यो भयो दुई दिनअघि। अनिश्चय, अन्यौल र भय व्याप्त राजनीतिक डबलीमा दुई प्रकारका पात्र र प्रवृत्ति हाराहारी दृश्य र चर्चामा आए। कैलालीको रगतपच्छे त्रासदीबाट तर्सेका सत्तापक्ष र प्रतिपक्षले सिंहदरबारमा हठात् भेट गरे। भेटमा माउ तीन दलका माउ नेता हाजिर भए। भिडन्तको भुतभुते निभाउने मनसुवाले नेताश्रीले संवादको म्यादी चौतारी बनाउने मतो गरे। र, संवादको ढोका खोल्न तिनले त्रिदलीय कार्यदलसमेत गठन गरे। यो आकस्मिक भेट, यो हत्पते मतो र यो तदर्थ कार्यदल हँसिया आकारको जून नभए पनि औँसीको पिलपिले जूनकीरीको प्रतीक भने पक्कै हो। उही दिन एउटा सानो झुन्ड भिक्षाका लागि हात पसार्दै राष्ट्रपति यादवकहाँ पुग्यो। र, राष्ट्रपतिलाई धनुषटंकार मुद्रामा जदौ गर्दै झुन्डले भिक्षा माग्यो। भिक्षाको अभिप्राय खतरनाक थियो। दासवत् मुद्रामा झुन्डले करुण पुकारा गर्यो - महामहिम प्रभु! संविधानसभाको म्याद थप नगराइ पाऊँ। कृपाकारी हजुरबाट हाम्रो उद्धारार्थ दह्रो कदम चालीपाऊँ। जो हुकुम, जो निगाह ख्वामित्! सदैव हजुरका बफादार ताबेदार हामी हौँ - कुलबहादुर गुरुङ, गोविन्दाराज जोशी, विनयध्वज चन्द एवं अन्यहरू।

छातीमा मुड्की ठोकेर यो भिक्षार्थी झुन्ड भन्छ - खाँट्टी काङ्ग्रेसी मै हुँ। अजीवको पार्टी हो नेपाली काङ्ग्रेस, जसमा फूल, पात र पत्करको उदेकलाग्दो समागम छ। र, यस घडीमा यस पार्टीमा पत्करहरूको खासखुस, चलखेल र जालझेल बढ्दो छ। सबुतमा शीतल निवासमा दुःख बिसाउन र राष्ट्रपतिलाई उक्साउन पुगेको दुखीगण गण हाम्रासामु छ। यो दुःखीगण जब राष्ट्रपतिलाई पम्प भर्न यत्नशील थियो, त्यस क्षणमा वायुमण्डलमा आधाजसो बुझिने एउटा स्वर गुन्जिरहेको थियो। त्यो स्वर थियो देउवा गुरुको। गुरुजी भन्दै थिए - शान्ति सम्झौताका बाचा सम्झेर सहमति र सहकार्यको बाटो उघारौँ। उही सम्झौताका सर्तबमोजिम सेना मिलान र व्यवस्थापन गरौँ। खाँचै परे संविधानसभाको म्यादै थपौँ। यता काङ्ग्रेसी श्री देउवाका वचनमा शान्तिको कामना थियो, उता काङ्ग्रेसी दुःखीगण श्री देउवाको यो पवित्र कामनामाथि बन्चरो बजार्न आतुर थियो।
सम्झना छ, राष्ट्रपतिका चरण कमलमा आँसु झार्न जाने यो झुन्ड सदैव, निरन्तर र अथक राजतन्त्रप्रेमी भइआएको हो। यसले पहिले दह्रो राजा राख्न कम्मर कस्यो, तर सकेन। त्यसपछि यसले ठीकैको राजा राख्न रोइकराई गर्यो, त्यो पनि सकेन। आखिरमा उत्ताल भेलमा डुब्न लागेको असहाय जीवले सहारा खोज्न परालको त्यान्द्रो समातेझैँ यस झुन्डले शिशु राजाको पुकारा गर्यो। यो अनिकालमा बीउ जोगाउने