत सात वटा प्रशासनिक प्रदेश रहेको राज्य पुनःसंरचनाको खाका समितिमा प्रस्तुत गरेको छ। समितिमा प्रतिनिधित्व गर्ने अधिकांश दलले राज्य पुनःसंरचनाको पूर्ण अवधारणा प्रस्तुत गरे, तर कांग्रेसले भने अवधारणासम्म पनि बनाउन सकेन। उल्टै संविधान जारी गर्न छ महिना पनि बाँकी नभएका समयमा राज्य पुनःसंरचना आयोग गठन हुनुपर्ने र त्यसैको आधारमा संघीय ढाँचाको तय गरिनुपर्ने धारणा प्रकट गरेको छ।

आयोग गठनको जिम्मेवारी सरकारको हो। सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नै हो। कांग्रेसले आफ्नै सरकारलाई आयोग गठन गरी काम अघि बढाउन नलगाई समय भेट्की सकेपछि विपक्षीले जस्तो माग अगाडि सार्न सुहाउँदैन।

राज्य पुनःसंरचनाको ढाँचामा दृष्टिकोण बनाउन नसक्ने कांग्रेसले आफ्नो दलभित्रको विवादलाई संविधानसभाको काँधमा पन्छाएर जिम्मेवारी पूरा हुँदैन। अब राज्य पुनःसंरचना आयोगको माग गर्नु बेमौसमको बाँसुरी हो। आगामी जेठ १४ गते संविधान बनाउनुपर्छ भनेर नेतृत्व लिनुपर्ने दलले निर्धारित तिथिभित्र संविधान बन्न सक्दैन भनेर सन्देश दिन खोज्नु भनेको चरम अक्षमताको उदाहरण हो। 
अर्को समाचार
स्वर्णिम वाग्लेद्वारा कांग्रेसबाट अलग भएको घोषणा: 'कांग्रेस दाई,भाउजु,साला,भतिजको अक्षम गिरोहमा परिणत हुदै'
१६ चैत्र २०७९
•
२ मिनेट पाठ
स्वर्णिम वाग्लेद्वारा कांग्रेसबाट अलग भएको घोषणा: 'कांग्रेस दाई,भाउजु,साला,भतिजको अक्षम गिरोहमा परिणत हुदै'
नेपाली कांग्रेस निकट अर्थशास्त्री स्वर्णिम वाग्लेले आफू कांग्रेस पार्टीबाट अलग भएको घोषणा गरेका छन्।




उनले आफ्नो फेसबुकमा बिहीबार साढे चार बजे  साँझ विशेष स्ट्याटस लेख्दै आफूले ५० बर्षदेखिको पारिवारिक विरासत गाँसिएको कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको बताएका छन्।

यसअघि उनले कांग्रेसका महामन्त्रीद्घय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, अरु नेताद्वय डा. शेखर कोइराला र डा. गोविन्दराज पोखरेलको मोबाइलमा मार्मिक सन्देश पठाउँदै भनेका थिए, ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले कांग्रेसमा बस्न सकिन।’

यस्तो छ उनको कांग्रेस पार्टी परित्यागको सन्देश:

...नेपाली काँग्रेसबाट अलग भएको घोषणा...

वि.स २०४२ सालको 'सत्याग्रह' र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।

त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें। विशेषतस् योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ। तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई(भाउजु(साला(भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।

अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ। सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ुयो देश बन्छु भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल।

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस