प्रक्रियाको बाटोबाट संविधान निर्माण अघि बढाउने सत्ता पक्षको निर्णयपछि देशको राजनीतिक अवस्था झन् जटिल बन्यो। संविधान सभामा झडपकै अवस्था आयो। प्रतिपक्षले संविधान सभामा तोडफोड नै गरे। त्यसपछि त दुई पक्षबीच संवाद बन्द भयो। अब के हुन्छ?संविधान सभा प्रक्रियामा जान्छ वा दलबीच सहमति हुन्छ भन्ने प्रश्न अहिले जनमानसमा छ। प्रतिपक्षी एनेकपा माओवादीलगायतका ३० दलले संविधान निर्माणकै लागि आन्दोलन आवश्यक देखेका छन् भने सत्ता पक्ष कांग्रेस र एमाले पनि संविधान निर्माणकै लागि प्रक्रियामा गएको दाबी गर्छन्। दुवै पक्ष संविधानकै लागि फरकफरक बाटोमा लागेर संविधान बन्न सक्दैन। यसको लागि एउटा साझा बिन्दु पहिल्याउनु अत्यावश्यक छ।
पहिलो संविधान सभाले पटकपटक म्याद थप्दा पनि संविधान दिनसकेन। २ वर्षको समयावधि ४ वर्ष पुग्यो, तर दलहरूबीच सहमति जुट्न नसक्दा ऐतिहासिक संविधान सभा नै विघटन हुनपुग्यो। दोस्रो संविधान सभाले पनि पहिलोकै नियति भोग्नुपर्ने त हैन भन्ने चिन्ता सर्वत्र छ।
आखिर किन आउन सकेन त यति लामो संघर्षबाट प्राप्त भएको संविधान सभाबाट समयमै संविधान? प्रश्न गम्भीर बन्दै गइरहेको छ। लोकतन्त्र प्राप्तिको संघर्षका सहयात्री दलबीच नै फाटो देखिनु दुर्भाग्य हो। संविधान जारी नभइकन दलबीच दूरी बढ्नु राम्रो होइन।
अहिलेको अवस्था बाहिरबाट हेर्दा सामान्य देखिए पनि हामी जटिल मोडमा छौँ। एक पटक संविधान सभा विघटन भैसकेको छ। अर्को संविधान सभामा आइपुग्दा पनि दलबीच सहमति कायम हुनसकेको छैन। यसले संक्रमणकाल लम्बिँदै गइरहेको छ। संक्रमणकाल लामो हुनु आर्थिक, राजनीतिक र सामाजिक कुनै पनि रूपमा राम्रो हँुदैन। यस्तो अवस्थामा गलत तत्वले फाइदा उठाउने सम्भावना हुन्छ। विदेशी तत्वहरूले आफ्ना ‘इन्टरेस्ट'लाई अघि बढाउने मौका पाउँछन् भने देशमा विकास र समृद्धिको बाटोमा अवरोध सृजना हुन्छ।
बाह्र बुँदे समझदारीदेखि सुरु भएको दलहरूबीचको सहयात्रा संविधान नबन्दै खतरामा पर्दै आएको छ। शान्ति सम्झौताका दुई हस्ताक्षरकर्तामध्ये नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको निधन भइसकेको छ, एमाओवादीका पुष्पकमल दाहाल प्रतिपक्षी मोर्चाको नेतृत्व गरिरहेका छन्। कांग्रेस र एमालेमा शान्ति प्रक्रियालाई नजिकबाट नियालेकाहरू मुख्य नेतृत्वमा छैनन्। यसले पनि दलहरूबीचको सहयात्रामा अवरोध पैदा भइरहेको छ।
संविधान सभा र नियमित संसद् फरक निकाय हुन्। तर नेपालमा संविधान सभा पनि संसद्कै भूमिकामा देखिन थालेको छ। संविधान सभामा नै प्रतिपक्ष र सत्ता पक्ष देखिनु स्वाभाविक होइन। संविधान सभामा आन्दोलनका एजेन्डाहरूले प्रमुख स्थान पाउनु पर्छ, पार्टीका एजेन्डा होइन। छलफल हुनुपर्छ, तर त्यसका आधार विगतका आन्दोलनका प्रतिबद्धताहरू हुनुपर्छ। त्यसो हुनसकेन, राजनतिक नेतृत्वको यो ठूलो कमजोरी हो। सहमति कायम गर्न दलहरूले आआफ्नो ‘इगो' त्याग्नैपर्छ। इगो राखेर गरिने छलफलबाट सहमतिको बिन्दुमा पुग्न सकिँदैन। आफ्ना असहमति राख्दै सबैलाई मान्यहुने बीच धार खोज्नु आजको अबस्यकता हो।
भारतमा पनि स्वतन्त्रता संग्राम पछि संविधान बनेको हो। अमेरिका र दक्षिण अफ्रिकामा पनि आन्दोलनपछि संविधान सभामार्फत् संविधान बनेका हुन्। दक्षिण अफ्रिकामा गोराहरूले पनि अपनत्व महसुस गर्ने खालको संविधान बनाउन कसरी सम्भव भयो र नेल्सन मन्डेला लोकतन्त्रको लागि किन विश्वका निम्ति आदर्श बन्नसके भन्ने कुरा नेपालका नेताले पनि बुझ्नु जरुरी छ।
युद्ध, शान्ति र लोकतन्त्रमा विश्वको ध्यान आकृष्ट हुनु स्वाभाविक हो। नेपालको शान्ति प्रक्रियामा छिमेकीको चासो हुनु पनि स्वाभाविकै हो। तर चासो र हस्तक्षेपको अन्तर नेताहरूले बुझ्नुपर्छ। कसैले हस्तक्षेप गर्न चाहन्छ भने त्यो गलत हो, त्यसो हुन नदिनु राजनीतिक नेतृत्वको दायित्व हो। सल्लाह, सुझाव सबैको लिन सकिन्छ, तर निर्णय आफै गर्न सक्नुपर्छ।
संघीयताकै विषयमा गएर सहमतिको गाँठो अड्किएको छ। कुन मोडेलमा यसको निर्माण गर्ने भन्नेमा दलहरू एकमत हुनसकेका छैनन्। कोही यस्ता पनि छन, जो देशलाई संघीयतामा नै लैजान हुँदैन यसले विखण्डन ल्याउँछ भन्छन्। तर संघीयता यस्तो विषय बनिसकेको छ, अब त्यसलाई कसैले चाहेर पनि रोक्न सक्दैन। रोक्ने प्रयास गर्नेमात्र हो भने पनि अर्को विद्रोहको खतरा रहन्छ।
राष्ट्रियता भूगोलले मात्र निर्धारण गर्दैन। भूगोललाई मात्र राष्ट्रियता मान्नुले हामी कहिल्यै अघि बढ्न सक्दैनौं। जात, धर्म, संस्कृति, आर्थिक, सामाजिक परिवेश मिलेर नै राष्ट्रियता बन्ने हो। यिनै आयामका बीचबाट पहिचानको कुरा आएको हो। सबैखाले शोषणबाट मुक्त र पहिचानसहितको संघीयता आजको आवश्यकता हो। तर पहिचानलाई राम्रोसँग बुझाउन नसक्दा यसले जातीयताको रूप लिने त हैन भन्ने आशंका बलियो हुँदै गएको छ।
सोभियत संघमा स्टालिनले अभ्यास गरेको समाजवादी लोकतन्त्र अन्त्यमा नोकरशाही लोकतन्त्रमा परिणत हुनपुग्यो। उनको पतनपछि रुसमा उदाएको उदार लोकतन्त्रको अवस्था पनि कमजोर छ। भ्लादिमिर पुटिनसम्म आइपुग्दा त्यसको रूप स्टालिनकै जस्तो हुने त हैन भन्ने आशंका बढिरहेको छ। यसले के देखाउँछ भने लोकतन्त्र प्राप्तिमात्र सबै चिज होइन, यसको सदुपयोग नै मुख्य कुरा हो। अहिले राजनीतिक नेतृत्वले यसको दीर्घकालीन भविष्य सोच्न नसक्ने हो भने अवस्था जटिल हुनसक्छ। संविधान निर्माणको क्रममा छौँ, संघीयताको बहस छ, तर निर्णयमा पुग्न अति विलम्ब भएको छ। दलहरू यसको विषयमा भन्दा पनि सत्ताको सिँढी कसरी चढ्न पाइएला भनेर चिन्तित छन्। ऐतिहासिक प्राप्तिलाई संस्थागत नगरी अन्य स्वार्थमा लाग्दा देशमा समस्या पैदा भइरहेको छ।
पहिचान र सामर्थ्यको आधारमा संघहरूको निर्माण गर्ने भनिएको छ। तर यसको जिम्मा लिएर बसेकाहरू नै यो विषयमा स्पष्ट छैनन्। एकथरि यो जातीय हो भन्छन्, अर्काथरि सबैको पहिचान हो र पहिचान जात हुनसक्दैन भन्छन्। आखिर के हो? दुवै पक्षले स्पष्टरूपमा जनतालाई बुझाउन सकिरहेका छैनन्। संघीयतामा जाने भइसकेपछि सीमित भूगोललाई अलग्याउन पाइँदैन भन्दै अखण्ड आन्दोलन गर्ने पनि देखिए। संघीयतामा सीमित भूगोललाई च्यापेर बस्नु बुद्धिमानी होइन। यसले झन् विग्रह ल्याउँछ।
मधेस आन्दोलन तथा जनजाति आन्दोलनले संघीयताको मुद्धालाई व्यापकरूपमा स्थापित गरायो। त्यसले मधेसी, जनतातिहरूमा एकप्रकारको महत्वाकांक्षा पनि रोपिदियो। पहिलो संविधान सभादेखि दोस्रोसम्म आइपुग्दा उनै पुरानै विषयमा दलबीच छलफल चलिरहेको छ। यतिका वर्षसम्म एउटै विषयमा छलफल गर्दा पनि सहमति निस्किएको छैन। दलहरू इमानदारीका साथ आफ्ना स्वार्थ त्यागेर वार्तामा बस्ने हो भने केही घन्टामा नै सहमति बन्नसक्छ। तर स्वार्थ अन्त कतै नभई सत्तामा गएर ठोक्किनाले समस्या जहाँको त्यहीँ अड्किएको छ। संविधान सभाको लामो अभ्यासपछि पनि हामी जहाँको त्यहीँ छौ। यो गतिरोधलाई अन्त्य गर्ने मुख्य उपाय भनेको सत्तालाई महत्वाकांक्षा नबनाउनु हो। सत्तामा रहेकाले पनि त्यसमै टाँसिइरहने महत्वाकांक्षा त्याग्नुपर्छ। र, प्रतिपक्ष तथा सत्ता पक्ष दुवैको महत्वाकांक्षा संविधान हुनुपर्छ। यसरी सोच्नसक्दा अहिलेको जटिलताको गाँठो फुक्नेछ।