डा. गोविन्द केसीको अनशन र चिकित्सकहरूको आन्दोलनका उपलब्धिलाई विगतमा जस्तै तुहाइदिने प्रयास धेरै क्षेत्रबाट हुनसक्छ। नेपालका सबैजसो राजनीतिक पार्टीका प्रभावशाली नेताहरूको स्वार्थ गासिएका पुराना वा खुल्ने तरखरमा रहेका निजी मेडिकल कलेजका सञ्चालकले विभिन्न षड्यन्त्र गर्न र दबाब दिनसक्छन्। यस्तै प्रशासन संयन्त्रको पूर्वाग्रहले पनि सहमति कार्यान्वयनमा भाँजो हाल्नसक्ने शङ्का पनि छ। अर्बौं रुपियाँको लगानी डुब्ने र केही वित्तीय संस्थासमेत धराशायी बन्नेजस्ता तर्क तेर्स्याएर पनि मापदण्डै नबन्दै सम्बन्धन दिलाउन खोज्नेे काम हुन सक्छ। यद्यपि, चिकित्साशास्त्र शिक्षणाका लागि अभाव भएको जनशक्ति उत्पादनलगायतका लागि अहिलेका भौतिक संरचना सदुपयोग गरेर लगानी नडुब्ने र गुणस्तरमा सम्झौता गर्न नपर्ने उपाय खोज्न सकिन्छ।मेडिकल कलेजहरूको सम्बन्धन र कोटा निर्धारणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपकारी भूमिका र अदालतको आदेश पनि अस्वाभाविक र अनपेक्षित रहेको थियो। यस्तै संदिग्ध र नसुहाउँदो भूमिका नियामक निकाय र विशेषज्ञहरूको समेत रहेको देखियो। केही विशेषज्ञको सिफारिस विवादास्पद रहे भने विवादरहिद सिफारिसहरू कार्यान्वयन हुन नदिने खेल भए।
दुःखका साथ हामी चिकित्सक पनि चिकित्साशास्त्र शिक्षा र सेवाभित्र व्यापक र गहिरोसँग रहेको विकृति र विसङ्गतिका कारक हौँ भन्ने स्वीकार गनुपर्छ। डा. केसीको समर्थन गर्न हिचकिचाएको आरोप लागेपछि नेपाल चिकित्सक संघले बहिरङ्ग सेवा बन्द गर्नेजस्तो अप्रिय उपाय अपनायो। डा. गोविन्दका समर्थनमा उपचार सेवा बन्द गर्ने हामीहरूले उनका आदर्शका सानो अंशमात्रै पनि आआफ्ना कर्ममा चरितार्थ गरेका छौँ त? उनको उदात्तताबाट हामी कति अभिभूत हुनसकेका छौँ? सायद यस्ता प्रश्न पनि हामीले आफैँसँग सोध्नुपर्ने बेला भएको छ।
डा. गोविन्द केसीका माग चिकित्सकहरूसँग मात्रै सम्बन्धित थिएनन्। यिनको त तीन करोड नेपालीकै भविष्यसँग सरोकार रहेको छ। चिकित्सा शिक्षाको स्तरमा नै चिकित्सा सेवाको स्तर निर्भर हुन्छ। धन्न, सञ्चारकर्मीलगायत समाजले यसलाई आत्मसात् गरेको देखियो। यो एउटा सन्तोषको बाटो हो।
डा. गोविन्द केसीको मागमा समावेश चिकित्सा विश्वविद्यालयको स्थापना, चिकित्साशास्त्र शिक्षा नीति, स्नातकोत्तर तहको निःशुल्क शिक्षा जस्ता माग पूरा भएमा चिकित्सा सेवामा त्यसको महत्वपूर्ण प्रभाव पर्नेछ। अनशनको नैतिक शक्ति वा चिकित्सक संघको दबाब जेलाई जस दिए पनि डा. केसी, सरकार र चिकित्सक संघबीच भएको लिखित सम्झौता कार्यान्वयन गराउन दबाब दिने र अनुगमन गर्ने कार्य निरन्तर रहनुपर्छ। यही क्रममा कारण जे भए पनि मेडिकल काउन्सिलका अध्यक्षको राजीनामा आइसकेको छ। त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अनशन अवधिमा व्यक्त गरेका अभिव्यक्ति र विगतका सहमतिविपरीत उनीहरूबाट भएका क्रियाकलाप सम्झने हो भने सत्याग्रही डा. गोविन्द केसीको नैतिक विजयपछि अझै पदमा बसिरहन नमिल्नुपर्ने हो। उनीहरूले पनि नैतिकता हेक्का राख्नु त पर्ने हो।
राज्यका निम्मेवार निकायका पदाधिकारी नै गैरजिम्मेवार नहुने हो भने मुलुक र जनताका निम्ति कसैले पनि अनुचित भन्न नसक्ने माग पूरा गराउनसमेत अनशन र बन्द हड्त्ाालको सहारा लिनपर्नु विडम्बना हो। यस्तो अवस्थाको अन्त्य कहिले होला? यही कारणले अनशनको नैतिक शक्ति र पेसागत आन्दोलनको दबाबका बलमा राज्यबाट लिखित प्रतिबद्धता फ्कट भए पनि कार्यान्वयन भइहाल्छ भनेर विश्वास गर्नसक्ने स्थिति छैन। यस्तो अवस्थामा चिकित्सकलगायत अरू पेसाका सचेत नागरिकहरू सजग र सक्रिय रहनैपर्छ।
अहिलेको विसङ्गति अन्त्य गर्नका लागि कानुनी व्यवस्था हुनु जरुरी देखिन्छ। यसैले बिरामी हुँदा उपचार पाउने अधिकारलाई संविधानमै समावेश गर्न सबै क्षेत्रबाट निरन्तर आवाज उठाइनुपर्ने देखिन्छ। चिकित्सा सेवा र शिक्षा दुवै राज्यको दायित्वमा पर्नेगरी संवैधानिक व्यवस्था भए पछि कसैले पनि शिक्षा र स्वास्थ्यको कालोबजार गर्न सक्नेछैन।
कम्तीमा नयाँ संविधान लागु भएपछि यस्तै माग राखेर कसैले अनशन गर्न र चिकित्सकहरूले सेवा बन्द गरेर हड्तालमा उत्रिनु त नपरोस्।
स्वनामधन्य डा. गोविन्द केसी अब व्यक्तिभन्दा पनि प्रवृत्ति, र आदर्श बनेका छन्। डा. केसी हामी एक्काइसौं शताब्दीका नेपाली चिकित्सकका निम्ति प्रेरणा स्रोत बनेका छन् र यसमा हामीले गर्न गर्नुपर्छ। मजगलमष्)उबगमभ२िथबजयय।अय्क