आईक्यापको उपादेयता
२५ चैत्र २०७१
•
१३ मिनेट पाठ
आईक्यापको उपादेयता
मलेसियन एयरलाइन्सको जेट विमान हिन्द महासागर पार गरेर थाइल्याण्डको खाडी हुँदै क्वालालम्पुरतिर सोझिँदा त्यसले नेपालको निकटतम सम्बन्ध रहेको मुलुक म्यानमार (बर्मा) पारगरिसकेको थियो। त्यस विमानमा ‘एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन –इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीज (आईक्याप) मा भागलिन जाने नेपाली प्रतिनिधि थिए। त्यो प्रतिनिधिमण्डल मलेसियाको क्वालालम्पुरमा सन् २०१५ को फरवरी २८देखि मार्च ३ सम्म हुने आईक्याप स्ट्यान्डिङ् कमिटीको २४ औं बैठकमा भाग लिन गएको थियो।एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) एसियाली मुलुकबीचको लामो समयदेखिको निकट सम्बन्ध विकास गर्ने महत्वपूर्ण मञ्च हो। सरकारी स्तरको मुलुक–मुलुक बीचको सम्बन्ध विकासका लागि भएको यस प्रकारको प्रयासमा सन् १९४७ मा नयाँ दिल्लीमा सम्पन्न ‘एसियाली सम्बन्ध सम्मेलन' (एसियन रिलेसन्स कन्फरेन्स) पहिलो थियो। यस क्रममा राजनीतिक दलहरूबीचको सम्बन्ध विकासका दृष्टिबाट सन् १९५३ मा रंगुन (याङगुन्) मा भएको ‘एसियाली समाजवादी सम्मेलन' (एसियन सोसलिस्ट कन्फेरन्स) दोस्रो प्रयास हो। त्यसलाई भारत, इन्डोनेसिया र बर्मा (म्यानमार)लगायतका ‘प्रजातान्त्रिक समाजवाद' मा विश्वास राख्ने राजनीतिक पार्टीहरू मिली स्थापना गरेका थिए। तर ‘आईक्याप' भने न त सरकार–सरकारबीचको हो न सबै पार्टी पार्टीबीचको नै हो। यो त राष्ट्रिय व्यवस्थापिकामा प्रतिनिधित्व गर्ने एसियाका राष्ट्रिय तहका राजनीतिक पार्टीहरू (सत्तामा रहेका र नरहेका) को प्रतिनिधित्व हुने गरी संरचना गरिएको ‘सर्वदलीय' प्रकृतिको सम्मेलन हो।
एसिया्कै भूमिमा सन् १९५५ मा ‘अप्र्को–एसियन कन्फरेन्स' भएको थियो। इन्डोनेसियाको बाङडुङ सहरमा भएको त्यो सम्मेलन ‘बाङडुङ सम्मेलन'का रूपमा चिनिन्छ। यो सम्मेलन एसिया र अफ्रिका दुई महादेशबीचको सम्बन्ध विकासका दृष्टिबाट महत्वपूर्ण मानिन्छ। सैद्धान्तिक दृष्टिबाट यसलाई असंलग्न राष्ट्रहरुको आन्दोलन (नन एलायन्ड मुभमेन्ट) को जन्म दिने पहिलो बैठक मानिन्छ। यसबाट एसियाले औपनिवेशिक युगबाट मुक्त भएपछि छिमेकी महादेशहरुसँग पनि उत्तिकै महत्वका साथ सम्बन्धका हात बढाउन चाहेको भन्ने प्रष्ट हुन्छ। यसै पृष्ठभूमिका पछिल्लो पटक ‘आईक्याप' को स्थापना भएको हो। सेप्टेम्बर १७–२०, २००० मा फिलिपिन्सको राजनधानी मनिलामा नेपाललगायत बंगलादेश, कम्बोडिया, चीन, पूर्वी टिमोर, इन्डोनेसिया, भारत, इरान, जापान, लाओस, मलेसिया, मंगोलिया, म्यानमार (बर्मा) र भियतनामका प्रतिनिधि भेलाभई पहिलो साधारण सभा (आईक्याप जनरल एसेम्बली) मा मनिला घोषणपत्र जारी गरी यस अभियानको थालनी गरेका थिए।
यसको स्थापनामा नेपालबाट हस्ताक्षर गर्ने व्यक्तिहरूमध्ये प्रधानमन्त्री सुशील कोइरालासमेत थिए। उनले त्यतिखेर नेपाली कांग्रेसको नेतृत्व गरेर त्यस सम्मेलनमा भाग लिनु भएका थिए।
मनिला घोषणापत्रमा आईक्याप एसियाली महादेशको इतिहासमा पहिलो भेटघाट भएको उल्लेख गर्दै यसलाई ‘बहुमतमा रहेका र अग्रनेतृत्वमा रहेका साना राजनीतिक दलहरूको विशिष्ट सम्मेलन' भनिएको छ। घोषणापत्रमा उल्लेख गरिएको छ – ‘हाम्रो उद्देश्य एसियाका राजनीतिक संगठनहरूबीच पारस्परिक विश्वास एवं बन्धुत्व र समृद्धि ल्याउनु हो।'
‘वास्तवमा यो सम्मेलन स्वयंमा कस्तो एसिया बनाउने भन्ने दूरदृष्टि (भिजन) हो' घोषणापत्रमा उल्लेख गरिएको छ। यस घोषणापत्रलाई ‘‘एसियाली घोषणा पत्र'' (एसियन डिक्लेरेसन, २०००) नामाकरण गरिएको छ। क्षेत्रीय सुरक्षा, आर्थिक विकास तथा सुशासन कायम गर्दै ‘एसियाली समुदाय' (एसियन कम्युनिटी) को भावनाका साथ भविष्यतर्फ लम्कने आईक्यापको लक्ष्य रहेको पनि घोषणापत्रमा उल्लेख गरिएको छ।
क्वालालम्पुरमा आयोजित ‘‘आईक्याप २४ औं स्ट्यान्डिङ कमिट मिटिङ' गत वर्ष श्रीलंकामा सम्पन्न ‘आईक्याप ८ औं जनरल एसेम्बली' का सहमति र निर्णयलाई कार्यान्वयनको चरणतिर लैजाने उद्देश्यले आयोजना गरिएको पहिलो बैठक हो। करिब २ सय प्रतिनिधि एवं पर्यवक्षेकको सहभागिता रहेको यस सम्मेलनमा नेपालका तर्फबाट पूर्वप्रधानमन्त्री  झलनाथ खनाल र पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालासमेत सहभागी थिए। कोइराला आईक्याप स्ट्यान्डिङ कमिटीका सदस्य एवं महिला विभागको उपाध्यक्षसमेत हुन्। यस पटक नेपालबाट नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राप्रपा नेपालबाट सम्मेलनमा प्रतिनिधित्व भएको थियो।
आयोजक मलेसियालगायत अजरबैजान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, इरान, जापान, दक्षिण कोरिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, रुस, श्रीलंका, टर्की, भियतनाम, थाइल्यान्ड, अस्ट्रेलियाका साथै क्यानडा र युरोपका अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिले बैठकमा भाग लिएका थिए।
आईक्याप स्थापनापछिको डेढ दशकमा एसियाका राजनीतिक नेताहरूलाई नजिक बनाउन र सहमति उवं सहकार्यतर्फ लम्कन महŒवपूर्ण वातावरण तयार पार्ने सफलता प्राप्त भएको छ। यसैगरी एसियाको आर्थिक सम्पनताका लागि पारस्परिक सहयोगको सम्भावनालाई सुनिश्चित दिशा प्रदान गर्न पनि यसले उल्लेखनीय योगदान गरेको मानिन्छ। आईक्यापले एसिया महादेशभित्र मात्र आफ्नो दृष्टि सीमित नगरी व्यापक विश्व गतिविधितर्फ पनि ध्यान दिन थालेको क्वालालम्पुरमा सम्पन्न ‘२४ औं स्ट्यान्डिङ कमिटी मिटिङ' मा पारित कार्यसूचीहरूबाट स्पष्ट भएको