गणितका समानान्तर रेखाहरू अनन्तसम्म लम्याउँदा पनि एकापसमा मिल्दैनन्। तर राजनीतिका समानान्तर रेखाको टुप्पामा रहेको स्वार्थको बिन्दुलाई अलिकति झुकाइदिने हो भने तिनीहरू सानो दूरी तय गर्नासाथ मिलिहाल्छन्। त्यसैले गणितका समानान्तर रेखाको त कुरै छोडौँ, राजनीतिक र आर्थिक सिद्धान्तका समानान्तर रेखाहरू पनि राजनीतिको व्यवहारमा मेल खाँदैनन्। त्यसैले राजनीतिमा हुने/नहुने कुराहरू एकैसाथ हुन्छन्। निर्माणाधीन संविधानका अन्तर्वस्तुमा केही सीमित सवाललाई लिएर उत्पन्न ध्रुवीकरणका समानान्तर रेखाहरू अझै पनि विपरित दिशातर्फ लम्बिरहेका मात्र छैनन्, एकैदिशातर्फ तर समानान्तर दूरीमा लम्बिरहेका छन्। जबसम्म दुवै समानान्तर रेखालाई अलिकति बंग्याइँदैन तबसम्म राजनीतिको केन्द्रिभूत बिन्दु अर्थात ‘कन्भर्जेन्ट प्वाइन्ट' फेला पार्न सकिने छैन। राजनीतिका समानान्तर रेखालाई बंग्याउने कसरी त?शिक्षामा जस्तै राजनीतिमा पनि अहिले मुलुकले एसएलसी दिँदैछ। र, एसएलसीमा गणित अलि गाह्रो विषय मानिन्छ। नेपालको राजनीति यसै त धेरैले बुझिँदैन भन्छन्, त्यसमा अझ गणित मिसिएपछि यसै पनि अप्ठेरो हुनै नै भयो। हामीलाई थाहै छ– करौडौँ अवैध आम्दानीको हिसाबकिताब रिठ्ठो नबिराई गर्नसक्ने हाम्रा नेताहरूले ६०१ को अंकगणितलाई भने ज्यादै उल्टोपाल्टो पार्दै आएका छन्। अंकगणितभन्दा ज्यामिति अझ अप्ठेरो हुन्छ। त्यसैले ‘सहमति' र ‘प्रक्रिया'का समानान्तर रेखालाई एकापसमा मिलाउन लागेका पक्ष र विपक्षका दल असफल रहँदै आएका छन्। पहिलो संविधान सभाको नियमित परीक्षामा दलहरू अनुत्तीर्ण भइसकेका हुन्। अहिलेको संविधान सभा त दलहरूका लागि मौका परीक्षामात्रै हो। तैपनि, सहमति र प्रक्रियाका समानान्तर रेखाहरू झन्झन् टाढा जाँदैछन्। यसको अर्थ वर्तमान मौका परीक्षाको गणितमा पनि दलहरू अनुत्तीर्ण हुने सम्भावना प्रवल छ। त्यसको विपरित दलहरूले सानो प्रयत्न गरे भनेचाहिँ यो मौका परीक्षामा उत्तीर्ण हुनसक्ने सम्भावना पनि ज्यादै निकट छ।
यसको पहिलो प्रमाण हो, नयाँ संविधानको सैद्धान्तिक आधार। हो, नयाँ संविधान लोकतन्त्रका आधारभूत सिद्धान्तको जगमा बन्ने कुरालाई अस्वीकार गर्ने दल आजको संविधान सभामा छैन। तर राज्य व्यवस्थामा लोकतन्त्रको प्रत्याभूति कसरी गर्ने भन्ने सवालमा दलबीच मतभिन्नताहरू छन्। र, ससाना दलका निजी दलीय घोषणापत्रमा जेसुकै लेखिएको भए पनि उनीहरू वर्तमान राजनीतिक शक्ति सन्तुलनले जन्माएको संविधान सभाको संरचनालाई स्वीकार गरेर अघि बढ्न तयार छन्। दोस्रो प्रमाण हो, २०६२/०६३ सालको आन्दोलनका निर्णायक शक्तिहरूबीच समावेशिता, धर्मनिरपेक्षतासहितको संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई साझा उपलब्धिका रूपमा स्वीकार गर्ने कुरामा समानता छ। तेस्रो प्रमाण हो, अहिले अनुत्तीर्ण भइयो भने अर्को संविधान सभाको निर्माण गर्न सकिने छैन र संविधान सभामार्फत् नयाँ संविधान निर्माण गर्ने कुरा असम्भवप्रायः हुनेछ भन्ने कुरामा पनि मतैक्य छ। यी यस्ता आधारभूत विषय हुन् जसले संविधान नबन्ने कारणलाई दृढतापूर्वक खारेज गरिदिन्छन्। त्यसो भए किन दलहरूबीचको ध्रुवीकरण समानान्तर दूरीमा अगाडि बढिरहेको छ त? यसको मुख्य कारण के हो भने दुवै ध्रुवमा दलहरूभित्र आन्तरिक राजनीतिक शक्ति सन्तुलनका विविध आयामले तिनको केन्द्रीकृत संरचनामा धावा बोलेका छन्। यसले दलहरूको केन्द्रलाई निर्णय प्रक्रियामा कमजोर बनाइदिएको छ। दुवै ध्रुवका राजनीतिक शक्तिहरूको आन्तरिक समस्या संविधान निर्माणमा मुख्य बाधक तत्वको रूपमा देखापरेको छ।
दोस्रो संविधान सभाको निर्वाचनमा एमाओवादी र मधेसवादी दल अधिक कमजोर हुनपुगेपछि मुलुकको राजनीतिक शक्ति सन्तुलनमा पनि अत्यधिक प्रभाव पर्नु स्वाभाविकै थियो। किनकि, जनआन्दोलन, सशस्त्र जनयुद्ध र मधेस आन्दोलनले चालू संविधान सभाको त्रिकोणात्क राजनीतिक आयामलाई प्रतिनिधित्व गर्दछन्। उल्लिखित ३ आयामिक सन्तुलनलाई सम्बोधन नगरिकन संविधान निर्माण सम्भव छैन भन्ने कुरा निर्विवाद छ। पक्ष/विपक्षका तर्कहरूलाई बल पुर्यासउनका लागि गरिने निषेधात्मक तर्कको पनि आआफ्नो ठाउँमा स्थान रहन्छ, तर त्यसले राजनीतिक अवस्थालाई बदल्न सक्तैन। जसरी पहिलो संविधान सभामा संसदीय राजनीतिक शक्तिहरू आवश्यकताभन्दा बढी कमजोर हुँदा संविधान निर्माण हुनसकेन, ठीक त्यसैगरी दोस्रो संविधान सभामा जनयुद्धकारी र मधेसवादी शक्ति आवश्यकताभन्दा बढी कमजोर बन्दा संविधान निर्माण गर्न अप्ठेरो भइरहेको छ।
संसदीय शक्तिको अत्यधिक विजयले उक्त दलभित्र रहेका परिवर्तनविरोधी अभिजात वर्गलाई बढी उत्साहित तुल्याएको छ। यसले गर्दा नेतृत्वलाई हिजोका आफ्नै निर्णयहरूलाई पुनर्मूल्यांकन गर्नुपर्ने दबाब उत्पन्न गराएको छ। राज्य पुनःसंरचना र शासकीय स्वरूपमा देखापरेको संसदीय प्रणालीको जडतामा कांग्रेस–एमाले एकै ठाउँमा उभिन पुग्नु यसैको परिणति हो। जसरी पहिलो संविधान सभामा ‘देव्रे अतिवाद' हावी भइहेको प्रत्यक्ष अनुभव गर्न सकिन्थ्यो, त्यसैगरी अहिले ‘दक्षिण अतिवाद' हावी भएको छ। निर्वाचन प्रणाली, संघीयता र शासकीय स्वरूपमा हिजोका आफ्नै अडानभित्र रहेर निर्णय गर्न पनि कांग्रेस–एमालेलाई गाह्रो पर्दै आइरहेको छ। हिजाकोे शक्ति सन्तुलनभन्दा बलशाली बन्नेबित्तिकै उनीहरूको आन्तरिक पार्टी सन्तुलन पनि बदलिएको छ। त्यसैले विगतमा गरिएका पार्टीका निर्णयलाई विरोधी समूहले आन्तरिक संघर्षको साधन बनाउन आरम्भ गरेको छ। यसले पार्टीको नेतृत्वलाई पूर्वनिर्णित राजनीतिक अडानमा कायम रहन मुस्किल पारेको छ, या त पूर्ववत् राजनीतिक निर्णयको विपरित मत राख्ने पार्टी नेतृत्व स्थापित भइसकेको छ। यसले गर्दा संविधानका अन्तर्वस्तुहरूको अर्थ र महत्वको दूरी फराकिलो बन्दै गएको छ।
अर्कोतिर ‘जनयुद्ध' र मधेस आन्दोलनका शक्तिलाई पनि आन्तरिक र बाह्य दबाब उस्तै ढंगले परिरहेका छन्। खासगरी एमाओवादीलाई उसकै विभाजनका अंशहरूले वर्गीय स्खलनको आरोप लगाउँदै संविधान सभा छोडेर बाहिर निस्किन दबाब दिइरहेका छन्। ज्यादै केन्द्रीकृत ढाँचामा उभिएको एमाओवादीलाई राज्य व्यवस्थाको लोकतान्त्रिक चरित्रले आन्तरिकरूपमा थिलथिलो पारेको छ। तैपनि उसले आफ्नो पार्टी संरचनालाई समयानुकूल परिवर्तन गरेको छैन। परिणामस्वरूप नेतृत्वको निर्णय ज्यादै कमजोर बन्दै गइरहेको छ। यस्तो अवस्थामा उसका निम्ति केही राजनीतिक मुद्दा ‘निर्णायक पार्टी पहिचान' बनेर देखापरेका छन्। एमाओवादीका लागि संघीयता मुख्यरूपमा पार्टी पहिचानको मुद्दा बनेर देखापरेको छ।
उता क्षेत्रीय शक्तिको नेतृत्व गरेका मधेसी दलहरू पनि मधेसलाई आफ्नो सोचाइअनुकूलको संघीयतामा लैजान असफल हुने देखेपछि एमाओवादीको नेतृत्वमा ध्रुवीकृत भएका हुन्। उनीहरूमा पनि संविधान सभा छोडेर आन्दोलनमा तान्ने प्रयत्न हावी भइरहेको देखिन्छ। त्यसकारण राजनीतिका समानान्तर रेखाहरूलाई मिलाउने हो भने अहिले ‘दक्षिण अतिवादी' रेखालाई अलि बढी र ‘जातीय/क्षेत्रीय अतिवादी' रेखालाई थोरैमात्र बंग्याउने नीति जरुरी छ। यसो गर्ने हो भने उल्लिखित समानान्तर रेखाहरू तुरुन्तै मिल्नसक्छन्। तर गणितको नियमानुसार त्यसको लागि केही निश्चित दूरी भने पार गर्नु पर्नेछ। त्यस्तो सम्भावित राजनीतिक दूरी अपेक्षाकृत छोटो रहने देखिन्छ। किनकि, विपक्षी मोर्चाको आन्दोलनको निरन्तरतासँगै सत्तापक्षलाई प्रक्रियामा जान दबाब बढिरहेको छ। सम्भवतः आगामी हप्तासम्म विपक्षी मोर्चा सहमतिमा आएन भने सत्तापक्षले पनि प्रक्रियालाई अगाडि बढाउनेछ। प्रतिपक्षले त्यसको प्रतिक्रिया आफ्नै मान्यतामा आधारित संविधानको घोषणा गरेर दिनसक्छ। र, प्रक्रियाबाट निर्माण हुने संविधानको समानान्तर ढंगले प्रतिपक्षले प्रचारात्मक संविधानलाई अगाडि ल्याएपछि दुवै पक्षमा सहमति कायम गर्न दबाबहरू घनिभूत ढंगले बढ्दै जानेछन्। अब राजनीतिक ध्रुवीकरणको अर्को चरम अवस्था उत्पन्न नहुन्जेल सहमति कायम गर्न सम्भव हुने छैन। प्रक्रियाबाट संविधान निर्माण हुँदै गर्दा विपक्षीहरूको रणनीति पनि निर्माणाधीन संविधानको समानान्तर विरोधको प्रक्रियाबाट अगाडि बढ्ने रहेको देखिन्छ। त्यस्तो विरोध त्यसबेलासम्म भइरहने देखिन्छ, जुन बेलासम्म अन्तिम अवस्थामा दुईतिहाइ बहुमतबाट संविधान जारी हुने परिस्थिति आउने छैन। र, त्यही अन्तिम बेलामा मात्र सहमति जुट्ने सम्भावना बढ्दै गएको छ। सहमति अनिवार्य छ, तर त्यसलाई प्राप्त गर्ने बाटो भने अब फरक र फराकिलो– दुवै एकैसाथ भैरहेको छ।
विकसित राजनीतिक घटनाक्रमले सहमति पूर्णरूपमा चुँडिएको जस्तो देखाए पनि फरकफरक बाटो र प्रक्रियाद्वारा पुनः सहमतिमा जोडिने निश्चितजस्तै छ। संविधान सभाको वर्तमान संरचनाले गर्दा सहमतिको सहज प्रयास हुनै कठिन थियो। त्यसैले सहमतिमा पुग्न पनि दलहरूले झट्ट हेर्दा दुर्घटनाजस्तै लाग्ने दुरुह बाटो रोज्न बाध्य छन्। तर सहमतिमा पुग्नैपर्ने अर्को उस्तै बाध्यतामा पनि उनीहरू छन्। आजसम्म चलेका दलीय छलफल, वर्तमान संविधान सभाको दलीय सन्तुलनको संरचना, अन्तर्राष्ट्रिय सरोकार र दबाब, विभिन्न दबाब समूहलगायतको सन्दर्भलाई दृष्टिगत गर्ने हो भने मोटामोटी सहमतिको खाका आँकलन गर्न सकिन्छ। शासकीय स्वरूपको हकमा संसदीय राजनीतिक प्रणालीमा सहमत हुन एमाओवादी बाध्य बन्ने निश्चितजस्तै छ। यसको क्षतिपूर्तिस्वरूप बराबर प्रतिशतमा आधारित प्रत्यक्ष र समानुपातिक प्रतिनिधित्व हुने निर्वाचन प्रणाली स्वीकार्न सत्तापक्ष बाध्य हुनेछ। र, सर्वाधिक विवादास्पद संघीयताको सवालमा भाषिक/जातीय, क्षेत्रीय र सामर्थ्यको आधारमा दुई–दुई प्रदेशको नामकरणद्वारा छ प्रदेशमा सहमति कायम गर्न सकिने सम्भावना प्रवल छ। यसै प्रस्तावनाको वरिपरि अन्तिम समयमा सहमति कायम हुने र संविधान निर्माण हुने सम्भावनामात्र छैन, अपरिहार्य पनि छ।