हाल भारत तथा नेपालमा देखिएको स्वाइनफ्लुले धेरैको ध्यानाकर्षण गरेको छ। यसअघि बर्डफ्लुले पनि आक्रान्त पारेको थियो। रुघाखोकी या स्वाइनफ्लु, बर्डफ्लु इन्फ्लुएन्जा भाइरसले पक्षी या जनावर या मानवका श्वासप्रश्वास प्रणालीका तन्तुमा अवस्थित रिसेप्टरसँग अवतरण गर्नसक्ने हुन्छ।श्वासप्रश्वास प्रणालीका तन्तुहरूमा अवस्थित कोषको प्राकृतिक रोग प्रतिरोध क्षमताले भाइरसको बढोत्तरी रोक्न मद्दत गर्छ। इन्फ्लुएन्जा भाइरसले सामान्यता श्वासप्रश्वास प्रणलीमा साधारण या मध्यमखालको संक्रमण गर्दछ। तर विभिन्न अनुसन्धानले घातक मानेको एच५एन१ जस्ता भाइरसको संक्रमणमा प्राकृतिक रोग प्रतिरोध क्षमताले भाइरस बढोत्तरीमा रोक लगाए पनि निर्मूल गर्न सक्दैन। रोग प्रतिरोधमा संलग्न साइटोकाइन तथा केमोकाइनको अत्यधिक उत्पादनले फोक्सो बिगारी भाइरल निमोनिया भई बिरामीको मृत्युसम्म हुनसक्दछ। तसर्थ, श्वासप्रश्वास तन्तुका बाहिरी कोषको प्राकृतिक तथा एड्याप्टिभ प्रतिरोध क्षमता तथा कुन भाइरसले संक्रमण गरेको हो भन्ने पत्ता लगाउनुपर्छ।
कुनै भाइरसले एक या त्योभन्दा बढी प्रजातिमा संक्रमण गर्ने भएकाले महामारी फैलिनसक्ने सम्भावना पनि हुन्छ। खासगरी जनावर, पक्षी तथा मानवमा संक्रमण गर्ने विभिन्न इन्फ्लुएन्जा भाइरसबीच बंशाणुगत गुण मिल्नाले एकअर्कामा जेनेटिक असोर्टमेन्टमार्फत् आदानप्रदान हुनेमा विशेषज्ञहरू सहमत छन्। र, यी भाइरसका बीच हुनसक्ने जेनेटिक असोर्टमेन्टले नयाँ तर अति घातक र मानवलाई पनि संक्रमण गर्नसक्ने भाइरस बन्नसक्ने हुनाले स्वाइनफ्लु पनि चिकित्सकहरूको चासोको विषय बनेको छ।
सन् १९१८ मा दोस्रो विश्व युद्धपछिको इन्फ्लुएन्जा महामारी बर्डफ्लु भाइरस भएको भनी होल्लेन्बेकले इन्टरन्यासनल जर्नल अफ मेडिकल साइन्समा सन् २००५ मा लेखेका छन्। दिल्ली विश्व विद्यालयका खन्ना तथा समूहले भारतीय माइक्रोबायोलोजी जर्नलमा प्रकाशित गरेअनुसार अमेरिकास्थित सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन्स तथा विश्व स्थास्थ्य संगठनले सन् २००९ मा महामारीका रूपमा देखिएको एच१एन१ भाइरस मानव, पक्षी तथा सुँगुरमा पाइने विभिन्न इन्फ्लुएन्जा भाइरसको समायोजनबाट उत्पन्न भएको निष्कर्ष निकालेको थियो।
धेरै जनघनत्व, मौसमी संक्रमणभन्दा पृथक, मानव–जनावर सम्पर्क तथा बर्डफ्लु संक्रमण उच्च रहेकोले एच१एन१को संक्रमणलाई दक्षिणपूर्व एसियामा विशेष चासोका साथ हेरिएको थियो। अक्सफोर्ड विश्व विद्यालय क्लिनिकल अनुसन्धान शाखाका बोनी तथा समूहले भियतनाममा फैलिएको संक्रमणको यदि रोकथामको यथेष्ट कोसिस भएन भने आधा भियतनाममा मानव संक्रमण दुई महिनामा फैलिनसक्ने बताएका थिए।
बर्डफ्लु भाइरसमा निहित लिथालिटी या संक्रमित पक्षीमा देखिएको बढ्दो मृत्युदर तथा स्वाइनफ्लु भाइरसमा भएको मानवलाई पनि संक्रमण गर्नसक्ने क्षमता जेनेटिक असोर्टमेन्टमार्फत् नयाँ बन्नसक्ने भाइरसमा भेटियो भने मानव, पक्षी तथा सुँगुरलाई संक्रमण गरी निकै ठूलो क्षति पुर्यारउन सक्छ। तसर्थ आगामी दिनमा कुखुरा तथा सुँगुर सँगै पाल्ने कसैले योजना बनाएको छ भने यसमा ध्यान दिनु जरुरी छ। हालै पश्चिम बंगालको मालदह तथा उत्तरप्रदेशको अमेठीमा देखिएको बर्डफ्लुले निकै चिन्ता फैलायो। हाम्रो देशको चितवनमा त्यो फैलिएर आएमा यहाँका पोल्ट्री फार्ममा मात्र असर गर्दैन। यहाँ स्वाइनफ्लुका बिरामी पनि अत्यधिक देखिएकोले यो फैलनसक्ने खतरा पनि उत्तिकै रहन्छ। भाइरस संक्रमण रोक्न सकिँदैन, तर कसरी यस्ता घातक भाइरसको विकासलाई न्यून गर्ने भन्ने कुरामा भने बढी ध्यान दिनु आवश्यक छ।
कुनै पनि भाइरसले संक्रमण गरेको कोषको जैविक प्रक्रियाबाट आफ्नो संख्या बढाउँछ। त्यसरी नै इन्फ्लुएन्जा भाइरसले पनि संक्रमण गरेको कोषकै माध्यमाबाट संख्या बढाउँदछ र रोगको लक्षण देखिन थाल्छ। हेमाआग्लुटिन तथा न्युरोअमिनिडेजको प्रकारले संक्रमण कुन प्रजातिमा हुन्छ भन्ने निर्णय गर्दछ।
सन् २०१२ मा न्युरोइम्युन फार्माकोलोजीमा प्रकाशित अनुसन्धानमा इन्फ्लुएन्जा भाइरसको रोकथाम मोडेलमा साइटोटक्सिस टी सेल्सको नियन्त्रणमा डेल्टा ९ टेट्रा हाइड्रोक्यान्नाबिनोइनोलले क्यानाबिनोइड रिसेप्टरभन्दा पृथक तर सीडी ६९ बढाउन काम गरेको उल्लेख छ। सीडी ६९ थप उत्पादन गर्न क्याल्सियम आयोनोफोर आयोनोमाइसिनले काम गरेको र क्याल्सियम सिग्नलिङलाई बदल्दा टी सेल एक्टिभेसनमा असर गरेको देखाएको छ। तसर्थ हाल प्रयोग गरिएको उपचारका साथै स्वाइनफ्लु नियन्त्रणमा टीएनएफ उत्पादनमा असर नगर्ने तर शरीरको तापक्रम नियन्त्रित राख्न सहयोग गर्ने ननस्टेरोइडल कक्स २ इन्हिविटर, आयोनोमाइसिन, इन्टरफेरन गामा तथा टीएनएफको प्रयोग रोगप्रतिरोध क्षमता कम भएका बिरामीका निम्ति काम लाग्छ। तर चिकित्सकहरूले यिनको प्रयोगमा आफ्नो दक्षता तथा अनुभवले औषधिको मात्रा निर्धारण गर्नुपर्छ। पेशागत चिकित्सक नरहेको तर सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन्समा एड्भान्स टेक्नोलोजी इन भाइरोलोजीमा स्नातकोत्तर कक्षा लिएको एक विद्यार्थीको नाताले समाजमा अहिले देखिएको विभिन्न फ्लु आतंक केही हदसम्म यसले कम गर्नसक्ने देख्छु।
भाइरल प्रभावित बिरामीहरूले पनि घरमा बसेर उपचार गर्ने होइन, चिकित्सकको सल्लाह लिनै पर्दछ। किनभने महिनवारीमा प्रवेश गर्न लागेका या बन्द भएका तथा स्तनपान गराउने महिला, बाथ, मुटु, चिनी रोगको उपचार गराइरहेकामा चिकित्सकको सल्लाह नभएमा नकारात्मक असर गर्नसक्छ। साथै, बिरामीले जनावर, पक्षीको सम्पर्कमा जानु हुँदैन। बिरामीले प्रयोग गरेका कपडा राम्ररी साबुनले धुनुपर्छ। कतै बर्डफ्लु भएकै क्षेत्रमा स्वाइनफ्लु देखिएको छ भने स्वाइनफ्लुका बिरामीलाई कम्तीमा ५ किलोमिटर पर लगी उपचार गर्नुपर्छ।