छ। आइक्यापले ल्याटिन अमेरिका, अफ्रिका र अस्ट्रेलिया महादेशका राजनीतिक दलहरूको साझा संगठनसँग पनि सम्बन्ध विस्तार गरिसकेको छ। यसैअनुसार क्वालालम्पुर बैठकले ल्याटिन अमेरिका तथा क्यारिबियनका राजनीतिक पार्टीहरूको संगठन कोप्पाल र अफ्रिकी महादेशका राजनीतिक पार्टीहरूको परिषद (क्याप)सँग त्रिपक्षीय बैठकको आयोजना गर्ने निर्णय गरेको छ। यसैगरी एसिया र ल्याटिन अमेरिकाका उद्योगी व्यवसायीबीच ठोस कार्यसम्बन्ध विकास गर्न ‘आईक्याप–कोप्पाल बिजनेस काउन्सिल' स्थापना गरेको छ। त्यस बैठकले ‘आईक्याप'अन्तर्गत ‘आईक्याप् मेडिकल इमर्जेन्सी फोरम – आईएम्ईएफ्' स्थापनाको घोषणासमेत गरेको छ। यो सुनामी, भूकम्प, बाढी–पहिरोजस्ता आकस्मिक प्राकृतिक प्रकोप आइपर्दा तत्कालीन सहयोग पुर्या उन गरिएको महत्वपूर्ण ‘आपतकालीन व्यवस्था' हो।
यसरी ‘आईक्याप'ले आफ्नो सम्बन्ध र कार्य विस्तार गर्दै लगेको छ। कोलम्बो घोषणा पत्रअनुसार यसले संयुक्त राष्ट्रसंघीय महासभा (युएन जनरल एसेम्बली) मा पर्यवक्षेकको हैसियत (अबजर्भर स्ट्याटस) को प्रतिनिधित्वका लागि आवेदन गर्ने निर्णयसमेत गरेको छ।
आईक्याप एसियाको स्थापित राजनीतिक संस्था भइसकेको र यसको पहुँच यस महादेशभरमात्र हैन वरपर पनि विस्तार हुन थालेको वास्तविकतासँग नेपाल सरकार परिचित हुनु अत्यावश्यक भइसकेको छ। यसको माध्यमबाट नेपालले धेरै उपलब्धि हासिल गर्न सक्छ भन्ने आत्मसात् गरेर सरकारी स्तरबाट चासो राख्दै ‘आईक्याप' को मुख्यालय (हेडक्वाटर) सँग संचार, संवाद र सम्पर्क बढाउन सके विकासका लागि ठूलो योगदान पुग्नसक्ने देखिन्छ। किनभने, आईक्यापका सदस्य राष्ट्र सबैको नेपालप्रति छुट्टै र विशेष सम्मान एवं स्नेहको भावना रहेको अनुभव त्यहाँका बैठक र सम्मेलनहरूमा भएको थियो। कुनैपनि मुलुकको नीति निर्माणको राजनीतिक तहमा सहज पहुँचको नियमित माध्यमका रूपमा ‘आईक्याप' लाई एउटा मञ्तका रूपमा लिनु उपयुक्त हुनेछ। त्यसैले सरकारले ‘आईक्याप' को कुनै पनि सम्मेलन बैठक तथा सेमिनारमा सहभागी भएका सदस्यहरूबाट अनुभव आदानप्रदान गर्ने अवसर सिर्जना गर्नुपर्छ। यसका लागि त्यसमा सहभागी हुन जानेलाई यथासम्भव सहयोग, सहुलियत एवं प्रोत्साहन दिने नीति पनि अपनाउनु आवश्यक देखिन्छ। यस प्रकारका मञ्चहरूबाट प्राप्त अवसरको सदुपयोग गर्ने हो भने नेपालले आर्थिक, सामाजिक र राजनीतिक विकासमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्छ। वास्तवमा सन् २०२२ सम्म नेपाललाई विकाशील मुलुकको तहमा स्तरोन्नति गर्नसमेत आईक्यापबाट महत्वपूर्ण सहयोग प्राप्त हुनसक्छ।
आईक्याप २४ औं स्ट्यान्डिङ कमिटीमा भाग लिएको प्रतिनिधि मण्डलमा नेपाली कांग्रेसका तर्फबाट सहभागी सांसद्
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस