बर्बादीका तीन दशक
०८ फागुन २०७८
•
७ मिनेट पाठ
बर्बादीका तीन दशक
नेकपा (माओवादी) अर्थात् अहिलेको माओवादी केन्द्रले मुलुकमा सशस्त्र गतिविधि थालेको दिन अर्थात् २०५२ फागुन १ मा जन्मेका बालबालिका यतिबेला २७ वर्षका भइसकेका छन्।




ती बालबालिकाले पहिलो १० वर्ष माओवादीका गतिविधिबारे पुस्तक वा तत्कालीन समयमा छापिएका सामग्री अध्ययन गर्ने वा त्यो समय भोगेकालाई सोध्नुपर्ने हुन्छ। त्यसयताको समय विद्यार्थी जीवन भोग्दै वयस्क भइसकेको अहिलेको समयसम्म तिनका स्मृतिमा ताजा छ।

मुलुकका निम्ति तीन दशकको अर्थ छ। चीनले अर्थतन्त्र सुधारको अभियान थालेको डिसेम्बर १८, १९७८ पछिका १५ वर्षमै कायापलट भयो। क्रिस प्याटनले भर्खरै लेखेको निक्सन माओ वार्ताको ५० वर्षसम्बन्धी एक आलेख अनुसार सन् १९९० ताकाको १५ वर्ष अवधिमा चीनबाट अमेरिकामा निर्यात हुने सामग्री १६ सय प्रतिशतले वृद्धि भएको थियो। यो एउटा मानक हो। सही नेतृत्व मुलुकले पायो भने समृद्धिका अनेकन आधार तयार हुन्छन्। आमनागरिकको जीवनमा आमूल परिवर्तन हुन थाल्छन्।

नेपालमा माओवादीले पनि बितेका २७ वर्षमा अनेकन आयाममा प्रभाव पारेको छ। पहिलो, मुलुकमा २०४६ सालको जनआन्दोलनबाट प्राप्त प्रजातन्त्रको अन्त्य भएको छ। दोस्रो, माओवादीसहितको सहभागितामा देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ।

मुलुक गणतन्त्रमा प्रवेश गर्ने बेलासम्म मुलुकको समृद्धिको बाधक राजतन्त्रलाई मानिएको हो। त्यसपछि माओवादीसहितको संलग्नतामा मुलुक हाँक्ने जिम्मा प्रमुख दलहरूलाई २०६३ सालदेखि हरदम प्राप्त छ। अहिले आफ्ना कमजोरीको दोष कसलाई लगाउने भन्ने खोजी भइरहेको छ। तेस्रो, अहिलेसम्म आइपुग्दा मुलुक अन्तर्राष्ट्रिय भूराजनीतिको खेल मैदान बन्ने ठाउँमा आइपुगेको छ।

२०५२ देखि २०६२ सालसम्म माओवादी भूमिगतरूपमा सक्रिय भएको हो। २०६३ यता मुलुकको राजनीतिलाई माओवादीले घुमाइरहेको छ। खासगरी यसका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चाहनाअनुसार देशको राजनीतिलाई प्रभावित गरिरहेका छन्।

दाहालको दल नेकपा (माओवादी केन्द्र) को शक्ति क्षय भइरहेको छ। तैपनि उनी जता लाग्छन्, त्यता शक्ति आर्जन हुन्छ। आफूअनुकूल मुद्दालाई अगाडि बढाउने र प्रभावित गर्ने काम उनले निरन्तर गरिरहेका छन्।

दाहाललाई हदैसम्म लचिलो नेताका रूपमा चिनिन्छ। उनी छिनमै हाँस्छन्। छिनमै रुन सक्छन्। अतः उनलाई भावुक नेताका रूपमा समेत मानिसले बुझ्छन्। आज एउटासँग सँगै हिँडेका हुन्छन्, भोलि त्यसलाई छाडेर अर्कोतिर लाग्छन्। भुक्तभोगी नेताहरू उनका बारेमा भन्छन्, उनी दुईजना व्यक्तिका बीचमा बसे भने अन्तिममा तिनलाई बझाएर वा मिलाएर जसरी पनि आफ्नो प्रभाव छाडेर हिँड्छन्।

अहिलेको राजनीतिमै हेरौँ, उनी अहिले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर सरकार चलाइरहेका छन्। कुनै बेला दाहाललगायत माओवादी नेताका टाउकाको मोल तोक्ने निर्णय देउवा नेतृत्वकै सरकारले गरेको हो। त्यसैगरी अहिलेको सरकारमा दाहालका अत्यन्त निकट नेता नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल छन्।

नेपालका विरुद्ध दाहालले काठमाडौँ ठप्प पार्ने गरी आन्दोलन पनि गरेका हुन्। नयाँ बानेश्वरमा भाषण गर्दै उनले ‘नोकर होइन मालिकसँग वार्ता’ गर्ने भनेका हुन्। राति नेपालसँगै बसेर रात्रिभोज मात्र खाएनन् भोलिपल्ट उनको छुटेको चश्मा नेपालले संसद्मा हात लगाइदिएको घटना धेरैले बिर्सेका छैनन्।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीका विरुद्धमा आगो ओकल्ने गरेका थिए। तिनै ओलीसँग मिलेर दाहालले झण्डै दुईतिहाइको सरकार बनाउन योगदान गरे। फेरि ओलीको सरकारविरुद्ध उनी सडकदेखि सर्वोच्च अदालतसम्म पुगेपछि स्थिति फेरिएर देउवाको नेतृत्वमा सरकार बनेको छ। दाहाल निरन्तर सक्रिय छन्।

सबैभन्दा पछिल्लो पटक फेरि दाहालकै दैलोमा राजनीति आइपुगेको छ। एकातिर उनी कार्यकर्तालाई ‘साम्राज्यवादी अमेरिका’ विरुद्ध जुरुक्क उचाल्न सक्षम छन्। अर्कोतिर, त्यही अमेरिकालाई मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदानसम्बन्धी करिब ६० अर्ब रुपियाँको सम्झौता संसद्बाट अनुमोदन गर्ने आश्वासन पनि दिन्छन्।

हुँदाहुँदा उनकै सक्रियताका कारण शुक्रबार चीन र अमेरिका नेपालका विषयमा पहिलो पटक आमनेसामने भएका छन्। दुई मित्र मुलुकबीचको हाम्रो कारणले सुरु भएको यो दन्तबझानका निम्ति योगदान गर्ने नेतामध्ये अग्रणी रहेका छन् दाहाल।

नेपाल र अन्य देशको राजनीतिमा एउटा खास भिन्नता छ– बोली।  नेपालमा जे बोले पनि हुन्छ। यहाँ बोलेको कुरा पूरा हुँदैन भन्ने मान्यता छ। एकथोक बोल्ने र अर्को गर्नेलाई पनि खासै गल्ती मान्ने चलन छैन। अन्यत्र मुलुकमा बोली र व्यवहार फरक भएका व्यक्तिलाई ‘झुटा’ भनेर राजनीतिमा उठ्न दिइँदैन। हामीकहाँ ‘जति झुट उति माथि उठ’ भनेजस्तो छ।

आन्तरिक राजनीतिक प्रतिस्पर्धामा कूटनीतिक सम्बन्धलाई प्रयोग गर्दा मुलुकलाई पर्न सक्ने असरबारे केही दिनयता धेरैलाई जानकारी भइरहेको छ। आफू सरकारमा नभएका बेला अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद भन्दै कार्यकर्ता उचाल्न र आमनागरिकलाई उद्वेलित तुल्याउन जति सजिलो हुन्छ, आफूले व्यवहार गर्ने बेलामा त्यो गलपासो हुन्छ।

यतिखेर मुलुक यसअघि कहिल्यै नभोगेको स्थितितर्फ तीव्र गतिले अगाडि बढिरहेको छ। अहिलेकै जस्तो स्थिति रहेको भए न हिजोजस्तो पूर्व–पश्चिम राजमार्ग बन्ने रहेछ न त अरू पूर्वाधार नै। हाम्रा लागि सबै मित्र मुलुक बराबरी रहेका छन् र तिनले हामीलाई गरेको सहयोगलाई स्वीकार गर्दै आएका हौँ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले नेपाललाई दिने करिब ७० अर्ब रुपियाँको अनुदान सहायतासम्बन्धी विषयले मुलुकको राजनीति गम्भीर रूपले यतिबेला ध्रुवीकरण भइरहेको छ। बोली र व्यवहार एक नहुँदा अहिलेको स्थिति आएको हो। अन्तर्राष्ट्रिय कूटनीतिलाई आन्तरिक राजनीतिको विषय बनाएपछि जे स्थिति आउँछ, त्यही नै अहिले मुलुकले भोगिरहेको छ।

मित्र मुलुकसँग जे व्यवहार गरिएको हो, त्यसलाई जस्ताको तस्तै कार्यकर्ता तहमा व्यक्त गरेको भए अहिलेको अवस्था आउने थिएन। अहिले सार्वजनिकरूपमा जे भनिँदैछ, त्यही कुरा अमेरिकी अधिकारीहरूसँग पनि गरेको भए अहिले आएर सबैले यसलाई प्रतिष्ठाको विषय बनाउने अवस्था आउँदैनथ्यो।

हुँदाहुँदा यो विषय राष्ट्रिय राजनीतिको मात्र होइन, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको समेत विषय बन्न पुुगेको छ। नेपालका दुई मित्र मुलुक अमेरिका र चीन यसैकारण मुठभेडको आमनेसामने भएका छन्। एमसिसी अनुमोदन गर्न अमेरिकाले दिएको सम्बन्ध पुनरवलोकनसम्मको चेतावनीका विरुद्धमा चीनले समेत प्रतिक्रिया व्यक्त गरेको छ। नेपालले एमसिसी अनुमोदन गर्ने वा नगर्ने विषयलाई गिजोल्दै राजनीति बढाउन खोजेपछि यो अन्तर्राष्ट्रिय प्रतिष्ठाको विषय बन्न पुगेको छ। यो स्थितिमा पुर्‍याउन समेत दाहालको भूमिका छ।

नेपालले हिजो व्यवहार गर्दै आएको कूटनीतिलाई मात्र निरन्तर गरेको भए पनि आज यो अवस्था आउने थिएन। हामीभन्दा साना र पछि जन्मिएका मुलुकले समेत आफूलाई निकै चलाखीपूर्वक अगाडि बढाइरहेका छन्। आज हामीले भुटानको कूटनीति देखेर समेत आश्चर्य मान्नुपर्ने अवस्था छ। भारतको चाहना नहुँदा पनि नेपालले कोदारी राजमार्ग खोलेर चीनसम्म आफ्नो पहुँच बनाएको हो। हाम्रो मुलुकको आजको जस्तो राजनीति हुँदो हो त कोदारी राजमार्ग खुल्ने नै थिएन। अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको हितमा उपयोग गर्ने हो, आफ्नो दलको फाइदाका निम्ति प्रयोग गर्ने होइन।

आज देशभित्र एकअर्काबीच अविश्वासको वातावरण मात्र बनाइएको छैन, विश्व समुदायले समेत हामीलाई नपत्याउने अवस्थामा पुर्‍याइँदैछ। यसका निम्ति मुलुकको राजनीतिमा पछिल्ला तीन दशकमा भूमिका खेल्दै आएका प्रमुख नेताहरूले जिम्मेवारी लिनुपर्छ। त्यसमा पनि सबैभन्दा बढी भूमिका नेकपा (माओवादी केन्द्र) अध्यक्ष दाहालकै छ।देशलाई यस्तो अविश्वासको खाडलमा हाल्ने काम उनले गरेका छन्।

प्रमुख दलहरू अहिलेसम्म माओवादीकै अजेन्डामा हिँडेका छन्। मुलुकका वाम दलमात्र होइन, नेपाली कांग्रेससमेत तिनकै अजेन्डामा छ। विशेषगरी कांग्रेसले अहिलेसम्म माओवादीले भनेजसरी आफूलाई अगाडि बढाएका कारण समस्या भएको छ। अब बाटो बदल्ने बेला भएको छ।

कांग्रेस सभामपति शेरबहादुर देउवाले यो बेलामा आफूलाई सच्याउँदै अगाडि बढाएनन् भने यो मुलुकमा लोकतन्त्र अब बाँकी रहँदैन। उदार लोकतान्त्रिक बाटोबाट देश अब अर्को कठिन परिस्थितितर्फ उन्मुख हुँदैछ। राजनीतिलाई यसरी कचल्ट्याउँदै जाने हो भने मुलुकमा समृद्धि होइन, भागाभागको स्थिति आउने निश्चित छ।

माओवादी केन्द्र अध्यक्ष दाहालले पनि आफ्नो भूमिकाबारे सोच्ने बेला भएको छ। बितेका तीन दशक हाम्रा खेर गएका छन्। एकपछि अर्को प्रयोगको थलोमात्र भएको छ देश। यो स्थितिबाट देशलाई बाहिर निकाल्न सकिएन भने अहिलेको राजनीतिक नेतृत्व आममानिसले धिक्कार्ने स्थितिमा पुग्ने निश्चित छ।
अर्को समाचार
उद्घाटनपछि धरहराको काम सुस्तायो
०९ मंसिर २०७८
•
४ मिनेट पाठ
उद्घाटनपछि धरहराको काम सुस्तायो
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख ११ गते धरहराको सबै पूर्वाधार तयार नहुुँदै हतार–हतारमा उद्घाटन गरे। ओलीले उद्घाटन गर्नु अघिसम्म धरहरा निर्माणको काममा चार सयभन्दा धेरै कामदार दिनरात खटिन्थे।




जब तत्कालीन प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरे,यसको पुनर्निर्माणको गति कछुवा भन्दा पनि सुस्त भयो। ओली नेतृत्वको सरकार पतन भएसँगै ऐतिहासिक धरोहर पुनर्निर्माण सुस्तायो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विघटन हुने समय नजकिँदै जानु र ठेकेदार कम्पनीको ढिलासुस्ती तथा अकर्मण्यताले धरहरा पुनर्निर्माणको गति सुस्त हुन पुगेको हो।

तत्कालीन प्रधानमन्त्री ओलीले धरहरा उद्घाटन गर्दा परियोजनाको समष्टिगत भौतिक प्रगति ४५ प्रतिशत मात्रै थियो। प्राधिकरणका एक इन्जिनियर पूर्वप्रधानमन्त्री ओलीले उद्घाटन गरेसँगै धरहरा निर्माणको काम सुस्ताएको बताउँछन्।‘पहिला कहिले प्रधानमन्त्री आउने,कहिले राष्ट्रपति आउने गर्दा दबाबले ठेकेदार कम्पनीले द्रुत गतिमा काम गथ्र्याे,अहिले त झारा टार्ने हिसाबले मात्रै काम गरेको देखिन्छ,’ उनले भने, ‘पूर्वप्रधानमन्त्री ओलीले धरहरा उद्घाटन गरिसकेकाले पनि अहिलेको सरकारको प्राथमिकतामा यो परेको छैन। त्यसैले ठेकेदार कम्पनीले आलटाल गरिरहेको छ।’

महालेखापरीक्षकको ५८औं वार्षिक प्रतिवेदनले धरहराको उद्घाटन हुँदा वित्तीय प्रगति ५५ प्रतिशत र भौतिक प्रगति ४५ प्रतिशत देखाएको थियो। ‘धरहराको उद्घाटन भइसके तापनि सञ्चालनमा आएको छैन,’महालेखापरीक्षक कार्यालयको प्रतिवेदनमा भनिएको छ, ‘तोकिएको समयमा सम्झौता अनुसारको निर्माण सम्पन्न हुने अवस्था देखिँदैन।’ जिआइइटिसी–रमन जेभीले धरहरासहितका पूर्वाधार निर्माणका लागि तीन अर्ब ८ करोड ११ लाखमा ठेक्का लिएको थियो। २०७५ असोज १४ गते धरहरा पुनर्निर्माणको ठेक्का सम्झौता भएको थियो।

उक्त ठेक्का सम्झौता अनुसार धरहरा निर्माण दुई वर्षभित्रै सम्पन्न हुनुपर्ने थियो। तर कोभिड–१९ का कारण सरकारले दुईपटक ६–६ महिना आयोजनाको म्याद थप गरिसकेको छ। सरकारले पछिल्लो समय कोभिड–१९ लाई कारण देखाउँदै चैत मसान्तसम्म आयोजनाको म्याद थप गरेको छ। तर बाँकी काम आगामी चैत मसान्तभित्र सम्पन्न हुने देखिँदैन।

जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले धरहराको मुख्य स्तम्भ तयार भइसके पनि बाहिरी सौन्दर्यीकरणको काम अझै बाँकी रहेको बताए। ‘धरहराको मुख्य संरचना तयार भएर उद्घाटन भइसक्यो,’ उनले भने, ‘बाहिर देखिने संरचनाको काम अझै बाँकी छ।’

ठेकेदार कम्पनीका अनुसार अहिलेसम्म धरहराको समष्टिगत भौतिक प्रगति करिब ७० प्रतिशत छ। आयोजनाका अनुसार धरहराको प्रशासनिक भवन, युटिलिटिज भवन, भूमिगत पार्किङ, भूकम्पले क्षतिग्रस्त भएर बचेको धरहराको ठुटोलाई भूकम्प स्मारकको रूपमा सिसाको फ्रेममा राख्ने काम बाँकी छ।

धरहरा परिसरमा आकर्षक बगैंचा, संग्रहालय, रंगीन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायत निर्माण पनि बाँकी छ। प्रोजेक्ट म्यानेजर नकर्मीले आगामी साउनभित्र निर्माण सकिने दाबी गरे। प्राधिकरणका एक इन्जिनियरले ठेकेदार कम्पनीले धरहरा निर्माण बापतको मोबिलाइजेसन रकम अन्यत्रै खर्च गरेकाले धरहराको पूर्वाधारमा पर्याप्त लगानी र कामदार खटाउन नसकेको दाबी गरे।

‘४२ रोपनी क्षेत्रफलमा निर्माणाधीन धरहरामा अहिले दुई दर्जन कामदार पनि देखिँदैनन्,’ उनले भने, ‘राष्ट्रिय महत्वकाे यति ठूलो बजेटको प्रोजेक्टमा चार आनामा घर बनाउने जति कामदार खटाएकैले समयमै काम नसकिएको हो।’ यो आयोजना तीन अर्ब आठ करोड लागतको हो। ठेकेदार कम्पनीले यो आयोजनाको निर्माण थालेसँगै मोबिलाइजेसन बापत २० प्रतिशतको दरले ६० करोड रूपैयाँ रूपैयाँ बुझेको थियो।

जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर नकर्मीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समयमै निर्माणाधीन पूर्वाधारको डिजाइन उपलब्ध नगराउँदा निर्माणमा केही ढिलाइ भएको दाबी गरे। ‘प्राधिकरणले धरहरा परिसरमा निर्माण हुने प्रशासनिक भवनको डिजाइन उपलब्ध गराउनै दुई वर्ष जति ढिलो गर्‍यो,’ उनले भने, ‘युटिलिटिज लगायत अन्य पूर्वाधारको नक्सा तथा डिजाइनमा समय लगाएकाले तोकिएको समयमा काम हुन नसकेको हो।’

नकर्मीले आगामी साउनभित्रै धरहरा परिसरका संरचनाको पुनर्निर्माण हुने दाबी गरे। तर अहिलेकै गतिमा काम हुने हो भने त्यो सम्भावना निकै कम छ। धरहरा परिसरमा धेरै पूर्वाधार निर्माण गर्न बाँकी छ।

अहिले निर्माणाधीन धरहरा बाहिरबाट सरसर्ती हेर्दा ११ तल्लाको देखिए पनि भित्री भागमा २२ तल्ला छ। २०७२ सालको भूकम्पमा धरहरा भत्किएसँगै सरकारले आधुनिक निर्माण सामग्री र नयाँ शिराबाट निर्माण गर्दै आइरहेको छ।

प्रधानमन्त्री ओलीले आफैं उपस्थित भएर २०७५ पुस १२ गते धरहरा शिलान्यास गरेका थिए। पुरानो धरहराबाट करिब १० मिटर पूर्वतर्फ नयाँ निर्माण भएको हो। गजुरसहित नयाँ धरहराको उचाइ ७९.९ मिटर छ।
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले  समन्वय गर्ने
राजनीति
Clock २६ सेकेन्ड अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले  समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस