संकटमोचनको मार्गचित्र
०१ जेष्ठ २०६६
•
१२ मिनेट पाठ
संकटमोचनको मार्गचित्र
प्रधानसेनापति प्रकरणबाट जटिलताको भुमरीमा फसेको नेपालको राजनीतिले अझै निकास पाएको छैन । संविधानसभा निर्वाचनमा प्राविधिक रूपमा धेरै स्थान ल्याएको माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाएको थियो । नेपाली कांग्रेससमेतको असहमति हुादाहुादै पनि नेकपा -एमाले)को सहयोगमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका थिए । संविधानसभाको निर्वाचनमा गणतन्त्र नेपालको पहिलो राष्ट्रपति हुने प्रचार नारामै सीमित भएपछि दाहाल प्रधानमन्त्रीमा चित्त बुझाउन वाध्य भए । देशमा 'चमत्कार' देखाउने घोषणासहित प्रधानमन्त्री बनेका दाहाल अन्ततः असफलताको 'चमत्कार' देखाएर सरकारबाट बाहिरिन पुगे । माओवादीमाथि सत्ता कब्जाको आरोप लागिरहेकै बेला प्रधानमन्त्रीले राजिनामा दिएपछि निकासको संकेत देखिएको थियो तर नयाा सरकार बन्न नसक्दा अन्यालको तुवाालो बाक्लिादै गएको छ ।




यति बेला सतहमा समस्याको समाधान खोज्ने व्यापक प्रयत्न भएको देखिन्छ । नेपालका राजनीतिक दलमात्र होइन, विदेशी शक्ति पनि यसमा सक्रिय देखिन्छन् । तर देशीविदेशी शक्तिका आआˆनै स्वार्थ समस्या समाधानमा बाधक बनिरहेका छन् । कसैले पनि स्वार्थलाई बोकेर हिडेसम्म निकास निस्कन गाह्रो हुन्छ । जेलिएर लट्टएिको धागो खोल्न हरेकले एउटा एउटा टुप्पो समातेर आफूतिर तान्दै गए त्यो धागो झन् बल्भिmादै जान्छ । गुजुल्टो फुकाउन एउटा टुप्पो समातेर खोल्दै जानुपर्छ । अहिलेको समस्या समाधानका लागिपनि त्यही विधि अपनाउनु जरुरी छ ।

हिंसात्मक बाटोबाट सत्ता कब्जा गर्ने लक्ष्य लिएर जनयुद्धमा होमिएको नेकपा -माओवादी) उक्त कार्यनीति सफल नभएपछि दोस्रोे विकल्पमा आएको हो । माओवादी शान्तिपूर्ण राजनीतिक मूलप्रवाहमा प्रवेश गरेपछि उसको कार्यनीति परिवर्तन हुनपुग्यो । उसको पछिल्लो कार्यनीतिक कार्यदिशा हालै सार्वजनिक भएको दाहालको भिडियो भाषणले पनि प्रष्ट गर्छ । तर्कसंगत निहूा नपाई माओवादी आफैले अघि सारेको संविधानसभाको मुद्दाबाट भाग्न सक्दैन्थ्यो । उ वाध्यताले संविधानसभामा जान परेपनि जित्ने अपेक्षा राखेको थिएन । निर्वाचनमा असफल भएपछि देशीविदेशी प्रतिक्रियावादीको षड्यन्त्रले पराजित बनाइयो भन्दै चुनावी परिणाम अस्वीकार गरेर 'जनविद्रोह' भड्काउने उसको रणनीति थियो । तर अनपेक्षित रुपमा संविधानसभामा धेरै सिट आएपछि माओवादीको नीति परिवर्तन भयो र ऊ 'शान्तिपूर्ण र वैधानिकरूपमा सत्ता कब्जा गर्ने' कार्यनीति अपनाउन पुग्यो ।

त्यसको 'रिहर्सल' माओवादीले सत्तामा पुगेकै दिनदेखि थाल्यो । सरकारको नेतृत्वमा पुग्दापनि माओवादीको दम्भ र अराजकतामा कमी आएन र कुनै जिम्मेवार भूमिकाको अनुभूति जनताले गर्न पाएनन् । माओवादीले प्रतिपक्षमात्र होइन, एमाले समेतका सत्ता साझेदार दललाई समेत सन्तुष्ट बनाउन सकेन । माओवादीको अधिनायकवाद, वाईसीएलको हिंसा, अन्य दलमाथिको प्रहारजस्ता ज्यादती बढ्दै गए । अन्य दलका कार्यकर्ताको हत्या, कुटपिट, दवावआदि चरम बन्दै गयो । प्रचण्ड थैबहरूको नृशंस हत्या, त्रिविका उपकूलपतिमाथि कालोमोसो, एकलौटी ढङ्गले राष्ट्रको ढुकुटी रित्याउनेजस्ता 'चमत्कारिक' काममा माओवादी रमाउादै गयो । लोकतन्त्र र शान्तिको लागि भन्दै प्रधानमन्त्रीले राजिनामा दिएपछि माओवादी अराजकता र हिंसा झन बढेको छ । रामेछापमा एमाले कांगे्रसका कार्यकर्तालाई विदेशी दलाल भन्दै गाउा निकालाको 'फरमान' जारी गरियो । रोल्पाका जुगार, गैरीगाउा लगायतका स्थामा एमाले पार्टी कार्यालय तोडफोड गर्ने, साइनबोर्ड फाल्ने, झण्डा जलाउनेजस्ता उद्दण्ड क्रियाकलाप भएको छ ।

प्रेसमाथि आक्रमण गरेर उसलाई आलोचक हुन नदिने, न्याय, प्रहरी र कर्मचारी क्षेत्रलाई राजनीतिकरण गरेर अनुकूल बनाउने र त्यहााभित्र 'भाटगिरी' प्रवृत्ति बढाउने अभियान चलाइयो । पछिल्लो अवधिमा सेनामा समेत हस्तक्षेप गरेर गैरराजनीतिक र अधिनायकवादी सोचबाट प्रभावित क्रियाकलाप प्रदर्शन भए ।
माओवादी सेना समायोजनको नाममा नेपाली सेनालाई माओवादीकरण गर्न चाहन्थ्यो । दाहालको भाषणले पनि सेना समायोजनपछि माओवादीका थोरै प्रशिक्षित सेनाले धेरै नेपाली सेनालाई राजनीतिक रूपमा प्रशिक्षित गर्ने, नेपाली सेनाको तल्लो तहलाई आˆनो पक्षमा ल्याउने र माथिल्लो तहलाई हटाएर दबाएर तह लगाउने र सिंगो सेनालाई 'डिमोरलाइज्ड' गर्ने अनि सेनामा आˆनो लगाम बलियो बनाउने उसको योजना रहेको खुलासा गरेको छ । यसरी एकातिर प्रेस, न्याय, कर्मचारी, प्रहरी, सेनामा समेत आˆनो प्रभाव जमाउने अर्कोतिर जनताको नाममा आˆना लडाकुलाई विद्रोहमा उतारेर समग्र सत्ता कब्जा गर्ने माओवादीको रणनीति रहेकोमा शंका छैन । यो 'मिसन' पूरा गर्ने सिलसिलामा पछिल्लो पटक माओवादीले अन्य सहयात्री दलको समेत सहमति नलिई प्रधानसेनापति कटवाललाई हटाएर खड्कालाई ल्याउने निर्णय गर्‍यो । कटवाल प्रकरण यसै शृफ्लाको एउटा कडी हो । यसैका कारण देशमा राजनीतिक संकटको अवस्था सिर्जना हुनपुग्यो ।