चतुर कार्यनीति थियो। तर, यस कार्यनीतिले पनि गरिखाएन। जनसागरको थर्कोले थर्कमान भई जब राजतन्त्र ढल्यो, यो टुहुरो, अनाथ र थकित झुन्ड किंकर्तव्यविमूढ भयो। दुर्भाग्यवश, कुलबहादुर गुरुङ परे संसदीय जम्बोरीका जेठा सदस्य। उमेरको यो वरीयता तिनका लागि भयानक अभिशाप हुनगयो। जे आफ्नालागि ब्रह्मा, विष्णु, महेशरूपी त्रिदेव सरह थियो, त्यो राजतन्त्र, आफ्नो त्यो रक्षक, त्यो पालक, त्यो कृपादाता र त्यो भाग्यविधाता सदाका लागि समाप्त भएको घोषणा गर्न यी बबुरा विवश भए। त्यो घोषणा अहिले राष्ट्रपतिकहाँ रुन जाने झुन्डका लागि आफ्नो प्रिय सपनाको शवमा दिइएको दागबत्ती थियो। नारायण गोपालको कारुणिक स्वरलहरीमा गुन्जिने 'छातीमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ'को दुःखद् हबिगत भयो यी बराबिचराको। तर, अहिले शान्ति-प्रक्रिया धरापमा परेको देखेर यो झुन्ड उत्पात हौसिएको छ। र, राष्ट्रपतिको नागरिक आवरणपछाडिको सैनिक भेषमा आफ्ना दमित सपनाको पुनरोत्थानका लागि यो दुखिया झुन्ड ज्यान फालेर लागिपरेको छ।
थाहा छ, यो दर्शनार्थी झुन्ड आफ्नै सुरले राष्ट्रपतिलाई गुहार्न गएको पक्कै होइन। यिनलाई प्रेरणा, ऊर्जा र आँट प्राप्त भएको श्री सूर्य ढुङ्गेलको दिव्य उद्घोषबाट हो। यी ढंगेलजी राष्ट्रपतिका संवैधानिक सल्लाहकार हुन् क्यार। जान्नेहरू भन्छन् - पहिले राष्ट्रपतिका पाउमा गरिएको अठाह्रदलीय बिन्तीभाउलाई साकाररूप दिन यिनै ढुंगलबाबुहरूको सल्लाहले निर्णायक भूमिका खेलेथ्यो। अहिले ढंगेेलबाबु फेरि अर्को कथित संवैधानिक तरबार हल्लाउँदै जोडतोडका साथ बौद्धिक विमर्शमा उपस्थित भएका छन्। यी गुरुजी भन्छन् - तोकिएको मितिमा संविधान नबने संविधानसभा स्वतः विघटन हुन्छ र सरकार स्वतः भंग हुन्छ। अनि त्यो रिक्ततामा के हुन्छ गुरुदेव? यिनको अप्रकट वचन भन्छ - त्यसपछि संकटकालको भयावह आतंकको छायाँमनि राष्ट्रपतिको फौजी शासन लागू हुन्छ। श्री ढुंगेलका वचन दर्शानार्थी झुन्डका लागि अमृतधारा सरह भए। र, कुद्दै पुगे यी काजीहरू राष्ट्रपति यादवलाई धुप हाल्न, तिनको मानसमा अवाञ्छित अकाङ्क्षा भर्न र आफ्नो च्याँखे दाउ पूरा गर्न।
समयको गतिबाट काटिएको, इतिहासको छालले हुत्याएर किनारामा मिल्किएको, जनमतप्रति भरविश्वास गुमेको र त्रिशंखु स्थितिमा हावामा झुन्डिएको झुन्ड हो यो। त्यसैले त यो पुग्यो प्यान्टे भुँडी हल्लाउँदै जोगीका घरमा सन्नेसी भएर पाहुना हुन। हो, कार्य गर्ने अधिकारका दृष्टिले राष्ट्रपति यादव जोगी हुन्। सम्मान र सलामी मनग्ये पाउने, अरु केही गर्न नपाउने। आँखा चिम्लेर अठाह्र दलको बहकाउमा लाग्दा नतिजा के भयो? बरा राष्ट्रपति पुत्लामा जले, नारामा निन्दित भए र ढुंगामूढाको निसानासमेत बने। आफ्नो प्रिय स्वार्थका लागि उक्साउने अठाह्र दल, अपजस पाउने बबुरा राष्ट्रपति यादव। धान खाने मुसो, चोट पाउने भ्यागुत्तो! नरेशमार्गी कांग्रेसी झुन्ड अहिले राष्ट्रपतिलाई अपजसको अर्को खाल्डोमा जाकिदिन तम्सिएको छ। के राष्ट्रपतिले फेरि आफ्नो पुत्ला दहन, आफूमाथि निन्दा वर्षा र पत्थर प्रहारलाई आमन्त्रण गर्लान्? मलाई थाहा छैन। विनाशकाले विपरीत बुद्धि भन्ने नीति वचनको मर्म त राष्ट्रपति महोदयले बुझेकै हुनन्।
कानुनशास्त्र शास्त्रहरुमध्ये सबैभन्दा संकीर्ण र जड शास्त्र हो। र, कानुन्चीहरू हुन्, कानुनशास्त्रका जडभरत टाइपका पुरेत। कर्मकाण्डी पुरेतका लागि रुद्री र चण्डीजस्ता हुन्, कानुन्चीका लागि लिपिबद्ध कानुनका पोस्तकहरू त्यस्तै हुन्। त्यसैले त श्री सूर्य ढंुगेलहरू भन्दाछन् - जेठ १४ भित्र संविधान तयार नभए संविधानसभा 'स्वतः' खत्तम, सरकार 'स्वतः' चिलिम। अन्तरिम संविधान चतुर्मुखी ब्रह्माजीले बनाएका होइनन्, हामीले चुनेका राजनीतिक प्रतिनिधिले बनाएका हुन्। मानौँ कि गर्दैभन्दै जाँदा जेठ १४ गते संविधान लेखिसकिएन। के प्रमुख राजनीतिक अभिकर्ताहरूको सहमतिमा समय थप्न सकिँदैन? थपे के आकास खस्छ? सृष्टिमा आगलागी हुन्छ? के लोकमंगलकारी सहमतीय राजनीतिको विकल्प राष्ट्रपतीय फौजी शासन हो? श्री सूर्य ढुंगेलहरूको जिरहमा हिजो राजतन्त्रीय प्रजातन्त्र संकटमा परेको बखत दरबारिया कानुन्चीले गरेको जिरहको गुन्जन सुनिन्छ। यो गुन्जन पटक्कै प्रीतिकर छैन।
यो वा त्यो बहानामा राष्ट्रपतीय फौजी शासनको सपना देख्नेहरू सोच्दा हुन् - परिवर्तनको गतिलाई रोक्न जंगी शासन आफ्ना लागि वरदान हुने छ। यस्तो सोचाइ राख्ने मूढमतिलाई जनताका परिवर्तनमुखी सपनाको मलामी बन्न हतार छ। यो त्यस्तै हतार हो जस्तो हतारबाट पूर्व राजा ज्ञानेन्द्रलाई गद्दीच्यूत हुने सौभाग्य प्राप्त भएथ्यो। समय बदलिएको छ। हिमाल, पहाड र मैदानका जनता जागेका छन्। समाजका नाकानाकामा नागरिकहरू नयाँ संविधानमा आफ्नो सुन्दर भाग्यरेखा कोरिएको हेर्न व्यग्रता साथ खडा भएका छन्। अर्थराजनीतिक, सामाजिक र सांस्कृतिक समस्याको हल सैन्य बलमा देख्नेलाई हेक्का रहोस्, नेपाली समाजमा चेतनाका सयौँ क्रियाशील ज्वालामुखी विस्फोट हुने मुहूर्तको पर्खाइमा छन्। जब ती विस्फोट हुन्छन्, जनताका सपनाका मलामी बन्न रहर गर्नेको दशा उति सुखकर हुनेछैन।