प्रधानसेनापतिको बर्खास्ती, राष्ट्रपतिको कदम र प्रधानमन्त्रीको राजिनामापछि नेपालको राजनीतिले नयाा मोड लिनपुग्यो । राजनीतिक दलहरूको कदम र राष्ट्रपतिको कटवाललाई बहाल रहन गरेको पत्राचारले हाललाई माओवादीको सत्ता कब्जाको रणनीति तुहिन पुगेको छ । माओवादीको अतिवादलाई चुनौती दिएपनि राट्रपतिको कदम सही भने थिएन । हाम्रो संविधानले सक्रिय राष्ट्रपतिको परिकल्पना गरेको छैन । संवैधानिक र 'सेरेमोनियल' राष्ट्रपतिले शक्तिको अभ्यास गर्नु लोकतन्त्रको उपहास हुन्छ । राष्ट्रपतिको गैरसंवैधानिक कदम सच्च्याउन जरुरी छ ।

कांग्रेस माओवादी नेतृत्वको सरकार गिराउन चाहन्थ्यो, यो उद्देश्य पूरा भएको छ तर उग्रवामपन्थले थिलथिलो भएको देश दक्षिणन्ंथी भासतर्फ धकेलिएकोमा सजग छैन । उसको आˆनै स्वार्थत छादैछ । एमालेकै एक हिस्सा पनि माओवादी अतिवादलाई ठेगान लगाउने नाममा दक्षिणपन्थ प्रभावी भएकामा सचेत देखिएन । मदेसको 'सेन्टीमेन्ट'बाट संविधानसभाको चौथो ठूलो दल फोरममा यतिबेला ठूलो विवाद छ । नयाा सत्ता समिमरणकालागि माओवादी र एमाले-कांगे्रस दुईतिर छन् भने विभाजित फोरमको हातमा निर्णायक पत्ति छ ।

नेपालको सत्ता समिकरणमा विदेशी शक्तिले हस्तक्षेप गर्ने र एउटा जर्नेलको मुद्दा मिलाउन देशका प्रधानमन्त्रीले खुलेआम भारतीय दूत बोलाउने गर्दा हामी स्वतन्त्र राष्ट्रका नागरिक नै हौं त भन्ने प्रश्न उब्जिएको छ । कुनै प्रसंगमा दाहालले भनेका थिए, 'नेपालको प्रधानमन्त्री भारतको एउटा प्रान्तको मुख्यमन्त्री जत्तिको स्वतन्त्र हैसियत पनि राख्दोरहेनछ ।' यसबाट पुष्टि हुन्छ हाम्रो राष्ट्रियता कसरी कठाीङ्ग्र्रएको छ । प्रधानसेनापति प्रकरणसाग जोडिएर जेजस्ता घटनाक्रम विकास भए, ती राष्ट्रिय एकता र अस्मितालाई चोट पुर्‍याउने खालका छन् । वास्तवमा उग्रवामपन्थ वा उग्रदक्षिणपन्थको अतिवादले राष्ट्रलाई सुगम निकास दिन सक्दैनन् । यसतर्फ संपूर्ण लोकतन्त्रवादी राष्ट्रवादीको ध्यान जानु जरुरी छ ।

एमाले केन्द्रीय कमिटीको बैठकले 'राष्ट्रिय सहमति र सर्वदलीय सरकार अहिलेको आवश्यता' भएको निष्कर्ष निकालेको छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, लोकतान्त्रिक ढङ्गले राज्यको पुनर्संरचना गर्ने र निर्धारित समयमा नयाँ संविधान निर्माणका लागि राष्ट्रिय सहमति आधारभूत सर्त हो । त्यसैले यतिबेला पनि एमाले, माओवादी, कांगे्रससहितको राष्ट्रिय सरकार समस्याको सहज निकास हो । यो विकल्प संभव नभए वैकल्पिक सरकार गठन गरी वर्तमान संकटको निकास खोज्न ढिलो गर्नु हुदैन । यसका लागि राजनीतिक दलहरूबीचमा न्यूनतम समझदारी र संसद्को अवरोध हटाउनु पर्छ । संकट टार्न सबैले आआˆना अडान त्याग्दै एमालेको नेतृत्वमा सर्वदलीय राष्ट्रिय सरकार निर्माण गरेर समस्याको निकास निकाल्न जरुरी छ ।

(लेखक नेकपा -एमाले) पोलिट ब्युरोका सदस्य हुन्)
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस